संरक्षक
बालकृष्ण पोखरेल
प्रधान–सम्पादक
मातृका पोखरेल
कार्यकारी–सम्पादक
शारदाप्रसाद भट्टराई
सम्पादक–मण्डल
राममणि पोखरेल
मोहनबहादुर बुढाथोकी
बालकृष्ण काफ्ले
भोजकुमार ठकुरी
दीपकराज बुढाथोकी
प्रमुख सल्लाहकार
तोयाबहादुर बुढाथोकी
सल्लाहकार
चित्रबहादुर बुढाथोकी
फत्तबहादुर ठकुरी
अमृत साफी
लीलाकान्त झा
फुलराम यादव
व्यवस्थापक
रामदेव पण्डित
खिपमान विश्वकर्मा
हरिबहादुर थापा
रुक्मिणी राउत
दीपाकुमारी थापा
प्रकाशक :-
महेन्द्र–रत्न उच्च मा.वि.
रूपाटार–७, उदयपुर
रूपाटार स्मारिका २०६९
मूल्य :-१५०।– (व्यक्तिगत)
३००।– (संस्थागत)
प्रति :- १००१
प्रकाशन–मिति :- २०६९ वैशाख १
यस स्मारिकामा प्रकाशित रचनाहरू लेखकका निजी विचार हुन् । त्यसउपर सम्पादक÷प्रकाशकको कुनै जिम्मेवारी रहनेछैन ।
– सम्पादक÷प्रकाशक
शब्दघर अपसेट प्रेस, बागबजार, काठमाडौँ, फोन नं. ०१–४२४४५९७ द्वारा मुद्रित
सम्पादकीय
हाम्रो पौरख हाम्रो गौरव
हाम्रो पौरख हाम्रो गौरव
हामी
जहाँ बस्छौँ, त्यहीँ रमाउँछौँ । जुन ठाउँको माटोमा खेल्छौैँ, त्यही
ठाउँलाई माया गर्छौं । जब आपसमा विवाद हुन्छ, तब सचेतनाका साथ सम्झौता
गर्छौं । यदाकदा मानवीय कमजोरीका कारण गल्ती हुन जान्छ, त्यसलाई गम्भीरताका
साथ सच्याउँछौँ पनि । सुविधाको खोजीमा भौँतारिनुभन्दा दुर्गम बस्तीलाई
सुगमतामा रूपान्तरण गर्न क्रियाशील हुन्छौँ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि
गरियसी’ वाक्यलाई हृदयदेखि नै आत्मसात् गर्छौं । साँचो अर्थमा भन्ने हो
भने सायद जन्मभूमिप्रतिको श्रद्धा र भक्ति भनेको नै यस्तैयस्तै हो ।
जसरी जन्मेको ठाउँ सबैको निम्ति प्यारो हुन्छ, त्यसरी शिक्षार्थीको लागि विद्यालय प्रिय हुन्छ । विद्यालय आफैँमा निर्विकल्प पवित्र संस्था हो । न शिक्षाको विकल्प छ, न विद्यालयको । मानवमात्रको अनिवार्य सर्त हो शिक्षा । जहाँ मानव – त्यहाँ शिक्षा, जहाँ शिक्षा – त्यहाँ ज्ञान, जहाँ ज्ञान – त्यहाँ विवेक, जहाँ विवेक – त्यहाँ मुक्ति । यसरी शिक्षाको शृङ्खला विवेक र मुक्तिमा पुगेर अन्त हुन्छ । त्यसैले विश्वका विकसित मुलुकदेखि विकासोन्मुख राष्ट्रसम्म फैलिएको छ शिक्षाको सञ्चार । विद्यालय निर्जीव हुँदाहुँदै पनि समाजको माझमा सजीव भएर उपस्थित छ । वस्तुमा साकार र विचारमा निराकार विद्यालयको मौलिक पहिचान हो । विद्यालयमा भाषा, सूचना, सीप र चैतन्यको समिश्रणमा ज्ञानरूपी दियो बलिरहेको हुन्छ, त्यही दियोको उज्यालोमा अज्ञानरूपी तमसलाई सिकारूले विस्थापन गर्दछन्, यो पक्ष विद्यालयको आन्तरिक पक्ष हो । विद्यालय आन्तरिक रूपमा मजबुत हुन बाह्य ऊर्जाको नितान्त आवश्यकता पर्दछ । विद्यालयको सन्दर्भमा बाह्य ऊर्जा भनेको नै शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापनका साथै भौतिक पूर्वाधार पनि हो । यसरी आन्तरिक तथा बाह्य ऊर्जाको सन्तुलनबाट मात्र विद्यालयको अस्तित्व सम्भव छ ।
विद्यालय समयको पाबन्दीसँगसँगै विभिन्न आरोहअवरोह पार गर्दै अगाडि बढेको हुन्छ । कुनै पनि व्यक्ति वा संस्था सदाबहार हुन सक्दैन । यो वास्तविकता जुनसुकै संस्थामा पनि लागू हुन्छ । संस्थाको निरन्तरताका लागि ऊर्जा क्रियाशील भैरहनुपर्दछ । यस्ता ऊर्जाहरूको समान सहभागिताबाट मात्र विद्यालय पूर्णतातिर उन्मुख हुन्छ ।
कुनै पनि समाजभित्र विद्यमान पात्रहरू एकै किसिमका स्वभाव, गुण, विशेषता भएका हुँदैनन् । समाजमा उपस्थित व्यक्तिहरूको नियत र विचार फरकफरक हुने गर्छ । समाजभित्रका केही निकृष्ट व्यक्ति संस्थालाई के दिन सकिन्छ भन्नुभन्दा पनि संस्थाबाट के पाउँछ भन्ने कुरामा लालायित हुन्छ । समाजभित्रकै उत्कृष्ट पात्र भने समाजलाई म के सेवा पु¥याउन सक्छु भनेर अहोरात्र चिन्तित रहन्छ । त्यस्तै, तेस्रो तहको बुजु्रक पनि समाजमा हुनेगर्छन्, जो काममा टाउको लुकाउने तर कुरा गर्नमा माहिर हुन्छन् । यस उसले न त समाज काँडैकाँडा भएको घारी हो, न त फूलैफूलको फूलबारी । सत्यचाहिँ के हो भने काँडाबीच सुन्दर फूल भने फुलिरहेकै हुन्छ । त्यसभित्र फुल्ने फूल र घोच्ने काँडालाई चिन्न भने जरुरी हुन्छ ।
हामीलाई राम्रै हेक्का छ, हामी को हौँ, हाम्रो स्थान र हैसियत कतिसम्म मात्र हो भन्ने कुरा । हामीलाई यो पनि थाहा छ – हिजो आज हुन सक्दैन, न त भोलि नै आज हुनसक्छ । हिजो हिजो नै हो भने आखिर भोलि पनि भोलि नै हो । त्यसैले हामी भूतबाट सिक्छौँ, वर्तमानमा टेक्छौँ अनि भविष्यको निम्ति मार्गचित्र कोर्छौं । हामी न त पाउँदा मात्तिन्छौँ, न गुमाउँदा आत्तिन्छौँ । आफूले टेकेको ठाउँबाट माथि उठ्छौँ र अगाडि बढ्छौँ । यस्तैयस्तै आँट र अठोटले गर्दा नै हामी हिजोको दुम्सीको कटेरोबाट आरसिसी पक्की भवनमा आइपुगेको, हिजोको काठको पाटी र खोतलीबाट कम्प्युटरमा पाइला टेकेको, हिजोको ढाकर टोकमा खोल्मामा थन्क्याएर मोटरगाडीमा सवार भएको, हिजोको ढोड र दियालोको धिपधिपे उज्यालोबाट विद्युत्को प्रकाशमा रूपान्तरित भएको । सायद मिहिनेत र हाम्रो पौरखकै कारण यस्तैयस्तै उपलब्धिहरू हाम्रो सामु जीवन्त भएर उभिएको हुन्छ ।
यसै सन्दर्भमा हामीलाई अँध्यारोबाट उज्यालोतिर, निरपेक्षबाट सापेक्षतिर लैजानका लागि श्री महेन्द्र–रत्न उच्च माध्यमिक विद्यालय क्रियाशील छ । यस विद्यालयले ५० वर्ष पूरा गरी स्वर्णजयन्तीसमेत मनाइसकेको छ । हालसम्म विभिन्न उकालीओराली छिचोल्दै आउने क्रममा यहाँका अभिभावकले बरु आफू हारेर भए पनि विद्यालयलाई हार्न दिएनन् । आफूले दुःखकष्ट भोगेरै भए पनि विद्यालयलाई चोट पु¥याएनन् । सायद यस्तैयस्तै अठोट र दृढताले गर्दा नै संस्था पूर्णतातिर उन्मुख हुन सकेको पनि हो ।
यस विद्यालयका संस्थापक श्री भैरवीप्रसाद पोखरेलज्यूको सक्रियतामा प्रारम्भ भएको संस्था लामो अवधि पार गर्ने क्रममा धेरैको सहयोग प्राप्त भएको छ । समाजका हुनेखानेदेखि हुँदा खानेसम्म श्रमजीवीसमेतले हातमा हात, काँधमा काँध मिलाएका छन्, विद्यालयको निम्ति । सामान्य कृषक भरियादेखि बुद्धिजीवीहरूसमेतले आ–आÇनो ठाउँबाट योगदान गर्दै आएका छन् । हामी भौतिक रूपमा पनि उठ्न जरुरी छ । यसो भएमा मात्र सन्तुलित ढङ्गले अगाडि बढ्न सकिन्छ ।
विद्यालयको आन्तरिक सेरोफेरोका साथै हाम्रो सामुन्ने अर्को जिम्मेवारी पनि थपिएको छ । राष्ट्रका समसामयिक विषयमा सरोकार राख्तै महाभारत उत्तरमा अवस्थित तथा सानो उपत्यकालाई पनि अझ माथि उठाउनु छ, प्रशासकीय अवधारणाका साथ विविध विषयमा क्रियाशील हुनु छ । त्यसैले पनि अझ जुझारु, विवेकशील, नैतिकवान् बन्न जरुरी छ । यसको निम्ति सामान्य नागरिकदेखि विज्ञ बुद्धिजीवीसमेतको अहम् भूमिका हुने भएकाले सुझाव र सल्लाहको अपेक्षा गरिएको छ ।

शुभकामना मन्तव्य
श्री
महेन्द्ररत्न उच्च माध्यमिक विद्यालय रूपाटारले २०६८ साल वैशाख ९ गते आÇनो
स्थापनाको ५० वर्ष पुगेर स्वर्णजयन्ती भव्य रूपले विभिन्न रचनात्मक
क्रियाकलाप गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिसकेको छ । २०१७ साल
कार्तिक १ गते स्थापना भएको विद्यालयलाई यो अवस्थासम्म ल्याइपु¥याउन योगदान
गर्नुहुने शिक्षाप्रेमी व्यक्तित्वहरू, आमअभिभावक, शिक्षक कर्मचारी तथा
समस्त विद्यार्थीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै यस विद्यालयको
उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
राष्ट्र विकासको मेरुदण्ड नै शिक्षा हो । मेरुदण्डको रूपमा स्थापित उदयपुर जिल्लाको पछाडि परेको महाभारत उत्तरक्षेत्रको पुरानो विद्यालय, जहाँ गरिब, किसान, दलित, जनजातिका छोराछोरीहरू बहुसङ्ख्यक रूपमा अध्ययन गर्ने गर्दछन् । यस विद्यालयले बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकासको निम्ति समस्या र चुनौतीका बाबजुद उल्लेख्य योगदान गरेको छ । यस विद्यालयले हासिल गरेको सफलतालाई सबैले अनुकरण गर्नुपर्दछ ।
यस विद्यालयले भोलिका दिनमा अझै सशक्त रूपमा आफूलाई विकास गर्दै असल आचरणयुक्त नागरिक उत्पादन गर्ने, रोजगारीमुखी, सीपमूलक, व्यवसायी शिक्षा प्रदान गर्ने, न्याय, समानता, स्वतन्त्रता र सद्भावको संस्कृति निर्माण गर्ने उद्देश्यमा अझै योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै, यस विद्यालयमा रहेका समस्या समाधानमा सकेको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
यस विद्यालयको स्वर्णजयन्तीको अवसरमा डेढ वर्ष ढिलै भए पनि रूपाटार स्मारिका प्रकाशन गर्न लागेकोमा खुसी व्यक्त गर्न चाहन्छु । विद्यालयको ५० वर्षको इतिहास, अनुभव र उपलब्धिको समीक्षा र आगामी कार्ययोजनासहितको दस्तावेजको रूपमा रूपाटार स्मारिका प्रकाशित हुनेछ । यो प्रकाशन शिक्षा क्षेत्रमा चासो राख्ने सबैका लागि पठनीय सामग्री हुने आशा राख्दछु ।
अन्तमा, स्वर्णजयन्तीको अवसरमा प्रकाशित रूपाटार स्मारिकामा मलाई शुभकामना लेख्ने अवसर प्रदान गर्नुभएकोमा सम्बन्धित सरोकारवाला सबैमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछु ।

मोहनबहादुर खत्री
संविधानसभा सदस्य एवम् इन्चार्ज
ए.ने.क.पा.(माओवादी), उदयपुर
शुभकामना
उदयपुर
जिल्लाको रूपाटार गा.वि.स. वडा नं. ७ स्थित श्री महेन्द्ररत्न उ.मा.वि.
रूपाटारले २०६८ वैशाख महिनामा आफ्नो स्थापनाको ५० औँ वर्ष पूरा गरेको
अवसरमा स्वर्णजयन्ती मनाएको र यसै सन्दर्भमा स्वर्णजयन्ती स्मारक निर्माण
तथा स्मारिका प्रकाशन गर्न लागेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको
छ । यो स्मारिकामार्फत विद्यालयले आफ्नो इतिहासलाई अभिलेखीकरण गर्नुका
साथै शिक्षा क्षेत्रका सरोकारवालाका लागि उपयोगी सामग्रीहरू प्रकाशन गरी
शिक्षा क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
सामुदायिक विद्यालयको व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक उपलब्धिमाथि चारैतिरबाट प्रश्न उठिरहेको वर्तमान सन्दर्भमा विद्यालयले सरोकारवालाहरूको संलग्नतामा विगतका उपलब्धि र कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा विद्यालयको समुचित व्यवस्थापन र स्रोतसाधनको अधिकतम् उपयोग गरी उच्च शैक्षिक उपलब्धि हासिल गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता देखिएको छ । विद्यालयको स्वर्णजन्मोत्सवको अवसरमा यसका व्यवस्थापक, सञ्चालक र सरोकारवालाहरूलाई विद्यालयको उत्तरोत्तर प्रगतिको निमित्त एकजुट भई कार्य गर्ने प्रेरणा मिलोस्, यही मेरो शुभकामना छ ।
अन्त्यमा, नववर्ष २०६९ को अवसरमा शान्ति, समृद्धि र प्रगतिको निम्ति सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

खडानन्द पराजुली
जिल्ला शिक्षा अधिकारी, उदयपुर
श्री
महेन्द्र–रत्न उच्च माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष भैरवीप्रसाद
पोखरेलद्वारा उहाँलाई विद्यालयले गरेको अभिनन्दन समारोहमा व्यक्त मन्तव्य
यस
अभिनन्दनसभाका सभाध्यक्ष, उच्च माध्यमिक विद्यालय रूपाटारका विद्यालय
परिवार, अन्य विद्यालयबाट उपस्थित हुनुभएका, शिक्षकवर्गहरू, साथै यस
अभिनन्दन कार्यक्रममा सहभागी हुन पाल्नुभएका सम्पूर्ण शिक्षाप्रेमी
बुद्धिजीवी, अभिभावकहरू र महिला तथा मित्रहरू ।
आज भन्दा झन्डै ४८ वर्ष अगाडि यस भेकमा रहेको प्राकृतिक र भौगोलिक कठिनाईका बाबजुद पनि यस क्षेत्रको पछौटेपन सामाजिक आर्थिक कठिनाइसँग सङ्घर्ष गर्दै शिक्षाको उज्यालो प्रकाशबाट मात्र सामाजिक परिवर्तन हुनसक्ने यथार्थलाई मध्यनजर गरी यस विद्यालयको स्थापना गरेका थियौँ ।
यस विद्यालयको स्थापनाकालमा सुझाव सल्लाह र कार्यगत सहयोग गर्ने मेरा सहयोद्धालाई पनि आजको यो शुभअवसरमा हृदयदेखि सम्झना गरी धन्यवाद दिन चाहन्छु ।
स्थापनाकालमा यस स्कुल जुनियर हाइस्कुलको रूपमा वर्ष १ को कक्षा १ थप्दै जाने भनी तत्कालीन सरकारबाट निर्माण स्वीकृति भएको र त्यसै अनुरूप यस विद्यालयको स्थापना भएको यहाँ उपस्थित सबैमा जानकारी गराउन चाहन्छौँ ।
समयको परिवर्तनलाई आत्मसात् गर्दै आज यस विद्यालय उच्चशिक्षा प्रदान गर्न सक्ने विद्यालयको अवस्थामा आइपुगेकोमा अति नै हर्षित र खुसी छौँ र यस विद्यालयलाई निरन्तर सहयोग गरी यस अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्ने नयाँ पुस्ताप्रति कृतज्ञ छौँ ।
यस विद्यालयको स्थापनाकालदेखि आजसम्म आर्थिक, शैक्षिक, बौद्धिक, सहयोग गर्दै विद्यालयलाई फूलाउने फलाउने काममा योगदान गर्ने यस भेकका सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावकहरू र चन्दादातालाई यस सुवर्ण अवसरमा धन्यवाद दिन चाहन्छौँ ।
अन्त्यमा, मेरो शिक्षाप्रतिको अभिरुची र योगदानलाई कदर गर्दै आज यस विद्यालय परिवारले देखाएको यस श्रद्धालाई मैले मेरो जीवनको सफलता हो भन्ने ठानेको छु । आज यस विद्यालयको ऐतिहासिक कार्यक्रमबाट अभिनन्दित भै तपाईंहरू माझमा उभिन पाउँदा असल र राम्रो काम गरे मीठो फल पाइन्छ भन्ने उक्तिको चरितार्थ भएको बुझेको छु । यसै कुरालाई मनन् गरी आगामी दिनमा यस विद्यालयको भविष्य उज्ज्वल बनाउन लागिपर्नुभएका विद्यालय परिवार अभिभावक र चन्दादातालाई समेत प्रेरणा मिलोस् र आगामी दिनमा पनि यस विद्यालयको भविष्य उज्ज्वल रहोस् भन्ने कामना गर्दै आज यस शुभअवसरमा हामीलाई अभिनन्दन गर्न पाल्नुभएका सम्पूर्ण सबैलाई हृदयदेखि नै मुरीमुरी धन्यवाद दिँदै विदा हुन्छु । धन्यवाद ।

रूपारानीलाई जन्म दिने उदयसेन पक्कै अरूण हुन्
–बालकृष्ण पोखरेल
विराटनगर–१३
विराटनगर–१३
मेरी
प्रातः स्मरणीया माता रूपारानी (जसले मभैmँ एउटा साधारण केकेमनुक्च्यो
अर्थात् काल्केटो अर्थात् बालकृष्णलाई रूपावासी हुने प्रेरणा दिइन् एवम्
मेरा पूर्वजको थलोलाई रूपाटार बन्ने पे्ररणा दिइन्) पक्कै पनि भगवान्
अरूणकी सुपुत्री (एउथुगातेर अर्थात् सुदुहितृ) थिइन् भन्ने मेरो ठनाइ किंवा
अठोट छ । यदि परम विद्वान् सुनीतिकुमार चटर्जी (चेदिवंशीय ऋषि अर्थात्
चेदिर्षि)को विद्यापीठ (कोलकाता विश्वविद्यालय)बाट उनी जीवित छँदै उनको
प्यारो तुलोनात्तोक (तुलनात्मक) भाषा विज्ञानमा कखरा सिक्ने प्रेरणा यदाकदा
हाम्रो विभागमा आएर हाम्रा विभागीय अध्यक्षलाई समेत शिक्षा दिएर जाने ती
भैmँ विश्वविख्यात ऋषिको प्राज्ञिक र भौतिक दुवै स्पर्श मेरो शरीरले चाख्न
नपाएको भए आज म यसरी मेरा पूर्वजको थलोलाई रूपाटार बनाउने देवी रूपारानीका
पिता उदयसेन पक्कै अरूणदेवका प्रतीक हुन् भनी निक्र्योल्न समर्थ हुनेथिइनँ ।
चेदिर्षि (चटर्जी)हरूले बाङ्लादेशलाई चेदिग्राम (चिट्टागाउँ) दिए भने मलाई
रूपारानी चिन्ने अन्तर्दृष्टि दिए । अरूलाई के–के दिए त्यसको लेखो मसँग
छैन । काठमाडौँलाई नेपालकै पहिलो भाषाशास्त्री हुने इन्दिराज पन्त दिएका
थिए, तर ती (इन्दिराज) द्वितीय विश्वयुद्ध समाप्त नहुँदै स्वर्गे भएकाले म
नाथेले नेपालको प्रथम भाषाशास्त्री भइटोपल्ने औसर पाएँ । चेदिर्षि (चटर्जी)
सुनीतिकुमार बङ्कालको विधानसभाको अध्यक्ष भएका बेला (सं.२०२० तिर)
काठमाडौँ आएका बेला त्रिभुवन विश्वविद्यालय पनि आएका थिए । उनी आउँछन्
भन्ने थाहा नभएको हुँदा क्लासमा पढाई–ओरी म डेरामा पुगिसकेको थिएँ । उनी
आएपछि मेरो (अर्थात् चेदिर्षिको छात्रको) खोजी भएछ । राति खाना खाएर एक छिन
आराम गरी जब अध्ययन गर्न मात्र के लागेको थिएँ चेदिर्षिले मलाई लिन पठाएको
कारको हर्नले गर्दा मैले बेला न कुबेला धौबजी नेलाको राग अलाप्दै ती
अमर–आत्मासित भेट गर्न त्रिभुवन विश्व–विद्यालय जानुप¥यो । त्यसउप्रान्त
उनीसँग मेरो भेट कहिल्यै भएन । तिनले नै स्वर्गबाट दिएको प्रेरणाले गर्दा म
आज रूपारानीका पिता उदयसेन वास्तवमा अरूणदेव हुन् भनी निक्र्योल्न सफल
भएको छु । उनी भन्थे एसियाको संस्कृत र युरोपको ग्रिसेलीलाई माया ग¥यो भने
मान्छेको ज्ञान समृद्ध हुन्छ । नत्र ज्ञान खुँडे वा एकपाखे हुन्छ ।
तिनै चेदिर्षिले सिकाएको तुलनात्मक प्रविधिको लौरो टेकेर म आज रूपारानीका पिता उदयसेन अरूणदेव हुन् भन्ने निधोमा पुगेको हुँ । पुराण भन्छ, अरूण र गरुडकी साझे आमाको नाम विनता हो, यसैले ती दुवै (अरूण र गरुड)को अर्थ सुन पनि लाग्छ । मैले ती दुवैकी साझे आमा (विनता)लाई प्राचीन भेनिस देश भनिन्थ्यो भन्ने मानेको छु, किनभने भेनिसलाई अतीतमा भेनेती नै भनिन्थ्यो। अभैm अङ्ग्रेजीमा भेनिसेली भन्न भेनेटिक भन्नैपर्छ । भेनिसेलीलाई भेनिसियन भनियो भने मान्छे हाँस्छन् । विनता
(भेनेती)का छोरा भएकाले अरूण र गरुड दुवैको अर्थ सुन (स्वर्ण) लाग्यो । भर्खरै बुल्गारियाको राजधानी सोफिया (शोभाभूमि)मा उत्खनन हुँदा त्यहाँ थुपै प्रकारका सुनका गहना भेटिए । शोभापुरी (सोफिया)को बाटो दुर्गाभूमि (प्राचीन तुर्की)मा आएछ क्यारे विनताको कान्छो छोरो गरुड, जसले अङ्ग्रेजी भाषालाई गोल्ड शब्द दियो । प्रचीन टर्कीको एक फ्रिजिया (भृगुपुरी) नामक देशको राजधानी गोर्डियम
(गरुडपुरी) थियो । संस्कृतमा गरुड (सुन)लाई रुक्म पनि भन्दथे, त्यसैले गरुडपुरीको अर्को नाम रुक्मपुरी पनि थियो । गोर्डियममा माता दुर्गाको पूजा हुने हुनाले त्यसलाई स्त्रीराज्य वा आनातोलिया पनि भन्थे । नेवारहरूले सुनलाई लुँ भन्न जानेको यसै गरुडपुरीको पर्याय रुक्मन्को आधारमा हो । तर सुनलाई स्वर्ण भनेको चाहिँ सुअरूण भन्दाको कारणले हो । अरूण पनि विनतापुत्र (वैनतेय) नै हो तापनि यो माता विनता
(भेनेती)का कान्छा छोरा होइनन् । गरुडझैँ अरूणको भागमा पूर्व (ओरिएन्ट) परेन । अरूणको भागमा प¥यो पश्चिम (अक्सिडेन्ट) । दुवै हरि (सूर्य)का वाहन (हरिवाहन) हुन्, तर अरूणले बोक्ने हरि (सूर्य) रात परेपछि उज्यालो हुने बेलाका हुन् । भन्नाले साँझमा घाम रातो भएपछि बिहान भुकभुकेमा पुनः घाम रातो हउन्जेलको सूर्यसारथी अरूण हो । सूर्य सेतो रहेसम्मको दिनभरिको सूर्यसारथी (हरिवाहन) चाहिँ
गरुड हो ।
गारुड शाखाको हरिवाहनको प्रतीक हो पूर्वीय स्वस्तिक चिन्ह । हाम्रो स्वस्तिक चिन्हको चरो गरुड भएको हुँदा त्यसका चुच्चो, पखेटा आदि पूर्वाभिमुख छन् । गरुडको दाजु अरूणको स्वस्तिक पनि हरिवाहन (गिद्ध)कै प्रतीक हो तर त्यसको चुच्चो चाहिँ जता फर्काए पनि पश्चिमाभिमुख हुनुपर्ने हो माता विनता
(भेनेतीः प्रत्नभेनिस)को अनुशासन मुताबिक । तर के गर्दै छन् अरूण–फाँटेलीहरू उनै जानून् । पहिले हामी माता विनता (प्राग्भेनेती)को काखमा छँदा सगोलका दाजुभाइ थियौँ । तर पछि हामी दुईखाले हरिवाहनबीच ठूलो काटोछिनो जन्मियो । हामी तिनलाई भैँसी (महिषासुर) भनी घृणा गर्न लाग्यौँ, तर उनीहरू पनि के कम ¤ तिनले हाम्रो देशलाई गधाको भूमि (आसिया) नाउँ दिए । फलितज्योतिष शास्त्रमा अभैm घोडाको शत्रु भैँसी र भैँसीको शत्रु घोडा भनेको पाइन्छ । यो घृणाभाव तबसम्म रहिरह्यो जब खसजाति
(काशीजाति)ले घोडा चढेर संसार जित्ने कलाको आविष्कार क्राइष्टपूर्व १७ सय वर्षपूर्व ग¥यो । त्यसपूर्व सुमेरकी आश्विन देवी होर्साक गधिनी थिइन् । तर पछि अङ्ग्रेजले हर्सलाई गधा नभनी घोडा मान्नुप¥यो । अश्व (आस) चाहिँ अभैm गधा नै छ ।
वैज्ञानिक रूपमा मात्र होइन ऐतिहासिक रूपमा पनि अरूणको भागमा पश्चिमनै पर्छ । अतीतमा ग्रीसको पुराणमा औरानोस (अरूण) आकाशमा थिए र पातालमा गेया (ज्या अर्थात् पृथ्वी) थिइन् भनी लेखिएको छ । दुवैको प्रेम भएपछि विश्वमा प्राणी, वनस्पतिको सृष्टि भयो भन्छ अरूणाचल (ग्रीस)को पुराण । हाम्रो नेपालका किरातहरूको मुन्धुम (मुन्थुम) अर्थात् पुराण पनि यसै भन्छ । हाम्रो किरातमा पनि कतै गरुड गङ्का छैनन्, तर अरूणगङ्का भने छिन् । यसैले त म भन्न बाध्य भएको हुँ, जुन रूपारानीको रूपाटारले मलाई रूपावासी भन्ने पूmलनाउँ भिर्न रौस्यायो ती रूपारानीका पिता उदयसेन अरूणदेव हुन् । सूर्यास्तपछि पुनः सूर्योदयसम्मको सूर्यसारथी (हरिवाहन) अरूण भएकाले रूपारानीका पूर्वजले नदीसम्राट् जेठो कौशिकीलाई अरूणबास्सा (अरूण बादशाह) नाउँ दिए । सबै कौशिकीहरू पोथी छन्, तर अरूण, बरुण र तमोर भाले छन् । नाइल नदी पनि भाले नै छ । नाइलको इलाकाका मानवहरूको वंश अभैm कौशिक
(कुसिटिक) कहलाउँदै छ । अतः रूपारानीका पूर्वज (युरोपेली)हरूको ‘यु’ गायब भएपछि त्यो रूपारानी बनेछ भन्ने सत्य अरूण नदीको भालेपन, तिनको ग्रिसेली औरानससितको नामसाम्य र तिनमा मिसिन आउने सबै नदीको कौशिकता (कुशिटिक आइडेन्टिटी)बाट स्वतः जाहेर हुन्छ । रूपारानी मात्र होइन रूपाखेती दाहालकी माता रूपा पनि युरोपा मैयाँ नै रहिछन् भन्ने मेरो विश्वासले पनि थप आड पाउँछ । चाहे आस्खेती होस्, चाहे रूपाखेती होस्, चाहे बरखेती होस्, चाहे जुनसुकै खेती होस् त्यो आश्विनहरूलाई भैँसी (महिष) भन्ने अथवा घोडालाई गधा (आस अथवा होर्साक) भनेर घृणा गर्नेको सन्तान रहेछ भन्ने कुरो प्रकाशमा आउँछ । वंगालको चिट्टा चेदिको सतम विकल्प हो, तर बिहारको खोट्टा (कीटक) र नेपालको खेतीचाहिँ चेदिको केन्तुम भेद हो । चेदिको मूल सिटी (शहर÷नगर) पनि चेदिको केन्तुम भेद हो । संस्कृतको केतु (टाउको) र अङ्ग्रेजीको हेड (टाउको) पनि चेदिका केन्तुम भेद हुन् । आपूmलाई सर्वश्रेष्ठ मान्ने फोनेसियाली बालको नागरसभ्यता (बालकृष्ण)ले आपूmलाई उत्कृष्ट मान्ने चेदि (सिटी) वंशीय नागरसभ्यता (चेदिराज शिशुपाल)को टाउको (केतु÷केत÷हेड) छिनालेको कथानकमा खेती र चेदि दुवैलाई मणिपुरेली (फोसेसियन वा प्युनिक)हरूले पराजित पारेको सङ्गेत मिल्दछ । जीत बृहत्तर फोनेसियाको हुनु शारीरिक रूपमा बालसंसार (फोनेसिया, कार्थेज आदि)को भए पनि सांस्कृतिक रूपमा त्यो जीत औरानस
(अरूण)को थियो । रगत कृष्णकन्हैया (बालकृष्ण) भए पनि र नाम गरुडवाहन भए पनि सांस्कृतिक रूपमा किसुनजी अरूणवाहन थिए । बाइबल पल्टाएर हेर्दा पानी (बरुण) र आगो या घाम (आर्य)को बीच ठूलो कलह देखिन्छ नोहाज आर्कको प्रसङ्कमा । तर किसुनजीले आर्यदेव इन्द्र (पूर्वीे हरिवाहन गारुड सभ्यता) र आर्यदेव अरूण (पश्चिमी हरिवाहन) दुवैलाई विखण्डित पारिदिए । आप्mनै मामा कंस (तुलनीय छ ग्रीसको अति प्राचीन नगर कोन्सोस)को माधव (माथुर) मूलको नागरसभ्यता र रोमको सिटी (चेदि अर्थात् केतु) सभ्यताबीच पनि किसुनजीले मधुकैटभ काण्डमा भेद उत्पन्न गराए । आप्mनै छिमेकको हिब्रू (विप्र) र चेदि (चित्ति)लाई विखण्डनको शिकार पार्नलाई किसुनजीले विप्रचित्तिका दुई भाइ छोरा (राहु र केतु)लाई मिल्न दिएनन् । हिट्टेली (कौरव) र तिनकै सहोदर पाण्डव दुवै मत्स्यदेशका राजा उपचिरवसुकी पुत्री योजनगन्धाका सन्तान थिए । तिनले पाएको हिट्टेली गद्दी शन्तनुको उत्तराधिकार थियो । माछो (ग्रीसको क्रीट) र हिट्टेली (क्षुद्रेसियाका हस्ती) दुवै मिलेर बसेका थिए । तर त्यहाँ पनि किसुनजीले खेलेको कूटनीतिले महाभारत मच्चायो । भन्नाले गारुड र आरुणबीचको भेदलाई खोज्दा पनि दिउसै टर्च चाहिने परिदिए भगवान् किसुनजीले सुदर्शनचक्र (बुमेराङ?) को सघोटले ।
तैपनि अतीतको अरूणलाई जीवित राखेका छन् केही अभिधात्मक रहलपहलले । मेरो प्यारो रूपाटारकी रूपारानीले युरोपलाई नाम दिने युरोपा रानीको नाम जीवित राखेकै छन् । युरोपा रानीको जन्म उत्तरी अफ्रिकामा, तिनको प्रथम प्रेमलीला एसिया (प्राचीन क्षुद्रेसिया)को वार्षगिरि (टाउरस पर्वत)मा र तिनले भगवान् बृहस्पति (जेउस)का तिरबाट जन्मिएका सन्तानको लालनपालान ग्रीसको राजदरबारमा भएको कुरो महाकवि भर्जिलको कृतिले विस्तारका साथ वर्णन गरेको छ । युरोपासित दोस्रो बिहे गरेर ग्रीसको क्रीटभूमिका राजाले उनका सन्तान हुर्काइदिए । यसरी युरोपा मैयाँले युरोपलाई नाउँ दिइन् । सारा संसारलाई मान्छे दिइन् भन्छ सो महाकाव्य । युरोपाका एक पुत्र (किङ्क माइनोस्) क्रीटका प्रथम नरेश भए भन्छ सो महाकाव्य । कति मिलेको त्यहाँको र यहाँको पुराण ¤ हामी पनि भन्छौँ विष्णुको प्रथम अवतार मीन (माइनोस ?) थियो । सबै धर्मलाई त्यागेर मेरो शरणमा आऊ भन्ने किसुनजीको प्रथम अवतार माछो
(मीन÷माइनोस) थियो भन्ने कुरो हामी अभैm स्वीकार गर्दैछौँ ।
हो, रूपारानी (युरोपा)ले बच्चा पाएको क्रीटमा हो, तर उनले पेट बोकेको त एसियाको प्राचीन छुद्रेसिया (टर्की)मा हो । टर्कीका मान्छे अभैm पर्यटकलाई भन्दै छन्– हेर, त्यो हो टाउरस पर्वत (वार्षगिरि) । पहिले त्यो पर्वत भगवान् जेउस थियो । रूपारानी (युरोपा मैयाँ)लाई पेट बोकाएपछि भगवान्ले गोरूको रूप लिए अनि ती पर्वत बने । मैले त्यस वार्षगिरि (टाउरस)कै आडमा ज्योतिषीहरूले बृषराशिको नाउँ लिएको स्वीकार गरेको छु । किसुनजीको राशि, बार (शुक्र) तथा जात (वैश्य) सबै यसै पर्वतमा आधारित प्रतीत हुन्छन् । बालिले हरण गरेकी सुग्रीवपत्नी तारा, पारिस (बालिः ?) ले हरण गरेकी मेनेलाउसपत्नी हेलेन र चन्द्रमाले हरण गरेकी बृहस्पतिपत्नी तारा आदिको कल्पनाको आधार यही टाउरस (वार्षागिरि) हुनु असम्भव छैन । रावणले हरण गरेकी सीता चाहिँ टेन सी पिपल्स (दशानन रावण) नाउँका क्रीटेली रक्षगणद्वारा लुटिएको इजिप्टको सेती (सीता ?) साम्राज्य हो कि भन्छ मेरो मन । मैले ‘खस जातिको इतिहास’मा यसबारे चर्चा गरिसकेको छु । ला ¤ रावणको मूल पनि युरोपा (रूपारानी)कै क्रीट पो रहेछ ¤ हाम्रा चम्बल (चर्मन्मूलीय चम्बलनाथ)का सन्तान जुम्ली (चम्बली)हरूका पूर्वज ऋषि सङ्कृति (राहुल साङ्कृत्यायनले मामली मानेका ऋषि) पनि यही सङ्कृति (क्रीटदेश) होइन कसरी भन्ने ? सूर्यवंशी घोडा चढेर हिंडे पनि उही क्रीटदेश (सङ्कति) र चन्द्रवंशी घोडा चढेर हिंडे पनि योजनगन्धा महारानीको उही यवनदेश (आयोनिया) पुगिने कथालाई ढाकछोप गर्ने आँट मेरो छैन ।
अब म संसार नचाहारी आप्mनै रूपारानीको औरानोस (अरूण) मूलमा केन्द्रित हुने चेष्टा गर्छु । चाहे गरुड होस् चाहे अरूण वैनतेय भएका नाताले सूर्य याचन्द्रको उदयास्तसँग तिनको सरोकार हुने नै भयो । अझ प्रशस्तिगाथामा उदयको महिमा धेर गहकदार हुने नै भयो । औरानस (अरूण) शाखाका हरिवाहन (अरूण)ले पनि हरिको अस्तपक्षलाई भन्दा उदयपक्षलाई नै महŒव दिएको पाइन्छ । अतः अरूणसंस्कारकी मेरी ममतामयी परमपूज्या देवी रूपारानीले पनि आप्mनो थलोको नाम उदयपुर नै राख्न रुचाइन् । एउटा कथा जन्मियो, राजा उदयसिंहले छोरी रूपारानीलाई दिएको बिर्ता भएको हुनाले यो बिर्ता रूपाटार कहलायो । सुनकोसीको निकटमा यारी खोला नामक खोलाको तटमा औलो नलाग्ने सम्मो (निकै फराकिलो) र ज्यादै रमणीय स्थलको नाम हो रूपाटार । बाबु उदयसिंह राजाले दिएको यस टारमा प्रत्येक रातमा रूपारानी नाच्थिन् रे । दियाथुम्कामा विशाल दियो बल्थ्यो रे । कमिलडाँडामा कमिलैसरि दर्शकहरू नाच हेर्न बसेका हुन्थे रे । मादलेबाट मादलको आवाज घन्किन्थ्यो रे । तमाखुखर्कमा भी.आई.पी.हरू बसेर तमाखु र नाच दुवैको स्वाद लिन्थे रे । यारीपूर्व तमाखुखर्कका भी.आई.पी रमितेले तमाखु खाइसकेपछिको सिट्ठी (डढुवा) यारीपश्चिमको डढुवा पाखोमा घ्वाप्प घोप्टाउँथे रे । विचरी, धूम्रपान कुन चराको नाउँ हो ज्ञानसम्म नभएकी अरूणाचल (औरानसपुरी ग्रीस)की रूपारानीले यारीतटको रूपाटारमा नाच्दा कसरी पाए भी.आई.पीहरूले धूम्रपान, यो प्रश्न बेग्लै हो । धेरै सागर अनि थुपै्र खोला नाघेपछि कालान्तरमा संस्कृतिले पनि काँचुली फेर्छ भनेको यही हो । सारा संसारलाई मानव जाति दिने र युरोपलाई नाम समेत दिने युरोपा मैयाँ (रूपारानी)ले हामीलाई दिएको रूपाटार र रूपाखेती दाहाललाई दिएको चोलाको मूल एकै भए पनि स्वभाव केही भिन्न पक्कै होलान् । बुडा दाहाल बृहस्पतिकी पत्नी तारालाईचन्द्रले हरण गरेको परिणाम हो । बुध प्रसन्न छैन तारा (हेलेन?)को हरण गरेर आपूmलाई जन्माउने बालि (पारिस?) देखि । तर मीन भगवान् (किङ्क माइनोस) प्रसन्न छन् युरोपा (रूपारानी)को हरण गरेर आपूmलाई जन्माउने जेउस (बृहस्पति) देखि ।
हाम्री रूपारानीको बिहे उदयसिंह राजा (किङ्क औरानोस अथवा उपरिचरवसु)ले कोसँग गरे यो चाल पाउन सकिने कुरो होइन । चाल पाएको भए सगरमाथाको उच्च शिखरले भन्थ्यो होला मत्स्यावतार (किङ्क माइनोस)का बाबु जेउस हुन् रूपारानीका पति । यी अनुश्रुतिबाट मात्र बुझेन मन । सोचें मैले, कहाँ–कहाँ बनाएका होलान् रूपारानीका बाबा उदयसिंहले उदयपुर ? हाम्रो उदयपुर त एउटा जिल्ला भैहाल्यो । अर्को उदयपुर राज्य भैहाल्यो पिउठान जिल्लाको इतिहासमा उपाध्याय कार्की बाहुनले राज गर्ने थलो । राजा र राजकुमार बाहेक त्यस कुलका अरू सन्तानले अधिकारी लेख्ने चलन थियो । तिनले यो राज्य डोटीका राजाबाट अतीतमा पाएको भन्ने चर्चा मैले सुनेको छु । नत्र उदयपुर राज्यका उपाध्याय कार्कीको मूल थलो जूगाड थियो रे । त्यो जूगाड सेती अञ्चलको कुनै जिल्लामा होला ।
मैले पूर्णप्रकाश नेपाल “यात्री”को “महाकाली वर्णन” भन्ने पुस्तकमा उहिले पढेको कुनै पृष्ठमा कुनै नदी (सेती नदी ?)मा मिसिने ठाउँमा उदयसिंह नाउँ गरेका एक देवताको देवस्थल भएको र त्यहाँ प्रतिवर्ष विशाल मेला लाग्ने गरेको प्रसङ्क पढेको थिएँ । अनि मैले मनमनै के अनुमान गरें भने यी भगवान् उदयसिंह (खासमा चाहिँ अरूणदेव) रूपारानीका पति जेउसका प्रतीक औरानोस हुनुपर्छ । अनि मैले फेला पारें बझाङ्क जिल्लामा पर्ने थलारा राज्य । यहाँबाट यत्रतत्र बसाईँ सरेर छरिएका ठाडाराई अधिकारीको गोत्र आत्रेय (अत्रि) छ । पक्कै ठाडाराई भनेको थलाराई भनेको हो । भारततिर एसियाका मान्छेलाई एसियाई भनेभैm थलाराकालाई थलाराई भनिएको रहेछ । पक्कै जुगाडी अधिकारी (या कार्की)को भैmँ यी थलाराईको पनि प्रमुख उपास्यदेव उदयसिंह थिए । मलाई लागिरहेको थियो अतीतको कुनै चरणमा पूर्व नेपालको सगरमाथा अञ्चलमा उदयपुरगढीलाई नाम दिएको पक्कै ठाडाराई (थलाराई) अधिकारीले हुनुपर्छ । परन्तु मेरो प्राक्कल्पनाको पुष्टि हुन पाएको थिएन । तर सं. २०६८ कात्तिक १८ गते त्यस जिल्लाको कटारी नगरपालिकाका छात्रहरूले आयोजना गरेको भव्य समारोहमा मेरो भेट एकजना ठाडाराई (थलाराई) अधिकारीसँग भयो । ती मभन्दा छ वर्ष जेठा थिए । कान कम सुन्ने हुनाले कानमा मुख टाँसेर बोल्नुपथ्र्यो । गोत्र तिनको आत्रेय नै रहेछ । तिनको अर्थात् तीर्थबहादुर अधिकारीको । ठाडाराई कहलाउनुपूर्व ती थलाराई थिए भन्ने कुराको ज्ञान तिनलाई रहेछ । तर आप्mनो मूल थलो थलारा भएको ज्ञानचाहिँ मैले धेरैपटक बताएपछि मात्र उनलाई भयो । बझाङका प्रायः सबै गोत्रका ठकुरीलाई मन पर्ने फुँदो हो सिंह । उनका बाजेसम्मकाहरू सिंह लेख्थे रे । यसबाट पनि उनको मूलथलो बझाङ भएकोमा म विश्वस्त भएँ । तिनीहरूले नै भगवान् उदयसिंहको उपासनालाई पूर्व नेपाल ल्याए र त्यहाँ उदयपुर राज्य तिनै भगवान्को नाममा खडा गरे । अवश्य ठाडाराई आत्रेय बाहेक अन्य थरघर पनि यहाँ आएर उदयपुर राज्य खडा गर्न सफल भएका हुन् ।
मैले उहिले बालककालमा सुनेको थिएँ, दाह्री–कपाल सेतै फुलेका उदयसिंह राजालाई सेतो घोडामा सबार भएर पूर्णिमाको रातमा मन्दचालमा यात्रा गरिरहेको बेलामा कतिपयले देखेका छन् रे । ती उदयसिंह राजा नै रूपारानीका पिता भएको मैले बुझेको छु । रूपाको अर्थ अभैm बङ्काली आदि भाषामा चाँदी लाग्दै छ । युरोपेली रङ पनि सेतोको प्रतीक भएको हुनाले हाम्री रूपारानीका पिता उदयसिंह त्यसरी सेता ठहरिएका होलान् । अभैm कतै पनि कहिल्यै नगएका एकदुई खसबाहुनहरू उदयपुरमा मैले युरोपेली केश र वर्णका देख्न पाएको छु । तिनलाई मैले रूपारानीका झर्रा सन्तान ठानेको छु । उदाहरणका रूपमा हाल ईंटहरी बस्ने शिव पराजुलीको तीनपुस्ते अनुहारलाई लिन सकिन्छ ।
धेरै सम्भव छ, यहाँ उदयपुरमा रूपारानीको उदयभास्वर माइती (अरूणवंश)को राज्य थियो । पछि पछि आउने सेनवंशी (?) हरूले तिनलाई लखेटे– फलस्वरूप आपूmलाई सुरक्षा दिन सक्ने हलेंसीमा ठाडाराई अधिकारी आदि गएर बसे । यसरी उदयवंशीहरूको गद्धीमा पहिले सेनले र त्यसपछि शाहले अधिकार जमाए ।
माता रूपारानी ¤ अब यतिमै बिदा पाऊँ । तिम्रो प्यारो रूपाटारमा ढिलो–चाँडो एउटा रूपापार्क बन्छ र त्यहाँ सेतो पहिरन एवम् सेतै केशराशिमा सज्जित तिम्रो सालिक अवश्य बन्नेछ । तिम्रो सालिक मात्र होइन तिम्रा पिता (उदयसेन या उदयसिंह)को सेतै दारीजुङा एवम् सेतै वस्त्रका साथमा सेतै घोडामा चढेको सालिग पनि हाम्रै रूपाटारमा बन्नेछ ।
ममतामयी माता रूपारानी ¤ सुन्यौ तिमीले? तिम्रा पूर्वज अतीतमा बस्ने ठाउँ (बझाङको थलारा)का मान्छे सिंह उपाधि रुचाउँछन्, किनभने ती आत्रेयको कुल चन्द्रवंशी हो । सुमेरको अक्कडेली भाषामा चन्द्रदेवलाई सिन भनिन्थ्यो । सुमेरको माटामा जन्मेको चन्द्रदेव (सिन)लाई मन परेको थलो भएकाले पश्चिमी नेपालमा प्रत्येक खर्कलाई सैन भनिन्छ । यिनै सैनमा पूजिने देवी (मङ्कलासैनी, गत्तासैनी, तिङलासैनी आदि)ले हामीलाई तिम्सेना (अथवा तिमल्सेना) भैmं सुन्दर उपाधि दिएका छन् । माता रूपारानी ¤ तिम्रै गा.वि.स.को वडा नम्बर एक (खोलेखर्क) पनि त एक सैन (खर्क) हो नि ¤ नत्र त्यहाँका बासिन्दा किन सिंह (सैन ¤) लेख्थे ? माता रूपारानी, तिम्रा पिता अरूणदेव (उदयसिंह अथवा उदयसेन) पनि चन्द्रमा (सिन)का सहभागी भएकाले ती कान्छो भाइ गरुडलाई दिनको उज्यालो दिएर आपूm रातको उज्यालोमा रमाएका हुन् नि ¤ यो कुरो नबुभ्mनेले कसरी तिमीलाई चिन्ला र? अन्त्यमा म फेरि भन्छु, मेरी माता रूपारानीलाई जन्म दिने उदयसेन (अथवा उदयसिंह) पक्कै अरूण हुन् । उदय हरिवाहन गरुडको काम हो कि हरिवाहन अरूणको काम हो । रूपाटारनिकटमा अरूण हुँ भन्ने नदीको साम्राज्य भएकोले मैले मेरो उदयपुरको उदय अरूणकै हो भनी ठोकुवा पुर्जीमा छाप लगाएकोमा मलाई पाप नलागोस् । जय माता रूपारानी!

किरात संस्कृतिसँग जोडिएको रूपाटार
शिवहरि राई
उदयपुर गाईघाट
रूपाटार
उच्चमाविको स्वर्णमहोत्सवको उपलक्ष्यमा स्मारिका प्रकाशनको लागि हालै
रूपाटारवासी, समाजसेवी, शिक्षाप्रेमी, कलाप्रेमी बुद्धिजीवीलगायत स्मारिका
निर्माण कार्यमा लगनशील महानुभावहरू धन्यवादको पात्र भइरहनुहुनेछ । मेरो
व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु ।
रूपाटारको पहिचान अतीतदेखिको धेरै होला ठूलै दस्तावेज बन्ला तर त्यति गहिराइमा पुग्न नसके पनि केही छोटकरीमा रूपाटारको वर्णन गर्ने अवसर पाउँदा गर्व लागेको छ । हाल उदयपुर जिल्लाको पश्चिम–उत्तर सुनकोसी गढतीरमा पर्ने एउटा गाविस हो रूपाटार । महाभारत पर्वतको काख खोटाङ जिल्लाको सिमानामा पर्ने पहाडी खोँच भए पनि यो गाविस हाल सुगम मानिन्छ । यातायातको साथै स्मारकले पहि¥याएकोे रूपाटार उदयपुरको परी भन्दा फरक नपर्ला । भविष्य उज्ज्वल बन्दै जाओस् रूपाटारको यही कामना गर्दछु ।
विगतको रूपाटार नेपालको किरातकाल पतनपछि माझ किरातकालमा लोग्दिनी किरातका छोराहरू क) नाप्पाछा ख) रोपाछा ग) गौरूपाछामध्येको रोपाछा कोही किरात रूपाटारमा रजाइँ गरी बसोबास गरेको कथन जनश्रुति प्रशस्त पाइन्छ । ठानागाउँको थाले पन्डा थाल बजाउँथे रे ¤ थामखर्कको ढयाङ्ग्रे ढयाङ्ग्रो बजाउँथे रे ¤ आदमाराको ढाले ढोल बजाउने डम डम तिल्केटारमा ताली बजाउँथे रे ¤ दियाथुम्कामा दियो बाली झलमल्ल बनाइ रूपाटारमा रोपाराज रूपारानी नाच्थे रे ¤ छमछम मादलेमा मादल बज्दा बिजुवाका झाँक्री मुन्धुम मन्त्र जप्थे रे ¤ यारी वारिपारि भन्ने मुखयुक्तिहरू प्रशस्तै पाइन्छ । रोपाराजा र रूपारानी प्रभावशाली थिए भनिए पनि कति समयसम्म शासन वा चयन गरे एकिन नभए पनि रोपाराजा रूपारानीका दरसन्तानपछि शत्रुको आक्रमणबाट पराजित भई भागदौडसँगै आफ्नो फौजको साथ दाजुभाइ राजकुमारहरू सायमी र होपामी रोपाछा कोही किरातहरू यारी खोलैखोला भाग्दै जाँदा भाइ होपामी तावाखोला शिरमा घाइते भई श्रीमतीको साथ रुन्चे भन्ज्याङका पहरामा लुकीछिपी बसेछन् । दाजु सायामी फौजका साथ रातारात भाग्दै भारतको बिहार राज्यको सहर्सा जिल्लाको त्रिवेणी भन्ने ठाउँमा शरण लिई बसोबास गरेछन् ।
सायमीका दरसन्तानहरू हालसम्म सो ठाउँमा छँदै छन् । यता होपामी घाइतेको श्रीमतीबाट जङ्गलमा रहँदाबस्दा बच्चा जन्मेछ । जङ्गल पहरामा बच्चा रोएको सुनी बाटो हिँड्ने मानिसहरू आश्चर्यमा झाँक्री रोएको भन्ठानेछन् र हालसम्म पनि त्यस ठाउँलाई रुन्चे भन्ज्याङ भन्ने नाम छँदै छ । त्यो बच्चाको नाम न्वारनमा साइपाती नाम राखेछन् । साइपाती भन्ने ठाउँ पनि त्यो रुन्चे भन्ज्याङसँगै रहेको सानो खोल्साको नाम हो । सोही ठाउँमै साइपाती रहँदा बस्दा घरजम गरी उसको पनि छोरा जन्मेछ । साइपातीको छोराको नाम भीमसेन राखिएको रहेछ । भीमसेन नाबालक हुँदा साइपातीको मृत्यु भएछ । सोही बखत किरातहरूको खाई न पाई न केही दरसन्तानलाई फिर्ता दिने सम्झौता शाह वंशहरूले दिने निर्णय भएछ र सोह्रैकट्टी चारकिल्लाको पगरी भीमसेन किरातलाई भीमसेन राई भन्ने उपाधिसाथ हालको बाँसबोटे बुत्कुमा किपटपाई चलाई खाने तिनै भीमसेन राईका सन्तानहरू हालसम्म छँदै छन् । सायमी र होपामीलाई आक्रमण कसरी भयो भन्ने एकिन लेख नभए पनि माँझकिरात सयर गर्दा पृथ्वीनारायण शाहले १८३० मा त्रिलोचन पोखरेललाई लेखीपठाएको दुई थान पत्रबाट प्रष्ट हुन्छ कि त्यो यस प्रकार छ ।

पहिलो पत्र
‘स्वस्तिश्रीगिरिरजचक्रचुडामणिनरनारायणेत्यादिविविधविरुदावलि
विराजमानमानोन्नतश्रीमन्हाराजधिराज श्रीश्रीश्रीमहाराजेपृथ्वी
नारायणसाहबहादुरसंसेरजड्डदेवानां सदा समरविजयिनाम्–स्वस्तिश्रीसर्वाेपमाजोग्यत्यदि त्रिलोचन
उपाध्इयके प्रणाम इहा कुसल ताहा कुसल चाहिये आगे इहाको समाचार भलो छ ।
उप्रान्त तिमी भन्याका भला मानिस हौ तिमीले हाम्रो सेवा अघिदेखि ग¥यैको छ, अझ पनि गर्नेछौ. तस कारण हामीले पूर्व दिसा काज आटिउँ. ताहा तिमी छौ. पारि दिसा षियाबनाकन षियाव. फकावनाम फकाव. जसो गरि हाम्रो काज फत्य हुन्छ.तिमिहरू जस पाउँछौ. सो अर्थ गर परन्तु.
तिम्रो किराँतकामुलुक महाँ किराँतहरूले दिएन बाधाविर्ता जो छ तर यो कुसही विसही लहना तगाना कमारा कमारी नसि गयाका सम माफ गरि बक्स्यौ अम्बल गरौला यति संवत १८३० श्रावण सुदी ९ रोज ४ मुकामकान्तिकर शुभम् ।

दोस्रो पत्र
‘स्वस्तिश्रीगिरिराजचक्रचुडामणिनरनारयाणेत्यादिनिविधविरुदावलि
विराजमानमानोन्नतश्रीमन्महाराजधिराज
श्रीश्रीश्रीमहाराजेपृथ्वीनारायणसाहबहादुरसंसेरजड्डदेवानां सदा समरविजयिनाम् स्वस्तिश्रीसर्वाेपमाजोज्यत्यदि त्रिलोचन उपाध्ययके प्रणामपूवर्कपत्रमिदं इहा कुसल ताहा कुसल चाहिय आगे इहाको समाचार भलो छ,
उप्रान्त हाम्रो निम्ति भरिसक्या गन्र्याछौ. बांग्या बस्न्यातहरूले बिस्तार बिन्ति ग¥या. सुन्युं. जोग्य ग¥याछौ. बाकि तिमीले बिन्ति गरि पठायाको बांधा विता हाडो भाडो माफ कुसहि बिसहि माफ भनिज्या ज्या बिन्तिगरि पठायाछौ. मोहर गरि भारादार हात पठाउंदा तसो भयाकाम पुगला भनि ठहराई काम आटि याद आयो . परन्तु कमाइ ग¥याको सोवा जोहेर हुन्या पनि सुघर कमाई घाटैमहा गर्नुछ, पारि त¥यापछि त बलको काम छ सन्देह केही छैन . तस्कारण जउन घाटमहाँ वैरीले थाना आड बा¥या थाहानपाउन्य. तसै घाटबाट फैदतार कदाचित् पारितिर कतैबाट षबर पु¥याको भया पनि यस पाला काज हुँदैन. इष्टबाट सोर पु¥यावन पठाउ. षबर नपायाको भयाकहिभन्न पर्देन. पारि कमाउँछौ भन्दा बाट षबर पुगला . त्योसंभार गर. उप्रान्तयसै घाटबाट काम आटियो. पारिबाट बस्छन् बस्तैनन् . पारि ठाना पढों राजषलक आया कि गाउल्यैमात्र छन् यो सबै विस्तार बुझि... नामदेखि बारैहाम्रा तसेवा तसैमा जाहेर हुन्छ हामि पनि तमरो बनाउंला
१८३० मिति श्रावणसदि १५ रोज २ मोकाम काठमाण्डौ शुभम्’
किराँतले दिएको खायन् पाइन सबै हामी पनि दिन्छौ भनेका छन् पृथ्वीनारायण शाहले भनेको हुँदा उक्त पत्रको आशय बुझ्दा १८३० देखि त्रिलोचन पोखरेलको गहिरो षड्यन्त्रकारी साहायताबाट पृथ्वी नारायण शाहाको नेपाल एकीकरणलाई दूधकोसीवारिपारिका माझकिराँतको पहाडको किराँत सरदारहरू तथा राजाहरूलाई गोप्य रूपबाट आफ्ना फौजदारी आक्रमण गर्ने उक्त त्रिलोचनलाई लेखेको पत्रद्वारा सोहीबखत अरू धेरै किराँतहरू पराजित भएकै बखत सोही समयमा मुलघाट तारेको फौजहरू हलेसीहुँदै रूपाटार समेत ध्वस्त पारेको बुझिन्छ । रूपाटार आदिम किराँत संस्कार संस्कृतिले पनि किराँतहरूको मुख्य थलो मान्दै आइरहेको यथार्थ पनि यसको छ । किराँत संस्कार संस्कृतिसँग जोडिएको रूपाटार यस्तो छकि किराँतहरूको छोरा वा छोरीको जन्म भएपछि वा गर्भमा भएपनि पानी देउ भनि नागराजाको भाकल गर्दछन् । नागराजा रानीलाई पानी देउको फूल टिप्ने पण्डा झिकाई नयाँ रुमाल र अक्षता भेटी पण्डाको हातमा दिर्ई पण्डाले फूल टिपी ल्याएपछि लिपपोत गरेको चोखो घरको मझेरीमा विजयुवाले फूल अक्षता पण्डालाई फिजाउन लगाई सँगुरको पाठो बाँधी जाँड रक्सी समेत चढाई धामी र पण्डाले जो जसको घरमा पूजा छ । शिशुको आयू नागराजाले दिएको भन्दछन् र त्यो प्रसाद खाई पिई गर्दै बखान गर्छन । राजदहको कालिराजा नागदेउ रूपाटारको रूपारानी रोपारजाको बखान गर्दै पूजा समाप्त गर्छन । यसकारण किराँत संस्कार संस्कृतिसँग जोडिएको स्थान हो रूपाटार । पूर्व ३ नम्बर माझ किराँत भन्ने प्रचलन लिखतहरू २०१७ सालसम्मको पाइन्छ । अर्काे पहिचान उदयपुर जिल्लाकाप्रमुख नदी नाला गाउँ ठाउँको नाम किराँत चाम्लिङ भाषामा बढी उल्लेखित छ । जस्तै चाम्लिङ राईहरूले पानीलाई वा भन्दछन् र यहाँका मुख्य नदिहरूको नाम यसरी वयान गरिन्छ ।
१) ता वा खोला ता भनेको मयुर पन्छी वा भनेको पानी यो मयुर पाईने खोला भनिएको हो तावाखोला
२) रसु वा खोला रसुभनेको दुम्सी वा भनेकोपानी यो दुम्सी पाइने खोला भनिएको होरसुवा खोला ।
३) त्रिवा वा खोला त्रि भनेको जन्मियो वा भनेको पानी राम्रो जन्मिएको पानी भनिएको त्रिजुवा खोलालाई वा अपभ्रंस भई जुगा हुनगएकोखोला हो त्रिजुगा ।
४) बरुवा खोला बरु भनेको धमिलो वा भनेको पानी धमिलो खोला भनिएको हो बरुवा खोला ।

अब गाउ“हरू
१) बोलुङखा बो भनेको सुँगुर लुङखा भनेको जोतेको सुँगुरले जोतेको ठाउँ भनिएको हो बलुङखा । यो उदयपुरको आँपटार गाविसमा पर्दछ ।
२) मिनाशिखा मिना भनेको मान्छे शिखा भनेको मर्ने ठाउँ । मान्छे मर्ने ठाउँ भनिएको हो मिनाशिखा । यो जाँते गाविसमा पर्दछ ।
३) मैसखा मै भनेको भैसी सैखा भनेको काट्ने भैसी काट्ने ठाउँ भनिएकोहो मैसैखा । यो बाराहा बलम्ता गाविसको सिमानामा पर्दछ ।
४) चिलिस्तेम्सा चिलिस भनेको काफल तेम्मा भनेको टार काफलटार भनेको चिलिसतेम्मा । यो बलम्ता गाविसमा पर्दछ ।
५) ताम्लिछ तामाली भनेको चाम्लिङ राई को बसोबासलाई तामालीछा भनिएको हो ताम्लिछा। यो ताम्लिछा गाविस हो ।
६) वानम्ला वा भनेको पाननाम्ला भनेको टाढा पानी टाढ छ भनिएको हो वानम्ला । यो ठानागाउँ गविस हो ।
७) विजुवा किराँत राइहरूको धामीलाई विजुवा भनिन्छ । विजुवा बसोबास भएको ठाउँलाई नै विजुवा भनिएको हो विजुवा । यो रूपाटार गाविसमा पर्दछ ।
८) लिम्पाटार लिम भनेको चिहान पा भनेको बाबु बाबुको चिहान भएको ठाउँ भनिएको हो लिम्पाटार । यो लिम्पाटार गाविसमा पर्दछ । यस्ता गाउँठाउँहरू धेरै चाम्लिङ भाषाबाट राखिएको छ । यस्तै छ रूपाटारका पहिचानहरू ।

बालगीत
— के.एच. भट्टराई
रूपाटार–४, उदयपुर
हाल :- त्रियुगा न.पा. ७ मोतिगडा
ज्यामी माहुरी म त ज्यामी माहुरी
मेरो हातमा छँदै छ कुटोकोदालो
मेरो हातमा छँदै छ कुटोकोदालो
भाले माहुरी म त भाले माहुरी
खै त तेरो हातमा कुटो कोदालो ?
खै त तेरो हातमा कुटो कोदालो ?
गरिखाने म बसिखाने तँ
खाजी ल्याउने म रोजी भ्याउने तँ
खाजी ल्याउने म रोजी भ्याउने तँ
भाले माहुरी तँ त भाले माहुरी
खै त तेरो हातमा कुटो कोदालो ?
खै त तेरो हातमा कुटो कोदालो ?
घर रच्ने म
आइबस्ने तँ
रस झोर्ने म
मह चोर्ने तँ
आइबस्ने तँ
रस झोर्ने म
मह चोर्ने तँ
भाले माहुरी तँ त भाले माहुरी
खै त तेरो हातमा कुटोकोदालो ?
खै त तेरो हातमा कुटोकोदालो ?
ज्यामी माहुरी म त ज्यामी माहुरी
मेरो हातमा छँदै छ कुटो कोदालो ।
मेरो हातमा छँदै छ कुटो कोदालो ।
रूपाटार क्षेत्रको ऐतिहासिक परिचय
राममणि पोखरेल
रूपाटार–७, उदयपुर
मानिस
एक पल्ट मात्र जन्मन्छ । जीवनको एउटा कालखण्ड विताएर भोगेर उसले जीवन लीला
समाप्त गर्छ, भौतिक शरीर समाप्त हुन्छ । तर उसले जीवनकालमा गरेका
सकारात्मक र नकारात्मक काम का वारेमा पछिल्लो पिढीले– खोजतलाश गर्दछ ।
एक जमाना यस्तो थियो, यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू आफ्ना घरेलु कागजपत्र, लेनदेन, चीना सुतिका, जन्मकुण्डली, तमासुक, राजीनामा, पुजा विधि र श्राद्ध समेतमा सङ्कल्प पढ्दा – स्वरुङ कट्टी थुम रामपुर भनेर – लेख्ने बोल्ने प्रचलन थियो । पुराना दस्ताबेजमा यो कुरा उल्लेख छ । गाउँ पञ्चायतको व्यवस्था भएपछि यो चलन स्वतः हराएर गयो ।
प्रजातन्त्र प्राप्ति पछि विकास र राजनीतिक निर्वाचनका दृष्टिले जिल्लालाई ११ इलाकामा विभाजित गरियो । पाँच गाविस रूपाटार, ओखले, ठानागाउँ, इनामे र लेखगाउँ – इलाकालाई ८ मा समावेश गरिएको छ भने लिम्पाटार र छविसे इलाका नं ११ मा समेटिएका छन् ।
इतिहासका तथ्यहरूले बताउँछन कि, एक जमानामा यो क्षेत्रमा पुरै बसोबास राई जातिको थियो । भनौ, रोसी खोला देखि पूर्व अरूण नदी सम्मको क्षेत्रमा–राई जातिको बाहुल्यता थियो । भाषा र धर्म संस्कृति पनि उनीहरूकै थियो । यस क्षेत्रका धेरै ठाउँका नामहरू राई जातिका भाषा सँग मिल्दाजुल्दा छन् ।
“रूपाटार” – ‘रूपा’ भनेको सकिएको टारका कारण रूपाटार नामकरण–राई भाषा बाट राखिएको भन्ने भनाई राई भाषाका जानकारहरू बताउँछन् ।
सुगौली सन्धी भन्दा अघि यसक्षेत्रको सुरक्षा केन्द्र ठानागाउँमा थियो । सरकारी योजना अनुसार त्यसक्षेत्रमा आवश्यकीय सेना राखिएका थिए । नेपाल एकीकरणको क्रममा विजयपुर, चौदण्डीगढी नेपालमा गाभिएपछि चौदण्डी गढीबाट त्यसबेलाको न्यायिक कार्यालय –अदालत उदयपुरगढी सारियो । उदयपुर गढीबाट ठानागाउँ नजिकै पर्ने भएकाले ठानागाउँबाट – कार्यालय–उदयपुर गढी लगियो । ठानागाउँ सामान्य गाउँमा परिणत भयो ।
यस क्षेत्रका पुराना बासिन्दा राई जातिहरू र राईभाषाकै नाउँबाट – नामाकरण गरिएको रूपाटारमा – २०१७ साल कार्तिक १ गते विजया दसमीको शुभ साइत पारेर–विद्यालयको स्थापना गरियो । स्थानीय शिक्षाप्रेमी भागवतप्रसाद पोखरेलले खाबो गाडेर भवनको शिलान्यास गर्नुभयो । कमलाप्रसाद पोखरेलले विद्यालयको निम्ती तत्काल जमिन उपलब्ध गराएर सहयोग पु¥याएका थिए ।
राजधानी काठमाडौँबाट–लगभग ३०० किलोमिटर पूर्व रहेको सुनकोसी गडतिरको यो एक रमाइलो प्रकृतिले शोभायमान गाउँ रूपाटारमा विद्यालय स्थापना हुनु आफैमा एक महŒवपूर्ण घटना थियो । प्रारम्भमा विद्यालयको नामाकरण गरिएको थिएन । सिधै एक रुपैयाँ प्रति विद्यार्थीसँग लिएर रजिष्टरमा नाम दर्ता गराइएको थियो । रजिष्टरमा पहिलो नाम दर्ता गर्ने व्यक्ति थिए, हस्तमान विश्वकर्मा ।
विद्यालय स्थापनाको योजनाकार भैरवीप्रसाद पोखरेल थिए । शिलान्यासकर्ता, जमिनदाता लगायतका व्यक्तिहरूमा भगतप्रसाद पोखरेल, टङ्कनाथ पोखरेल, प्रेमबहादुर ठकुरी, कमलप्रसाद पोखरेल आदि थिए ।
स्थापनाकालका शिक्षकहरू– नारायणप्रसाद
तिम्सिना, फणीन्द्रप्रसाद रेग्मी, रामबाबु पोखरेल,
गणेशबहादुर थापा, चेतवहादुर बुढाथोकी थिए ।
विद्यालयहरू स्थापनाको झन्डै सात महिना यो विद्यालय भाषा पाठशालाको रूपमा रहयो ।
त्यसबेला छिमेकी गाउँहरू– लिम्पाटार – र ताम्लिछामा २०१५ सालको अन्त्यतिर प्राथमिक विद्यालय स्थापनाभएका थिए । आसपासका गाउँहरू – मादलेमा रामचन्द राउत को घरमा कनचीरा बाबाजीलाई ल्याएर पढाउँदै थिए । खोलेखर्कमा नयनध्वोज ठकुरीका घरमा कायस्थ जातिको व्यक्तिलाई बोलाएर पढाउने गरिथ्यो, रूपाटारको दियाथुम्कामा एक जना टिकादत्त नामका पण्डितलाई ल्याएर केही समय पढाएर विदा दिएका थिए । विद्यालको स्थापना पछि, ती टयूशने कक्षाहरू समाप्त भएका थिए ।
त्यसबेला जिल्ला र गाउँमा शान्तिशुरक्षाको उचित व्यवस्था थिएन । प्रशासन कमजोर थियो । जिल्लामा मारकाट, लुटपाट तीव्र थियो । दिनहुँ नराम्रा घटना घट्ने गर्दथ्यो । पुरानो शामन्तहरूको शोषण र दमन गाउँमा कम भएको थिएन । सामन्तबादी शक्ति र उदीयमान प्रजातन्त्रवादी शक्ति र कम्युनिष्ट शक्ति वीच तीव्र द्वन्द्व थियो । सातसालमा प्राप्त प्रजातन्त्र लाई संस्थागत गर्न सकिरहेका थिएनन । निर्वाचित संसद र त्यसकै आधारमा बनेको सरकार, विकासका पूर्वाधार तयार गर्ने कोशिशमा थियो । उदीयमान वामपंथी शक्ति आफ्नो दोश्रो महाधिवेशन गरेर, वैचारिक रूपले आफूलाई मूलुक व्यापिरूपमा–स्थापित गर्ने प्रयत्नमा थियो ।
विद्यालय स्थापनाको भण्डै दुइमहिनापछि २०१७ साल पौष १ गते मुलुकमा प्रतिगामी घटना घटाइयो । जनताका मौलिक अधिकार खोस्दै, राजाले पार्टीमा प्रतिबन्ध लगाए । निर्वाचित प्रधानमन्त्री लगायत थुप्रै राष्ट्रिय व्यक्तिलाई गिरफतार गरियो । यो घटनाले मुलुकमा ठूलो निराशा आयो । मनोवैज्ञानिक असर प¥यो । त्यसबेला गाउँघरमा यस्तो गीत गाइन्थ्यो ।
नेपालमा कुन सरकार आयो
किसान लाई गोलीले उडायो
पानी प¥यो असिना ओइरालो
झेलमा परे विश्वेश्वर कोइरालो
यो गीतले प्रतिगामी घटना प्रति ब्यङ्ग्य प्रकट गर्दथ्यो ।
२०१७ साल बैशाखमा बालकृष्ण पोखरेल आफ्नो पैतृक थलो रूपाटार आए । उनले त्यही साल बंगाल विश्व विद्यालयबाट भाषा विज्ञानमा एम. ए. पास गरेका थिए । गाउँमा विद्यालय स्थापना भएको समाचारले उनलाई खुशी तुल्यायो । त्यही खुशीमा उनी गाउँ आइपुगेका थिए । उनकै अगुगाईमा – रूपाटार विद्यालयमा–कक्षा विभाजन भएको थियो ।
२०१८ साल पौष १ गते मुलुकमा अंचलको अवधारणा आयो । १४ अंचल ७५ जिल्लामा मुलुक विभाजित भयो । त्यही समयमा एक जना अंचल शिक्षा अधिकारीको अधिकार लिएर तोयानाथ उपाध्याय नामक व्यक्ति रूपाटार आए । उनकै सल्लाह र सुझावमा “महेन्द्र–रत्न विद्या मन्दिर” नामकरण गरियो । आर्थिक भार थाम्न सके क्रमिक कक्षा बढौती गर्दै जान पाइने अनुमति पत्र समेत विद्यालयले पायो । २०१९ सालमा कक्षा आठसम्म अनुमति पाएको विद्यालयले ०३१ सालसम्म आठौ कक्षाको पढाइ स्थानीय बासिन्दालाई दिन सक्यो । नयाँ शिक्षा योजना राष्ट्रिय रूपमा लागु भए पछि, सात कक्षामा झारियो । निकै लामो सङ्घर्ष पछि २०३९ सालमा माविको रूप धारण ग¥यो । प्रथम पटक २०४१ सालमा प्रवेशिका परीक्षामा सहभागी भई भण्डै विष वर्ष पछि, उच्च माविमा प्रवेश गर्ने मौका पायो । हाल यो उच्च माविको रूपमा सेवारत छ । यो विद्यालय स्थापनाको पचास वर्ष वितेको छ ।
स्थापनाकालका शिक्षकहरूले विद्यार्थी बटुल्न निकै कठिन परिश्रम र दौडधुप गरे । मादले निबुवाटार कटहरे, रामपुर, विजुवा, खानीडाँडा, आदि गाउँका घरघर पुगेर विद्यार्थीको सङ्ख्या बढाए । आसपासका गाउँमा बसेर बढाउने कायस्थ गुरुहरू रूपाटारको विद्यालयमा स्थापना पछि सुइकुच्चा ठोकेर हिँडे । एक प्रकार त्यसबेला शैक्षिक जागरणनै आयो । पछिल्लो समयमा अन्यत्र पनि विद्यालय स्थापना हुने प्रकृयाको थालनी भयो । शैक्षिक जागरणले मानिसलाई सचेत पार्दै लग्यो ।
पुरानो समय देखि प्रकृतिसंग सङ्घर्ष गर्दै जीवन धान्दै आएका यस क्षेत्रमा । राई जातीको बस्ती पातलिदै, गए पछि त्यो ठाउँ विभिन्न स्थानबाट मानिसहरू भरिदै गए ।
पछिल्लो समयमा – जो जहाँसुकैबाट आएका भए पनि त्यसगाउँमा मिलेर सदभाव पूर्ण रूपमा बस्दै जीवन धान्दै मानिसहरू सामाजिक सदभाव साथ बाचेका थिए ।
राणाहरूले सत्तामा प्रवेश पाउनुभन्दा अघि यस क्षेत्रमा खासै असमानता, शोषण, थिचोमिचो थिएन । मानिसहरू ग्रामीण अर्थतन्त्रमा निर्भर थिए । थोरबहुत आफैँले चर्चेका जमिन थिए । जनसङ्ख्या कम थियो । खानपानमा कमी थिएन । प्राकृतिक रूपबाट उपचार विधि अपनाइन्थ्यो । तर १९०३ विक्रम सम्वत्मा – रगतको खोलो बगाएर राणाहरू सत्तामा स्थापित भएपछि आफ्ना निकट व्यक्तिहरूलाई बिर्ता दिने प्रथा चलनको प्रारम्भ भयो । त्यहीँबाट शोषण र असमानता बढ्दै गयो ।
००७ साल भन्दा अघि यस क्षेत्रका थोरै व्यक्तिले मात्र सरकारी जागीर प्राप्त गरेका थिए । सरकारी जागीरमा प्रवेश पाउनेहरूमा पोखरेल परिवारका केही व्यक्ति थिए ।
राणाहरूसँग नाता जोडिएका र राजधानीमा नै वसोवास गर्दै आएकाले रूपाटारमा या महाभारत उत्तरबाट पहिलो प्रवेशिका उत्र्तीर्ण गर्ने व्यक्ति – विष्णुबहादुर ठकुरी थिए, भन्ने प्रमाण भेटिएको छ । विक्रम सम्बत २००४ सालमा उनले प्रबेशिका पास गरेका थिए ।
राणा शासनमा लामो समय सरकारी सेवा गरेर – आउने व्यक्तिहरूमा यज्ञप्रसाद– (१९०७–१९८८) र टिकादत्त (१९२१–२००४) थिए ।
थुम रामपुरको नामले स्थापित यो क्षेत्रमा बसोवास गर्ने प्रत्येक जातिका आफ्ना–आफ्ना विशेषता भएको वुझिन्छ । तिम्सिना बाहुनहरू बालुन विद्यामा निपुण थिए । उनिहरू गाउँदेखि टाडा गएर पनि बालुन खेल्ने गर्दथे ।
लेखमा आलु छन् हेर्ने ठालु छन
हामी आयौँ बालुनमा रमाउन हेरी देउ रैति, दुनिया, नारायणप्रसाद तिम्सिना, राधेश्याम तिम्सिना र पितानाथ तिम्सिना, समकालीन समाज पूराण बाचक पण्डित भएका थिए । एक समयका शास्त्रीय विधामा निपुण व्यक्ति मानिन्थे यिनीहरू ।
खड्का क्षेत्री छरिँदै बसेका भए पनि, जग्गा जमिन जोड्ने क्रममा उनीहरू अघि थिए । खड्काहरूमा गरीव र धनी विचको खाल्डो गहिरो थियो । बुढाथोकी क्षेत्रीहरू कुल पुजा गर्ने, धामी झार्की तन्त्र विद्यामा बढी विश्वास गर्दथे । थापाहरूमा पुराना पिढीका व्यक्तिहरू मध्ये एकजना रत्नवहादुर थापाले २०११ साल चैत्रमा दिवगत भएका श्री ५ त्रिभुवनको नाममा जनताले केश खौरनुपर्ने परम्परालाई नजानिदो पाराले उलंघन गरेर राजाका सिपाहीलाई छवयाई दिएका थिए । गाउँको साझो एउटा किसानले राजाका सिपाहलिाई छक्याउन पनि एक प्रकारको चेतनाको विकासको प्रारम्भ भएको मान्न सकिन्छ । राउतहरू खानपानमा शौखिन थिए सामाजीक काममा खास योगदान देखिदैन ।
उदय परियार, छोटे परियार त्यस समयका सनइ बजाउन ज्यादै सिपालु थिए । सने कामी, हर्कबहादुर कामी, रूपदेउ कामी, त्यसेलाका घरायसी हतियार खुकुरी बञ्चरो कोदाली बनाउन सिपालु थिए । वूके सार्की त्यस क्षेत्रमा कुन मानिसको मृत्यू मितिमा भयो भन्ने जानिफकार व्यक्ति थियो । रामबहादुर र ललितबहादुर बुढाथोकी धामी काममा निपुण थिए भने लाफी सुनुवार नामकी एक जना महिला प्रत्येक मानिसको हात हेरेर मनोवैज्ञानिक रूपले उसको विगत र बर्तमानका जानकार दिन सक्षम थिइन ।
अहिलेको रूपाटार गाविसको बडा नं ६ कटहरे गाउँमा, त्यसबेला देखि ठकुरी, खड्का, क्षेत्री र थोरै घर धुरी बाहुन हरू मिलेर बसेका थिए । त्यही स्थानमा १९६५÷६५ साल तिर ओखलढुङ्गा जिल्लाको –माधवपुर गाउँबाट बराल थर मानिस बसाई सरी आएका थिए । देवी रञ्जनबरालका छोरा प्रसिद्ध साहित्यकार इश्वर बरालको जन्म १९८० सालमा यही कटहरेमा भएको थियो । बराल परिवार सँग रूपाटारका पोखरेल संग चेली लेनदेनको सम्बन्ध पनि भएको थियो । बराल परिवार छोटै समयमा त्यहा बाट बसाई सरी हालको सिराहाको बस्तीपुरमा आए । यो भनाई स्व. देवी रञ्जन बरालः स्व. हरिप्रसाद र स्व. भगवतप्रसाद पोखरेलको मुखबाट यो लेखकले सुनेको हो ।
राणाहरूसँगै वैवाहिक सम्बन्ध – कायम गरेकै कारण यस क्षेत्रमा बस्तै आएका –श्रीनेत ठकुरीहरू नयनध्वोज, बलबहादुर विष्णुवहादुर बढी शोषण र थिचो मिचो मा संलग्न थिए ।
२००७ सालको आन्दोलन ताका नेपाली कांग्रेसको चार आनी सदस्य बनेका व्यक्ति थिए भैरवी पोखरेल, भीमराज पोखरेल, मानवहादुर ठकुरी, मोहनलाल गिरी, नीलबहादुर रास्कोटी, रामबहादुर खड्का र ठूलो शाही, चित्रबहादुर खड्का, नरबहादुर बुढाथोकी तेजबहादुर राउत, भीमबहादुर राउत आदि ।
प्रारम्भ कुनै आन्दोलन भएन । गढीमुक्त भए पछि शम्शेरवहादुर मगर, डिकबहादुर मगर, इनामे गौरबहादुर ग्रान्जा मगर सहितको समूह गाउँलाई जागरण गर्दै, चन्दा असुल गर्दै स्थानीय सामन्तलाई थर्काउँदै हिँडेको थियो । त्यो समूहलाई देखे पछि, सामन्तहरू डरले कतिपय भागे भने कतिपय व्यक्ति विगतमा जे ग¥यौँ, अब केही थिचो मिचो गर्दैनौ भनेर माफी माग्दै उम्किए ।
चन्दा दिन नमानेकोमा ठानागाउँका –रस्मीलाल पोखरेललाई बाधेर घिसार्दै रूपाटारका भैरवी पोखरेलको घरमा ल्याएर रक्ताम्य पारिएको थियो । स्थानिय व्यक्तिहरू –भैरवी पोखरेल, हरिप्रसाद, भगतप्रसादको सहयोगमा रकम जुटाई आन्दोलनकारी समुहलाई रकम बुझाएर उनले छुटकारा पाए । रूपाटारका चिनिएका ब्यक्तिले– आन्दोलनकारी समुहलाई सहयोग गरेका थिए । नयनध्वोज ठकुरी आफै देखा पर्न सकेनन्, लुकीछिपी बाहिरीए । छोराहरू प्रेमबहादुर र विष्णुबहादुर मार्फत रकम सहयोग पठाए । बलबहादुर ठकुरी भागे । चन्दा दिनेहरूमा रामचन्द्र राउत र कटकबहादुर खड्का पनि थिए ।
००७ साल देखि ०१५ साल सम्म मुलुकमा विभिन्न भागमा भएका आन्दोलनमा यसक्षेत्रको खासै प्रभावकारी भूमिका देखिएन । २०११ सालमा राजा त्रिभुवनको मृत्यु पछि, देशमा सम्पूर्ण नागरिकलाई केश खौरने अभियानमा खटाइएका सिपाहीलाई उल्लीविल्ली पार्दै रत्नबहादुर थापा नखौरी फिर्ता भए । तिनै सिपाहीलाई भैसी दुहुना, व्याउने, थारा– बताएर फिर्ता पठाएको घटना पछि – रत्नबहादुर थापा लाई बर्फी भनिन थालियो । यो घटनाले त्यसबेला त्यसक्षेत्रमा निकै प्रचार र महŒव पायो । २०१२ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सचिव भएपछि भैरवी पोखरेलको प्रयासमा, ताप्लीका पुष्पलाल गिरी र लिम्पाटारका रुद्रबहादुर थापा समेतको सहयोगमा रूपाटारमा आमसभा गरेका थिए, भन्ने भनाई भैरवी पोखरेलको थियो ।
मादलेका ललितबहादुर खड्का केही दिन सेनामा काम गरेर छुटेर आएपछि दरो कांग्रेसका कार्यकर्ता भएका थिए । धेरै वर्ष भारतमा नोकरी गरेर घर फर्केका नरध्वोज बुढाथोकी दुईवर्ष पहिला ज्ञानकुप विद्यालयबाट संस्कृत पढेर पण्डित भएर आउका भिमप्रसाद भट्टराई, ज्ञानकुपमा पढदै गरेका भीमराज पोखरेल, हरिश्चन्द्र पोखरेल, थामखर्कका नन्दलाल पोखरेल, मादलेका ललितबहादुर खड्काको प्रयासमा क्षत्री र जैसी बाहुनले पकाएको खीर उपाध्याय बाहुनले खान हुन्छ भनी चलाएका थिए भन्ने भनाइ भीमप्रसाद भट्टराईले यो लेखकलाई सुनाएका थिए ।
नेपालको प्रथम चुनाव २०१५ सालमा हुँदा रूपाटार, लिम्पाटार, ठानागाउँ, ओखले, लेखगाउँ, छविसे, ओखलेमा एकै दिन चैत्र ११ गते सम्पन्न भएको थियो ।
मतदाता नामावलीमा हाम्रो नाम समावेश गरिएन, भोट हाल्न पाइएन भनेर भीमबहादुर राउत, भीमराज पोखरेल र फणीन्द्र रेग्मीले चुनावको निम्ती डोरी बेरेर बनाइएका मतदाताका लाईनका डोरी काटिदिएका थिए । फणीन्द्र रेग्मी, भीमबहादुर राउत, भिमराज पोखरेल लाई मतदान हाकिमले चुनाव अघितिर थुनेर राखेका थिए र पछि कागत गराएर छोडेका थिए । पछि रूपाटार बुथमा नेपाली कांग्रेसको मत सवभन्दा वढी खसेको थियो । यही वुथलाई आधार मानेर पछि गाविस वनाइयो ।

रूपाटार चर्चामा आउनुका कारणहरू
प्रारम्भिक चरण
यो क्षेत्र थुमरामपुरको नामले चिनिएको थियो । पछिल्लो चरणमा यो क्षेत्र रूपाटारका नामले चिनिदै आएको छ । यही जन्मेका यज्ञप्रसाद पोखरेल र टीकादत्त पोखरेलले राणा कालमा निकै लामो समय सम्म सरकारी जागीर खान सफल भए ।

दोस्रो चरण–
शारदाप्रसाद र नारायणप्रसादले सरकारी सेवा गरे । २०१२ सालमा नारायणप्रसाद पोखरेल वडा हाकिम भए । त्यस पछि शारदामाप्रसाद पोखरेल पनि वडा हाकिम भए । पदोन्नती हुँदा कहाँको मानिस वडाहाकिम भयो भन्दा – रूपाटारको भूगोल चर्चामा आयो । त्यसपछि कुलप्रसाद र हरिश्चन्द्र पोखरेल समेतले न्याय क्षेत्रमा चर्चा पाउन थाले ।

तेस्रो चरण–
परापूर्वकालमा राई वस्तीलाई हटाउन र कमगर्न काजी बलभद्रज्यू ठकुरीको महŒवपूर्ण भूमिका रहेको र कालान्तरमा तिनै ठकुरीका खाल सन्तानको नाता राणशासकसंग जोडिएको कारण यो क्षेत्र ००७ सालअघि बढी शोषणमा पर्दै गयो ।
यसक्षेत्रमा शोषणका ज्यादै निर्दयी र घीनलाग्दा कुरूप घटना पनि घटे । प्रचारमा आए । बोडे थापा, तुले खड्का, कुत्तेली खड्का जस्ता व्यक्तिले नयनध्वोज ठकुरीका घोडाको करेली बजेको सम्म सुन्न सकेनन् । घोडाका करेली बजेको सुनेपछि उनीहरू –बाटो छाडेर घोप्टो पर्थे भन्ने भनाई सुनिएको छ ।
००६ सालमा रंगनाथ नामका एक जना सुद्ध किसान नयनध्वोजको छिमेकी थिए । उनले आफ्ना गुवालीमा बाँधेका गाई, भैसी र खोरका बाख्रा समेत बाँधेको स्थितिमा छाडेर “तँ नैनेको सर्वनास होस” भनेर कागतको चीर्कटो मा लेखेर चौतारामा टाँसेर परिवार लिएर रातिनै भागेका थिए भन्ने भनाई छ ।
रूपाटारका भन्ज्याङगे बुढाथोकी किरिया गर्न बसेकै अवस्थामा मेरो ऋण तिर भनेर हप्काउन आएका थिए रे, नयनध्वोज । गाउँका छिमेकी उठेर यो किरिया वसेको समयमा ऋण उठाउन आउने तिमी अपराधी ज्यानमारा हौ भनेर घेराउ दिए पछि उनी घोडा कसेर भागेका थिए भन्ने भनाई छ ।
२०२१ सालमा नेपालमा भूमिसुधार कार्यक्रम लागु भयो । यो भूमिसुधारको कार्यक्रम उदयपुर जिल्लामा प्रथम चरणमा परेको थियो । यो भुमिसुधार कार्यक्रम लागु गर्न भूमिसुधार अधिकारीका रूपमा नयनध्वोज ठकुरीका छोरा सुदर्शन व. ठकुरी आएका थिए । ऋण असुली कार्यक्रम अन्तर्गत – धनी र गरिव बिच भएको रकम लेनदेनका तमसुकको लगत माग्ने –एउटा पाटो थियो । त्यही पाटोलाई समातेर लगत भराईयो । भुमिसुधार कार्यक्रम अन्र्तगत भरिएका लेनदेनका लगत मा अनुमति विना ऋण असुली गर्न नपाइने भन्ने व्यहोरा समेत उल्लेख थियो । यही सन्दर्भमा रूपाटारका एक जना किसान रिङगने कान्छा भन्ने खड्का क्षेत्रीले एउटा साहूलाई ऋण तिरो भन्ने अत्तो थापेर शुदर्शनले जाँतो बोकाएका थिए । शोषणका यस्ता रूपहरू यो ठाउँमा यसरी प्रकट हुँदै आएका थिए । नयनध्वोज ठकुरी मानिसलाई सिन्की गुन्दु्रक खादे जस्तै खाद्नुपर्छ र उनीहरू आफ्नो नियन्त्रणमा आउँछन, काममा दल्न सजिलो हुन्छ भन्थे, भन्ने सुनिने गरेको छ ।
यसक्षेत्रमा भूमिसुधार कार्यक्रम लागेपछि मात्र त्रिखण्डी प्रथाबाट अधियाप्रथा कायम हुन गयो ।
२०१५ सालको प्रतिगामी घटना पछि, ३५ जिल्ला रहेको मुलुकलाई ७५ जिल्ला र १५ अञ्चलमा विभाजन गरियो । नेपाली कांग्रेसका कार्यकर्ता भैरवी पोखरेल – राजाको कदमको स्वागत गर्दै प्रजातन्त्रको विरोधमा उभिए । २०२६ सालको पञ्चायती निर्वाचनका माननीय हुन पुगे । झन्डै ५÷६ वर्ष राजनीतिक शुन्यता रहयो । पूराना काग्रेसका मानिसहरू निरास भएर वसे, कोही पञ्चायत प्रवेश गरे । २०२५ सालदेखि पुनः यसक्षेत्रमा विरोधी राजनीतिको प्रारम्भ भयो । राममणि पोखरेल ऋषिप्रसाद तिम्सिना, गौरबहादुर देवकोटा, शारदाप्रसाद भट्टराई वेदप्रसाद पोखरेल दानवहादुर हमाल, राधा तिम्सिना, उपेन्द्र पोखरेल, मोहन ब. बुढाथोकी, चूडामणि खड्का यी व्यक्तिहरू वामपंथी विचासंग प्रभावित भए । पंचापतको विरोधमा वैचारिक काम गर्न थाले ।
त्यसै वीच चौथो महाधिवेशन संग सम्वन्धित भएर सुग्रीव थापा, ऋषिराज देवकोटा पनि रूपाटार पुगेका थिए । तर यहाँका युवाहरू मणिलाल राई मार्फत झापा विद्रोहसंग वैचारिक रूपले निकट हुन पुगेका कारण यहाँ चौथो महाधिवेशन समुह फस्टाउन सकेन । २०३३ साल भाद्र देखि राममणि पोखरेल, वेदप्रसाद पोखरेल र राधा तिम्सिनाले भुमिगत राजनीति प्रारम्भ गरे । रूपाटारमा पञ्चायत र पञ्च विरोधी भावना बढ्यो । ०३६ सालको जनमत सङ्ग्रहमा मतको हिसावले सवभन्दा वढी मत बहुदलको पक्षमा खस्यो । जनमत सङ्ग्रह पछि पनि ऋषिराज देवकोटा आउनुभयो । कटहरे र रूपाटारमा मादलेमा बसेर राजनीतिक प्रशिक्षण गर्नु भयो । गाउँमा पञ्चायतका विरुद्ध वामपन्थीहरूले साझा सवाल बनाएर खटनुपर्छ भन्ने वहाँको भावना थियो । जनमत सङ्ग्रह पछिका पञ्चायती निकायका चुनावमा विभिन्नसमुहका वामपन्थीहरूले सङ्कृयता पूर्वक टिका पिप्पणी गर्दै चुनावलाई प्रजातन्त्रको पक्षमा लाने कोशिश गरे ०४६ सालको जनआन्दोलनमा आमसभा गर्न नसके पनि पर्चा पोष्टर राख्ने काम भने सधन रूपले भयो । दशौ ठाउँमा हँसिया हथौडा र चारतारे झन्डा गाडिएका थिए । त्यस समय पछि यस क्षेत्रको राजनीति प्रजातन्त्रवादी र वामपंथी वीचको वैचारिक सङ्घर्षका रूपमा अघि वढी वाम विचारले सघनता लियो । पछिल्लो कालखण्डमा नेकपा माओवादीले प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको क्रममा अर्जुन श्रेष्ठले सहादत प्राप्त गरे भने धेरै व्यक्तिले प्रतीकृयावादीको यातना पाए । जनचेतनाको धार तीव्र बन्यो ।
छविसे प्राकृतिक रूपले शोमायमान र रमणीय छ । यहाँको पुरानो बासिन्दाहरू, सुनुवार जाति हो यो जाति धेरै वर्ष पहिला सिन्धुपाल्चोक बाट वसाई सरी आएको हो भन्ने प्रमाण छ । नेपाल एकीकरण कै सन्दर्भमा – पश्चिम बाट एकीकरण अभियानमा आएका थापा र राउत क्षेत्रीहरू अभियानको समाप्ति पछि राम्रो उर्वर भूमि देखेर यहीं वसोवास गरेका हुन भने भनाई यिनिहरूका सन्तानको रहेको छ । एकीकरण अभियानमा पृथ्वीनारायण सह सिन्धुली आएका । पूर्व २ नं उदयपुर सिन्धुलीगढी आसपासका क्षेत्रका स्थलगत अध्ययनको अभावमा थुम भनेर चिनाउने क्रममा थुमरापपुर सोरूङ कट्टी बाट नामाकरण गरिएको भन्ने भनाइ रहेको छ । केही समयको अधि पछिमा थापाका पूर्खा मानक थापा र राउतका पूर्खा चामु राउत आएका हुन भन्ने कुरा उनीहरूका सन्तानबाट थाहा भएको छ । ओखलढुङ्गा जिल्लाबाट कोइराला बाहुन र भट्टराई बाहुन पनि वसाई सराई कै क्रममा यस क्षेत्रमा आए । खोटाङबाट खड्का क्षेत्रीको प्रवेश भएको हो भन्ने भनाई रहेको छ । यी आउने मध्येका प्रभावशाली र शासकीय खाल राज्यको माथिल्लो निकायसंग सम्बन्ध राखेर शोषण दमन गर्न सक्ने व्यक्तिहरूमा राउत र थापा परिवारका कोही व्यक्ति अगुवा थिए । यहाँका थापा र राउत एकीकरण अभियानकै क्रममा राज्यको माथिल्लो निकायसंग जोडिएका हुँदा पछिल्लो समयमा चाकरी र पहुचकै कारण बिर्ता पाए । जनतालाई थिच्ने मिच्ने कानूनी हतियार पाए । माथिकै आड पाएकाले ००७ साल अघि सम्म सामन्तको खेतमा काम गर्न कमिया द्वारा शोझा गाउँले लाई बोलाईन्थ्यो । चौतारामा बसेर बोलाउँदा अटेर गरी या अन्य कारणवस यदि कोही व्यक्ति ढीलो ग¥यो भने खेतमा बयरका काँडा काटन लगाएर त्यही काँडामाथि सुताएर छालाका जुत्ताले कुट्ने परम्परा थियो भन्ने भनाई ०३० सालमा राम्चेका कुम्मध्वोज सुनारले बताएका थिए । भूमिसुधार पछि मात्र यो क्षेत्रमा बटैया प्रथा कायम भएको हो । ठालुमा दरिएका व्यक्तिहरूका खेतमा काम गर्न नआए घरमा गएर पिटने चलन ०३० सालसम्मै छविसेमा थियो । वटैया कमाएको जमिनको उव्जा किसानले घरमा पु¥याउन जानै पर्दथ्यो ।
कृष्णप्रसाद भट्टराई जस्तो राष्ट्रिय व्यक्तित्व, नेकाको संस्थापक सदस्य को अगुवाईमा – २००७ कार्तिक २० सालमा मुक्ति सेनाले मुक्त गरेको उदयपुर गढीलाई पुन गाउँले उठाएर राणा शासकसंग गुहार मागेर राणा शासन कायम गर्न खोज्ने गुमानसिह राउत ले आफ्नो उमेरमा कति शोषण गरे होलान कल्पना गर्न सकिन्छ । छविसेका राउत हरू वसाई सराईको क्रममा छरिदै मात्र जनतार पार्टिको सहयोगमा राणा शासकबाट मुक्त भएका राज त्रिभुवनले राणाकै सल्लाहमा गुमानसिह राउतलाई सल्लाहकार परिषदको रादस्य बनाएर ००७ सालको ऋण तथा तिर्न खोजिएको हो भन्न सकिन्छ ।
यस क्षेत्रमा मौलिक अधिकार राजनीतिक
स्वतन्त्रताका पक्षमा भने वकालत गर्दै लामो
प्रजातन्त्रको अभ्याससाथ जनतालाई सचेत पार्ने काममा लग्ने व्यक्ति हुन पूर्ण वहादुर खड्का, हेरम्ब थापा यहीकै बाहिर वसेका मेहन्दभुषण थापा आदि । पूर्णबहादुर खड्का सामान्य साक्षरता प्राप्त गरी परिवारमा जन्मेर समानताको पक्षपोषण गर्दै जनतालाई सून्यबाट उठाउन खोज्दै, प्रहरी थानामा चीसा छिडीमा विताए । मारिने धम्की खाए खरखजना मुद्धा खेपे । तर कैले प्रतीकृयावादीका सामु शीर झुकाएर । माफी मागेनन । उनकै अनुयायी हुन नारायण खड्का,चन्द्रबहादुर खाती, र सदादत्त प्राप्त गर्ने मोहन कटुवाल, उत्तरा (गङ्गा) कटुवाल थापा परिवारमा पहिलो कालखण्डमा जनताका हित विपरीत काम गरेका भए पनि पछिल्लो समयमा थापा परिवारमा पनि सुधार काम गर्दैै जाने प्रवृत्तिहरू बढ्दै गएका छन् । यहाँका थापा परिवारका सदस्यहरू आमुल परिवर्तनको पक्षधर नभए पनि सुधारको पक्षमा बोल्दै छन् । थापा परिवारका सदस्यहरूमा डाकबहादुर थापाले पञ्चायतबाट राजनीति प्रारम्भ गरेका भए पनि पछि माक्र्सवादी दर्शनबाट प्रभावित भएर जनता र जनवादको पक्षमा दरो गरी उभिदै आएका छन् । राज्यको यातनाका बाबजुद उनी झुकेका छैनन । धनवहादुर सुनुवार गरीवको पक्षमा बोल्ने एक दरो छाति भएका व्यक्ति मानिन्छन् । मगर जातिको पूरानो बस्ती छपटारका लवकुश मगर र कृष्ण मगर परिवर्तनका पक्षघर भएर क्रान्तिकारी आन्दोलनमा उभिएका छन् । डोलेन्द्रको ईरालालाई प्रतीकृयावादीका सेनाले निर्ममता पूर्वक मारेका थिए । महिला कार्यकर्तामा दुर्गा भट्टराईले आन्दोलनमा सकृय भाग लिएकी थिइन । यहाँ एक समय लिम्बुहरूको बाक्लो बस्ती थियो । विक्रम सम्वत १८९९ साल तिर जयकृष्ण मगर भन्ने व्यक्ति उदयपुरको वडा हाकिम भएका थिए । उनी यही स्थानमा जन्मेर, काठमाण्डौ बस्ने क्रममा दरवार सँग सम्पर्क वढाएर वडाहाकिम हुने मौका पाए भन्ने भनाई छ । उनका सन्तान थिएनन् । त्यही समयमा लिम्बुहरू बसाई सर्दैगए र मगरहरू भरिदै गए । विक्रम सम्बत १९२७ मा जन्मेका दलवहादुर थापा उमेरको उताराद्र्धमा निकै साहसी भएर देखिएका थिए । सरकारी जागीर पनि खाए । जनसेवी भावना र उदार दिलका थिए । डम्बरबहादुर थापा नेकाका दरा कार्यकर्ता बने । ०१७ सालको राजको कदम को विरोधमा, प्रजातन्त्रकै निम्ती शरणार्थी जीवन विताए । रुद्रबहादुर थापा र तिलोतमा थापा –नेका छाडि पञ्चायतमा प्रवेश गरे संजीव थापा कटारी बसाई सरी प्रजातन्त्रको पक्षमा वकालत गर्न थाले भने, शम्भु थापा, भरत थापा – बसाई सरेर कटारी आएर बामपंथी आन्दोलनमा समेटिए । गङ्गा पोखरेल उदयचन्द्र थापा लिम्पाटार नै बसेर बाम आन्दोलनमा लागे । २०१५ सालमा यहाँ प्राथमिक विद्यालय स्थापना भए पनि यसले कक्षा बढौती गर्न सकेन । पछिल्लो आन्दोलनको क्रममा यहाँका सार्की र मगरहरू पनि आन्दोलित भए ।
ओखले प्राकृतिक रूपले शोभायमान र रसिलो पहाडी श्रृंखला भएको ठाउँ हो । यहाँ राम्रा रसिला उव्जाउँ थुम्का र स्थानहरू छन् । थुम रामपुर सोरुङ कटटी भित्रै समेटिएको क्षेत्र हो । सामन्तवादी युगमा, धामी तन्त्र मन्त्र जोतिष विद्याको चल्ती भएको समयमा यस ठाउँमा पृथु र दृष्टि नामका दुइ मगर यस विद्याका सिपालु व्यक्ति थिए । टाढा सम्म पनि यिनीहरू धामी विद्याबाट उपचार गर्न जाने गर्दथे । पात्रो र नक्षत्र छुट्याएर चिना सुतिका लगाउन सिपालु थिए । यिनकै नाति रेमन्ते मगर यस विद्यामा नाम चलेका व्यक्तिमा गनिन्थे । धामी र तन्त्रमन्त्र विद्यामा पुरतान्तर नहुने भएकाले यी व्यक्तिको मृत्यूपछि यो ठाउँ अरूले लिन सकेनन् ।
ओखले कै गाउँ फलाटेमा जन्मेका लोकनाथ पोखरेल (१९३३–१९९४) त्यस युगका ठूला कवि थिए । उनको लोक मञ्जरी पुस्तक श्लोक सङ्ग्रह आज पनि ग्रामिण इलाकामा लोकप्रिय छ । यो कृतिले ग्रामीण जनतालाई जागृत गर्न सघायो भन्ने मानिसको बुझाई छ । देव्रे भन्ने गाउँमा एक जना केदानाथ दाहाल नामक कवि व्यक्ति थिए पुस्तकको रूप दिन नसके पनि राम्रा कविता र श्लोक को रचना गर्दथे । उनका सन्तान ०२२÷०२३ साल तिर महोत्तरी जिल्ला को गौशालामा बसाई गए । यस स्थानमा धेरै पछि विद्यालय स्थापना भयो । मादलेकाचन्द्रशेर राई, जगत्बहादुर राई बामपंथी विचारका थिए । निरङकुश कालमा कम्यूनिष्टहरूका आश्रय दाता थिए । श्यामलाल पोखरेल एक जमानाका ठालुमा गनिन्थे । उन्कै नाति डा. दामोदार पोखरेल नेपालका एव ख्याति प्राप्त मुटु विशेषज्ञ मान्न्छिन ।
श्यामलाल पोखरेलकै नाउँमा रूपाटरको निबुवाटारमा एक श्याम पाटी निर्माण गरिएको थियो । कोसीमा पुल थिएन । खोटाङ जिल्ला बाट मुसारलगायत तराईका अन्य स्थानबाट सामान लिएर जाने यात्रु लाई कोसी तर्न नसक्दा बस्ने व्यवस्था गरिएको थियो । यो श्यामपाटीको त्यसवेला निकै महŒव थियो । पछि २०३० सालमा त्यो श्याम पार्टी भत्काए रूपाटार निर्माणमा लाने क्रममा – नन्दलाल पोखरेल, राममणि खरेल, शारदा प्र. भट्टराई, मोहन बुढाथोकी, रामबहादुर थापा, भीम वहादुर राउत, मानबहादुर ठकुरी, ललितबहादुर खड्का, नरधोज बूढा आदिको सहयोग थियो । ०४६ सालको जन आन्दोलनमा मादले चौतारामा नेका र कम्यूनिष्ट पार्टीको झन्डा गाडिएका थिए । गौरबहादुर राई, प्रेमबहादुर र ज्ञान वहादुर राई र तोप व ठकुरीले झन्डा गाड्ने काममा पहल गरेका थिए । चैथो महाधिवेशन समुहसंग सम्वन्धित भएर महोतरीका शारदाप्रसाद ढुङगाना ओखले डाँडामा भगर र काफले बाहुनका घरमा भूमिगत रहेर निकै दिन वसेका थिए । शारदा ढुङ्गाना नेकपा माओवादीको शसश्त्र युद्धको समयमा प्रशान्त तामाङ नामका व्यक्ति लाई सेनाले गोली हानी हत्या ग¥यो । यहाँको वहुमत वस्ती राईको छ । अन्यजातिहरू पछिल्लो समयमा यस गाविसका वडाहरूमा बसाई सरी आएका हुन । गिरी मगर सार्की र क्षेत्रीको पातलो वस्तीछ । ऐतिहासिक छपटीले तापली चोसा पानीको नाम लेखगाउँ भन्दा प्रचलित थियो यहाँ झन्डै दुईसय वर्ष पूरानो तापली पोखरी र गणेशको मन्दिर छ । तापली डाँडामा पर्यटकीय दृष्टिले पौराणिक स्थल का साथै आकर्षक स्थान मानिन्छ । सरकारको ध्यान पुगेको छैन । ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस गाविसको विशेष योगदान छ । ००४ सालको चारआनी सदस्य बनेका पुष्पलाल गिरी, सातसालका चर्चित र त्यागी नेताका रूपमा गनिन्छन् । पार्टीसङ्गठनका निम्ती उनले निकै त्याग देखाएका थिए । यस क्षेत्रमा २००९ सालमा उनले प्राथमिक विद्यालय स्थापना गरेका थिए । २०१४ सालको भद्र अभज्ञा आन्दोलनमा उनको विशेष योगदान थियो । उनका सहयोगी– टिकादत्त निरौला थिए, चीत्रबहादुर खड्का र कटहरेका ठूलेशाही, रामलाल निरौला थिए । २०१३÷०१४ सालमा ताली चीसापानीमा हवाई मैदान निर्माण गर्न–निकै तीव्र रूपमा लागेका थिए । रामलाल निरौला कटहरे सरे । २०१६ सालमा नेपालको भौगोलिक परिचय नामक पुस्तक काव्यात्मक रूपमा प्रकाशन गरेका थिए । पछि उनी हडिया आएर बसे । ०१७ घटना पछि केहीसमय उनी जेलवसेका थिए । इनामेका डिकबहादुर मगर उनका राम्रा सहयोगी थिए ।
पञ्चायतीकालमा चक्रबहादुर राई र बेदप्रसाद पोखरेल केही समय गाउँमा भूमिगत बसेका थिए । बाच्छाङ डगका मोतीलाल र कर्णबहादुर राई नियमित सम्पर्क दाता थिए नरवहादुर राई कमानसिंह राई मोतिलाल राई यहाँका कार्यकर्ता थिए । ०४६ सालको आन्दोलन ताका तामाखुखर्कका रामबहादुर राईले हेरम्ब थापा मार्फत झन्डा लगी गाडेका थिए । ०४६ सालको आन्दोलन ताका तमाखुखर्कका रामबहादुर राईले हेरम्व थापा मार्फत झन्डा लगी गाडेको थिए । जराफ सिंह राई त्यस क्षेत्रका राम्रा बामपंथी कार्यकर्ता मानिन्छन् ।
दसबर्षे जनयुद्धकालमा – ताप्ली चीसापानीको नागीमा छापामार दस्तालाई, नेकपा माओवादीले महिनौ दिनसम्म परिक्षण संचालन गरेको थियो । बन्दीपुर घटना पछि, तापली चीसापानी मा सेना र छापामार बीच भीडन्त भयो भीडन्त दवाउन सेनाले हेलिकेप्टरबाट गोला वर्षायो । जसको कारण धेरै मानिस भागाभाग भए । तीन जना छापामार मारिएका थिए । हवाई जहाजबाट वर्षाएको– बारुद र गोलीले कैयौँ गाछी समेत डढेका थिए । जनयुद्धको समयमा लेखगाउँ गाविसले विशेष त्याग र वलीदान देखायो । जो इतिहासमा अंकित छ । जनयुद्धले यस क्षेत्रका जनतालाई जागृत गरायो ।
यस गाविसका धेरै व्यक्तिहरू सेना र प्रहरीमा भर्ती भएका छन् । विदेशी सेना र प्रहरीमा भर्ती भएका छन् । विदेशी सेनामा समेत यिनीहरूको प्रवेश भएको छ । लामादी गाउँका हरि विकहरू वाम आन्दोलनमा पछिल्लो चरणमा सकृय रूपमा लागेका छन् ।
कुनै कालखण्डमा पुष्पलाल गिरीबाट प्रारम्भ गरिएको ताप्ली पर्यटन क्षेत्र निर्माणको प्रक्रिया लाई लामो समयको पर्खाइ पछि ०६८ साल बैशाख १ गते बाट पुनः जगाउने काम भएको छ । इटहरीका विक्रम श्री र रूपाटारका शारदाप्रसाद भट्टराई को सकृयतामा अमल राई, मीनबहादुर राई, गणेश बुढाथोकी, प्रेम रास्कोटी, काशी श्रेष्ठसमेतले नयाँ चरणबाट शुरु गरेका छन् । ताप्ली महोत्सव पछि प्रचारप्रसारमा व्यापकता बढेको छ ।
इनामे एक समयमा ठानागाउँका ठकुरीहरूको मौजा थियो । विक्रम शताब्दी १८६० साल तिर हिमाली क्षेत्रबाट तामाङ जातिका मानिसहरू यहाँ वसाइ सरी आएका हुन । त्यही हारा हारीमा मगरहरू पनि आएका थिए भन्ने भनाई रहेको छ । मगरबाट इ र तामे भनेको आल इआलुलाई इनामे शब्दमा समावेश गरिएको भनिन्छ भने, अर्कातिर तामाङ भाषामा नामे भनेको चरा र इ चेरो भन्ने अर्थमा तामाङहरूको वस्ती पूरानो हो जस्तो लाग्दछ । मगरहरू यो जिल्लाको लेखानी हुदै – पूर्व प्रवेश गरेका हुन भन्ने इतिहासकार बताउँछन् ।
००७ साल पछि, झिल्के पोखरी मा प्रहरी चौकी राखिएको हो । यो क्षेत्रमा धेरै मारपिट र काटमार भएका थिए भन्ने कारण देखाइएको थियो । सात सालको प्रजातान्त्रिक आन्दोलन भन्दा अघि र पछि पनि, यस क्षेत्रका तामाङहरू विदेशी सेनामा गएका थिए । यिनै सेना घर फर्कने क्रममा ग्रामीण जनतामा चेतनाको स्तर बढ्यो भन्ने पनि चर्चा छ । डिकबहादुर मगर, पदमसिंह तामाङ, दिलबहादुर मगर आदि व्यक्तिहरू– पुष्पलाल गिरीसँगै नेकामा हिँडेका थिए । विदेशी पैसा आर्जन गर्ने प्रथम गाविस गनिन्छ यो । इनामे गाउँका जनता ठाना गाउँका ठकुरीको शोषणबाट पिडित थिए । कुत बुझाउन गयो भयो भने यहाँका तामाङ लाई तुरुङ हालिन्थ्यो । २०३१ सालमा यहाँ को प्राविलाई कक्षा बृद्धि गर्ने योजना बनाइयो । सबै लाहुरे सेनाबाट फर्केका व्यक्तिले एक महिनाको तलव पेन्सन दिएर विद्यालय निर्माण गरेका थिए । जनमतसङ्ग्रहमा यहाँको पुरै मत वहुदलमा परेको थियो । पछिल्लो चरणमा निगालवासका रामबहादुर बामपंथी विचारमा लागे भने कटकबहादुर तामाङ, पदम तामाङ नेकामा छन् । दस वर्षे जनयुद्ध कालमा निकै मानिसहरू आश्रय स्थल दिएको आरोप मा गिरफतारिमा परेका थिए । अहिलेमा उच्चमावि सञ्चालित छ । किलो सेराटु अभियान सञ्चालन गर्न खोज्दा विद्रोहीको विदोह थाम्न नसकेर प्रहरी चौकी हटाइयो द्वन्द्वकालमा धेरै मानव अधिकार कर्मी संस्थाले यहाँ जनचेतना कार्यक्रम सञ्चालन गरे । नेपाल एकिकरण अभियानकै क्रममा पश्चिम दैलेखबाट ठकुरीहरू यहाँ आएका हुन । शुरुमा उनीहरू खानीडाडा गाउँमा वसेर पछि ठानागाउँ सरेका हुन । विजयपुर र पल्लोकिरात राज्य हुँदा यहाँ सुरक्षा सेना चौकी राखिएको थियो त्यही कारण यस ठाउँको नामाकरण ठानागाउँ परेको मानिन्छ ।
निर्भयज्यूको शोषण दमनभए पनि, उनका छोरा भक्तबहादुर ठकुरी केही सुधारवादी थिए । १९९७ सालसम्म उदयपुर जिल्लाको महाभारत उत्तरको मालपोत भोजपुर तिर्न जानुपर्ने चलन यिनले हटाए । राणा शासक लाई निवेदन दिए पछि यिनी मालपोतका हाकिम बनाइए । झन्डै २३ वर्ष नोकरी गरे । प्रजातन्त्रको सैद्धान्तिक पक्षसंग यिनी गासिन सकेका थिएनन । व्यवहारिक रूपमा सुधारवादी थिए । विकासवाट प्रभावित थिए । ००७ सालमा आन्दोलनकारीहरूको आक्रमण पछि ठकुरीहरू केही नरम भएका थिए । थामखर्कका नन्दलाल पोखरेल ज्योतिष विधामा निपुण व्यक्ति थिए । कानुनका व्याख्याकार थिए । कानूनकै आधारमा आफ्ना प्रतिस्पर्धी र ठकुरीहरूसंग मुकाविला गरेर टिकेका थिए ।
हेम वहादुर राई, दानवहादुर मगर पञ्चायतकालमा वामपन्थी विचारसँग प्रभावित थिए । प्रजातन्त्रप्राप्ती पछि नेपाली कांग्रेसमा प्रवेश गरे । कर्णबहादुर मगर प्रजातान्त्रिक आन्दोलनमा थिए । जागीर छाडेर व्यापारमा लागे । कृष्णवहादुर ठकुरी कांग्रसका कार्यकर्ता भएर प्रचारमा हिँडेका भए पनि लामो समयसम्म प्रजातन्त्रको पक्षमा टिक्न सकेनन् । झिल्लीप्रसाद पोखरेल सुरुमा कांग्रेस पार्टीबाट राजनीतिप्रारम्भ गरेका भए पनि पछि पञ्च भए ।
पूरानो पिढीका एक जना गौरीप्रसाद पोखरेल नामका आँटी र क्षमतावाला पोखरेल थिए । उनको वसोवास लखन डाँडामा थियो । उनी जोतिष विद्यामा निकै सिपालु थिए । स्थानीय बासिन्दा ठकुरीहरूसँग उनको तीव्र मुद्धा मामिला चल्दथियो । उनी सर्बोच्च सम्म मुद्धामा पुगेका थिए । नयनध्वोज ठकुरीका बाबु मरेकै तीन वर्ष पछि उनकी सानिमा गर्भवती भईन । तिमी पातकी हौ भनेर सर्बोच्च अदालतसम्म उनले मुद्धा पु¥याएका थिए । प्रचलित शब्दमा उनलाई ढाकसे भनिन्थ्यो ।
झिल्लीप्रसाद पोखरेलले इनामेको झिल्के पोखरीमा लगाइएको तीजवजारमा महिला माथि अन्याय भयो भनेर प्रहरी अत्याचारको विरोधमा बोल्दा तत्कालीन वडा हाकिम मङ्गलकृष्ण श्रेष्ठले पाता फर्कार पिटेका र गुहुमुत एकै स्थानमा हुने गरी यातना दिएका थिए । १७९२ सालमा पश्चिमवाट पूर्व आउने क्रममा पोखरेलहरूको वसोवास भएको लखनडाँडामा अहिले पोखरेलहरूको वस्ती छैन ।
यस क्षेत्रमा जनताको जनचेतना वढाउने जागृत गर्ने क्रममा मातृका पोखरेल, झिल्लीप्रसाद पोखरेल, विश्वराज पराजुली, भीमबहादुर विक, ढुङ्गराज विक, नारायण परियार रहेका छन् भने डिल्ली पोखरेल, टीका पोखरेल, कृष्ण पोखरेल वामपन्थी विचारसँग प्रभावित छन् । मातृका पोखरेलले नेपालको प्रगतिवादी साहित्यिक क्षेत्रमा ख्याती कमाएका छन् ।
उदयपुर जिल्लाको नामसंग जोडिएको महाभारत पर्वत उत्तर पर्ने, यही जिल्लाको प्रशासनिक नियन्त्रणमा समेटिएका यी निम्न गाविसहरू – छविसे, ठानागाउँ, लिम्पाटार, लेखगाउँ, ओखले इनामे र रूपाटारको भौगोलिक ऐतिहासिक र जातिय बनोटबारे छोटो परिचयात्मक विवरण प्रस्तुत गर्ने प्रयत्न गरिएको गरेको छु । साथै यस क्षेत्रमा जन्मी, बढी, हुर्की गरेर समाजका विभिन्न क्षेत्र अगालेर– पहिचान दिन सकेका व्यक्तिको समेत सामान्य परिचय अघि सारेको छु ।
अर्को आलेख खोज तलास र अनुसन्धान सहित पुनः लिपिबद्ध गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

दरभङ्गासम्मको मेरो भर्तीयात्रा
भरतप्रसाद पोखरेल
रिस्कु–२, उदयपुर
रूपाटारको
बास । पहाडको ठाउँ । गाउँमा भरखर एउटा मिडिल स्कुल खुलेको थियो । त्यहाँ
हुने पढाइ सकिएपछि अलपत्र परियो । अन्त गएर पढ्ने र घरको गार्जियनले पढाउने
कुनै योजना थिएन । गाउँ घरमा डुल्ने काम हुन्थ्यो । गाउँका साथीहरू भर्ती
जाने कुरा गर्थे । म पनि तिनीहरूका कुरा सुन्थेँ । मलाई अगाडि पढ्न बडा
बाले जनकपुर बोलाइराख्नुभएको थियो । म पढ्न जाने तरखरमा पनि थिएँ । पढ्ने
कुरा हुँदाहुँदै साथीहरूको भनाइमा लागेर म पनि भर्तीतिर लागेँ ।
कुरा पुरानो हो । ठ्याक्कै गते, बार त भन्न सक्तिनँ, तैपनि २०२० साल फागुनको महिना थियो । एकजना साथी र म आम्बोटे भन्ने ठाउँमा बास बस्न पुग्यौँ । भर्र्ती जाँदा के हुने र केके पाइने भन्ने मलाई केही पनि थाहा थिएन । साथीले “नोकरी गर्नुपर्छ, झ्याप्प पैसा आउँछ । बिहान–बिहान पढ्नुपर्छ” भने । केमा काम गर्ने, कस्तो काम गर्ने, कति पैसा पाइने र कस्ले हामीलाई नोकरी दिने भन्ने कुराको मलाई अत्तोपत्तो थिएन । त्यसै भर्र्तीको लहलहैमा हिँडँे । मलाई भर्र्ती जानुपर्छ भनेर उकास्ने मेरो एकजना साथी अर्का पनि थिए । उनको भर्र्तीको कुराको पनि एउटा रोचक कथा छ । उनले “१६ वर्ष लागेपछि भर्र्ती जान्छु,” भने । १६ वर्ष लागेपछि भर्र्तीको कुरा गर्दा “विवाह गरेर पो जानुपर्छ,” भने । फेरि विवाह गरेपछि अब त भर्र्ती जाऊँ भन्दा तिनले “एउटा केटाकेटी नजन्माइकन भर्र्ती गएर मरियो भने सन्तान पनि मासिन्छ, स्वास्नी पनि पोइल जान्छे,” भने । “त्यसो हो भने लौ मर, तँ नजाने रछस्,” भनेर हामीचाहिँ भर्र्तीको बाटो लाग्यौँ ।
उकालोओरालो हँुदै सम्म मैदान भेटेर हिँडेको हिँड्यै गरेर धनुषा जिल्लाको महेन्द्रनगरमा पुगियो । एकजना आफन्तको घरमा बास बसेर बिहान नौ बजेतिर जनकपुर पुगियो । जनकपुरमा हाल रहेका मन्दिरबाहेक पक्का घरहरू थिएनन् । काठका घरहरू टाटी र बोरा सिएर लगाएका झाप्राका दोकानहरू र होटलहरू थिए । एउटा होटलमा खाना खाएपछि मिथिला प्रौढ हाइस्कुलमा पढ्ने एकजना कृष्ण काका भन्ने आएर हामीलाई सानो रेल चढाएर बेलुका भारतको जयनगर भन्ने ठाउँमा पु¥याए ।
जयनगर पुग्दा भर्र्ती हिँडेको राम्रै भएछ भन्ने अनुभव गरँे किनकि चारैतिर उज्यालो बलेको भित्तामा राखेको पखेटा भएको वस्तु फनफन घुमेर बतास चलाएको देख्दा निकै रमाइलो लागेको थियो मलाई । बेलुका २ वर्ष अगाडि किताब किन्न आउँदा बास बसेको किताब दोकानेको घरमा बास बस्न दियो । आज पनि म जयनगर पुगेँ भने २०१८ सालमा किताब किनेको पसल ‘जीवछ पुस्तकालय’ को सम्झना आउँछ ।
भोलिपल्ट गाउँका अरू दुईजना साथीहरू पनि भर्र्ती जान हिँडेका जयनगरमै भेटिए, उनीहरूसँग जयनगरभन्दा टाढा जाने पैसा नभएको हुँदा हामीे पैसा हालिदिएर ती दुवै जनालाई दरभङ्गासम्म पु¥याइदिने भयौँ । त्यहाँ पुगेर भर्र्ती लागेपछि उनीहरूले हाम्रो पैसा फर्काउने शर्तमा उनीहरूलाई पनि मोटर चढायौँ । मसँग त पैसा थिएन । कटारी बजारमा भेटेको रु १०÷– भारतीय रुपियाँको नोट मात्र थियो । साथीले चाहिँ कति बोकेका थिए मलाई थाहा भएन । बसले दक्षिणतिरको बाटो ततायो । कृष्णकाका जनकपुरतिरै फर्किए । हामी आफ्नो गन्तव्य भर्र्तीतिर लाग्यौँ । सारै नबुझिने बोली बोल्ने मानिसले खचाखच भरिएको बस आफ्नै गतिमा दगुरिरहेको छ, खेतबारीको फाँटहरू पार गर्दै बस एउटा शहरमा पस्यो । बिहानको भात खाने बेला भएको हुँदो हो । घडीको चलन त्यतिको थिएन । ‘दरभङ्गा दरभङ्गा..’ भनेर खलासीले कराएपछि सबै बसबाट ओर्ले । हामी पनि ठूलो बजारतिर लाग्यौँ । एउटा भात खाने होटल भेटाएर भातको भाउ सोधेर खान बस्याँै । एकछिन्मा भातको सट्टामा त सुकेको रोटी तरकारी र दाल पो ल्याएर राखिदियो । भात खान भनेर बसेको मानिसलाई सुकेको रोटी ल्याएर दिँदा कन्सिरी तातेर आयो । ‘यो क्या हो ?’ भनेर झोक्किँदा ‘थोडी देर बाद’ भन्यो । येनकेन प्रकारेण सुकेको रोटी टोकिसकेपछि भात ल्याएर दियो । भात खाइयो । भात भाउ सस्तै थियो । ३÷३ आना रहेछ । मसँग पैसा सकिएको हुँदा साथीले तिर्न खोज्दा उनले भारतीय रुपियाँ साटेनछन् । चलेन, फेरि मेरै पैसा १२ आना होटलमा तिरेर २ भाइ नोकरी खोज्न दरभङ्गातिर लाग्यौँ । हामी पनि रेल स्टेशन सोध्दै अगाडि बढ्यौँ । एकछिन्पछि रेल स्टेशन पुग्यौँ । लामो रेल रोकिराखेको रहेछ । रेल स्टेशन देख्दा रमाइलो नै लाग्यो । रेल स्टेशन पुग्दासम्म नोकरी करेगा भनेर ४÷५ जनाले सोधिसकेका थिए । के नोकरी भनेर सोध्दा ‘बर्तन सफा करना है’ भन्थे । एक ठाउँमा त मैले एउटालाई सोधेँ, ‘बर्तन भनेको के हो ?’ भन्दा ‘भाँडाकुँडा’ भनेर एउटा नेपालीले बताइदियो । त्यो सुनेर म छक्क परँे । ‘भर्र्ती भनेको यही भाँडा माझ्ने हो त ?’ भनेर मैले उमेरले केही जेठा साथीलाई सोधँे । ‘त्यो मुला, भन्छ नि’ भनेर उनले मेरो हौसला बढाए ।
रेलवे स्टेशन पुगेपछि मानिसको भीड र आउनेजाने रेल देख्दा दरभङ्गा शहर निकै ठूलो र रमाइलो लाग्यो । हाम्रो जाने गन्तब्य भनेको मेरो साथीले जहाँ जाने भन्छन् त्यहीँ नै हो मेरो पनि । रेल्वे स्टेशनको चहलपहल मानिसहरूको यताबाट उता, उताबाट यता हिँडेको हेर्दाहेर्दै मेरो एउटा बर्दिबासमा सँगै पढेको साथी भेट भयो । विराटनगर जाने भनेपछि विराटनगर पुग्ने बाटो बताइदिएर उनी आफ्नो डेरातिर लागे । हामी पनि रेलवे स्टेशनमा बसेर टिकट काट्ने तरखर गर्न थाल्यौँ । टिकट घरको झ्याल खुल्छ, मानिसहरूको ठूलो भीड हुन्छ । साथीलाई टिकट काट्न भन्दा मानिस हटून् अनि काटुँला भन्छन् । मानिसहरू हट्छन्, झ्याल बन्द हुन्छ, रेल हिँडिहाल्छ । फेरि मानिसको भीड हुन्छ । ‘टिकट काट्न जाऊँ’ भन्दा ‘साथमा भा’को पैसा चोर्छ, मानिस घट्छन् अनि काटुँला’ भन्छन् । मानिस घट्छन्, रेल हिँड्छ, टिकटघरकोे झ्याल बन्द हुन्छ । गर्दागर्दै बेलुका भयो, बेलुकीपख बिहान भेट हुने उनै साथी मीनबहादुर हमाल आइपुगे भने, ‘ए तपाईंहरू अझै जानुभएको छैन ?’ ‘मैले टिकट काट्न सके पो जानु’ भनेपछि एउटा साथीलाई ‘जाजा टिकट ल्याइदे’ भन्नेबित्तिकै उसले टिकट ल्याएर हाम्रो हातमा दियो, तर रेलले स्टेशनबाट बाटो तताइसकेको थियो । साथीले ‘लौ कुदाँै भेटिन्छ, भनेर हिँडिसकेको रेल भेट्न रेल पछाडि–पछाडि जोडसँग कुद्यौ । कुदन हामी निकै छिटो थियौँ । स्कुलमा दौड प्रतियोगिता हुँदा मेरा साथी प्रथम र म दोस्रो हुन्थ्यौँ । नकुदौँ भन्दा पनि साथीको ढिपीले रेल भेट्न कुदियो । रेलको पछाडिबाट हेर्दा रेल बिस्तारै हिँडेको देखिएकाले पनि हामी कुदेका थियौँ । रेल स्टेशनको निकै पर पुगेपछि ४ वटा पुलिसले हाम्रो बाटो छेकेर ‘और क्यु दौडा है’ भनेर भन्दा साथीले रेल चढ्न कुदेको कुरा बताए । त्यो पुलिसमा एउटा नेपाली भाषा जान्नेले ‘कुदेको रेल भेट्छौ र कुदेको ?’ भनेर सोध्दा मेरा साथीले ‘कस्ताकस्ता वर्णबहादुर, मानबहादुर, रामबहादुरलाई त हामी उछिन्छौँ, त्यति बिस्तारै हिँडेको रेल किन भेटिँदैन ?’ भन्दा पुलिसहरू पनि निकै हाँसे । हामी छक्क प¥यौँ । गन्तव्यको रेल त्यस पटक पनि छुट्यो । हामी दुवै जना पुुनः दरभङ्गा रेलवे स्टेशन कुर्न र अर्काे पटक गन्तव्यतर्फ जाने रेल पर्खन बाध्य भयौँ । आज पनि दरभङ्गाको रेल चढेको घटना सुनाउँदा सबै साथीहरू र सुन्ने मानिसहरू पनि मजा मानिमानी हाँस्छन् । यतिमै मेरो भर्र्तीयात्राको बिट मर्दैन ।

प्रतिबद्धता
आज
एकाकार कठिन छ यो धमिलो अँध्यारोमा
अत्यासलाग्दो गोरेटोका पर्खालमा
बुज्रुक भनाउँदोको आधुनिक जालोमा
झिनो आशारूपी गोरेटो खोज्दै
आज कतै हराएँ कि ?
मेनुका बुढाथोकी
रूपाटार
आज
एकाकार कठिन छ यो धमिलो अँध्यारोमा
अत्यासलाग्दो गोरेटोका पर्खालमा
बुज्रुक भनाउँदोको आधुनिक जालोमा
झिनो आशारूपी गोरेटो खोज्दै
आज कतै हराएँ कि ?
जीवनको क्यानभासमा लत्पतिएका रङहरू
भीरैभीरको बाटोमा टेक्ने लौराहरू
दोषी जीवनका अखेडा भएका दोषहरू
चैतको हुरीमा झरेका सालका पातहरू
वसन्तको पर्खाइमा नाड्डा रूखहरूलाई
टुलुटुलु हेर्दै शून्यतामा रमाएर
आज त्यसै बीचमा कतै हराएँ कि ?
भीरैभीरको बाटोमा टेक्ने लौराहरू
दोषी जीवनका अखेडा भएका दोषहरू
चैतको हुरीमा झरेका सालका पातहरू
वसन्तको पर्खाइमा नाड्डा रूखहरूलाई
टुलुटुलु हेर्दै शून्यतामा रमाएर
आज त्यसै बीचमा कतै हराएँ कि ?
तर अब,
सदैव हाँस्नु छ गुजीहरूको सद्भाव जितेर
अरूको लागि समर्पण गर्नु छ गुण खोजेर
ठेस लाग्ने ढुड्डाहरू खुड्किलो बनाउनु छ
योजना प्रतिबद्धता र सङ्घर्षको साथ लिनु छ
मूल्यवान् लक्ष्यको साँचो सफलताले

संसार जितेर मर्नु छ
अन्यथा सशङ्कित मूडले भन्नुपर्नेछ
अँध्यारो र साँघुरो गोरेटोमा कतै हराएँ कि ?

हाम्रो सुन्दर गाउँ रूपाटार
थीरप्रसाद पोखरेल
रूपाटार
उदयपुर जिल्लाको एउटा गाविस हो । रूपाटारलाई सबैतिर डाँडैडाडाले छेकेको छ ।
यस गाविसलाई पूर्व ठानगाउँ, दक्षिणमा इनामे, लेखगाउँ र पश्चिममा ओख्ले र
स्वरूङ छोएको छ । यस गाविसमा विभिन्न जातजातिको बसोबास छ । वडा नं. १ खोले
खर्क, धापपानी, रामपुर पर्दछन् । यहाँ मगर, भुजेल, दमाई, सार्की, ठकुरी,
नेवार, ब्राह्मण, क्षेत्रीहरूको बस्ती छ । वडा नं. ३ कस्केली, ढुड्डे
पर्दछन् । यहाँ मगर नेवारहरूको बस्ती छ वडा नं. ४ अँधेरी, गैरीगाउँ,
डाँडागाउँ पर्दछन् । यहाँ ब्राह्मण, क्षत्री, सार्की, र दमाईहरूको बस्ती छ ।
यहाँ सार्कीहरूको बाक्लो बस्ती छ । वडा नं. ६ मा कटहरे, लामीस्वती पर्दछ ।
यहाँ ब्राह्मण, क्षत्री, ठकुरी, दमाई, मगर, कामी, सार्कीको बस्ती छ । यहाँ
ठकुरीहरूको बाहुल्यता छ । वडा नं. ७ रूपाटार र बडहरे पर्दछ । यहाँ
ब्राह्मण, क्षत्री, ठकुरी कामी, दमाई, सार्कीहरूको बस्ती छ । यहाँ
क्षत्रीहरूको बाहुल्यता छ । वडा नं. ८ मा तल्लो मादले, सिम्ले, बेसिटोल
पर्दछन् । यहाँ क्षत्र,ी राई, मगर, सार्की, दमाई जातिहरूको बसोवास छ । वडा
नं. ९ निबुवाटार, हलेदे, आद्मारा, राजदह भन्ने गाउँहरू पर्दछन् । यस वडाको
उत्तरी सीमाबाट सुनकोसी बगेकी छन् । यहाँ क्षत्री, ब्राह्मण, नेवार, मगर,
राई, पहरी (लोप हुँदै गएको जाति) र भुजेलहरूको बसोबास छ । ८ नं. को
पूर्वपट्टि र ६ र ७ को पश्चिमी सिमानाबाट यारी खोला बग्दछ । यारी खोला र
घारी खोलाले सिँचाइ हुने ठूलो बेसी छ । यहाँ बेसीमा उत्पादन भएको धान
कोसीपारि खोटाङ र ओखलढुङ्गामा समेत लगी सहयोग पु¥याउँदछ । २०४१ सालको
बाढीले करिब ४ हजार मुरी धान आउने खेत (तीन सय बेसी र पकले भन्ने) सुनकोसी र
यारी खोला गहते खोलाले समाप्त पारेर हाल बगरमा परिणत गरेको छ । यस यारी
खोला बेसीमा धेरै धान उब्जनी भए तापनि ठकुरी, ब्राह्मण क्षत्रीहरूको मात्र
तगझक थियो । यस गाविसभरिकै ठूला जिम्वाल थिए डिठ्ठा नैनध्वज ठकुरी, दोस्रा
निर्भय ज्यू, अन्य सानातिना जिम्मल क्षत्री ब्राह्मणहरू थिए । नैनध्वज
ठकुरीसँग राणाहरूको वैवाहिक सम्बन्ध भएकाले उनीहरूका सामु कोही बोल्नसमेत
सक्तैन थिए । उनीहरूका जमिनहरूमा रूपाटारवासी (पोखरेलबाहेक) सबैले सालमा २४
जना खेताला दिनुपर्दथ्यो । दसैँमा जिम्वाली मान शिशार लिएर टीका लगाउन
नगएकामा मालपोत बुझिदिँदैन थिए । उनीहरूले गाविसभरि थिचोमिचो गर्थे ।
रूपाटार महाभारत उत्तर पिछडिएको गाउँ भएता पनि यहाँका पोखरेलहरू वि.सं. १९३० सालतिर नै सरकारी जागिरे थिए । यिनीहरू जन्मभूमि नछाड्ने भएकाले नै रूपाटारबाट अन्यत्र हिँड्ने काम भएन । जब २००१ सालतिर सुब्बा शारदाप्रसाद पोखरेलले घर बनाएर भैरवीप्रसाद पोखरेल रूपाटार बस्न थाल्नुभयो, त्यसपछि ठकुरीहरूसँग द्वन्द्व हुनथाल्यो । उहाँले उतिबेलै उत्तरमध्यमा पास गर्नुभएको थियो । रूपाटार सम्पूर्ण गाविसमा घुम्ने र ठकुरीहरूको (नैनध्वज र निर्भय ज्यू) विरोधमा केही सङ्गठन गर्न थाल्नुभयो । फलस्वरूप थिचोमिचो केही कम हुँदै गयो । तर पनि ठेकीबेटी तोड्न सक्ने क्षमता उहाँमा थिएन, किनकि जमिनदारले मालपोत बुझिदिँदैन थिए । तर पनि अनावश्यक थिचोमिचो गर्न भने कम हुँदै गयो । भैरवीलाई साथ दिने थाक्लेली पोखरेलहरू थिए । सदरमुकामनजिक र कर्मचारीहरूसँग उनीहरूको सम्बन्ध र भैरवी र अर्का आफ्नै पिता शारदाप्रसाद र काका नारायणप्रसाद पोखरेल ठूलै कर्मचारी भएकाले भैरवीसँग शक्ति वृद्धि हुँदै गयो । जसले गर्दा नैनध्वजलाई अलि अप्ठ्यारो पर्दै गयो । जब २००७ सालमा प्रजातन्त्र आयो, त्यसपछि भैरवीप्रसाद नेपाली काङ्ग्रेसको कार्यकर्ता बन्नुभयो ।
पोखरेलहरूले धेरै पहिलेदेखि जागिर खाएको देखिए पनि पाठशाला खोल्ने उहाँहरूको ज्ञान भएन । हामीहरू केटाकेटी हुँदा मेरो पिता भागवत्प्रसाद पोखरेललाई ०१५÷१६ सालतिर भैरवीप्रसाद विराटनगर खेतीबाट आउनेवित्तिकै दिनमा एकदुई पटक ‘ठूले, खोई पाठशाला ?’ भन्नुहुन्थ्यो । ‘अन्त भयो, हाम्रोजस्तो गाउँमा भएन, तँ काम नलाग्ने भइस्’ भनेको आजसम्म मैले बिर्सिएको छैन । भागवत्प्रसादको कचकच भइरहेको अवस्थामा भैरवीप्रसाद पोखरेल उदयपुर गढीबाट घर फर्किंदा स्व.पुष्पलाल गिरीसँग भेट भएर लेखगाउँहुँदै आउनुपर्ने भएछ । सोही अवस्थामा पुष्पलाल गिरीको संयोजकत्वमा खोलिएको चिसापानी निम्न माविमा दुवैजना आउनुभएछ । त्यस अवस्थामा पुष्पलाल गिरीलाई स्वागत गरेको भैरवीप्रसादले देखेपछि भने वडाबा भागवत्प्रसादको भनाइ ठीक रहेछ भनी विद्यालय खोल्न मलाई जागरुक गरायो भनी भैरवीप्रसाद आफँैले पनि मलाई भन्नुहुन्थ्यो । तत्पश्चात् २०१७ सालमा एकैचोटी जुनियर माध्यमिक विद्यालय खोल्ने अनुमति प्राप्त गराउनुभयो । २०१७ साल कात्तिक महिनामा विद्यालय बनाउन खाँबो गाड्ने कार्य गर्न भागवत्प्रसाद पोखरेललाई लगाइयो । टाटीले बेरेको फुसको छानो भएको विद्यालय बनाइयो । जमिनटारमा वरको रूखमुनि विद्यालय बनाइयो । वरको पातले फुसको छानोलाई १ वर्षसम्म पनि टिक्न गाह्रो प¥यो । रूपाटार खरको अभाव भएको ठाउँ भएको र सालमै छाउनुपर्दा सबैलाई समस्या भयो । त्यसैले सुवेदार कमलप्रसाद पोखरेलले (काका) जाबो जमिन म दिन्छु भनी अन्दाजी १ रोपनीजति जमिन विद्यालयलाई दिनुभयो र विद्यालय त्यहीँ बनाइयो । हामीहरू मार्ग महिना (२०१७ साल) देखि पढ्न थाल्यौँ । त्यसबेला त्यही साक्षर गणेशबहादुर थापा, चेतबहादुर बुढाथोकी, फणीन्द्र रेग्मी र खोटाङ चुइचुम्बाबाट खड्का थर भएका एकजना शिक्षक आउनुभयो र पठनपाठन गर्न थालियो ।
भैरव मिश्र र बलबहादुर हमालको पक्षमा विद्यार्थी विभाजित भए तर सुब्बा कमलप्रसाद पोखरेलले गाउँको मानिसपछि सम्मलाई हुन्छ भनी भैरवीप्रसाद पोखरेललाई दबाब दिएपछि बलबहादुर हमाललाई राखियो, भैरव मिश्र विदा हुनुभयो । एवम् रीतले २०२० सालमा पहिलो ब्याच त्यहाँ आठ कक्षा पास गरेर हिँड्यो, हामी दोस्रो ब्याचमा प¥यौँ ।
टीकादत्त कोइरालालाई झम्टाको बेथाले छोयो । उहाँ रोगाएपछि बलबहादुर हमाल प्र.अ. हुनुभयो । त्यसपछि आफ्नै विद्यालयमा पढेर जाने साथीहरू योगराज कार्की, शिक्षक बन्नुभयो । श्याम मल्ल, थीरप्रसाद पोखरेल (०२८ तिर) छत्रबहादुर ठकुरी शिक्षक भए ।
प्र.अ. बलबहादुर हमाल रहँदै प्र.अ. वृषबहादुर तामाङ आउनुभयो । शारदाप्रसाद, भट्ट राई, भरत पोखरेल शिक्षक हुनुभयो ।
२०२८÷२९ सालतिर विद्यार्थीको चाप पनि बढ्यो, विद्यालयमा ठाउँ पुनः अपुग हुन थालेपछि स्व. टङ्कनाथ पोखरेलले २ रोपनी जग्गा दिनुभयो । राममणि पोखरेल त्यहीँ शिक्षक भएको गाउँको अगुवा पनि भएकाले उहाँको अगुवाइमा निबुवाटारमा श्यामलाल पोखरेलले बनाएको पार्टी ०२८ सालको पहिरोले आधा पुरेको हुँदा उक्त पाटीमा भएका काठहरू भत्काएर ल्याएर टङ्कनाथ पोखरेलले दिएको जग्गामा ढुड्डाको दुईतले भवन बनाइयो ।
२०१७ साल चैत्र महिनातिर खड्का सर हिँड्नुभयो । फेरि भैरवीप्रसादले एकजना कर्ण सर भन्ने शिक्षक ल्याउनुभयो । २०१८ साल वैशाख महिनामा सिराहा गोलबजारबाट जगत्प्रसाद गौतम, बालकृष्ण पोखरेल लिएर भैरवीप्रसाद पोखरेल रूपाटार आउनुभयो । त्यही वैशाखमै वर्ग (कक्षा) विभाजन गरियो । नयाँ विद्यालय भएकोले त्यहाँ कखरा नपढेका तर पहिले नै साक्षर भएका पाका विद्यार्थीहरू पनि आए । जसअनुसार बाहिरबाट आएका हरिप्रसाद तिमिल्सिना, ध्रुव पोखरेल, ओमबहादुर राउत, राममणि पोखरेल, लालबहादुर गिरी, जयबहादुर चुहान यिनीहरूलाई कक्षा ६ मा भर्ना गरियो । हामी त्यसै विद्यालयमा पढने रामबहादुर थापा, बलबहादुर थापा, खेमराज तिमिल्सिना, म, भरत पोखरेल, र बाहिरबाट आउने गोपी भट्टराई, वर्णबहादुर ठकुरी, प्रेमबहादुर पौडेल, तिलकबहादुर चुहान, रामबहादुर खड्कालाई कक्षा ५ मा भर्ना गरियो । यही विद्यालयमा पढ्नेहरूलाई क्रमशः कक्षा विभाजन गरियो । कक्षा विभाजन भइसकेपछि कर्ण सर हिँड्नुभयो । प्र.अ. जगत्प्रसाद गौतम, कुलप्रसाद पोखरेल, ठूला कक्षामा पढाउने र सानालाई चेतबहादुर बुढाथोकी, गणेशबहादुर, फणीन्द्र रेग्मीहरूले पढाउन थाल्नुभयो । चूडामणि काफ्ले, चूडामणि गौतम भैरव मिश्रलगायत ४ जना शिक्षक भैरवी आफैँले खाना ख्वाएर राख्नुभयो भने कुलप्रसाद पोखरेल हाम्रो घरमा बस्नुभयो । कुलप्रसाद चूडामणि गौतम, जगत् गौतमहरू धेरै बस्नुभएपछि टीकादत्त कोइराला प्र.अ.हुनुभयो ।
२०३२ सालको नयाँ शिक्षा योजना लागू भएपछि हाम्रो विद्यालय मावि बनाउन असफल भएकाले निम्न माविमा (कक्षा ७ सम्म) झर्न बाध्य भयो ।
त्यही विद्यालयको उत्पादित विद्यार्थी म पनि २०३३ भाद्रदेखि शिक्षक भएँ । त्यसै बेलामा तालिम पर्नुभएका बलबहादुर हमाल उहाँको नागरिकता र सर्टिफिकेटमा पिताको नाम फरक भएकाले उहाँले शिक्षक पद छाड्नुभयो । २०३४ सालतिर कक्षा १ देखि कक्षा ७ सम्म म र शारदाप्रसाद भट्टराईले मात्र पठनपाठन गर्न, गराउन गाह्रो परेकोले रिस्कुबाट भरत पोखरेल (नयाँ नियुक्ति), रमण पौडल, निर्माण पोखरेल भएर पढाउन थाल्यौँ । म २०३६ सालमा रिस्कु सरुवा भई आएँ र मेरो ठाउँमा प्रताप गिरी प्र.अ. भई पढाउन थाल्नुभयो । रूपाटारमा विद्यार्थीको चाप बढ्न थालेपछि त्यहाँका युवाहरूको सक्रियतामा मा.वि.स्वीकृत भयो । मा.वि. बाट हाल रूपाटार उच्च मा.वि. मा परिणत भइसकेको छ ।
जिल्लाको दुर्गम ठाउँ रूपाटारमा हाल युवाहरूको सक्रियतामा यारी खोलाबाट विद्युत् ल्याई झलमल बनाइएको छ । खानेपानी निर्माण सकिएको छ । हिजो महिलाहरू ५ बजे उठेर ढिकीजाँतो, पानी बोक्नुपर्ने अवस्थालाई तोडेर आज रूपाटार झलमल्ल छ । मिलहरू बसिसकेका छन् । बाटो कटारीबाट रूपाटारसम्म जोडिएको छ । अब काठमाडौँबाट रूपाटार बाटो जोडिने तय भइसकेको छ । हिजोको अनकन्टार ठाउँ आज सुन्दर र सक्षम भइसकेको छ । आज यो ठाउँ गाउँलाई यस अवस्थासम्म पु¥याउने अगुवा भैरवीप्रसाद पोखरेललाई धन्यवाद ¤ नि.मा.वि. बाट उच्च मा.वि. मा पु¥याउन सफल युवा पङ्क्तिलाई म रूपाटारे भएकोले पुनः धन्यवाद दिन्छु ¤¤

शिक्षाका उद्देश्य तथा शिक्षा आर्जनका वैकल्पिक उपायहरू
ज्ञानबहादुर राउत
शिक्षा
मानवीय अन्तरनिहित गुणहरूको विकास गर्ने, मानव जगत्लाई सभ्य सुसज्जित
बनाउने कुनैपनि देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूको चौतर्फी
विकास गर्ने प्रभावकारी माध्यम हो । व्यक्ति, समाज, राष्ट्र तथा
अन्तर्राष्ट्रिय जगतलाई ज्ञानविज्ञान र प्रविधिले सशक्त बनाउने प्रणाली नै शिक्षा हो । समाजमा रहेका सबै खाले अन्धविश्वास, कुरिति, विभेद, छुवाछुत र लैड्डीक असमानतालाई हटाउने चेतनाको मुख्य स्रोत शिक्षा हो । देश प्रेमको भावना जगाउने अन्तर्राष्ट्रिय बहसम्म सम्बन्ध स्थापित गराउने समाजमा रहेका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पक्षका मूल्य, मान्यथा तथा आर्दशलाई अनन्त कालसम्म स्थापित गराउने नै शिक्षा हो ।
यो जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । शिक्षाको अन्तिम विन्दुमा पुग्न सम्भव छैन । त्यसैले यो अनन्त प्रक्रिया पनि हो । जसमा मानिसले आफ्नो जीवन अन्त गर्न जाने बाटोमा नयाँ नयाँ अनुपम अनुभवको अनुभूति गर्ने माहान अवसर मिल्छ त्यो अनन्तहिन बाटोमा । यो व्यापक आयाम बोकेको परिवर्तनको मार्गनिर्देशक पनि हो । शिक्षा मानिसको चेतनाको विकास गर्ने रुढिवादी र परम्परावादी तथा अन्धविश्वासी धारणाहरूमा परिवर्तन ल्याउने एक प्रभावकारि तत्व हो । शिक्षा समाजमा सञ्चालन हुने सामाजिक चेतनाको माध्यम पनि हो ।
२. शिक्षाको उद्देश्य तथा लक्ष्य
शिक्षा एक महत्वपूर्ण चीज हो जुन मानिसलाई वैयक्तिक जीवनमा अति आवश्यक तत्व हो । शिक्षाले मात्र व्यक्ति, समाज र राष्ट्रको चौतर्फी विकासको ढोका खोल्दछ । देश विकासको विश्वासिलो आधार भनेकै शिक्षा हो । शिक्षाले कुनैपनि व्यक्ति, समाज र राष्ट्रको विकासमा सहयोग पु¥याउँछ । त्यसकारण शिक्षा एक आधारभूत आवश्यक हो । मानव सभ्यताको विकास पनि क्रमबद्ध रूपमा शिक्षाकै आधारमा हुन गएको हो । मानव सभ्यताको इतिहासलाई केलाउँदा प्राचीनकालदेखि यहाँसम्म सभ्य समाजको विकास हुनमा प्रमुख श्रेय शिक्षालाई नै जान्छ । प्रत्येक विद्यालयको स्थापना मानव जगतको लागि मात्र हो । जसको उद्देश्य हरेक व्यक्तिको जीवनसँग अनुरूप परिवर्तन हुँदै जान्छ र व्यक्तिको उद्देश्य परिवर्तन हुने वित्तिकै शिक्षाको उद्देश्य परिवर्तन हुँदै जाने कुरा निश्चित छ ।
हुन त शिक्षाको उद्देश्य व्यक्ति परक र समाज सापेक्ष हुने कुरा सामान्य हो । त्यसकारण कस्तो किसिमको शिक्षा आम जनतालाई प्रदान गर्ने र कस्तो किसिमको जनशक्ति तयार गर्ने भन्ने कुरा नै शिक्षाको उद्देश्य हो । शिक्षाको उद्देश्य तथा लक्ष्य देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थार अन्तर्राष्ट्रिय परिवेश अनुसार निर्धारण गरिनुपर्छ । शिक्षाको लक्ष्य तथा उद्देश्य निर्धारण गर्दा व्यक्ति, समाज तथा राष्ट्रको आवश्यकतालाई जोड दिइनुपर्छ ।
शिक्षा क्षेत्रका सर्वाधि महत्वपूर्ण प्रश्नहरू ती हुन् जुन मानिसलाई के बन्नुपर्दछ र उसले आफ्नो जीवन कसरी जिउनु पर्दछ भन्ने कुरामा मद्धत दिनमा केन्द्रित हुनुपर्दछ । हुन त आदर्श रूपबाट हेर्दा शिक्षा ज्ञान आर्जन र व्यवहारिक लाभका चाहानाबाट मात्रै पूर्णत प्रेरित भएका हुँदैनन् यस्ता लाभलाई तीनले आफ्नो लक्ष्यका रूपमा पनि अंगाल्दैनन् तर आधुनिक युगमा समाजका कतिपय मानिसहरू भने ज्ञान आर्जन र धन आर्जनको सेवक भन्दा अरु रूपमा हेर्दै नहेर्ने पनि गर्दछन् ।
हुनत देशले जस्तो किसिमको शिक्षाको व्यवस्थापन गरेको छ । जस्तो शिक्षाको लक्ष्य तथा उद्देश्य राखेको छ । त्यसैअनुरूप त्यस देशको नागरिकहरूको र सम्पूर्ण राष्ट्रहरूको विकास भएको छ । उदाहरणको लागि जापानले दोस्रो विश्वयुद्धको विनास पश्चात वैज्ञानिक औद्योगिक, आर्थिक र शैक्षिक जगतमा व्यापक परिवर्तन गर्ने लक्ष्य तथा उद्देश्य राख्यो फलस्वरूप यी क्षेत्रहरूमा जापान प्रथम स्थानमा रहेको छ । राष्ट्रिय आधुनिकीकरणको नामले शिक्षामा गरिउको आधुनिकीकरणबाट चीन आज सर्वशक्ति सम्पन्न, सक्षम र सफल राष्ट्र बन्यो । १९५२ को स्पुटनिक प्रक्षेपण पश्चात अमेरिकन शिक्षाको उद्देश्य व्यापक परिवर्तन गरियो फलस्वरूप १९६२ को १ दशकै ताकामा सर्वशत्तिःमान राष्ट्र रुसलाई भेट्टाउन सफल बन्यो । पछि रुसको शक्तिलाई विभाजन गरेर ऊ सर्वशक्तिमान राष्ट्र बन्यो । त्यसैगरी विभिन्न प्राकृतिक प्रकोपको बाबजुत पनि भारत शक्ति सम्पन्न राष्ट्र तर्फ उदाउँदै छ । यसबाट के प्रष्ट हुन्छ भने जस्तो किसिमको शिक्षाको उद्देश्यको अपेक्षा ग¥यो त्यस्तै किसिमको प्राप्त गर्न सकिन्छ तसर्थ जस्तो किसिमको शिक्षाको लक्ष्य निर्धारण गरिन्छ त्यसतै किसिमको उपलब्धी हासिल गर्न सकिन्छ । त्यसकारण निम्न किसिमको शिक्षाको लक्ष्य तथा उद्देश्य हुनुपर्दछ ।
शिक्षा ज्ञान प्राप्तीको माध्यम भएकोले प्राप्त ज्ञानलाई सीपमुलकमा रूपान्तरण गरी व्यवहारमा लागु गर्ने । शिक्षाले व्यवसायिक, रोजगारयुक्त र जीविकोपार्जन गर्न सक्ने नागरिक तयार गरी व्यक्ति, समाज र राष्ट्रको आर्थिक सुधार ल्याउन सक्दा नागरिक तयार गर्ने ।
मानिस सामाजिक प्राणी भएको कारणले गर्दा समाजका आर्थिक शैक्षिक, सांस्कृतिक र धार्मिक मूल्य मान्यताको सुधार तथा संरक्षण गर्न सक्ने नागरिक विकास गर्ने ।
व्यक्तिले कुनैपनि तहको योग्यता प्राप्त गरिसकेपछि आफ्नो आवश्यकता अनुसारको सीप नयाँ क्षमता प्रयोगगरी जीवनयापन गर्न सक्ने नागरिक तयार गर्ने,
शिक्षाको आर्थिक विकासको आवश्यक, ज्ञान, विज्ञान, प्राविधिक दक्षता र सीपको विकास गरी, संरक्षण र सम्बर्धन गरी देशको प्रत्येक कार्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने ।
आफ्नो श्रम, पेशाप्रति वफादार रही काम गर्न सक्ने नागरिक तयार गर्ने ।
अरुको असल भावना र विचारको कदर गरी विभिन्न समुदायमा सहज रूपमा समायोजन हुनसक्ने नागरिक तयार गर्ने ।
प्राकृतिक वातावरण र राष्ट्रिय वातावरणको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने ।
समाजमा पछि परेका व्यक्तिलाई राष्ट्रिय मूलधारमा ल्याउन सहयोग गर्ने ।
राष्ट्रिय तथा अन्र्ताष्ट्रिय परिवशेमा आफ्नो पहचिान कायम राख्दै व्यक्तिलाई आधुनिक युगामा सामज्यस्यपूर्ण जीवनयापन निम्ति सहयोग गर्ने ।
समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणका निम्ति मानव साधानको विकास गर्ने ।
शिक्षाको आवश्यकता तथा महत्व
मानव जीवनका लागि आवश्यक कुराहरू (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सञ्चार आदि हुन । यी मध्ये शिक्षा मानिसको आधारभूत आवश्यकता हो । व्यक्तित्व विकास गर्नको लागि शिक्षाको आवश्यकता पर्दछ । शिक्षा व्यक्तिको सर्वागिण विकासको संवाहक हो । यसले व्यक्तिमा लुकेर रहेको क्षमतालार्ई उजागर गर्दछ । शिक्षाले व्यक्तिको व्यक्तित्व विकास समाजिकीकरण, आन्तरिक शक्तिको विकास, जीवन निर्वाहा आवश्यकता पूर्ति, व्यवसायिक निपुर्णता र आत्मनिर्भरता गर्न सहयोग पु¥याउँछ । शिक्षाले व्यक्तिको अतिरिक्त अनुभवहरूको पूर्नगठन र पुननिर्माण गर्न सहयोग पु¥याउने भएकोले यसको स्थान महत्वपूर्ण छ । शिक्षाले व्यक्तिलाई आफ्नो सामाजिकीकरणमा सहयोग पु¥याउँछ । यसका साथै व्यक्तिलाई समाजमा रहेका विभिन्न समस्याहरूसँग समायोजित गर्न टेवा पु¥याएँछ । शिक्षाले मानवीय अन्तरनिहित गुणलाई प्रफुटित गरी सफल व्यक्तिको निर्माण गर्दछ । शिक्षाले समाजमा रहेका पुराना अन्धविश्वास तथा कुरितिलाई हटाई समाजलाई सभ्य बनाउने भएकोले शिक्षाको स्थान महत्वपूर्ण छ । यसका साथै समाजमा रहेको रिति रिवाज परम्परा, भाषा, सांस्कृति मूल्य र मान्यतालाई एक पिढीबाट अर्काे पीढिमा हस्तान्तरण गर्नुपर्दछ । त्यसकारण व्यक्ति तथा समाजको विकासको सम्बाहक शिक्षा हो ।
कुनै पनि विकासमा पूँजी, प्राकृतिक स्रोत, वैदेशिक सहयोग अन्तर्राष्ट्रिय व्यापार, विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ । जनशक्ति देश विकासका निम्ति मानवीय स्रोतको रूपमा रहन्छ । दक्ष जनशक्ति पैदा हुन शिक्षा प्रणाली र शिक्षा नीतिको स्थान महत्वपूर्ण हुन्छ । त्यसकारण राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आवश्यक हुन्छ भने दक्ष जनशक्ति उत्पादन शिक्षाको स्थान निर्णायक हुन्छ ।
शिक्षा आर्जनका वैकल्पिक उपाय भन्नाले शिक्षामा चलिरहेको धारणाहरूको विकल्पमा नयाँ धारणाहरूको निर्माण गरि शिक्षा आर्जन गर्ने प्रक्रिया हो । चलिरहेको शिक्षाले सामाजिक, आर्थिक र राजनीतिक मागहरू पूरा गर्न नसक्दा विकल्पहरू जन्मन पुग्छन् फलस्वरूप आधिुनिक विश्वले यी मागहरू पूरा गर्न सकेन तव शिक्षाका विकल्पहरू सोच्न प्रयाप्त भएन । यसको वैकल्पिक उपायहरू सोचियो ।
शिक्षामा आएका नयाँ नयाँ सोचाइ, चिन्तन र धारणा लाई नै वैकल्पिक शिक्षाको बाध्यताको रूपमा चिनियो । हामीले प्राचीन कालको शिक्षा विकासलाई हे¥यौ त्यो शिक्ष्ाँले आधुनिक कालमा सुहाउँदो परिवर्तन ल्याउन सकेन, तसर्थ शिक्षामा नयाँ चिन्तनको विकास भयो । आधुनिक कालमा विज्ञान र प्रविधिको तीव्र विकास हुन पुग्यो । यस विकास सँगसँगै मिल्ने किसिमको शिक्षाका ेआवश्यकक्ता भयो । परम्परागत रूपबाट चल्दै आएको शिक्षा पद्धतिले मानवीय ज्ञान र सीप प्रदान गर्न असक्षम बन्यने । शिक्षा धन आर्जनका चाहनाबाट मात्र प्रेरित बन्यो, शिक्षाले न्यायिक समनता, प्राजातान्त्रिकरण, सार्वजनिकिकरण विश्वव्यापी धारणा र सवैको लागि शिक्षा प्रदान गर्न सकेन । शिक्षालाई राजनीतिक पद्धतिको पक्षपातीले गाज्यो विद्यालयको मानिसको प्रतिभा र क्षमतालाई विस्तार र व्यापक बनाउन सकेन । विदालयले सामाजिक सेवा गर्नुको सट्टा आफ्नो छुट्टै साम्राज्य खडा गर्न पुग्यो । शिक्षा जनभावना विपरित एकलौटी रूपबाट चल्न थाल्यो । यस्ता कारणले गर्दा आधुनिक युगमा वैकल्पिक अवधारणाको खोजी भयो तसर्थ शिक्षाका वैकल्पिक सोचहरू निम्न छन् ।
जीवन पर्यन्त शिक्षा ः
शिक्षा विकासको पृष्ठभूमिलाई हामीले मावन सभ्यताको पृष्ठभूमिसँग दाँज्न सक्छौं । शिक्षाको जन्म पनि मानव सभ्यताबाटै भउको हो । जब मानवको उत्पति र सभ्यताको विकासको प्रारम्भ भयो तब मानसहरूसामू अनकौं चुनौति थपियो यी चुनौतिहरूको सम्बन्ध उसको आत्म संरक्षणसँग थियो । यी चुनौतिहरूको सामना गरि सुखमय र सफल जीवनयापन गनर्न विभिन्न ज्ञान, सीप र दक्षता आर्जन गर्न केही निश्चित समयसम्म आर्जन गरेको ज्ञान प्राप्त हुँदैन । मानिसले आफ्नो जीवनको चरण अनुसार हरेक विषयहरूको अध्ययन गरिरहनुपर्छ भन्ने मान्यता राख्नु र सो अनुसार शिक्षा हासिल गरिरहनु जीवन पर्यन्त शिक्षा हो ।
आजको समाज हिजोको समाजभन्दा जटिल बनेको छ । विज्ञान र प्रविधिको उचच विकासको कारणले हिजो सिकेका ज्ञानहरू आज निरर्थक बनेका छन् । तसर्थ वर्तमान समय सुहाउँदो बन्न र बनाउन अथवा सामजस्य स्थीति स्थापित गर्न जीवन पर्यन्त शिक्षा ग्रहण गर्ने हो भने मात्र सम्भव छ । शिक्षालाई जीवन पर्यन्त प्रक्रियाको रूपमा हेर्ने प्रचलन प्राचीन काल देखि नै चलिआएको हो । शिक्षालाई जीवनभर हासिल गरिरहनुपर्ने प्रक्रिायको रूपमा र जीवनलाई पूर्णता दिने माध्यमको रूपमा मात्र नभएर अनवरत शिक्षाको रूपमा लिइएको छ । जुनकुरा जोड डिबेको शिक्षा नै जीवन हो र जीवन नै शिक्षा हो भन्ने भनाईबाट पुष्टि हुन्छ । व्यक्तिले शिक्षा ग्रहण गर्ने कार्य कुनै न कुनै स्वरूप र शैलीमा गरिरहेको हुन्छ । त्यो प्रक्रिया कोक्राबाट सुरु भएर चिहानमा गएरमात्रै अन्त्य हुन्छ ।
त्यसैले शिक्षा अनवरत रूपमा जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । जसबाट अशिक्षित व्यक्ति शिक्षा प्राप्त गर्न सक्दछ नि शिक्षित व्यक्ति आफ्नो आवश्यकता अनुसारको ज्ञान, सीप र धारणा, हासिल गर्दछन् भनिएतापनि जीवन पर्यन्त शिक्षाले ढाँड लिँदै गएको देखिन्छ ।
खुला सिकाइ
विद्यालय र महाविद्यलायको निश्चित नियम र बन्देजमा नरही खुला रूपबाट सिकिने सिकाइलाई खुला सिकाइ भनिन्छ । अर्थात विद्यार्थीहरूले आफैले स्वअध्ययन गरि सिक्ने सिकाइ खुला सिकाइ हो ।
व्यक्तिले आफ्नो चाहना, आवश्यकता र रुची अनुरूप आफ्नै क्रियाकलापबाट सिक्ने सिकाइ खुला सिकाइ हो । मानिसले भौगोलिक विकटताका, आर्थिक अभावका कारण आफ्नो इच्छा अनुसार शिक्षा प्राप्त गर्न नसकेको अवस्थाहरू छन् । अत यस्ता विविध कराणले उपयुक्त शिक्षा प्राप्त गर्न नपाएका व्यक्तिहरूलाई उनीहरूले चाहे अनुरूपको शिक्षा दिनु खुला सिकाइको लक्ष्य उद्देय हो ।
औपचारिक नीति नियमको बन्धनमा नरही सिमित साधनको आधारमा र पूर्व सिकाइको स्तर वा योग्यताको पूर्वाग्रह नराखी व्यक्तिले कुनै कुरा सिक्ने मौका प्राप्त गर्छ र आफ्नो व्यवहारमा समेत स्थाई परिवर्तन गराउँदछ भने तयसलाई खुला सिकाइ भनिन्छ । आफ्नै नाउँबाट नै खुला मानिए जस्तै यस्तो सिकाइबाट कुनै कुा सिक्न बालक, युवा, पौढ जो कोहीका लागि पन िढोका सदैव खुला रहेको छ । यसले सिकाइको फुर्सदको समयमा सिक्ने अवसर प्रदान गर्दछ । यस खुल्ला सिकाइमा बढी मात्रामा अनौपचारिक स्वरूपमा सिक्ने वातावरण सिर्जित हुन्छ । यो शिक्षा आर्जनको प्रभावकारि माध्यम हो ।
दूर शिक्षा
भौगोलिक रूपले विकट तथा दुर्गम ग्रामीण बस्तकिा बासिन्दाहरूले पनि सुगम शहर बजारका बासिन्दाले प्राय सरहको शिक्षाको अवसर प्रदान गर्ने पद्धतिलाई दुर शिक्षा भनिन्छ ।
अप्ठ्यारो भू बनोट, पातलो जनसंख्या भएको कारणले यहँँ विद्यालय तथा महाविद्यालय खोल्दा अध्ययन गर्न आउने विद्यार्थी कम भएकोले गर्दा यस्तो दौडमा दक्ष विशेषज्ञ पनि जनमत नगर्ने जस्ता कारणले विद्यालय तथा महाविद्यालय खोल्न ज्यादै कठिन हून्छ । त्यसैले त्यस्तो ठाउँ र परिस्थितिमा दुर शिक्षा प्रदान गर्न सथापना गरिएको ‘दूर शिक्षा प्रशारण केन्द्र’बाट निर्देशित र नियन्त्रित परिधिभित्र रही प्राप्त गरिने शिक्षा व्यवस्था दूर शिक्षा अन्तर्गत पर्दछ । दूर शिक्षा भन्ने वित्तिकै सिकाउने व्यक्ति भन्दा सिक्ने व्यक्ति निकै टाढा रहेको हुन्छ । दूर शिक्षाका मुख्य माध्यमहरू रेडियो, टेलिफोन, इन्टरनेट, फेसबुक आदि पर्दछन् ।
आजको वर्तमान समयमा नेट र इन्टरनेटको प्रयोगले आधुनिक विश्वलाई निकै साँघुरो बनाइदिएको छ । इन्टरनेटको गुगल मार्फत संसारका सत्यथत्य खबरहरू प्राप्त गर्ने सहज तरिकाले सकिने भएको छ । अहिलेको समयमा आफूलाई चाहिउको विषयवस्तु नेट तथा इन्टरनेटबाट सजिलै पाउन सकिन्छ ।
इन्टरनेटको माध्यमबाट मानिसले ठूला ठूला शासन र सत्ताको विरुद्धमा भोटिङ मार्फत सत्ताच्यूत भएका छन् फेसबुक एउटा सामाजिक माध्यमको महत्वपूर्ण सञ्जाल भएको कारणले गर्दा सामाजिक एकतालाई मजबुद बनाएको पाइन्छ । यो सबैभन्दा सरल ज्ञान आर्जनको माध्यम बनेको छ । किनकी यसको माध्यमले सहज तरिकाले एक व्यक्तिको विचार अर्काे व्यक्तिको माझमा पु¥याएको छ । वर्तमान समयमा इन्टरनेट सबैभन्दा महत्वपूर्ण शिक्षा आर्जनको माध्यम बनेको छ ।
सारांश
शिक्षा व्यक्तिमा अन्तरनिहित प्रतिभाको प्रफुष्टन गर्ने सार्थक प्रयोगको कुञ्जी हो । यसका प्रवृति तथा उत्पन्न परिणामहरूलाई जोगाउँदै तिनलाई दैनिक जीवन र व्यवहारिक परिस्थितिहरूमा प्रयोग गर्नु नै हो । शिक्षा धनलोलुपतामा केन्द्रित नभई धार्मिक हुनुपर्दछ । शिक्षा जीवनको अर्थ र प्रयोजनलाई बुझ्न र जीवन जीउने सही बाटो पहिल्याउनको निम्ति हुनुपर्छ । बौद्धिक ज्ञान र प्रदयोगिक दक्षतालाई चाहिनेभन्दा बढी जोड दिने उपयोगितावाद पूर्ति नै शिक्षाले आफूलाई समर्पित गर्दा आधुनिक समाजमा दुईखाले दुष्परिणामहरू देखा पर्न आएका छन् । प्रथम त, ज्ञान आर्जनलाई राजनीतिक र अर्थशास्त्रको साधन तुल्याएर आधुनकि समाजले ज्ञानार्जनमा अन्र्तनिहित हुनुपर्ने गरिमा र स्वतन्त्रताको अपहरण गरिदिएको छ ।
द्वितिय ः ज्ञानार्जन र शिक्षामा लागेका व्यक्तिहरू बौद्धिक दक्षता र ज्ञान आर्जनको दास बनेका छन् किनभने आजका यीनै दुई पक्षलार्ई नै बढी महत्व दिने गरिन्छ । यस्तो प्रवृतिको परिणामरूप मानवताप्रतिको आदरभाव घट्दै गएको छ । संक्षेपमा भन्नु पर्दा आज मानिसहरू ती बौद्धिक ज्ञान र प्रौदयौगिक दक्षतालाई नै पछ्याउन विवश छन जुन आफै नै राजनीति र अर्थशास्त्र द्वारा नियन्त्रित छन् ।
व्यक्तिको क्षमता पूर्ण विकास र परिस्कारका निम्ति विद्यालय शिक्षा मात्र प्रर्याप्त हुँदैन । प्रत्येक मानिसको अलग प्रतिभा हुन्छ, प्रत्येकका आआफ्ना गुण र असल पक्ष हुन्छन् । व्यक्तिमा अन्तरनिहिति प्रतिभा र विश्लेषणहरूले सार्थक .... हो ।
कुनै पनि व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने मुख्य आधार विद्यालयहरूमा उसले गरेको उपलब्धी मात्र हुनसक्छ भन्ने हुँदैन । सबै विद्यार्थीहरू वास्तविक जीवनमा सृजनशील र उपयोगी नागरिक सिद्ध हुँदैनन् । विद्यालयमा आफ्नो प्रतिभा देखाएर चर्चित नरहेका अनकौं विद्यार्थीहरू उनीहरूका जीवनको मध्य अवस्थामा वा उत्तराद्र्धतिर पुगेर पनि समाजका विशिष्ट नागरिक तथा सदस्य बन्न पुग्दैछन् । आजकाल ज्ञान क्षेत्रमा छिटो छिटो भइरहेको परिवर्तनको फलस्वरूप विद्यालयमा सिकेको ज्ञान केही समयपछि नै सम्भवत ः अनुपयोगि समेत हुन पुग्दछन् ।
शिक्षा प्राप्त गर्ने आजसम्म दुई किसिमका व्यक्तिहरू फेला परेका छन् ती हुन् ः ढीलो आत्म विकास गर्ने यस्ता व्यक्तिहरू पनि हुन्छन जो जीवनमा निकै पछि मात्र फक्रन्छन् यसका विपरित सुरुमा बाठो प्रतिभाशाली देखापर्ने तर पछि गएर त्यस आशा अनुरूप प्रदर्शन गर्न विफल पनि हुन्छन् । यस अर्थमा शिक्षा आर्जनको प्रक्रिया वैयक्तिक भिन्नता तथा उद्देश्यको आधारमा आधारित रहन्छ ।

स्मृतिका पानाहरूबाट
ओमबहादुर राउत
स्कुल भर्ना हुँदाको रोचक स्मरण
कुरा २०१८ सालतिरको हो, गते महिना याद छैन । मेरो बाले मलाई स्कुलमा भर्ना गर्न भनी रूपाटार लिएर जानुभयो । म भर्खर १० पुगेर ११ टेकेको थिएँ र यो मेरो दोस्रो यात्रा थियो रूपाटारको । पहिलोपल्ट म ७ वर्षको उमेरमा झगडा गरेर बालाई पछ्याउँदै २०१५ सालको आमचुनाव हेर्न रूपाटार गएको थिएँ । त्यतिबेला म चुनावी पर्चाहरू पढ्न सक्ने भैसकेको थिएँ । चुनावी चहलपहल पहिलोपल्ट त्यतिका मान्छेहरूको भीडभाड देखेकाले त्यो मेरो पहिलो घरबाहिरको यात्रा निकै रमाइलो लागेको थियो मलाई र मेरो मानसपटमा रूपाटार निकै रमाइलो, आफ्नो गाउँ मादलेभन्दा ठूलो र विकसित गाउँ हो जस्तो लागेको थियो ।
२०१७ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो राष्ट्रिय पञ्चायतको चुनावमा उदयपुरको पहिलो माननीय बन्ने सौभाग्य मिल्यो, हालै मात्र स्वर्गवासी हुनुभएका रूपाटारनिवासी स्व. श्री भैरवीप्रसाद पोखरेललाई । उहाँको अगुवाइमा उहाँका भाइ तथा नेपालकै भाषाशास्त्र फाँटका अग्रणी विद्वान् प्राध्यापक बालकृष्ण पोखरेल तथा अन्य केही शिक्षापे्रमी रूपाटारेहरूको प्रयत्नको फलस्वरूप रूपाटारमा २०१८ सालमा मिडिल स्कुलको स्थापना भएको थियो । राजा महेन्द्रका जयगानका सुरुवाती वर्ष भएकाले स्कुलको नाम राखियो महेन्द्र–रत्न मिडिल स्कुल । कक्षा ७ सम्मको स्वीकृति लिएर सुरु भएको त्यस भेगकै पहिलो सरकारी मान्यताप्राप्त स्कुलमा पहिलो वर्ष कक्षा ६ सम्मका विद्यार्थी भर्ना गर्ने जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो बालकृष्ण रूपावासी । ५ र ६ कक्षामा भर्ना हुन सक्ने योग्यता पुगेका विद्यार्थी भेट्टाउनु नै सब भन्दा गाह्रो कुरा थियो त्यतिबेला । तराईतिरबाट आएका (हो कि हिन्दूस्थानी हुन्? ) २ जना काइते मास्टरसँग पढेर गणितमा चाहिँ म मनग्गे जान्ने भैसकेको थिएँ । अर्थात् मलाई गणितमा जोड, घटाउ, गुणा, भागा, २० सम्मको दुनोटमात्र कण्ठ नभएर पौना, सवैया, डेउडा, अडैया, हुठ्ठा पनि खर्रै आउँथ्यो । अझ बिगाह, कठ्ठा, धूर ः घन्टा, मिनेट, सेकेन्डको जोड, घटाउमा पनि मेरो काइते गुरुले मलाई निपूर्ण बनाएकाले गणितमा मलाई रत्तिभर डर थिएन, डर थियो त केवल अङ्ग्रेजीमा । मेरो अङ्ग्रेजीको ज्ञान भने ए, बी, सी, डी उतारेर कनिकुथी रोमनमा नाम लेख्न र पढ्न सक्नेमा सीमित थियो । गणितमा साधारण शोधपुछबाट आश्वस्त भएपछि रूपावासीज्यूले मेरो अङ्ग्रेजी जाँच्ने क्रममा हाजिर किताबको बाहिरी खोलमा छापिएको च्भनष्कतभच देखाएर यो पढ त भन्नुभयो । मैले पनि सजिलो प्रश्न पाएकोमा रमाएर फूर्तिसाथ रेगिस्टर भनिहालेँ । उहाँले मलाई सबभन्दा माथिल्लो ६ कक्षामा भर्ना गरिदिनुभयो । म फुर्किँदै घर पुगेँ र भोलिपल्टदेखि सुरु भयो मेरो औपचारिक स्कुले शिक्षा, अनि सुरु भयो जीवनको एउटा नयाँ अध्याय ।

रूपाटार स्कुलमा ३ वर्ष
६ कक्षामा भर्ना हुने हामी ६ जनामध्ये म सबभन्दा कान्छो थिएँ । मेरो अन्य सहपाठीहरू थिए, जानकी पोखरेल, ध्रुव पोखरेल, हरि तिम्सिना, लालबहादुर गिरी र मधुकुमारी ठकुरी । सबै सहपाठीहरूले मलाई सानो भाइ सम्झेर माया गर्थे । तर एक दिन मेरो सानो ठट्यौली गर्ने रहरले मलाई निकै अप्ठ्यारोमा मात्र पारेन मलाई पहिलोपल्ट स्कुलमा धुरुधुरू रुनुप¥यो । घटना यस प्रकार थियो ः जानकी (हाल राममणि) ले आफ्नो संस्कृतको किताबको गाता बाहिर आफ्नो नाम ‘जनककुमार’ लेखेको देखेर मलाई के सुर चलेर हो त्यो नाम बिगार्न मन लागेछ र त्यसलाई जानकीकुमारी बनाइदिएँ । मेरो त्यो गल्ती पत्ता लागेपछि जानकी रिसाएको देखेर मेरो हंसले ठाउँ छाडिसकेको थियो, त्यसमाथि उनले मलाई हप्काए, धम्काए र कान समातेर उठबस गर्न लगाए र अरू केके गरे कि म कक्षाभित्र रोएँ । त्यो घटनापछि मैले जानकीसँग त के, कसैसँग पनि जिस्कने आँट गरिनँ । त्यो घटनाले के पनि इङ्गित गर्न खोजेको थियो भने जानकीलाई आफ्नो नाम पटक्कै मन परेको थिएन र उनी त्यसलाई बदल्न एउटा गहकिलो नामको खोजीमा कृतसङ्कल्प भएर लागेका थिए, जुन उनको हालको नाम राममणिमा आएर टुङ्गो लाग्यो । तर त्यस घटनाले हाम्रो मित्रतामा खलल पारेन र आज पनि हामी असल मित्रता कायमै छ । त्यो किन पनि भने मैले रूपाटार छाडेपछि मसँग बाक्लै भेट भैराख्ने राममणि एकमात्र त्यस बेलाका सहपाठी हुन् । म ६ कक्षाको अर्धवार्षिक परीक्षामा प्रथम भएँ भने वार्षिक परीक्षामा दोस्रो । ६ कक्षा पास गरेपछि मलाई स्कुलबाट निकालिदिनुभयो मेरो बाले, कारण ठ्याक्कै यही हो भनेर त म भन्न सक्दिनँ, तर हाम्रो गाउँ मादलेतिर स्कुलको र स्कुलका संस्थापक स्व. भैरवीप्रसाद ज्यूको बारेमा नकारात्मक प्रचारबाजीहरू सुनिने गथ्र्याे जस्तै फिस बढी उठाएको (सायद ६ कक्षाको फिस ५ रुपैयाँभन्दा कम थियो, योग्यता नपुग्ने विद्यार्थीलाई फिसको लोभले ठूलो कक्षामा भर्ना गरेको आदि, जुन अज्ञानताले हो वा दूराशय नै राखेर गरिएको झूठो र अनर्गल कुरा हुन् भन्ने मलाई अहिले लाग्छ र त्यसबेला पनि लाग्दथ्यो तर प्रतिवाद गर्न सक्दिनथेँ । त्यो सालको दसैँपछि त्यतिबेलाका प्रधानाध्यापक स्व. टीकादत्त कोइराला हाम्रो घरमा आएर मेरो बाआमालाई फकाइफुल्याइ मलाई २०१९ सालको कार्तिक महिनामा ७ कक्षामा भर्ना गराउन सफल हुनुभयो । पुसमा जाँच २ महिना पढेर के पार लाग्नु ? त्यसमाथि पनि कक्षाामा उदयपुरगढीका एकजना धुरन्धर छात्र उहाँबाट १ वर्षको लागि निष्कासित भएर यता जमाएर बसेका रहेछन्, उनका अगाडि आफू त लाटोकोसेरोजत्तिकै । जसोतसो अरू विषय त पास गरियो, गणितमा चाहिँ गुरुले नै १० नम्बरको हिसाबको चिट दिँदा पनि २१ नम्बर मात्र आएछ । एक विषयमात्र लागेकाले क्लास चढ्न पाइयो । धुरन्धर मित्र प्रथम भए, गढी नै फर्के, कोही फेल भएर ७ मै अड्के, यसरी २०२० सालमा ८ कक्षामा हामी ४ जना मात्र थियौँ, लालबहादुर गिरी, जानकी पाखरेल, हरि तिमल्सिना र म, जसमा वार्षिक परीक्षामा लालबहादुर पहिला र म दोस्रो भएजस्तो लाग्छ । यसरी रूपाटार स्कुलमा ६ मा भर्ना भएर ८ कक्षा पास गरेर निस्कँदासम्मका रोचक घटनाहरू, तीता–मीठा सम्झनाहरू अझ निकै छन् । ती मध्ये शिक्षकले नै उक्साएर स्कुल हड्ताल गरेको, स्कुल आउँदा बाटामा लुकाएको खाजा (मकैभटमास अथवा रोटी) स्कुल छुटेर फर्केर जाँदा नभेटेर भोकै लखतरान परेर यारीखोला तरेर उकालो खुइय गर्दै बल्लबल्ल घर पुगेको, जगत् सरले एकपटक हल्का पिट्दा दिनभरि वरको फेदमा बसेर रोएको र गणित पढाउने सरले नै ७ कक्षाको वार्षिक परीक्षामा व्यवहार गणितको हल गरेको चिट दिएको र त्यति गर्दा पनि गणितमा लुड्केको र तैपनि कक्षा चढ्न पाएको आदि रमाइला घटनाहरू मेरो मानसपटलमा अहिले पनि ताजै छन् । अझ खाली खुट्टा १ घन्टाको बाटो बिहान स्कुल जाँदा खानेबित्तिकैको भरी पेटमा र फर्कंदा खलाँतीजस्तो खाली पेटमा ओहोरदोहोर गरेको त झन् के बिर्सिसक्नु थियो र!

रूपाटारपछिको मेरो शैक्षिक यात्रा
खोलापारिको स्कुलबाट बल्लतल्ल ८ कक्षा पास गरेपछि भर्खर छिप्पिन लागेको मेरो मन मस्तिष्कमा एउटा नयाँ आँधीबेहरी चल्न थाल्यो । शिक्षाको भोक जाग्न थाल्यो र त्यो भोक मेटाउने सम्भावनाहरूको विषयमा म सोच्न थालेँ । मेरा बाआमालाई शिक्षाको महŒवको विषयमा सोच्नुभन्दा १० जना छोराछोरीलाई हुर्काउने, बढाउने, हातखुट्टा लाइदिने चिन्ताले नै प्राथमिकता पाउनु स्वाभाविकै थियो । मेरो तत्कालको आकाङ्क्षा भनेको एसएलसीसम्म जसरी पनि पास गर्न पाए हुन्थ्यो भन्ने नै हो, तर बा–आमाले खर्च खेपेर बाहिर पठाएर पढाउने सम्भावना नदेख्दा म निराश र विचलित अवस्थामा थिए । त्यसैबेला रूपाटार स्कुलले चारवटा प्राइमरी शाखा खोल्नेभयो, जसमध्ये एउटा शाखा मेरो गाउँ मादलेमा खोलिनेभयो । मलाई असाध्यै माया गर्ने मेरा गुरु हेडसर टीकादत्त कोइराला एकपटक फेरि हाम्रो घरमा आउनुभयो, यसपटक बाआमासहित मलाई पनि फकाएर प्राइमरी शाखा मादलेको शिक्षक बन्न राजी गराउने उद्देश्यले । तत्काल अरू विकल्प केही नभएपछि मैले पनि मान्नुमै कल्याण देखेँ र १ वर्ष मैले कक्षा १ देखि ३ सम्मका आफ्नै गाउँका भाइबहिनीहरूलाई पढाएर बिताएँ, पुलामी डाँडाको वरपीपलमुनिको एउटा छाप्रोमा ।
२०२० सालमा मेरो हजुरबा रामचन्द्र राउत आफ्नो ५ भाइ छोरामध्ये हामीसँग बस्नुभएको थियो र कमलाखोजको शङ्खटार भन्ने ठाउँमा खेती लिएर पहिले माहिला दाइसँग १ वर्ष बसेर पछि मेरो जेठा दाइभाउजूसँग बस्नुभएको थियो । उहाँले २०२२ सालमा आएर म तँलाई जसरी भए पनि पढाउँछु भनेर मिर्चैया हाइस्कुलमा भर्ना गरिदिनुभयो । त्यहाँ भर्ना गर्ने बेलामा मेरो हजुरबाले त्यहाँका शिक्षकहरूलाई भन्नुभएको थियो, यो मेरो नाति अरूजस्तो होइन, अरूले ७ दिन लगाएर पढ्ने कुरा यसले एकै दिनमा सक्छ । म लाजले भुतुक्कै भएको थिएँ त्यतिबेला । माघमा भर्ना भएर २ महिना फूलबरियामा डेरा गरेर मिर्चैया धाएर पढेपछि रामनवमीमा जनकपुरधाम मेला गयौँ, सबै साथी मिलेर । त्यसताका त्यस भेकमा बिफरको महामारी फैलिएको थियो, मलाई पनि मेलाबाट फर्केर शङ्खटार खेती घर आइपुग्न नपाउँदै बिफरले भेट्टायो र म इन्तु नचिन्तु भएर १ महिना ढलेँ, दिसा, पिसाब ओछ्यानमै गर्नुपर्ने भयो । मेरो बा मादलेबाट आएर दिनरात पङ्खाले हम्केर मलाई बचाउनुभयो । गाउँमा बच्चा, जवान, बूढाबूढी सबैमा बिफरको प्रकोप फैलिएको थियो र निकै मान्छे मरिसकेका थिए । मलाई हेर्न आउने कसैकसैले त मैले नै सुन्ने गरी यो उँभो लाग्न धेरै कठिन छ भनेका थिए । मैले पनि हिम्मत हारिसकेको थिएँ । म रूपाटार पढ्न जानुअगाडि नै हामी बेसीमा बसेको बेला औलोले निकै सारो थला परेको थिएँ, त्यसपछि मृत्युको ज्यादै निकट पुगेको अनुभव मैले त्यो बिफरले थला पारेको बेलामा नै गरेँ । मेरो बाको अथक स्याहार र मेरी आमाको बलियो माया र ईश्वरमाथिको भरोसाले म बाँचेजस्तो लाग्छ मलाई । त्यस साल भदौमा मात्र शङ्खटारबाट घोडामा चढाएर मेरो बाले मलाई २ दिन लगाएर मादले ल्याई पु¥याउनुभयो । मेरो आमा मलाई देख्नासाथ भक्कानिएर रुन थाल्नुभयो, बाँचेर आयो भन्ने खुसी र बिफरको दागले कुरूप भएको मेरो अनुहारले दिएको पीडा दुवै एकैसाथ मिलेर आमाको अश्रुधारा छुटाउने काम गरिरहेका थिए सायद । यस प्रकार मेरो मिर्चैया स्कुल पढ्ने योजना पनि तुहियो र २०२३ सालको फागुनतिर मलाई मेरो बाले उदयपुर गढी लगेर पञ्चावती हाइस्कुलमा कक्षा ९ मा भर्ना गरिदिनुभयो । अन्ततोगत्वा मेरो एसएलसी पास गर्ने धोको पूरा भयो, २०२५ सालमा मैले त्यस स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेँ । २ वर्ष उदयपुर गढीमा पढ्दाका सुखदुःखका कथा र त्यसपछि २ वर्ष विराटनगरमा आईएस्सी पढ्दाका प्रसङ्ग तल सङ्क्षेपमा समेट्दै अगाडि फड्को मार्ने अनुमति चाहन्छु ।

आईएस्सीको सङ्घर्ष, असफल आर्किटेक्ट र सफल इन्जिनियर
म एसएलसी परीक्षा सकेपछि रिजल्ट ननिस्कुन्जेल फेरि रूपाटार स्कुलमा पढाउन थालेँ । स्व. भैरवी ज्यूले आफ्नो एक परिवारलाई यारीखोलावारि मादले पुछारको स्वाँरामा नयाँ घर बनाएर राख्नुभएको थियो । उहाँको कान्छो छोरा शान्तेन्दुलाई घरमै कखरादेखि नै पढाउने र कान्छी छोरी सोबितालाई स्कुल आफूसँगै ल्याउने लाने पनि गरेँ । एसएलसीको रिजल्ट निस्कियो, म प्रथम श्रेणीमा पास भएछु । मलाई फेरि नयाँ समस्याले घे¥यो, अगाडि कसरी पढ्ने । घरको आर्थिक स्थिति त्यति राम्रो थिएन, हामी ८ भाइ र २ बहिनीहरू थिए, बा–आमालाई त्यतिका सन्तान पाल्नैमात्र पनि धौधौ थियो, आई.एस्सी पढ्न कि विराटनगर कि काठमाडौँ नै जानुपथ्र्याे त्यसताका । त्यतिबेला मलाई भैरवी ठूलो बुबाले ठूलो सहयोग, हौसला र हिम्मत दिनुभयो । उहाँले मलार्ई मिलेसम्म घरमै राखेर नभए पनि कसरी सहयोग गर्नुपर्छ गरेर जसरी भए पनि आई.एस्सी पढ्ने वातावरण मिलाइदिन विराटनगरमा आफ्नो भाइ प्रा. बालकृष्ण पोखरेललाई चिठी लेखिदिनुभयो । चिठी लिएर बा र म हाँक्कियौँ विराटनगरतिर, २०२७ सालमा । त्यसताका महेन्द्र राजमार्ग भर्खर बन्ने सुरसारमा थियो । हामी घरबाट हिँडेको तेस्रो रात राजविराज बास बस्न पुग्यौँ । त्यहाँ सञ्जोगले उदयपुर गढीको मेरो एकजना साथी भेट भयो, ऊ धरानमा नर्मल तालिम गर्दै थियो । विदामा घर आएर फर्कंदै रहेछ । उसले विराटनगर कसरी पुगिन्छ भनेर बिङ्गा लगाएको सुनेर म लाटाले पापा हेरेको जस्तै गरेर उसले मुखमा हेरेर उसको कुरा सुनिरहेँ । मैले त्यही दिनमात्र मैले पहिलोपल्ट बस देखेको थिएँ, उसले मलाई आराथुन बस चढेर बथनाहसम्म जाने, त्यहाँबाट रिक्सा लिएर जोगवनी, जोगवनीबाट बसमा विराटनगर जाने भनेर भट्याउँदा मैले त्यस दिनसम्म भेटेका मान्छेमध्ये ऊ सबैभन्दा जानेसुनेको बाठो लागेको थियो मलाई । खैर, जसोतसो हामी भोलिपल्ट विराटनगर पुग्यौँ, चिठी दियौँ, साहिँलो बुबालाई । विराटनगरमा त्यसताका उहाँहरूको बुबा सुब्बा शारदाप्रसादले बनाउनुभएको साझा घरमा चार भाइका परिवार मात्र नभई भान्जा, भतिजाहरू गरेर सत्र–अठार जनाको परिवार बस्नुहुन्थ्यो । म पनि त्यसैमा उपरीमाथिको थुपरी हुन पुगेको भन्ने बेहोराको चिठी पढ्दा साहिँलो बुबाको मनस्थिति कस्तो भयो होला । हामी त्यहाँ २ रात जसोतसो पाहुना भएर बिताइसकेपछि एक दिन साहिँली मुमाले खोई तिम्रो मार्कसिट देखाऊ त भन्नुभयो । मेरो ७१ प्रतिशत थियो, २ पत्र गणितमा ९० प्रतिशतभन्दा माथि, संस्कृतिमा ७४ प्रतिशत थियो । साहिँली मुमा मेरो नम्बर हेरेर दङ्ग पर्नुभयो र साहिँलो बुबालाई देखाएर भन्नुभयो, ‘यति राम्रो नम्बर भएको विद्यार्थी मोरङ कलेजमै कोही छैन होला, उसलाई त छात्रवृत्ति दिएर हुन्छ कि, कसरी हुन्छ, जसरी भए पनि उसले त पढ्न पाउनै पर्छ, नत्र ठूलो अन्याय हुन्छ ।’ साहिँला बुबालाई पनि कुरा चित्त बुझ्यो । त्यसपछि उहाँले सम्भव भए जति सबै सहयोग गर्नुभयो । हामी पुग्दा भर्ना गर्ने म्यादै गुज्रिसकेको थियो, भनसुन गरेर पहिला कलेजमा भर्ना गरिदिनुभयो, त्यसपछि होस्टेलमा भर्ना गरिदिनुभयो । त्यसपछि ट्युसन खोजिदिनुभयो र अर्काे एकजना प्राध्यापकलाई समेत लिएर मलाई आर्थिक सहयोग जुटाउन त्यसताका विराटनगरका गन्यमान्य मातृका बाबु र भूपालमान सिंह कार्कीकोमा पनि मलाई लिएर पुग्नुभयो । उहाँको यो अमूल्य सहयोगको फलस्वरूप मैले त्यसबेलाको महेन्द्र मोरङ कलेज विराटनगरमा आई.एस्सी. मा भर्ना भएर पढ्न सकेँ र २०२७ सालमा नेपाल अधिराज्यमा दोस्रो स्थानसहित प्रथम श्रेणीमा उत्तीर्ण गरेँ र कोलम्बो प्लानअन्तर्गत भारतको बम्बैस्थित जे.जे. कलेज अफ आर्किटेक्चरमा पढ्न गएँ । तर, अनेकौँ प्रतिकूल परिस्थितिहरूका कारण मैले त्यो पढाइ पूरा नगरी फर्कें र काठमाडौँमा फेरि पाँच–छ वर्ष हन्डर खेपेँ । घुमीफिरी मेरो सामु इन्जिनियर बन्ने अर्काे एउटा अवसर आयो । २०३७ सालमा कर्णाली जलविद्युत् आयोजना निर्माण गर्नको निमित्त आवश्यक पर्ने इन्जिनियरहरू उत्पादन गर्न संयुक्त राष्ट्र सङ्घ विकास कोष (युएनडिपी) को आर्थिक सहयोगमा तत्कालीन श्री ५ को सरकार, जलस्रोत मन्त्रालय र भारतको रुडकी विश्वविद्यालयका बीचमा प्रतिवर्ष ५० जनाका दरले ५ वर्ष लगाएर २५० जना इन्जिनियरहरू पढ्न पठाउने सम्झौता भएको थियो । रुडकीबाट नै आएका प्राध्यापकहरूले लिएको प्रवेश परीक्षा पास गरेर पढ्न जाने पहिलो समूहमा म पनि परेँ । त्यस बेला मेरा २ छोरा जन्मिसकेका थिए, जेठो ५ वर्ष, कान्छो २ वर्षको भर्खर तोते बोली बोल्न थालेको थियो । पहिले एकपल्ट असफल भएर चेतेको, पत्नी र २ छोरा घरमा छाडेर बुढेसकालमा पढ्न गएको हुनाले मैले अत्यन्तै मेहनत, होसियारी र लगनका साथ पढेँ र अनर्स (७५ प्रतिशतभन्दा माथि अङ्क) सहित प्रथम श्रेणीमा इन्जिनियरिङको परीक्षा उत्तीर्ण गरेर २०४० सालमा नेपाल फर्केर सपरिवार काठमाडौँमा बसेर सुरुमा सरकारी सेवाबाट प्रवेश गरी, पछि छाडेर विभिन्न देशी, विदेशी इन्जिनियरिङ कम्पनीहरूमा सेवा गरेर ३२ वर्ष बिताइसकेँ । सरकारी सेवामा भएको भए म १ वर्षअगाडि नै रिटायर भै सक्थेँ, तर म स्वास्थ्यले साथ दिए कम से कम अझ १० वर्ष राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कन्सल्ट्यान्टको रूपमा सक्रिय रहेर काम गर्ने इच्छा छ ।

उपसंहार
मेरो यो लामो गन्थनको अन्तर्वस्तु के हो भने मैले जीवनमा जेजति हासिल गरेँ, त्यसको जगमा रूपाटार स्कुल, जसले हालैमात्र स्थापनाको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा स्वर्णजयन्ती समारोह पनि मनायो, जसमा आमन्त्रित भएर पनि विशेष कारणवश उपस्थित हुन नसकेकोमा म क्षमाप्रार्थी छु । मेरा सबै सपना, चाहना पूरा भएका पनि होइनन्, समाजमा म कुनै ठूलो, शक्तिशाली अथवा सफल व्यक्तित्वको रूपमा आफूलाई स्थापित गराउन सफल भएको पनि होइन, तर रूपाटार स्कुल पढेर एउटा अब्बल दर्जाको इन्जिनियर बनेर स्वदेशमा मात्र नभएर विदेशमा पनि आफ्नो सीप र व्यावसायिक कौशललाई प्रमाणित गर्ने अवसर भने पाएँ मैले । र, त्यति उपलब्धिलाई पनि धन्य ठानेको छु र त्यसका निमित्त म मेरा बा, आमा र हजुरआमाको त ऋणी छु नै, त्यसबाहेक पनि मलाई माया, शुभेच्छा र सहयोग गर्ने थुप्रै श्रद्धेय व्यक्तित्वहरू हुनुहुन्छ, जसको पनि सधैँ आभारी रहनेछु । रूपाटार स्कुलका संस्थापक स्व. श्री भैरवीप्रसाद पोखरेल, प्राध्यापक बालकृष्ण पोखरेल र उहाँकी धर्मपत्नी स्व. गङ्गादेवी पोखरेल तथा उहाँहरूको समस्त परिवारप्रति उहाँहरूले दिनुभएको माया, शुभेच्छा र सहयोगको निम्ति म अत्यन्तै आभारी छु । रूपाटार स्कुलमा मलाई पढाउनुहुने सबै गुरुहरू, विशेष गरेर जगत् सर, टीकादत्त सर, भैरव मिश्र सरहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु । रूपाटार स्कुललाई हाइस्कुलमा स्तरोन्नति गराउन मेरा दाजु युवराज राउतले रूपाटार गाविसको प्रधानपञ्च हुँदा खेलेको अहम् भूमिकाको पनि स्मरण गर्न चाहन्छु ।
५० वर्षमा घारी खोला, यारी खोला र सुनकोसीमा धेरै पानी बगिसकेको छ । मैले पढेको मिडिल स्कुल उच्च मा.वि हुँदै स्नातक तहसम्मको पढाइ हुने क्याम्पस बन्ने तरखरमा छ । स्कुलसम्म मोटरबाटो पुग्दै छ र बिजुली बलिसकेको छ । अब आवश्यकता छ, भौतिक पूर्वाधारहरू जुटाउने र शिक्षाको गुणस्तरमा व्यापक सुधारको र आम जनमानसमा देखापरेका नकारात्मक र हानिकारक सोच, विचार, मूल्य र मान्यताहरूमा आमूल सकारात्मक परिवर्तनको माध्यमबाट हाम्रो ग्रामीण समाजलाई समृद्धिको बाटोतर्फ डो¥याउने असल र प्रभावकारी नेतृत्वको । आजकल हामीले नयाँ नेपालका अनेक थरी नारा, भाषणहरू सुन्दै आएका छौँ, त्यसमध्ये सामाजिक रूपान्तरणको कुरा त बाक्लै सुनिन्छ, तर त्यो कसरी सम्भव छ भन्ने ठोस योजना भने कसैले पनि भनेको सुनिँदैन । मेरो विचारमा सरकारले शिक्षामा लगानी वृद्धि गरेर, आमजनतालाई गुणस्तरीय शिक्षामा सहज पहुँच पु¥याएर र शिक्षित जनशक्तिलाई देशभित्रै पर्याप्त रोजगारीको सृजना गरेरमात्र समृद्ध नेपालको परिकल्पना साकार गर्न सकिन्छ । किनभने शिक्षा नै सामाजिक रूपान्तरणको सबभन्दा सशक्त माध्यम हो भन्ने कुराको ज्वलन्त उदाहरण म स्वयम् नै भएको हुँदा ग्रामीण शिक्षाको गुणस्तरलार्ई कसरी उकास्न सकिन्छ र यसमा मैले कसरी के योगदान पु¥याउन सक्छु भन्ने विषय नै मेरो सर्वाधिक प्राथमिकता प्राप्त आत्मचिन्तनको विषय हो ।

महत्वपूर्ण कार्य
विश्वराज ढुङ्गाना
लोककथाकी
रानी रूपाको थाँतथलो मानिएको पञ्चकौशिकी तटको अपूर्व भौगोलिक औ सांस्कृतिक
वरदान हो रूपाटार । खेती गरी पेटपालो गर्ने परिश्रमी र इमानदार मानव
समुदायको आश्रयस्थल हो रूपाटार । स्वयम् जागरुक भई समाजमा चेतना प्रवाह
गर्न सक्ने सामथ्र्य भएका अग्रजहरूको माझमा समावेशी संस्कार बोकेको रमणीय
ठाउँ हो रूपाटार । समाज अशिक्षाको अन्धकारमा रुमल्लिएको बेलामा पनि शैक्षिक
जागरणको ज्योति फिँजाउने विशिष्ट दायित्व बहन गर्ने पवित्र धर्ती हो
रूपाटार ।
यही गौरवशाली माटोमा २०१७ सालमा स्थापित जुनियर हाइस्कुल फड्को मारेर आज उ.मा.वि. +२ को चोला ग्रहण गर्दै छ । यस संस्थाले स्थापनाकालदेखि आजसम्म स्थानीय तहमा पिछडिएका र निर्धन समुदायका बीचमा सेवारत रहनु यसको औधी नै उज्यालो पक्ष हो । समाजका पत्यारिला शैक्षिक अगुवाहरू क्रमशः विस्थापित हुँदै जाँदा एक पटक झन्डै असहाय बन्न पुगेको यो संस्था अहिले पुनः गतिशील हुन थालेको मैले अनुभव गरेको छु ।
फागुन २८ गतेको शुभघडीमा उ.मा.वि. को समुद्घाटन राष्ट्रकै गर्विला स्रष्टा तथा रूपाटारको घाम, पानी र माटोमा हुर्केका वयोवृद्ध विद्वान् श्रद्धेय बालकृष्ण पोखरेलज्यूबाट हुने जानकारी पाउँदा म असाध्य नै प्रसन्न छु । यस पुनीत अवसरमा मलाई स्नेह, औ श्रद्धायोग्य पात्र ठानेर उपस्थित हुन आमन्त्रण गरिएकोमा म खुसीले गद्गद् भएको हुँ, र पनि मेरो आफ्नै शारीरिक अक्षमताले मलाई जनताको यस चोखो प्रयासमा सशरीर सामेल हुन अवरोध पु¥याएको व्यहोरा विनम्रतापूर्वक निवेदन गर्दछु ।
यस उ.मा.वि.ले भविष्यमा उदयपुर जिल्लाको महाभारत उत्तरको पश्चिमी भेगमा चेतनाको मशाल बाली शैक्षिक क्रान्तिको उद्घोष गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, र मलाई मायाको कोसेलीस्वरूप निमन्त्रणा–पत्र पठाउने महेन्द्र–रत्न उ.मा.वि. का प्रधानाध्यापकज्यूलाई आभार प्रकट गर्दछु । धन्यवाद ।

‘रूपा : स्रष्टासँग गाउँछिन् र सिर्जनासँग नाच्छिन्’
शारदाप्रसाद भट्टराई
साउने पानी गैरीगाउँ रूपाटार
है मेरी मलमल जूनकीरी.... ।
गीतिविधाबाट प्रारम्भ हुन्छ रूपाटार र यस सेरोफेरालाई राष्ट्रिय रूपमा चिनाउने साङ्गीतिक इतिहास । यही सङ्गीत रेडियो नेपालबाट आजभन्दा करिब चार दशक अगाडि गुन्जियो र तत्कालीन समयमा मुलुकभर चर्चामा आयो । यो नै हाम्रो भेगको औपचारिक सङ्गीतको थालनी हो । रूपाटार, गैरीगाउँ र त्यसको बीचमा अवस्थित साउने पानीको कलकल आवाजले मूर्त रूप लियो, जब त्यसले राष्ट्रिय सङ्गीतकार वासुदेव मुनालद्वारा रचित उनकै स्वरमा बाहिर निस्कन पायो । हिमाल, पहाड र तराई एकै साथ सङ्गीतप्रेमीको ओठ–ओठमा सल्बलायो । यसरी गायनको माध्यमबाट सिर्जनाको जग बसाल्ने रेडियो नेपालका तत्कालीन कार्यक्रम सञ्चालक तथा लोकगायक सम्राट वासुदेव मुनाल (कोइराला) राष्ट्रिय महŒवका साथ रूपाटारलाई चिनाउने ऐतिहासिक स्रष्टा हुन् ।
वासुदेव मुनाल भन्छन्, ‘मेरो लामो पैदलयात्रामा अन्यत्र नफुरेको विचार त्यही पुगेपछि फु¥यो, लम्बे यात्रामा नजागेको भावना साउने पानी पिएपछि जाग्यो । सङ्गीतको रागले त्यहीको माटो टेकेपछि लय टिप्यो । आखिर ममा भएको प्रतिभा त्यहीँ नै किन आकर्षित भयो ? मलाई लाग्छ रूपा र त्यस सेरोफेरोको माटो साहित्यिक छ, हावा सङ्गीतमय छ र पानी सिर्जनशील छ ।’
स्रष्टाको यस भनाइमा सङ्गीतको माध्यमबाट उहाँको धूनमात्र पोखिएको छैन, बरु ती आवाजसँगसँगै यहाँको वातावरण अनुकूल छ– सङ्गीत भर्न, साहित्यिक सिर्जना गर्न र कलाकारको लागि कलासाधना गर्न ।
हुन पनि व्यक्तिभित्रको प्रतिभा सबै ठाउँमा एकै नास पोखिँदैन । ठाउँअनुसार वातावरण पनि मिल्नुपर्छ । बादलमा पानी भए पनि सबै ठाउँमा वर्षँदैन रसबिनाको फूलमा मौरी पनि बस्न रुचाउँदैन, न त बास्ना न भएको फूलमा भँमरा नै भुन्भुनाउँछ । सायद हाम्रा सङ्गीतकारको सङ्गीतको राग पोखिने उर्वरभूमि यही अनुकूल भएर हुनसक्छ, सर्जकका भावना पनि यसै ठाउँमा आएर पोखिएको ।
सङ्गीत स्वयम्मा छुट्टै साहित्यिक विधा हो । यसले मानिसको कठोर हृदय पगालिदिन्छ । हाँस्नेलाई रुवाउने र रुनेलाई हँसाउने सङ्गीतको विशेषता हो । यसले जातजाति, धर्म, लिङ्ग तथा वर्गको विभेद गर्दैन, अनि सहर र गाउँबीच भिन्नता पनि राख्तैन । गाउँलेको जनजीब्रोमा बसिदिन्छ, गरिबको झुपडीमा नाचिदिन्छ र नचाइदिन्छ । यतिमात्र होइन, किसानसँगसँगै असारे गीत गाइदिन्छ । रोदी घरमा सुसेलीदिन्छ अनि सहरका ठूलाठूला रेस्टुरेन्टलाई चम्काइदिन्छ । डोकादेखि ढोकासम्म सङ्गीतको ध्वनि एकनास घन्किन्छ । त्यसैले होला ऐतिहासिक सङ्गीत साउने पानीको पँधेरीदेखि सिंहदरबारको विशाल भवनभित्रसम्म गुञ्जिन पुगेको ।
साहित्य
सङ्गीतकार, साहित्यकार, कलाकार, वैज्ञानिक तथा दार्शनिकहरू संसारमा विरलै जन्मने गर्दछन् । उनीहरूको जन्म समयको माग र पात्रको उपस्थितिको सन्तुलनबाट हुने गर्दछ । केही धनाढ्यहरूले धनको खोलो बगाएर ठूलाठूला महल ठड्याउलान्, मिहिनेत गरे अब्बल दर्जाको प्रमाणपत्र हात पर्ला, परिस्थिति अनुकूल भए कुनै व्यक्ति घुम्ने कुर्सीमाथि विराजमान हुनसक्ला, तर पनि कलाकार, साहित्यकार, सङ्गीतकार वैज्ञानिक र दार्शनिक भने बजारमा किन्न पाइने वस्तु होइनन् । यसका लागि परिस्थितिले मागेअनुसार पात्र उपस्थिति हुन सक्नुपर्छ । त्यस्ता प्रतिभाशाली व्यक्तिहरू केवल आफूमात्र माथि उठ्दैनन्, बरु महान् कामबाट मातृभूमिलाई चिनाउँछन् । आफ्नो मुलुकलाई संसारसामु चम्काइदिन्छन् । यस्तै विशेषता बोकेका प्रतिभाशाली साहित्यिक व्यक्तित्व हुन्, ‘बालकृष्ण पोखरेल’ ।
पोखरेल मूर्धन्य साहित्यकार, सम्राट, खोजमूलक स्रष्टा र भविष्यका द्रष्टा, राष्ट्रिय साहित्यिक व्यक्तित्व दर्जनौँ पुस्तकका रचनाकार, नेपाली भाषाका भाषाशास्त्री, अनगिन्ती राष्ट्रिय पुरस्कारद्वारा सम्मानित, सिद्धहस्त कलमका पारखी साहित्यिक व्यक्ति हुन् । बालकृष्ण रूपावासी, बालकृष्ण पोखरेल किन रूपावासीमा रूपान्तरण हुन पुगे ? आफ्नो उपनाम रूपावासी नै किन जुराए ? यसको उत्तर भावनात्मक र अर्थपूर्ण छ । यसो गरेर उनले आफ्नो मूलघरको ऋणतिरे । केवल ऋणमात्र चुक्ता गरेनन्, बरु रूपाटारको सेरेफेरोलाई ऋण पनि लगाए । रूपावासी शब्द रूपाटारको निम्ति अमूल्य सम्पत्तिको रूपमा रहन पुग्यो । करोडौँ रुपैयाँसँग पनि यो शब्द किनबेच गर्न नसकिने भयो । रूपावासी शब्दले जतिजति चर्चा पाउँदै गयो, त्यतित्यति रूपाटारको उचाइ चुलिँदै गयो । रूपाटारको इज्जत र प्रष्तिष्ठा रूपावासीको कलमसँग जोडिन पुगेको छ ।
रूपाटार बालकृष्ण पोखरेलको मूल घर भएता पनि बाबु जागिरे हुनुको नाताले मकवानपुर जिल्लाको सदरमुकाम चिसापानी गढीमा बसेका बखत त्यही उनको जन्म भएको हो । बाल्यकाल यही बिते तापनि किशोरावस्थाको केही समय रूपाटारकै माटोमा रमाएका हुन् । पढाइको सन्दर्भमा कलकत्ता विश्वविद्यालयसम्म पुगी नेपाली विषयमा त्यहीँबाट स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । आफ्नो बजारेको घर विराटनगरमा बसेर महेन्द्र मोरङ क्याम्पसमा लामो समयसम्म प्राध्यापक भई विराटनगरलाई नै कर्मथलो बनाए । अध्यापन पेसामा आबद्ध भए पनि साहित्यलाई आफ्नो अङ्गको रूपमा ग्रहण गरी बृहत् नेपाली शब्दकोष, खस जातिको इतिहास, पाँच सयवर्ष अघि.... जस्ता महŒवपूर्ण पुस्तकका माझमा रही नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि हुन् । उनले रूपाटारको निम्ति शाब्दिक भावनामात्र पोखेनन्, समयसमयमा भौतिक शरीरलाई मधेस–पहाड गराइरहे । वि.सं. १९९० सालमा जन्मिएका पोखरेल करिब ८० वर्षे वृद्ध अवस्थामा पनि लौरौको सहाराले रूपाटारलाई कुल्चिन र म्वाई खान पुग्दै छन् । आफू भौतिक रूपमा हाजिर हुन नसकेको ठाउँमा किम्बदन्तीकै भ¥याङ चढेर भए पनि रूपाटारको आसपासलाई त्यत्तिकै मुसारेका छन् । कहिले बूढापाकालाई तमाखु भर्न तमाखर्क पुग्छन् त कहिले कमिले डाँडाका दर्शकलाई स्वागत गर्छन् । फेरि मादले गएर सोह्र वर्षे युवासँग मादलको ताल ठोक्छन् ।
त्यस्तै दियाथुम्काको दियोमा वर्तन थप्न पनि पछि पर्दैनन् । यसरी जागिरे परिवारमा जन्मिएका पोखरेलले शहरको सेरोफेरोदेखि आफ्नो मूलघरको हेरोफेरो फन्को मारेका छन् । अब उनी डिठ्ठा यज्ञप्रसादको नाति र सुब्बा शारदाप्रसादको छोरामात्र रहेनन्, राष्ट्रकै निम्ति गौरव र रूपावासीहरूको निम्ति अमूल्य निधि बन्न पुगे ।
खानलाई बाँच्नु र बाँच्नलाई खानुमा आकास–धर्तीको फरक छ । पशुपक्षीहरू प्रायः बाँच्नलाई खान्छन् । तर, केही मानिस खानलाई पनि बाँच्ने गर्छन् । त्यसको तात्पर्य खानु र बाँच्नुसँग मात्र सीमित छैन । मानिस केही गर्नको निम्ति बाँच्छ र बाँच्नु पनि पर्छ । त्यसैमा नै मानवमात्रको अस्तित्व पनि छ । त्यसैले खानलाई मात्र बाँच्नुभन्दा बाँचेर जन्मभूमि, कर्मभूमि अझ भनौँ थोरै भए पनि राष्ट्रको निम्ति केही योगदान गर्नुपर्ने हुन्छ । यस्तैयस्तै अभिलाषाका साथ उपस्थित भएका छन्, तलका स्रष्टा हरू ।
रूपाटारसँग सम्बन्धित अग्रज स्रष्टाहरू
१. जन्ममूभि तथा कर्मभूमि पनि रूपाटारलाई नै बनाएका सर्जकहरू
२. रूपाटार विद्यालयका पूर्वविद्यार्थी पुस्तककारहरू
३. अन्यत्रै बसेर भए पनि रूपाटारलाई सान्दर्भिक विषय समावेश गरिदिने साहित्यकारहरू
४. हास्य व्यङ्ग्यकारहरू

रूपाटारसँग सम्बन्धित अग्रज स्रष्टा
ललितबहादुर खड्का
हामीलाई पत्तै थिएन, हाम्रा स्थानीय अग्रज स्रष्टा ललितबहादुर खड्काले वि.सं. १९६२ साल रूपाटार–९ आदमारामा जन्मिएर साहित्यिक क्षेत्रमा ऐतिहासिक जग बसालिसकेका छन् भन्ने कुरा । सायद कतिपय सर्जकहरू यसरी नै ओझेलमा पर्ने र कालान्तरमा अस्तित्व नै समाप्त भएर जाने पनि हुनसक्छ क्यारý यदि पछिका पुस्ताले ख्याल नगर्ने हो भने ।
तत्कालीन समयका जानकारअनुसार स्रष्टा ललितबहादुर खड्का खासगरी सवाई श्लोक तथा भजन रचना गर्दथे । तिनै फुटकर रचनाको सँगालोलाई वि.सं. २०१५ सालमा ‘अमरगुँद’ नामक पुस्तक प्रकाशन गरे । उक्त पुस्तक हाल हाम्रो हातमा छैन, तापनि यसको खोजीनीति भने भइरहेको छ । तल उल्लेख गरिएका केही हरफहरू उनका छरछिमेक र आफन्तले भनेअनुसार उक्त पुस्तककै अंश हुन् ।
सुन सुन भक्तजन मनमा गुन्छु
निरन्जन निराकारको प्रकाश कहन्छु ।।
घटदेखि उदय प्रकाश भएको
सोही रूप संसारमा साकार रहेको
निराकार साकारले सृष्टि भयो यहाँ
भक्तजनले विचार गर्नु आफ्नै घरमहाँ
सत्य भन्नु अविनासी विषय हो यही
आखिरमा काम दिने अरू छैन कोही
यस्तो कच्चा शरीर छ आज हो कि भोलि
मरे पछि दुई दिनमा गइजान्छ गली
लुकाएर राखेमा मट्टीले खान्छ
बाहिर लडाइदिए कीरा परी जान्छ ।
भँमराले रस पिई चौधै भुवन फि¥यो
घर जाने थाहा नपाई पृथ्वीमा गि¥यो
घर जाने बाटो पनि ज्ञानी जनले देखे
अज्ञानी जनलाई पृथ्वीमा लेखे ।
माथि उल्लिखित हरफहरूको मात्रै अध्ययन गर्दा पनि उनमा रचनामा ज्ञानयोग, भक्तिरस र आध्यात्मवादी दर्शनको भरपूर आभास पाइन्छ । पुस्तकको नाम ‘अमरगुँद’ आफैँमा प्रतीकात्मक हुनुले उनमा साहित्यिक विशिष्टताको पुष्टि हुन्छ ।
(स्रोत - भीमध्वज कार्की, तामिल्छा–२, शेरबहादुर खड्का, रूपाटार–९)

लोकनाथ पोखरेल
उदयपुर जिल्ला ओख्लेको फलाँटे गाउँमा वि.सं. १९३२ सालमा जन्मिएका पोखरेलको लोकमञ्जरी पुस्तक वि.सं. २०२० सालतिर प्रकाशन भएको हो । पाण्डुलिपि धेरै वर्षअघिदेखि गर्भमा नै रहेता पनि पछि आएर पछिका पुस्ताले पुस्तक प्रकाशन गरिदिएका हुन् । आजसम्म त्यो भन्दा अगाडिका अन्य पुस्तक फेला नपरेकोले उदयपुर जिल्लाको पहिलो प्रकाशन मानिन्छ । त्यसको आधारमा उदयपुर जिल्लाको पहिला आदिकवि भनिन्छ । पोखरेलका लोकमञ्जरी पुस्तकका केही अंश यस प्रकार छन्-
गाग्राले दुःख दिन्छ धेर छचलकी आधा भएदेखि झन्
कि गाग्रो भरिनै भए हुँदी असल रित्तै भए झन् असल
००
जुन देशमा कहिल्यै महापुरुषको गरिन्न कदर अनि
त्यस देशमा कहिल्यै महापुरुषको हुँदैन जन्मै पनि
००
मान्य मानिसलाई मान गरनु ढोग गर्नुभेटघाट हुँदा
आदर सत्कार गर्नुपर्छ उनको आफ्नो घरै आउँदा
००
के काम भयो थाम र भेट झ्यालको
देख्यौ गति सब यही नब्बे सालको
००
भुल्नेछन् खुकुरी ती कामीहरूका शान लाउन जान्दैन कि
किसानका घरमा म देख्तिनँ अनाज त्यो काम गर्दैन कि ?
००
प्यारी सुन्दरी नेल दुई पयरकी गलबन्दी छोरा जति
नाति हत्कडी हुन् पनाति ठिँगुरा झ्यालखान हो सम्पत्ति
००
उदयपुरको मुसा राजदहको खर
कुल्लीब गिरीको सम्पत्ति दलबहादुरको डर
पोखरेलका रचनाहरू मौलिक प्रतिभाले ओतप्रोत छन् । उनका सिर्जनामा स्तुतिपरक चिन्तन प्रतिशोधात्मक प्रवृत्ति, आख्यानात्मक घटना र मानवीय भावको झल्को पाइन्छ । आदर्शवादी सोच भएर पनि कलात्मक शैली तथा छन्दोबद्ध लय उनको कृतिको मूल विशेषता हो । विवाहबटुलमा भनिने श्लोक होस् वा वनपाखामा पोखिने दुःखेसो, रामायण, महाभारत र कृष्णचरित्रजस्ता महाकाव्यसँग उनी कुम जोडेर उभिएका छन् । यसरी सबैको जनजिब्रोमा मुखरित हुनु लोकमञ्जरीको संस्थागत पहिचान पनि हो ।

गम्भीरबहादुर थापा
कथ्यकवि गम्भीरबहादुर थापा वि.सं. १९८१ सालमा उदयपुरको डुम्रे गाउँमा जन्मेका हुन् । उनले आफ्नो रचनालाई लेख्य रूपमा उतारेनन् । कथ्यरचनाका धनी थापाका सिर्जनाहरूलाई मर्न नदिन गम्भीर साहित्य प्रतिष्ठानले गम्भीरबहादुर थापा स्मरण विशेषाङ्क, निकालेर कथ्य रचनाहरूको जगेर्ना गरेको छ ।
थापा स्वयम्मा आशुकवि थिए । समाजमा जे देख्थे, त्यही बोल्थे, जे बुझ्थे, त्यही ओकल्थे । जहाँ टेक्न पुग्थे, त्यहीँ फलाक्थे । गद्यात्मक शैलीमा प्रस्तुत हुने उनका कवितामा शैली र कलाभन्दा भाव र विचारको प्रधानता पाइन्छ । ‘रोटी चिल्ला मीठा कुरा खस्रा मीठा’ उनका रचनामा मुखरित भएको पाइन्छ । थापा सङ्घर्षशील तथा यथार्थवादी कवि पनि हुन् । थापाले महलमा बसेर काल्पनिक कविता रचेनन्, खाली खुट्टा झुप्रा–झुप्रामा पुगेर वास्तविक तस्बिर उतारे । थापाले कुनै संस्थासँग पुरस्कार र पदकको आशा राखेनन्, बरु बेलाबेलामा जमिनदारको तिरस्कार सहे । काजु, किसमिस अनि चौरासी व्यञ्जनका लागि ¥याल काढेनन्, बरु रचनेको आलु कोपरीरहे । विदेशी रेशमी लुगा लगाउन त के, हेर्न पनि चाहेनन्, बरु जुटको बोरा ओढेरै जीवन बिताए । थापाका कथन–सिर्जनाका केही अंश यस प्रकार छन्-
ठाडो खोला रचने
वर्षामा जुका मच्चने

जसको मुलुकमा सीयो छैन
उसकै दामी फेसन
उसकै दामी फेसन
जाँगरिलो नेपालीले सुखैगरी खाला
जालीफाटाहा बाह्रमासे हराएर जाला
जालीफाटाहा बाह्रमासे हराएर जाला
मुर्खको सल्ला
खरानीको डल्ला
खरानीको डल्ला
जतिजति उच्चा
उतिउति लुच्चा
उतिउति लुच्चा
जतिजति होच्चा
त्यतित्यति सच्चा
त्यतित्यति सच्चा
उद्योगबिना जो धनी भो
त्यस्तो व्यक्ति बैमानी हो
त्यस्तो व्यक्ति बैमानी हो
टाट्ने–चित्रे शेर्पा दाइ
त्रियुगाको थारू भाइ
माथि उल्लिखित अग्रज साहित्यिक स्रष्टाहरूले आ–आफ्नै दर्शन, सिद्धान्त र शैलीमा कलम चलाए । त्यसबारे समालोचकले समीक्षा गर्ने नै छन् । जे, जहाँ र जस्तो भए पनि यी ऐतिहासिक साहित्यिक सर्जकहरू हाम्रा निमित्त पथप्रदर्शक, प्रेरणाको स्रोत तथा सम्मानित पुर्खा भने अवश्य हुन् ।

जन्मभूमि र कर्मभूमि रूपाटार नै भएका सर्जकहरू-
शारदाप्रसाद भट्टराई
जम्काभेट कथासङ्ग्रहबाट २०५३ सालमा उपस्थित कथाकार फुट्कर रचनाहरू कविता, नाटक र समालोचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएता पनि प्रकाशित पुस्तकको रूपमा जम्काभेट कथासङ्ग्रह नै हो । कथा विधाको हिसाबले यो प्रकाशित पुस्तक उदयपुर जिल्लाको पहिलो हो । शोधकर्ताहरूले यस सङ्ग्रहलाई विषय बनाएर व्याख्या र विश्लेषण गर्दै आएका छन् ।
सामाजिक यथार्थमा आधारित उक्त कथासङ्ग्रह यथार्थपरक मानिन्छ । कथामा सामाजिक यथार्थता, वर्गीय चित्रण र मनोवैज्ञानिक द्वन्द्वलाई उजागर गर्न खोजिएको छ । कथाभित्र रूपाटार सेरोफेरोको स्थान, घटना र पात्रहरू समेटिएका छन् । मार्सेली बूढा, जल्किनी पाखो, छतिउने बेसी, कर्मीठूलेजस्ता पात्र र स्थानहरूको उल्लेख गरी रूपाटारको परिवेशलाई कथामा समेट्नुले जन्मभूमिप्रतिको कथाकारको आत्मीयता चरितार्थ हुन्छ ।
रूपाटार–४ गैरीगाउँमा जन्मिएका भट्टराईको कर्मथलो पनि हालसम्म श्री म.र. उ.मा.वि. रूपाटार नै हो । यसरी जन्मभूमि र कर्मभूमिसमेत रहेको ठाउँलाई उनले विचार र वस्तुको समायोजनद्वारा अविच्छिन्न सेवा पु¥याउँदै आएको स्पष्ट छ ।

‘सम्झनाको पोखरीमा छचल्किएका छालहरू’ निबन्धसङ्ग्रहबाट उदाएका राममणि पोखरेलका फुटकर लेखरचनाबाहेक आजसम्म झन्डै पौने दर्जन जति पुस्तकहरू प्रकाशित भैसकेका छन् । लामो समयसम्म राजनीतिमा सक्रिय भूमिका निभाउँदै आएका उनी हाल राजनीतिलाई भन्दा साहित्यलार्ई प्राथमिकता दिन्छन् । झन्डै वर्षको एउटा पुस्तक प्रकाशन गर्ने पोखरेलका पुस्तकहरू यस प्रकार छन्-
सम्झनाको पोखरीमा छचल्किएका छालहरू
जेल संस्मरण भाग –१
साहिँली मैयाँ र रसुवाघाट (उपन्यास)
हरिमानको आत्महत्या (कथासङ्ग्रह)
सोममाया र शान्ति अभियान (कथासङ्ग्रह)
दण्डहीनता (कथासङ्ग्रह)
सूचना टाँस (कथासङ्ग्रह)
समयका पाइला (कथासङ्ग्रह)
समग्रमा भन्नुपर्दा पोखरेलका रचनामा सामाजिक यथार्थता, वर्गीय स्वरूपको निख्खर चित्रण, ग्रामीण परिवेशका स्थानीय पात्रहरू समेटिएका छन् भने सीमान्तीकृत वर्गको प्रतिनिधित्व उनका रचनाले गरेका छन् । राजा–महाराजा, ठूलाबडा, हुनेखानेको मात्र इतिहास लेखिने पुरानो परम्परालाई तोड्दै तल्ला जाति र वर्ग पनि इतिहासका पात्र हुन सक्छन् भन्ने नवीन थालनी पनि उनका कृतिहरूमा पाइन्छ । जन्मस्थान रूपाटारको सरोफेरोभित्र रहेर पात्र, घटना र स्थानहरू उल्लेख गरी चौतारे, तिम्सिना साहिँला, गोरी दिदी, शारदाको कोठा, आकाशे दमाईजस्ता पात्रहरूका साथ जन्मभूमि तथा कार्मभूमिको चर्चा गरेका छन् ।
आफ्नो जन्मभूमि रूपाटारमा भई जीवनको यौवन अवस्थासम्म रूपाटारलाई नै कर्मस्थल बनाई शिक्षा र सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथ्यहरूमध्ये १९७२ सालमा निर्मित भई जीर्ण भइसकेको श्यामपाटीलाई उनकै पहलमा विद्यालयमा सदुपयोग गरिनु एउटा सार्थक उदाहरण हो । पोखरेल हाल उदयपुरको सदरमुकाम गाईघाटअन्तर्गत त्रि.न.पा. वडा नं. ७ मोतीगडामा बसोबास गर्छन् । आफ्नो भौतिक शरीर मोतीगडामा भए पनि उनका भावना, विचार तथा लेखरचनाबाट उनी रूपाटारमै उपस्थित भैरहेको अनुभूति हुन्छ ।

‘सेतो दरबारको छेउबाट’ (कवितासङ्ग्रह) मार्फत पुस्तककार सर्जकका रूपमा देखापरेका मातृका पोखरेलले फुटकर रचनाबाहेक हालसम्म आधा दर्जन जति पुस्तक प्रकाशन गरिसकेका छन् । हाल उनी पेसाले विद्युत् प्राधिकरणको जागिरे भए पनि उनले साहित्यलाई मित्र बनाइआएका छन् । हालसम्मका उनका कृतिहरू निम्न छन्-
सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह)
यात्राको एउटा दृश्य (कवितासङ्ग्रह)
संतृप्त आँखाहरू (कवितासङ्ग्रह)
अनुहारहरू (कवितासङ्ग्रह)
घाम झुल्किनुअघि (कवितासङ्ग्रह)
रचनाधर्मिताको हिसाबले पोखरेल प्रगतिवादी लेखक मानिन्छन् । उनका रचनाहरूमा सामाजिक यथार्थताभित्र व्यङ्ग्यको आभास पाइन्छ । ‘सेतो दरबारको छेउबाट’ कवितासङ्ग्रहको निष्कर्षले गरिबभित्रको हरिपको पसिनाले निर्माण भएको सिंहदरबारको सेतो घरको छेउबाट नियाल्ने व्यङ्ग्यात्मक कारुणिक पात्र यसको उदाहरण हो । त्यसै गरी उनका अन्य रचनाहरूमा पनि अग्रगति र प्रगतिशील भाव पोखिएको पाइन्छ ।
रूपाटारको सेरोफेरोलाई उभ्याएर पात्र र घटना समावेश गरेको र रूपाटार विद्यालयमा अध्यापन गरेका पूर्वविद्यार्थीलगायत हाल पनि रूपाटार–९ कबासेभै स्थायी बसोबास भइरहेको हुँदा उनी रूपाटारवासी नै हुन् । यसरी विचार, भावना तथा वस्तुसमेतको उपस्थितिलाई अध्ययन गर्दा उनी राष्ट्रिय स्तरमा स्थापित रूपाटारभित्रकै साहित्यिक प्रतिनिधि पात्र हुन् ।

कपिल ठकुरी
‘काउसोको माला’ उपन्यासबाट प्रारम्भ गरेका ठकुरी पनि फुटकर रचनाबाहेक झन्डै आधा दर्जन रचनाका धनी हुन् । उनका कृतिहरूमा समाज काउसोजस्तै चिलाउँछ– सक्सकाउँछ अनि निकास खोज्छ । उनका कृतिहरू निम्नानुसार छन्-
काउसोको माला (उपन्यास)
अङ्ग्रेजी माने स्वास्नीमान्छे (निबन्धसङ्ग्रह)
कपिलको कल्पना (कवितासङ्ग्रह)
एउटा वेश्या र म (कथासङ्ग्रह)
साहित्यका विभिन्न विधामा रचना गर्न सक्नु ठकुरीको विशेषता हो । कपिलका रचनाहरूले पनि सामाजिक यथार्थको चित्रण गर्दछ । उनी कहीँकहीँ म पात्रद्वारा निराश देखिन्छन्, कहीँ समस्या देखाउँछन् त कहीँ उपाय पनि खोज्दछन् । यसरी निराश, आश र तीतो कटुताआदिको समग्रता नै उनको रचनाको विशेषता हो । रूपाटार–६ कटहरेमा जन्मिएका कपिलले आजसम्मको कार्मथलो कटहरेलाई नै बनाएका छन् । उनको साहित्यिक उपस्थितिलाई ऐतिहासिक पाटोबाट हेर्दा वरिष्ठ समालोचक डा. ईश्वर बरालको पुख्र्यौली थलो कटहरेको साहित्यिक थालनीको निरन्तरता पनि हो ।
यिनले पनि पात्र, घटना र परिवेश प्रायः कटहरेकै सेरोफेरोलाई रोजेका छन् । यसले गर्दा यी पनि रूपाटार क्षेत्रभित्रका आशलाग्दा साहित्यकर्मी हुन् ।

अन्यत्रै बसेर रूपाटारका सान्दर्भिक विषयलाई समावेश गरिदिने साहित्यकारहरू -
पुन्य कार्की
एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका पुन्य कार्कीलाई साहित्यिक मैदानबाट हेर्दा सङ्ख्यात्मक तथा गुणात्मक हिसाबले उदयपुर जिल्लाकै विशिष्ट स्रष्टामध्येका एक मानिन्छन् । उनका कृतिहरूले राष्ट्रिय रूपमै स्थान पाउन थालेका वास्तविकता विभिन्न व्यक्तिबाट भएका समालोचना र शोधपत्रहरूले बकिसकेका छन् । कार्कीले बालकृष्ण रूपावासीसँग सन्ध्या पत्रिकामार्फत लिएको अन्तरवार्ता र वि.सं. २०६४ सालमा प्रकाशित बलिदानका गाथा पुस्तकद्वारा रूपाटार–२ खानीडाँडा का ‘प्रचार’ भनिने अर्जुन श्रेष्ठको बलिदानबारे उल्लेख गरेका छन् । यसै प्रसड्डहरूले पनि रूपाटारभित्रका घटना र पात्रसँग कार्की सन्निकट छन् भन्ने पुष्टि हुन्छ । ताम्लिछा–२ मा जन्मिएका पुन्य कार्की हालको स्थायी बसोबास गाईघाट मोतीगडा हो र उनी अध्यापन पेसामा संलग्न छन् ।

राईले ‘रोपाछा कोयीहरूको नालीबेली’ पुस्तकमार्फत रूपाटारको विश्लेषणात्मक तथा अनुसन्धानात्मक खोज गरेका छन् । यसरी कुनै पनि ठाउँविशेषको चासो दिई परिचय गराइदिनु स्वयम्मा स्वागतयोग्य कुरा हो । हाल गाईघाट मोतीगडामा स्थायी बसोबास गर्दै आएका राई सरोकारवाला खोजमूलक सर्जक हुन् ।

डा. कविताराम श्रेष्ठ
ओखलढुङ्गामा जन्मिएका भए पनि डा. कवितारामले आफ्ना पुस्तकमार्फत रूपाटारको भरपूर चर्चा गरेका छन् । यस अर्थमा उनी रूपाटारसँग जोडिएका छन् ।

पूर्वविद्यार्थीका प्रकाशित पुस्तकहरू-
उदयपुर इनामे–५ मा जन्मिएका शङ्करप्रसाद ढुङ्गाना रूपाटार विद्यालयका पूर्वविद्यार्थी हुन् । सरकारी सेवामा माथिल्लो दर्जासम्म पुगी हाल विश्राम लिइरहेका ढुङ्गानाले ‘राधालीलामृत’ नामक धार्मिक पुस्तक प्रकाशन गरेका छन् ।
‘श्रद्धाञ्जली’ कवितासङ्ग्रह २०४८ मा मणिकुमार पोखरेलद्वारा प्रकाशित भएको थियो । हालै उनको ‘गोमा–रत्न’ खण्डकाव्य प्रकाशित भएको छ ।
यसैगरी मादलेका स्थायी वासिन्दा पूर्वविद्यार्थी चूडामणि राईले ‘इज्जत’ कथासङ्ग्रह तथा बाच्छाङनिवासी वीरेन्द्र राईले ‘भाग्यले जुरायो’ उपन्यास पुस्तकको रूपमा प्रकाशित गरिसकेका छन् । अन्य पूर्वविद्यार्थीहरूले कहीँकतै पुस्तक प्रकाशन गरेको जानकारी लेखकले नपाएको र फुटकर रचना प्रकाशन गर्नेहरूको स्थानअभावले उल्लेख गर्न नसकिएकोले उत्कृष्ट रचना प्रकाशन गर्ने स्रष्टाहरू प्रशस्त हुँदाहुँदै पनि यसमा समावेश गर्न सकिएन ।
विद्वान, लेखक, वैज्ञानिक तथा दार्शनिकको लागि कुनै टाढा र नजिक हुँदैन । अनि हिजो आज भोलि पनि हुँदैन । अँध्यारो कोठामा बसेर धुलौटो कोर्ने ज्योतिषीको गणनाले एक मिनेट फरक पर्दैन । जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि भनेझैँ विज्ञानका द्रष्टा र साहित्यका स्रष्टा प्रकृतिका सबै खेल राम्रोसँग पहिल्याउँछन् र क्षितिजभन्दा पर समुद्रभन्दा तलका कुरा बाहिर ल्याइदिन्छन् । जस्तै जीनज्याक्स रुसो, दाँते, थोमस एल्वा एडिसनले संसार चिनाइदिए । राइट ब्रदरले आफू घर बसीबसी हामीलाई आकाशमा उडाइदिए । बुद्ध आफूले आँखा बन्द गरेर मानवमात्रको आँखा खोले । दिव्य चक्षु हुनेका लागि कुनै टाढा हुँदैन । त्यसैले यी सर्जकहरूले रूपाटारलाई टाढै बसेर देखे अनि हामीसँग नाता गाँसे । यस्ता हाम्रा आदरणीय व्यक्तित्वहरूलाई हामीले सम्मान गर्नुपर्छ । किनकि यी स्रष्टा हाम्रा क्षेत्रका पाहुना हुन् भने सिर्जना हाम्रा सम्पत्ति हुन् ।
हास्यव्यङ्ग्यकारहरू
‘आज मुख च्यातिउन्जेल हाँसियो । भुँडी बाउँडिएर खपिसक्नुभएको छैन । हाँस्दाहाँस्दा आँसु पनि आयो । भोको पेटमा धेरै हाँसिएछ, झन्डै मरेको ............... ।’ यस्तैयस्तै सुनिन्छ हाँस्नेको मुखबाट । हाँस्ने र हँसाउने विषय विविध हुन सक्छन् । तर पनि हँसाउने र व्यङ्ग्य गर्ने क्षमता सबैमा उत्तिकै हुन्छ भन्न सकिँदैन । हास्य र व्यङ्ग्य विधा पृथक्पृथक् भए पनि एकअर्काबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । एउटाको उपस्थितिबिना अर्काले पूर्णता पाउँदैन । हास्यव्यङ्ग्य स्वयम्मा अद्भूत विषय पनि हो । ‘खोलो बाड्डो हुन्छ, पानी बाड्डो हुँदैन’ भनेझैँ व्यङ्ग्यमा शैली लाक्षणिक र भाव यथार्थ हुन्छ । व्यङ्ग्यकर्तासँग तार्किक क्षमता वाकपटुता, घटनाको सही पहिचान, परिस्थितिको उचित मूल्याङ्कन, मनोविश्लेषणात्मक चिन्तन, समयानुकूल प्रयोग तथा आकर्षक प्रस्तुति जस्ता विविध पक्षमा ज्ञान हुन जरुरी छ । यी विशेषताहरूलाई जसले ठीक ढङ्गले प्रस्तुत गर्न सक्छ, त्यो नै सफल हास्यव्यङ्ग्यकार हो । यस्तैयस्तै विशेषताले ओतप्रोत रूपाटारका पात्रहरूको झलक यस प्रकार छ-
जहाँ बोके दाह्री त्यहाँ हाँस्य फूलबारी
दाह्री देख्नुहुन्छ, मुसुक्क मुस्कुराउनुहुन्छ । सरोकारवाला दाह्री छाम्छ, तपाईंको मुस्कान हाँसोमा रूपान्तरित हुन्छ । दाह्री छेउ लाग्छ हाँसोको फोहोरा छुट्न थाल्छ । जब दाह्रीलाई छिचोलेर हाँसोको पोको खुल्छ, तपाईं भुँडी मिचीमिची हाँस्न थाल्नुहुन्छ । दाह्री हाँस्ने र हँसाउनेबीचको सहजकर्ता हो । दाह्री हाँस्दैनः तपार्इं हाँस्नुहुन्छ ।
जब अनेकन् कथा, कहानी, चुट्किला, तुक्का, लोकोक्ति, घटना परिघटना तथा किम्बदन्ती कलात्मक शैलीमा छचल्किन थाल्छन्, अनि कस्को के लाग्छ , तपाईंलाई नहाँसी सुखै छैन । मरिमरी हाँस्न थाल्नुहुन्छ । आत्महत्या गर्न डोरी लिएर पासो लाग्न हिँडेको मान्छे डोरी चुँडालेर हाँस्न थाल्छ । घरको दुःखले भारी बोक्न हिँडेको भरिया डोको अड्याएर हाँस्न थाल्छ । बन्दुक बोकेर सङ्घर्षको मैदानमा लड्न हिँडेको योद्धा बन्दुक छेउमा राखेर खित्का छाडीछाडी हाँस्छ । इन्द्रीय विजेता भनिने सन्तहरू कमन्डलु थन्क्याएर डल्लो परीपरी हाँस्छन् । हँसाउने सीप र कला भएकाले हँसाइदिएपछि मन थाम्न कसले सक्ने ? यस्तैयस्तै विशषेताले भरपूर व्यङ्ग्यकर्मी रूपाटारका प्रतिनिधि पात्र हुन् – वेदप्रसाद पोखरेल ।
रूपाटार ७ मा जन्मिएका वेदप्रसाद पोखरेल हाल त्रि.न.पा. गाईघाटमा स्थायी बसोबास गर्छन् । राजनीतिलाई पेसाको रूपमा अँगालेका पोखरेल हाल पनि गाउँटोलदेखि उपल्लो तहसम्म हँसाइरहकै छन् ।
भरत पोखरेल र अकलेको आची
मानिसलाई लाग्छ यहाँ जादुगरले डम्मरु बजाएर जादु देखाइरहेको छ । कतिलाई लाग्छ, सायद नाटक मञ्चन भइरहेको छ, यहाँ । अनि कसैकसैलाई भान हुन्छ, यहाँ गीत र नृत्यको रौनक छ क्यार यस्तैयस्तै कुनै कारण झ्याम्मिएका होलान्, मान्छेहरू । तर धेरै मानिसको अन्दाजले फेल खान्छ । त्यहाँ न जादु छ, न नृत्य । न त भोजभतेर नै । त्यहाँ त छन् नाकेस्वरमा ताल ठोकीठोकी गफिरहेका, भरत पोखरेल । जहाँ पोखरेलको बसाइ हुन्छ त्यहाँ मानिसको कुँडुलो लाग्छ । मलाम जाँदा होस् वा जन्ती । खसी काटेको ठाउँमा होस् वा चिया पसलमा । जहाँजहाँ उनको गफ, त्यहाँत्यहाँ मान्छेको भीड ‘जहाँ श्रीमतीको माइती, त्यही मेरो ससुराली भने’ झैँ जहाँ हाँसो त्यही भरत पोखरेल ।
श्यालटारे मामाको केही लागेनछ । मलाई बोलाए । ‘भानिज मेरो केही लागेन, हैरान भएँ ।’ मलाई पनि खेतमा पानी पटाएर स्कुल जान हतार । के भएछ त भनी कुलामा निस्किएको त मामा असिनपसिन हुँदै गल लगाइरहेका । म पनि पानी थुनिएकोले आजित थिएँ । पल्टाउन त के पत्ता ¤ मामा–भानिज भएर छेउसम्म लगायौँ । पानी गयो, खुसी भयौँ । के रहेछ त भनी हेर्दा पो थाहा भयो, कुनै भीमकाय मानिसको आची । कोट्याएर यसो नाकमा लागेको त ह्वास्सै खपिसक्नुभएन । मामा–भानिज दुवै मुखामुख ग¥यौँ । मामा पानी मिलाउन खेततिर लागे, म स्कुलतिर । खोजीनीति गर्दै जाँदा पो पत्ता लाग्यो – अकलेको आची ।
यो त पोखरेलको व्यङ्ग्यको एक टुक्रामात्र हो । यस्ता चुट्किलाहरू पोखरेलसँग कति छन् कति । हास्यव्यङ्ग्यका पर्यायवाची नै हुन् भरत पोखरेल । रूपाटार ७ रूपाटारमा जन्मिएर लामो समयसम्म हालको उच्च मावि रूपाटारमा नै अध्यापन गरी हालसालै त्रि.मा.वि. कटारीबाट विश्राम लिन पुगेका उनी अहिले रिस्कु गाविसमा बसोबास गरी के गाउँ, के सहर सबैतिर हँसाइरहेका छन् ।
भगत पौडेल
भगत पौडेलले कुमालेको सुरुङकाण्डदेखि .... ले छुन पाको जस्ता बाल्यकालका हास्यसामग्री हामीलाई नासोको रूपमा सुम्पेर हाल झापा हल्दीबारीमा बसेर सुदूरपूर्वलाई हँसाइरहेका छन् ।
तोयाबहादुर बुढाथोकी
नर्सिड्ड घले र बुधुनाको भिडन्त, जुँगे जुवाडेको जखमी र महिलालाई पाकान्छाको चुनौतीजस्ता चुट्किला र तुक्का अनिगिन्ती छन् उनीसँग । यस कलालाई निरन्तरता दिँदै लगेमा तोयाबहादुर खाइलाग्दा व्यङ्ग्यकार मानिनेछन् ।
मोहनबहादुर बुढाथोकी
बाजे रणबहादुरको स्वभाव र ठट्यौलीपन अझ परिस्कृत भएर आएको छ, उनमा । चुट्किला तर्क, किम्बदन्तीका पारखी मोहनबहादुर बुढाथोकीको व्यङ्ग्य फाँट भविष्यका लागि समेत उर्वर छ । हास्य विधाका आशालाग्दा पात्र हुन् उनी ।
‘सम्धिनीको ढोग र अमरेको स्वास्नी’ उनले व्यङ्ग्यकोषबाट झिकेका डोली पैसासरह मात्र हो ।
ईश्वर हमाल
रूपाटारका पूर्वविद्यार्थी ईश्वर हमाल हाल सदरमुकाम गाईघाटमा लेखापढी पेसामा संलग्न छन् । उनी पनि वाकपटुता र हास्य फाँटका आँखालाग्दा व्यक्ति हुन् । ज्योतिषि नन्दलालको गणना, गजबहादुरको कुराउनी र ईश्वर हमालको जिब्रो उनको व्यङ्ग्य विद्याको एउटा केस्रा हो ।
स्व. साहिँला पौडेल (राजदह)
ऐतिहासिक व्यङ्ग्यकार साहिँला पौडेल धेरै अगाडि बितिसके तर पनि उनका उक्तिहरू हालसम्म पनि जीवन्त छन् ।
बाँदरको गलामा बोसोको माला,
भतिजाको बिहेको निम्तो
ज्वाइँ पाहुना, .......... ।
भक्तबहादुर ठकुरी (रूपाटार) तथा तुलाराम मगर पनि तत्कालीन समयका खाइलाग्दा व्यङ्ग्यकार हुन् । तुलराम मगरको ससुरा–बुहारीको सवाल–जवाफ र भक्तबहादुर ठकुरीको पाहुना र मुस्ली चर्चित छन् ।
हाम्रा माथि उल्लिखित व्यङ्ग्यकारहरू एक से एक होनाहार छन् । छुट्टाछुट्टै सङ्कलन गर्ने हो भने प्रत्येक हास्यव्यङ्ग्यको एकएक वटा पुस्तक तयार हुन्छ ।
कला
कुनै पनि स्थानको उचाइ मापन त्यस ठाउँको सङ्गीत, कला, साहित्य, संस्कृति र सभ्यताजस्ता तराजुद्वारा गरिन्छ । जुन ठाउँमा सङ्गीतको धुन पोखिन्छ, कला बोल्छ, साहित्य सग्बगाउँछ । त्यो ठाउँ माथि उठेको मान्नुपर्छ । गगनचुम्बी घर, फराकिला सडक, चिल्ला गाडीहरू चिप्लिन सक्छन् । त्यो पनि आफ्नो ठाउँमा ठीकै होला । तर केवल भौतिक वस्तुको तमकझमक सबै कुरा होइन । यसको साथसाथै विचार पोखिनुपर्छ, कला कँुदिनुपर्छ, साहित्य सिर्जिनुपर्छ अनिमात्र त्यो स्थानले पूर्णता पाउँछ ।
कलाकृति स्वयम्मा अलिखित दस्तावेज हो । कला लेखिँदैन कुँदिन्छ, पढिँदैन देखिन्छ, घोरिँदैमा बुझिन्छ । यसो भनौँ विद्वान्देखि लाटासोझासम्मको साझा पुस्तक हो, कलाकृति । ठूलाठूला पुस्तकका ठेलीले उपलब्ध गराउन नसकेको ज्ञान एउटा कलाकृतिबाट प्राप्त हुन्छ । अमुक भाषामा कला आफँै बोलिराखेको हुन्छ । कलाको अन्तरहृदयमा प्रेम, सद्भाव, सम्यता तथा संस्कृति मुखरित भएको हुन्छ । जस्तै दाभिन्चीको मोनालिसा विश्वभर मुस्कुराएकी छिन् । आगराको ताजमहल संसारकै नमुना बनेको छ, पेरिसको आइफल धरहरा संसारभर चर्चित छ । हाम्रै मुलुकको ऐतिहासिक कृष्ण मन्दिर, बूढानीलकन्ठ, स्वयम्भूले मुलुकको कला, संस्कृति र सभ्यताको परिचय दिइरहेको छ ।
यसैगरी कलाको सन्दर्भ कोट्याउँदै जाँदा हालै रूपाटारमा निर्माण भएको स्मारकलाई पनि लिन सकिन्छ । यो स्मारक स्वयम् आफैँमा विचार, भावना र दर्शन मुखरित भएको कला हो । यो कलाकृतिले एकापट्टि भौतिक रूपमा आकर्षण र मनोरञ्जन दिइराखेको छ भने अर्काेतर्फ साहस, विवेक र अनुशासनको पाठ पढाइरहेको छ । कम्पाउन्डको मूलढोकाको भित्री भागमा अवस्थिति तीन बाँदरको चित्रले कम बोल्न, ठीक सुन्न र राम्रो हेर्नजस्ता मानवीय सचेतनातर्फ सन्देश दिएको छ । स्मारकअगाडि रहेका दुई सिंहले शत्रुसँग बाँच्नको लागि विवेक साथै साहस, आँट र स्वाभिमानको हुङ्कार गरिरहेको छ । चार होचा खम्बा विद्यालयको निम्ति शिक्षा नियमावली हो । एउटा खम्बा विद्यार्थीको प्रतीक हो भने, अर्काे खम्बा शिक्षकको । त्यस्तै तेस्रो खम्बा अभिभावक मानिन्छ भने चौथो प्रशासन । चार खम्बाको बीचमा अवस्थित अग्लो स्तम्भले भने विद्यालयको इतिहास जाहेर गर्दछ ।
यसरी वस्तु र विचार सूचना र सन्देश एकसाथ दिइरहेको यो स्मारक नाड्डो आँखाले जसकसैले पढ्न बुझ्न र अनुसन्धान गर्न पाइने अलिखित कृति हो । यी कलाकृतिका डिजाइनर तथा निर्देशक हुन् ý विक्रमश्री ।
हाल इटहरीमा स्थायी बसोबास गर्दै आएका विक्रमश्रीको निर्देशनमा किसन चौलागाई र रामु पण्डितद्वारा शील्पकारिता गरिएको स्तम्भ सम्भवतः हालसम्मको उदयपुर जिल्लाको उत्कृष्ट कलाकृति हुनुपर्दछ । पूर्वाञ्चलमा मात्र नभएर नेपालकै चर्चित कलाकार इन्जिनियर विक्रमश्रीको कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान छ । उनको कलाकृतिमा दर्शन झल्किन्छ, शोध र अनुसन्धानको बाटो खुल्छ, लाटो हाँस्छ, बाठो घोरिन्छ । यसरी वस्तु एक विचार अनेक, कला एक सन्देश अनेक, हेराइ एक बुझाइ अनेक भएर ठडिएको स्मारकले रूपाटारलाई छुनसम्म छोएको छ, बुझ्नसम्म बुझेको छ ।
अत ः अब रूपा केवल रूपारानी, रूपावासी, रूपाटार, तथा रूपात्रेय मात्र रहिनन्, रूपाको रूप र उचाइ चुलिँदै गएको छ । सङ्गीत, साहित्य र कलाको त्रिवेणी बन्न पुगिन् ‘रूपा’ । किनकि पाण्डव सुनुवारका साथ वासुदेव मुनाल सङ्गीत लिएर उपस्थित छन्, यहाँ माथि दर्जनौँ साहित्यकर्मीका माझ अनगिन्ती पुस्तक र कलम समाएर उभिएका छन्, बालकृष्ण पोखरेल ‘रूपावासी’ । त्यस्तै अग्लो पातलो शरीरभित्र आकर्षक दाह्रीका साथ मुस्कुराएका छन् विक्रमश्री । त्यसैले त होला रूपा झन्झन् भावविभोर हँुदै नाच्छिन्ः ‘साउने पानी गैरीगाउँ रूपाटार, हैमेरी मलमल जुन्कीरी.....’ को लयमा ।

हलेसीको मेला
अमृत साफी
पूर्वको पशुपतिनाथले,
चिनिन्छ हलेसी महादेव ।
पितृहरूलाई चोख्याउँछन्
कैलाश पर्वतमा स्मरण गरी भक्तदेव ।
पापद्वार पुण्यद्वार
छन् अनुपम गुफाभित्र
अद्भूत छ बनावट त्यसको,
पस्दा संसार लाग्छ विचित्र ।
शिवरात्रि बालाचतुर्दशी
हो हलेसीको मेला ।
दाजुभाइ दिदीबहिनीहरू हो,
हेर्न जाऊँ हलेसीको मेला ।
भेटिन्छन् मेचीदेखि कालीसम्मका,
के बालक, के युवा र के बूढा ।
विश्वासको सङ्कट परेको बेला,
आस्थाको धरोहर हलेसी मेला ।
धर्मकर्मको नाउँमा हेर,
तीर्थयात्रीहरूको कत्रो भेला ।
मन, वचन र कर्मलाई चोख्याउँछन्,
यही माङ्गलिक बेला ।
कोही जान्छन् त्यहाँ,
धर्मकर्म गर्न ।
कोही जान्छन् त्यहाँ,
भावी सन्ततिको वर माग्न ।
कोही पुग्छन् त्यहाँ,
जीवनसाथी रोज्न ।
थुप्रैथुप्रै चाहनाहरू लिएर,
पुग्छन् तीर्थयात्रीहरू यहीबेला ।
दाजुभाइ दिदीबहिनीहरू हो,
हेर्न जाऊँ हलेसीको मेला ।
भेटिन्छन् मेचीदेखि कालीसम्मका
के बालक, के युवा र के बूढा ।
सौगातको रूपमा,
किनी ल्याउँछन् बदाम र सुन्तला ।
दम्पतीको रूपमा
वरिन्छन् बेहुली र बेहुला ।
कष्टमय यात्राको प्रतिफलको रूपमा,
हेर्न पाउँछन् हिमगिरिका श्वेत शृङ्खला ।
अमृत साफी
पूर्वको पशुपतिनाथले,
चिनिन्छ हलेसी महादेव ।
पितृहरूलाई चोख्याउँछन्
कैलाश पर्वतमा स्मरण गरी भक्तदेव ।
पापद्वार पुण्यद्वार
छन् अनुपम गुफाभित्र
अद्भूत छ बनावट त्यसको,
पस्दा संसार लाग्छ विचित्र ।
शिवरात्रि बालाचतुर्दशी
हो हलेसीको मेला ।
दाजुभाइ दिदीबहिनीहरू हो,
हेर्न जाऊँ हलेसीको मेला ।
भेटिन्छन् मेचीदेखि कालीसम्मका,
के बालक, के युवा र के बूढा ।
विश्वासको सङ्कट परेको बेला,
आस्थाको धरोहर हलेसी मेला ।
धर्मकर्मको नाउँमा हेर,
तीर्थयात्रीहरूको कत्रो भेला ।
मन, वचन र कर्मलाई चोख्याउँछन्,
यही माङ्गलिक बेला ।
कोही जान्छन् त्यहाँ,
धर्मकर्म गर्न ।
कोही जान्छन् त्यहाँ,
भावी सन्ततिको वर माग्न ।
कोही पुग्छन् त्यहाँ,
जीवनसाथी रोज्न ।
थुप्रैथुप्रै चाहनाहरू लिएर,
पुग्छन् तीर्थयात्रीहरू यहीबेला ।
दाजुभाइ दिदीबहिनीहरू हो,
हेर्न जाऊँ हलेसीको मेला ।
भेटिन्छन् मेचीदेखि कालीसम्मका
के बालक, के युवा र के बूढा ।
सौगातको रूपमा,
किनी ल्याउँछन् बदाम र सुन्तला ।
दम्पतीको रूपमा
वरिन्छन् बेहुली र बेहुला ।
कष्टमय यात्राको प्रतिफलको रूपमा,
हेर्न पाउँछन् हिमगिरिका श्वेत शृङ्खला ।
म पनि बोल्छु
मणिकुमार पोखरेल
ऊ
बोल्छ हो ऊ बोल्छ तर सोझो बोल्छ सोझो त बोल्छ तर तीखो बोल्छ ¤ बोल्ने
मात्र हो र ? छुच्चो बोल्छ जे जस्तो गरी बोले पनि सत्य बोल्छ सत्य बोले
पनि ऊ धैरे बोल्छ । जहाँ धेरै बोलिन्छ, त्यहाँ कहिलेकहीँ नचाहिने कुरा
बोलिन्छ । त्यो सत्य नै भए पनि तीतो हुन्छ । यस्तैयस्तै सुनिन्छ उसको बोली र
बोलाइको प्रतिक्रियामा । मलाई लाग्छ लगौटिया साथी हो, यस बारेमा केही त
बोल्नै प¥यो । त्यसैले एक दिन मौका पाउनासाथ म भन्छु, तँ थोरै बोल्ने गर् ।
तेरो बोलाइप्रतिका प्रतिक्रिया सुनेर कहिलेकहीँ मलाईसमेत पीर लाग्छ ।
“किन कम बोल्ने ? जङ्गिँदै उसले भयो । अझ अगाडि थप्यो हेर् भाइ मेरो विचारमा जो बोल्दैन, त्यो झन् बढी कपटी हुन्छ । बोल्ने शक्ति प्रकृतिले मान्छेलाई मात्र किन दियो ? भन त ¤ के पशु बोल्छ ? जब बोल्नैका लागि प्रकृतिले बोली दियो भने म किन नबोल्ने ? के मैले नचाहिने कुरा बोलेको छु र ? कसैलाई गाली गर्दै हिँडेको छु ? मन्चमा उभिएर कतिले अर्कालाई गाली गर्छन् के त्यो चाहिँ ठीक हो ? पार्टी र आफन्तको नाममा अर्कालाई सराप्ने गर्छन्, ती व्यक्तिले अरू बेला बोलेन भन्नुचाहिँ ठीक हो ? साँच्चै भन्छस् भने मौकामा नबोल्ने मान्छे मेरो दृष्टिमा लाटो हो, जसले बेलामा बोल्दैन त्यसको बोलीको के अर्थ ? आफू त भाइ न त मुखमा रामराम बगलीमा छुरा गर्न जानिन्छ न त आदर्शमा साधु र व्यवहारमा ब्वाँसो नै वनमा जानिन्छ ।” यति भन्दै ऊ हिँड्यो । म उसको भनाइप्रति विचार गर्न बाध्य भएँ । मेरो मनमस्तिष्कमा पुराना घटनाहरू एकअर्को गर्दै ताजा भएर उपस्थित हुन थाले । ती मध्ये केही प्रतिनिधि घटनाहरू यस्ता थिए ।
घटना नं. १ –
मेरो उमेर त्यस्तै ९÷१० वर्षको हुँदो हो, मलाई पढाइप्रति विशेष ध्यान पु¥याउन र निर्देशन सल्लाह दिने मेरा आप्mनै पुज्यनीय कान्छा काकाबाबु श्री थीरप्रसाद पोखरेलज्यू यदाकदा आवेशगत क्रूरता पनि देखाउने गर्नुहुन्थ्यो । एकपटक उहाँको यस्तै क्रूरतापूर्ण व्यवहारको प्रतिपाद गर्दै मैले बोलेँ किन कुटेको त ? त्यसको जवाफमा केही बोल्नुभएन तर धेरै समयसम्म मलाई पढाइसम्बन्धी सल्लाह दिने कामबाट टाढा रहनुभयो, अन्तत्वगत्वा मैले माफी माग्नै प¥यो पढाइलाई अगाडि बढाउनका लागि । वास्तवमा यो मेरो पहिलो बोली थियो, जो सत्य र सोझो थियो । पढाइका लागि कुटाइभन्दा बढी माया र स्नेहको आवश्यकता हुन्छ भन्ने मेरो मान्यताको प्रस्फुटन थियो । जुन कुरा स्वयम् काकाबाले ०३२।०३३ सालतिर आएर महसुुस गर्नुभयो जब उहाँले आई.एड. को अध्ययन सम्पन्न गर्नुभयो । तथापि त्यस पछाडिका समयमा पनि मेरा लागि उहाँले देखाउनुभएको माया, ममता र दिनुभएको मार्गनिर्देशनले मेरो जिन्दगीमा महŒवपूर्ण भूमिका खेलेका छन् । मेरा लागि उहाँ सधैँ पुज्यनीय र श्रद्धेय हुनुहुन्छ र रही रहनुहुनेछ ।
घटना नं. २ –
‘अबदेखि म पनि सधैँ गाई बाख्रा चराउन आउँछु, पढ्न छाडेर” मैले १२ वर्षको उमेरमा आफना साथीहरूसँग बोलेँ । त्यतिखेर मैले प्राय शुक्रबार १.०० बजेपछि र सार्वजनिक विदाका बखत आफ्नी कान्छी फुपूलाई पालो दिन गाई बाख्रा चराउन जानुपथ्र्यो । मलाई लाग्थ्यो सार्वजनिक विदाका दिन आफना साथीहरूसँग खेल्न र खोलामा नुहाउन÷लुगाधुन जान पाए हुन्थ्यो । यस कुरालाई मेरी कान्छा हजुरबाकी कान्छी छोरी (फुपूले) मेरा पिताजीलाई सुनाइदिएका कारण उक्त दिनदेखि गाई बाख्रा चराउन रहर गरेर वा विशेष परिस्थितिमा मात्र जानुप¥यो । मेरो दोस्रो बोलीको परिणाम मैले अन्य घरेलु काम गर्नुपरेको भएता पनि गाईबाख्रा गोठालो हुनुपर्ने यद्यपि मेरी कान्छी फुपूले पढ्न नपाउनुभएको कुराप्रति मलाई त्यतिखेर पनि पीर लाग्थ्यो र अहिले पनि दुःख लागिरहन्छ ।
घटना नं. ३–
२०२९ सालमा मैले म जन्मेको उदयपुर जिल्लाको रूपाटार–७ रूपाटारस्थित तत्कालीन राष्ट्रिय नि.मा.वि. बाट ८ कक्षाको पढाइ सकेपश्चात् कक्षा नौ बाजे÷काकाहरूको खेती भएको धनुषा दिगम्बरपुर–५ स्थित तल्लो सीतानगर (दुई सय बिगाहा) मा बसी महेन्द्रनगर–सखुवा स्थित क्षिरेश्वर मा.वि.मा.पढ्नुपर्ने भयो । हजुरबा हजुरआमा र कान्छा काकाकाकीसमेत खेतीका लागि सीतानगरमा बस्नुहुन्थ्यो । नौ कक्षा पढ्दापढ्दै रजिस्टे«सन फाराम (एस.एल.सी. का लागि) भर्नुपर्ने भयो । विद्यालयका तत्कालीन मुखियाले मसँग रु १५।– अतिरिक्त शुल्क माग्नुभएकाले त्यहाँ पनि दिनुपर्ने कारणसहितको रसिदका लागि बोलेँ । उहाँले त्यो दिन नमाने पछि मैले तोकिएको शुल्कमात्र बुझाएँ । त्यसको परिणाम मैले झन्डै एस.एल.सी. दिन नपाएको । उहाँले सबैको फाराम परीक्षा नियन्त्रण कार्यालयमा पठाएर मेरोचाहिँ पठाउनुभएनछ । पछि पञ्चावती मा.वि.उदयपुरमा एस.एल.सी दिने बेलामा मात्र थाहा भयो । धन्न कान्छा काकाबाबु काठमाडौँ पढ्दै रहनुभएकाले उहाँको सहयोगले मात्र परीक्षा दिन पाएँ ।
घटना नं. ४ –
२०३० सालमा कक्षा १० मा पञ्चावती मा.वि.उदयपुरमा पढ्न लाग्दा लुतो निस्किएर हैरान पारेको थियो । लुतोले गर्दा कानसमेत खटिरायुक्त भएको बेला २८ वटा मिनिङ घोकी कन्ठ मार्न दिइएकोमा एउटा मिनिङ्क नजानेवापत कान निमोठ्न खोज्दा लुतोको पीप लागेकाले श्रद्धेय प्र.अ. श्री चन्द्रकान्त ढुङ्गानाज्यूले पिट्नुहुँदा म चौथो पटक बोलेको थिएँ । त्यतिखेर मलाई के लाग्यो कुन्नि म पछि स्वयम् अचम्भित भएको थिएँ । “सर कान समाउनुभयो सहेँ, लुतोको निहुँमा कुटनुभयो तीन पटकसम्म सहेँ, अब त..........” कुरा टुङ्गिन नपाउँदै उहाँले भन्नुभयो तँ जिन्दगीमा पास हुनै सक्दैनस् ।” मैले जवाफ फर्काएको थिएँ – “सेकेन्ड डिभिजन ल्याएर एस.एल.सी. पास गरेर देखाउँछु ।” त्यतिबेर सेकेन्ड डिभिजन ल्याउन सक्नु पनि ठूलै उपलब्धि मानिन्थ्यो । भन्न त भनेँ तर म स्वयम् अङ्ग्रेजी, विज्ञान र गणितमा कमजोर छु भन्ने लागेकाले त्यो दिनदेखि टुप्पी कसेरै पढ्न थालेँ । नभन्दै पछि दोस्रो श्रेणीमा एस.एल.सी. पास गरँे । चौथो बोलीलाई साकार पार्न सकेकामा मेरा बुबाले बोको काटेर आफन्तहरूलाई भोज नै ख्वाउनुभएको थियो । यसरी श्रद्धेय गुरु चन्द्रकान्त ढुङ्गानाज्यू थप प्रेरणाका पात्र सावित हुनुभयो ।
घटना नं. ५ –
मेरा पुज्यनीय काहिँला काका राममणि पोखरेलज्यू मैले थाहा पाएदेखि नै कम्युनिस्टका कुरा गर्नु हुन्थ्यो । उहाँका कुराहरूले र व्यवहारले मलाई पनि प्रभाव पारेको थियो । यद्यपि कतिपय कुराहरूप्रति म सहमत हुन सकेको थिइनँ । त्यसैले मैले पूर्ण रूपमा राजनीतिक झुकाव राख्न सकिनँ । उमेरले दाजु भए पनि पढ्ने÷पढाउने दृष्टिले (एल.एल.सी. एकै साल पास गरेको र प्राथमिक शिक्षकमा सँगसँगै नियुक्त भै काम गरेका कारण श्री वेदप्रसाद पोखरेल (जो पछि उदयपुर जि.वि.स.सभापति पनि हुनुभयो) सँग मेरो बढी घनिष्टता रहेको थियो । पछि काका राममणि पोखरेल र दाजु वेदप्रसाद पोखरेल भूमिगत भएर बसेको बेला सहयोग पु¥याएको भए पनि पूर्ण रूपमा राजनीतिक कार्यकर्ता हुन मलाई मन्जुरी भएन । तथापि आस्था भने बढ्दै गएको थियौ । त्यसबेला म उदयपुरको ठानागाउँ थुम्की भन्ने स्थानमा शिक्षक थिएँ । ३३ सालको पुस माघमा तत्कालीन प्रा.वि.नि. श्री दलबहादुर भण्डारीज्यू विद्यालय निरीक्षणमा गएका बखत मेरो अवस्थालाई ख्याल गरी सरुवाका लागि सिफारिस गरिदिनुभएछ । सो आधारमा मेरो सरुवा प्रा.वि.बगाहामा भयो । हाजिर हुन जाने क्रममा २०३४ साल भदौ महिनामा भलायाडाँडा गा.वि.स.अन्तर्गत पर्ने देउराली भन्ने ठाउँमा उदयपुरका तत्कालीन का.मु.प्र.जि.अ. श्री धर्मानन्द घिमिरेज्यूसँग भेट भयो । त्यतिखेर मेरो कपाल केही लामो थियो । मलाई उहाँले घर कहाँ हो भनी सोध्नुहुँदा मैले सहज र सोझो बोली बोले । उहाँले तुरुन्तै आफनो सुरक्षा गार्डलाई मलाई पक्रने आदेश दिनुभयो । मैले के आधारमा मलाई पक्राउ गर्नुहुन्छ ? मेरो अपराध के हो ? सोको जानकारी पाऊँ भन्दा उहाँले बताउनुभयो, ‘अराष्ट्रिय तŒवको भतिजो र भाइ तँ पनि अ.त.नै होस् ।’ मलाई थाहा थियो, स्वयम् प्र.जि.अ.ज्यूको भाइ खानेपानी संस्थानमा मुखियाको जागिर खानुहुन्थ्यो । त्यसैले मैले भनेँ – त्यसो हो भने सरको भाइलाई पनि हामीले प्र.जि.अ. नै भन्नुपर्ने ? काका दाजु अ.त. हुँदा म अ.त. हुने भए, हजुरका भाइ किन मुखिया ? मेरो यो बोलीले गर्दा सँगै रहनुभएका तत्कालीन जि.पं.स. श्री चन्द्रप्रसाद ढुङ्गानाज्यू हाँस्नुभयो र भन्नुभयो – “केटो त निकै टाठो रहेछौ, बाबुको नाम के हो ?” मावली को हो ? जवाफमा मैले भने – बाबुको नाम रत्नप्रसाद हो मावली हजुर नै हो । वास्तवमा उहाँले मलाई नचिनेको भए पनि उहाँ मेरो आमाको काका (कान्छा बाजेको छोरा) हुनुहुन्थ्यो र मलाई बोल्ने आँट पनि उहाँकै उपस्थितिले दिएको थियो । पछि उहाँले विस्तृत रूपमा पारिवारिक कुरा सोध्नुभएपछि आफ्नो नाति भनेर अँगाल्नुभएकै कारण तत्कालसम्म बन्न नसकेको ना.प्र. कार्यालयमा पुगेको १० मिनेटभित्र बन्न सकेको थियो । बाटामा उहाँहरूकै नामको मीठो मसिनो मेरो पेटमा पर्न सकेको थियो । यस काममा मेरो पिताजीको साथी श्री दानबहादुर घलेज्यूको (तत्कालीन जि.का.का.खरिदार) को सहयोग पनि अविस्मरणीय रहेको मान्दछु ।
घटना नं. ६–
२०३७ साल माघमा मा.वि. उदयपुर जिल्लाबाट छात्रवृत्तिअन्तर्गत महेन्द्ररत्न शिक्षा क्याम्पस ताहाचलमा पढ्न जाने अवसर प्राप्त भयो । त्यहाँ पढ्दापढ्दै मैले थप केही बोली बोल्न सिके । यही सिकाइको क्रममा मैले सर्वप्रथम ‘म गरिब’ नामक कविता र ‘शिक्षक’ नामक निबन्धमार्फत बोलेँ । कविताले तेस्रो स्थान पायो भने निबन्धले दोस्रो स्थान । मलाई बोल्ने रहर झनै जाग्न थाल्यो । त्यस दिनदेखि मैले कविताबाट धेरै स्थान र धेरै समयमा बोल्ने काम गरेँ र अझै पनि गर्दै छु । निबन्धबाट बोल्ने कार्यलाई निरन्तरता दिन नसकेकोमा भने दुःख लागिरहन्छ ।
घटना नं ७.–
२०४१ सालमा तत्कालीन शिक्षक सङ्गठन (जो प्रतिबन्धित अवस्थामा नै थियो) को जिल्ला अधिवेशनमा तत्कालीन वरिष्ठ प्र.अ. एवम् पञ्चायतकालका जल्दाबल्दा व्यक्ति वीरेन्द्र बस्नेतलाई आधिकारिक सङ्गठन भएपछि अध्यक्षको पद नै टीका लगाइमाग्ने प्रवृत्तिका मान्छेले प्रतिबन्धित अवस्थामा अवरोध सृजना गर्न खोज्नुभन्दा सहयोग गर्नु नै राम्रो हुन्छ भन्ने भनाइसाथ उहाँका विचारको प्रतिवाद गरेवापत पछि नियोजित रूपमा अ.त.को लान्छना लगाई निकाल्ले प्रयास (प्रा.वि.भोर्ले, उदयपुरमा रहँदा ) गरियो । माफी माग्नुभन्दा राजीनामा गर्नै ठीक सम्झी राजीनामा दिई काठमाडौँतिर लागेको थिएँ । सातौँ बोलीको परिणाम स्वरूप नचाहँदा नचाहँदै उदयपुर जिल्ला छाडी अन्यत्र हिँड्नुपर्ने बाध्यता आइलागेको थियो । यस घटनाले मलाई प्रशासनिक जागिर खानेतर्फ ढल्कायो । यसलाई मैले उपलब्धिकै रूपमा लिएको छु ।
घटना नं. ८–
२०४३ सालमा आई.एन.एप्m. सुर्खेतमा जुनियर पारामेडिकल वर्कर भै काम गरिरहेको अवस्थामा उक्त आयोजनाका विदेशी पदाधिकारीहरूद्वारा क्रिश्चियन धर्म ग्रहण गरी प्रचारप्रसारमा लाग्न आग्रह गर्दै थप भत्ताको व्यवस्था गर्ने प्रलोभन दिँदा प्रतिवाद गर्दै हिन्दू धर्मका बारेमा बोलेको कारण उनीहरूद्वारा देखाइएको व्यवहारबाट दिक्क भै राजीनामा गर्न बाध्य हुनुपरेको थियो ।
घटना नं. ९–
कम्युनिस्ट काका र दाजुका आदर्शपूर्ण कुराहरूका अतिरिक्त पढेका, सुनेका र बुझेका कुराहरूका आधारमा जातीय भेदभाव विपरीत बोल्दा र व्यवहारमा सन्न्यासी (भारती) की छोरी विवाह गरी घर जाँदा आफन्तहरूले देखाएका (उनै कम्युनिस्ट काका÷दाजुबाट समेत) व्यवहार र बोलीका कारण तत्कालीन वासस्थान धनुषा, सीतानगरलाई छाडी सुर्खेत बस्नुपरेको बाध्यात्मक अवस्था पनि सत्य र सोझो बोलाइकै परिणाम थियो भन्ने ठानेको छु । त्यसमा पनि उनै काका र दाजुसँगै यसबारेमा केही अगाडि (२०६४ मा) भएका सवाल जवाफहरूले उनीहरू मसँगै टाढिएको प्रसङ्गले थप बोल्ने बाध्य गराएको छ ।
घटना नं. १०–
२०४७ र २०४८ मा सञ्चालित कर्मचारी आन्दोलनमा बोलेवापत विभिन्न धम्की र मण्डलेको आरोप बेहोर्नुपरेको थियो । कार्यालय प्रमुख स्वयम् आफूप्रति सकारात्मक रहिदिएकाले विभागीय कारबाही भोग्नुनपरेको भएता पनि छोटोछोटो समयभित्रै ठाउँठाउँमा सरुवा खेप्नुप¥यो । आफैँ आबद्ध रहेको सङ्गठनभित्र पनि गलत प्रवृत्तिको विरोधमा बोलेबापत ६–६ महिनामा दुर्गम र अपायक स्थानमा सरुवा बेहोर्नुपरेको तीतो यथार्थले अझसम्म पनि छाड्न सकेको छैन (यद्यपि पछिल्लो समयमा सजायको नाममा भन्दा सहयोग पु¥याउनुपर्ने आवश्यकताको नाममा त्यस्ता स्थानमा खटाउने कार्य जारी रहेको अवस्थालाई पनि) बोलाइकै परिणाम हो भन्ने
ठानेको छु ।
यी बाहेक कतिपय समयमा धेरै साथीहरूबाट मेरो अगाडि मैले बोलेका कुरा सही र ठीक भनेर प्रशंसात्मक स्वर सुनाए पनि हाकिम र विरोधीहरूलाई नकारात्मक कुरा सुनाई रोजीरोटीमै असर पार्ने प्रयास भएका कुराहरूले पनि धेरै पटक पीडा पु¥याएको महसुुस गरेको छु । कहिले मुखनजिकको गाँस खोसिएको छ, कहिले आर्थिक – मानसिक शोषणमा परेको छु र कतिपय अवस्थामा श्रमशोषण बेहोर्न बाध्य भएको छु । यस पछाडि मलाई लाग्यो, वास्तवमा उसले मात्र बोलेको छैन मैले पनि बोलेको छु । बोल्ने, क्रममा मैले पनि गफ गरेको छु, आफ्ना तर्क राखेको छु, र चित्त न बुझेको अवस्थामा प्रतिवाद पनि गरेको छु । जानीनजानी कहिले कविता बोलेको छु, कहिले कथा बोलेको छु, कहिलेकहीँ लेख पनि बोल्ने प्रयास गरेको छु । यतिमात्र होइन कहिले कतै अतिथि÷प्रमुख अतिथिको नाममा मन्तव्य भन्दै भाषण पनि बोलेको छु । अझ कति बोलिन्छ, थाहा छैन, तथापि बोल्नै पर्छ, पक्कै बोल्छु ।

रूपाटार महिमा
कीर्तिबहादुर खड्का
दक्षिण महाभारत उत्तर सुनकोसीबीचमा अवस्थितहरेक दृष्टिकोणले हेर्दा रूपाटार व्यवस्थित
चारतिरबाट यो पुण्यभूमि डाँडाले घेरेको
भौगोलिक बनोट प्राकृतिक सुन्दर आकर्षक परेको
बीचबीचमा खोल्सी, ठूल्ठूला पाटा सल्लो वन सुसाउने
यस ठाउँको बेसी धान पराल गर्दा रातमाटे बिसाउने
पूर्वछेउ गाउँ ठकुरीपछि वि.क.को बस्ती छ
कला र सीपमा निपूर्ण भाका उनलाई मस्ती छ
खड्का र थापा, बुढाथोकी, पोखरेल सिरानमा सार्की छन्
राउत, राई, पौडेल, भुजेल केन्द्रमा कार्की छन्
उत्तरी बेल्टमध्येको क्षेत्र रूपाटार अगाडि
विकास गर्न अग्रसर भए परेनन् पछाडि
विद्यालय सुरु ५० वर्ष पूरा गरेको अवसर
भव्यतासाथ सम्पन्न ग¥या धेरै ठाउँका छ र ?
विद्यालय भवन अगाडि यहाँ ठड्या छ सालिक
अरूको सम्मान आदरभाव गर्ने यिनै हुन् मालिक
विकासको गति अगाडि बढ्यो उ.मा.वि. भॉको छ
सब क्षेत्रबाट हौसला स्वरूप अनुदान पॉको छ ।
एसएलसी सेन्टर यस ठाउँमा ल्याइयो सालमा
उमावि अनि परीक्षा केन्द्र तोयाकै पालामा
०५२ सालमा सरेर गा’को पहिलो हो मादले
नाम मेरो कीर्तिबहादुर खड्का घर अहिले जलजले
पहिलेको छात्र त्यसपछि शिक्षक ०६३ सालसम्म
सरुवा भ’र गए नि मलाई माया छ आजन्म ।
अतीतमा फर्कंदा
तोयाबहादुर बुढाथोकी
म
जब आठ वर्ष लागेको मात्र के थिएँ, बल्लतल्ल बुबाको इच्छा पूरा हुनेभयो ।
किनभने त्यसभन्दा पहिले बुबाले मलाई बारम्बार स्कुल जान फकाए पनि मैले खास
रुची नराख्दा बाबुआमा मप्रति निरास हुनुहुन्थ्यो । जब त्यस दिन मेरो किसान
भान्जा ठूलो पाटी र मसी लिएर स्कुल जाँदै गर्दा मलाई पनि स्कुल जाने इच्छा
लाग्यो र मैले आमालाई पाटी र मसी तयार गर्न अनुरोध गरेपछि बुबाले पाटी र
मसी तयार गरी २०२९ साल माघमा मलाई स्कुलमा भर्ना गर्नुभयो । म भर्ना भई
कक्षा १ मा पढ्दा हेडसरमा वृषबहादुर र कक्षा शिक्षकमा शारदा सर
हुनुहुन्थ्यो । सुरुसुरुमा मलाई खास अप्ठ्यारो महसुस भएन, कारण नयाँ
भर्नाका विद्यार्थीलाई फकाइफुल्याइ पढाउने चलन रहेछ र शारदा सर फकाउन
खप्पिस हुनुभएकाले मलाई स्कुल जान, पढ्न सहज भयो । तर भर्ना भएको एक
महिनापछि भने सरसफाइमा कमजोर हुने विद्यार्थीलाई कडा निगरानी गरिने
पद्धतिले भने मेरो सातोपुत्लो उड्यो । प्रार्थना लाइनमा नङ, घाँटी, दाँत
साथै कपडाको सरसफाइ सम्बन्धमा शारदा सरले निरीक्षण गर्दा हतारहतार लामो नङ
दाँतले छिमोलेको देखेर कराउँदै भोलिदेखि ब्लेडले नङ काट्ने दाँत दिनहुँ
माझ्ने र शनिबार नुहाउने र लगाएको कपडा तातो खरानी–पानीले सफा गर्न ेभनी
सुम्सुम्याएपछि भने म ढुक्क भएँ । किनभने मेरो कमिजको बाहुला सिँगान पुछ्दा
अगाडिको भाग जति अर्कै रङमा बदलिएको हुन्थ्यो । मेरो बिहान दाँत माझ्ने,
मुख धुने बानी ज्यादै कम थियो ।
दिनहरू बित्दै गए । सरसफाइमा मेरो सुधार हुँदै गयो । तर पठनपाठनमा राम्रो प्रगति देखेर गुरुहरू मेरो फोहोरीपन र सन्काइ प्रवृत्तिलार्ई गौण मान्नुहुन्थ्यो । टिफिनको बेलामा कबड्डी र छुर खेलेको सम्झना अझै ताजा छ । विद्यालयको समयभन्दा बाहिर गाउँमा डुल्दासमेत ‘तँलाई ट्यारलिङ’ भनेर कान बटार्ने भरत सरको बानी जीवनमा कहिल्यै बिर्सन सकिन्न । विज्ञान विषयलाई तार्किक ढङ्गले पढाए पनि घरीघरी कक्षामै निदाउने हमाल सरको बानी हिजोजस्तै लाग्छ । नेपाली गणित विषय पढाउदा झिँजो नमानी गाला सुम्सुम्याउँदै पढाउने शारदा सर, अङ्ग्रेजीलाई घोकाएर पढाउने बानी थीरप्रसाद सरआदि गुरुहरू मेरो विद्यार्थी जीवनका आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरू मेरो जीवनको मानसपटलमा जहिले पनि वर्तमानझैँ रहनुभएको छ ।
म यस श्री महेन्द्र–रत्न उच्च मा.वि.मा कक्षा एकदेखि कक्षा सातसम्म अध्ययन गर्दाका साथीहरूमा डिकबहादुर खड्का, खिलराज खड्का महानन्द तिम्सिना, डिल्ली पोखरेल, मातृका पोखरेल आदि साथीहरू मेरा सहयात्री हुन् । निबुवाटार पारिका काठहरू ल्याएर नयाँ भवन बनाउने र त्यसमा हामी पढ्ने भन्ने राममणि सरको नेतृत्वमा दस दिनसम्म हामी सबैले काठ ओसा¥यौँ । काठ ओसार्दा, बाटामा फ्याक्छन् भनी सुलसुले लाग्ने शारदा सरको प्रवृत्ति अझै सम्झनापटलमा छ ।
समय आफ्नै गतिमा निरन्तर अगाडि बढिरहन्छ । आज स्कुलले पनि पचास वर्ष पूरा गरेर आफ्नो बुढ्यौलीपन देखाएको पत्तै भएन । अकस्मात् मलाई स्वर्णजयन्ती मनाइरहँदा मेरो अतीत आँखाअगाडि वर्तमानझैँ उभिएको छ ।

सम्झनाको तरेलीमा हमाल सरहरू
मातृका पोखरेल
अहिले म जहाँ उभिएको छु, त्यो ठाउँमा उभ्याउनका लागि मेरा धेरै गुरुहरूको मिहिनेत परेको छ । मैले दस कक्षासम्म पढ्दा सातवटा विद्यालय चहार्नुपर्ने बाध्यता रह्यो । यतिबेला शिक्षकहरूको बारेमा सोच्दा मेरो अघिल्तिर झल्झल्ती मेरा शिक्षकहरूको एउटा ठूलै समूह देख्छु । केही शिक्षकहरूको बिम्ब मेरो अघिल्तिर बारम्बार आइरहन्छ । त्यसमध्ये पनि ईश्वरबहादुर हमाल र बलबहादुर हमालको छाप मेरो मानसपटलमा अत्यन्तै गहिरो गरी परेको छ ।
पढ्ने उमेर नहुँदै मैले आÇनो अगाडि एकजना शिक्षकलाई पाएको थिएँ । मेरो पहिलो शिक्षक हुनुहुन्थ्यो, ईश्वरबहादुर हमाल । बिहानै आँगनमा गुन्द्री ओछ्याएर काठको पिरामा माटो पिँध्न थाल्नुहुन्थ्यो उहाँ । कागज, कलम, सीसाकलम हाम्रो पहुँचभित्रका सामग्रीहरू थिएनन्, त्यसबेला । उहाँले धुलौटोमा कपुरी ‘क’, पेटफारो ‘ख’ भनेर सिकाइरहँदा ईश्वर सरसँगै मैले बुबाबाट असुनी, भरुणी, कृतिका, रोहिणी हुँदै मेष, वृष, मिथुन, कर्कटसम्मका ज्योतिषका प्रारम्भिक ज्ञानहरू पनि घोक्दै थिएँ ।
पढ्नका लागि विद्यालय जान नपाएको र खेल्ने पढ्ने उमेरमै गृहस्थ जीवनको भार बोक्न बाध्य भएको कारण ईश्वर सरसँग पनि पढाउने विषयको पर्याप्त ज्ञान थिएन । त्यतिबेला बुबाले कताबाट खोजेर ‘पहिलो नेपाली वर्णमाला’ नामको एउटा किताब ल्याइदिनुभएको थियो । आफैँ त्यो किताब पढेर केही सिक्दै ईश्वर सर मलाई पढाउनुहुन्थ्यो । त्यो वर्णमालाभित्र केही चित्रहरू थिए । ती चित्रहरू हेर्न साह्रै उत्सुकता जाग्थ्यो । ईश्वरबहादुर हमालले नै त्यही वर्णमालालाई आÇनो दरिलो शिक्षक बनाएर हामीलाई पढाउनुपर्ने भएपछि त्यो हामीले पढ्न पाउने कुरै भएन । शिक्षक नभएरै शिक्षक भइदिनुपर्ने बाध्यता थियो उहाँको । हामीलाई पढाउनु उहाँका लागि अत्यन्तै कष्टसाध्य काम थियो ।
नातामा ईश्वरबहादुर हमालको म काका थिएँ । त्यसैले म विद्यार्थी भए पनि उहाँले मलाई ‘काका’ र ‘तपाईं’ नै भनेर सम्बोधन गर्नुहुन्थ्यो । उहाँलाई त्यसबेला मैले राम्ररी नटेर्नुको एउटा कारण त्यो पनि थियो होला । अर्को कारण हाम्रो शिक्षक भए पनि उहाँ भर्खर किशोरवयमा पाइला टेक्दै हुनुहुन्थ्यो । ईश्वर हमालको भूमिका मेरा लागि शिक्षकको भन्दा साथीको जस्तो थियो । उहाँको पनि खेल्न मन पराउने उमेर नै थियो । आहालमा पौडी खेल्न जाने र जङ्गलमा ऐँसेलु टिप्न जाने काममा उहाँ मलाई हौस्याउनुहुन्थ्यो । उहाँसँग धेरै पटक वनतरुल खोज्न थुम्की पाखाको जङ्गल र गलेनी, फँडिर टिपेर खान काँसटार, वनडाँडा र खाल्लेपानी पुगेको सम्झना ताजै छ । पौडी खेल्न मैले उहाँबाटै सिकेँ ।
विद्यालय जाने उमेर भएपछि उहाँसँगसँगै ठानागाउँ जानुपथ्र्यौ । ठानागाउँ पढ्न जान थालेपछि हाम्रो लेख्य र पाठ्य सामग्रीमा बढोत्तरी भयो । काठको पिरामा माटो पिँधेर लेख्नु, पढ्नुपर्ने ठाउँमा कालोपाटी र कमेरो माटो घोलेर बनाइएको मसी प्राप्त भयो । बाँसको हाँगा काटेर बनाइएकोे कलम हुन्थ्यो । कालोपाटीलाई नियमित पोतेर राख्न एउटा झुम्रामा हाँडीको कालो भिजाएर राख्नुपथ्र्यो । ‘मसी’ अर्थात् कमेरो माटोको अभावले बेलाबेलामा सताइरहन्थ्यो । कमेरो माटो खानेपानीको कुवाका भित्री भागबाट निकाल्नुपथ्र्यो । पहिलो कुरो त थामखर्कमा खानेपानीको अभाव थियो, पानीपँधेरो धेरै टाढा थियो । पानी लिन खाल्लेपानी पुग्नुपथ्र्यो कि त धाप भन्ने पँधेरो । पानीपँधेरोमा पुग्नका लागि पौने घन्टा जति ओह्रालो जानुपथ्र्यो । फर्कंदा एक घन्टाजति उकालो । बिहानै खाने पानी बोक्ने सानासाना भाँडा बोकेर कमेरो माटो लिने उद्देश्यका साथ हामी पँधेरातिर जान्थ्यौँ । ईश्वर सर केही समयपछि आÇनो घर थुम्कीतिर जानुभयो । त्यसपछि हाम्रो घरमा रूपाटारबाट मोहनबहादुर बुढाथोकी शिक्षकको रूपमा आउनुभयो ।
ठानागाउँको विद्यालयमै पढाइ हुन्थ्यो पाँच कक्षासम्म । तर, चार कक्षापछि पाँच कक्षा पढ्न किन रूपाटार आइपुगेँ, मलाई अहिले त्यसको राम्रो जानकारी छैन । रूपाटारमा मोहनबहादुर बुढाथोकी सरकोमा केही महिना बसेपछि म बलबहादुर हमालको घरमा बस्न थालेँ ।
रूपाटारको विद्यालय ठानागाउँको भन्दा निकै अर्थमा आधुनिक थियो । ठानागाउँको विद्यालय धूलोमा बसेर पढ्नुपर्ने तर रूपाटारमा बेन्चहरूसम्म थिए । विद्यालयको अरू वातावरण पनि अलिक आधुनिकजस्तो । रूपाटार आएपछि मलाई माटोको मसी र कालोपाटीबाट मुक्त भएर एउटा टेको कलम हात प¥यो । थामखर्कमै हुँदा कलिलै उमेरमा बलबहादुर हमालको नाम खूबै सुन्थेँ । लामो समयसम्म बलबहादुर हमालले थामखर्कमै बसेर अध्यापन गर्नुभएको र उहाँसँग जोडिएका थुप्रै उपकथाहरू मैले पहिले नै सुनेको थिएँ । थामखर्कमै बसेर सीता दाइ (हाल सोलुखुम्बू जिल्ला न्यायाधीश), गोमा दिदी, लीला मामा, उमा भान्जी लगायतलाई उहाँले नै साक्षर दुनियाँमा पाइलो टेकाइदिनुभएको थियो । मैले थाहा पाउँदा बलबहादुर हमाल सर थामखर्क छाडेर रूपाटार आइसक्नुभएको थियो । बेलाबेलामा उहाँ थामखर्क गइरहनुहुन्थ्यो । पढाइकै बारेमा सोधीखोजी गर्नुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँ हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो ।
मेरा बुबा पनि बलबहादुर हमालको शैक्षिक योग्यताबाट निकै प्रभावित हुनुहुन्थ्यो । हमाल सर लखनउबाट आई.एस्सी पढेर आउनुभएको थियो । हमाल सरसँगको सम्बन्ध निकट हुनुमा उहाँलाई लखनउबाट नेपाल फर्काउने भूमिकामा मेरो बुबाको महŒवपूर्ण हात थियो भन्ने चर्चा अहिले पनि प्रशस्तै सुन्न पाइन्छ । थामखर्कमै हुँदा उहाँको बारेमा लखनउमा पढेर आएको, धेरै जान्नेजस्ता उपमाहरूले मेरो बालमस्तिष्कमा उहाँको बारेमा एउटा सकारात्मक धारणा बनिसकेको थियो । उहाँको घरमा बसेर पढ्नका लागि यसरी पनि मेरा लागि एउटा सहज वातावरण बनेको थियो । अर्को कारण पनि थियो । भक्तबहादुर ठकुरी, जसलाई हामी सबैले ‘कान्छो बुबा’ भनेर सम्बोधन गथ्र्यौं । कान्छो बुबा हमाल सरको ससुरा र मामा हुनुहुन्थ्यो । कान्छो बुबालाई हामीले परिवारको सदस्यभन्दा फरक र टाढा गरेर कहिल्यै हेरेनौँ । उहाँ बुबाको अनन्य मित्र हुनुहुन्थ्यो । मैले उहाँबाट सानैदेखि सान्निध्यपूर्ण व्यवहार प्राप्त गरेँ र अहिले पनि गर्दै छु । उहाँको घर अहिले पनि मलाई आÇनो ‘दोस्रो घर’ जस्तै लाग्छ । यो कारण पनि मलाई बलबहादुर हमाल सरको घरमा बसेर पढ्न वा भक्तबहादुर ठकुरी ‘कान्छो बुबा’ कहाँ बसेर बलबहादुर हमालको घरमा बसेर पढ्न सजिलो भयो । मैले थामखर्कको प्रकृतिमा जति बालक्रिडास्थल बनाएँ, त्यति नै रूपाटारको वल्लाटारमा बनाएँ । मलाई जति काँसटार, वनडाँडा, खाल्लेबारी, भुसभुसेप्रति आत्मीय पे्रम छ, त्यति नै गहते खोला, बडहरे खोला र त्यो वरिपरिको प्रकृतिप्रति पनि छ ।
सुयोग्य शिक्षकको पहिलो अनुभूति मलाई बलबहादुर हमालको सम्पर्कबाटै प्राप्त भयो । पढाउने शैली पनि बलबहादुर सरको आधुनिक थियो । आÇनो विषयमा उहाँको दक्षता अहिलेको धेरै शिक्षकहरूका लागि समेत मार्गदर्शक बन्नेछ ।
बलबहादुर सरले हामीलाई विज्ञान र गणित पढाउनुहुन्थ्यो । अङ्ग्रेजीमा उहाँको दख्खल धेरै राम्रो र उच्चारण पनि प्रष्ट थियो । त्यसबेला चक्रवर्तीको गणित किताब अत्यन्तै चर्चामा थियो । हाम्रो कक्षाअनुसार त्यो किताब हेर्दैमा डर लाग्ने । बलबहादुर सरले त्यो किताबका पाठहरूलाई मिहीन पाराले र बुफ्नेगरी पढाउनुहुन्थ्यो । त्यो समयका धेरै शिक्षकहरू तालिम प्राप्त गर्ने अवसरबाट पक्कै पनि टाढा हुन्थे होलान् । त्यही कारणले हुनुपर्छ, शिक्षक र विद्यार्थीको सम्बन्धमा हार्दिकपनाको प्रायः अभाव देखिन्थ्यो । अरू त के कम्युनिस्ट आन्दोलनमा लागेकाहरूसमेतमा यो समस्या टड्कारै देखिन्थ्यो ।
बलबहादुर हमाल सरमा विषयको दक्षता त छँदै थियो, विद्यार्थीहरूसँग सुमधुर सम्बन्ध राख्ने क्षमता पनि थियो । उहाँको सान्निध्यमा रहेर मैले आÇनो जगलाई निकै मजबुत बनाएँ भन्ने सचेत अनुभूति मलाई अहिले बारम्बार भइरहन्छ ।
करिब सत्तरी वर्षको उमेरमा पनि बलबहादुर सर आÇनो पुरानो र खारिएको ज्ञानलाई खोटाङको दुर्गमा गाउँ दाम्लीमा बसेर बाँडिरहनुभएको छ । उहाँले हुर्काएका हामीजस्ता थुप्रैथुप्रै बिरुवाहरू धेरै स्थानहरूमा छरिएर रहेका छौँ । आ–आÇनो गच्छेअनुसारको योगदान देश र समाजलाई दिइरहेका छौँ । कहिलेकाहीँ आफैँलाई मनमनै सोध्ने गर्छु– ज्ञान, विज्ञान र प्रविधिले सम्पन्न हुँदै गएको वर्तमान समयमा अहिलेका नयाँ विद्यार्थीहरूले धेरैधेरै सुविधा उपयोग गर्न सक्लान् तर बलबहादुर हमालजस्तो दक्ष शिक्षक भेट्टाउन ठूलै संयोग जुर्नुपर्ने हुन्छ । बलबहादुर हमाल मेरो शैक्षिक यात्राको पक्कै पनि कोसेढुङ्गा हुनुहुन्थ्यो भन्न मैले हिच्किचाइरहनुपर्दैन ।
ईश्वरबहादुर हमालले मलाई धुलौटोमा बाँसको सिन्काले कपुरी ‘क’ सिकाउँदा–सिकाउँदै मेरा पिताबाट सिकेको साधारण कानुनी शिक्षालाई आधार बनाउँदै अहिले पनि त्यही पेसामा आबद्ध हुनुहुन्छ । बलबहादुर हमाल आÇनो सम्पन्न ज्ञानलाई दुर्गममा क्षेत्रमा बसेर बाँडिरहनुभएको छ । ठानागाउँ र रूपाटारका तिनै दुईवटा विद्यालयहरूबाट मैले जन्मभूमिको सान्निध्यता प्राप्त गर्दै कक्षा सातसम्म अध्ययन गरेँ । मेरा शिक्षकहरूको ठूलो समूहमा ईश्वरबहादुर हमाल र बलबहादुर हमाललाई मैले परैबाट छुट्टिने गरी अझै पनि केही भिन्न देखिरहेको छु ।
चेतबहादुर मास्टर र दुम्सीको कटेरो
मोहन बुढाथोकी
अहिले
जहाँ विद्यालय छ, त्यसको ठीक दक्षिणपश्चिम कुनामा अवस्थित थियो रे
दुम्सीको कटेरो ¤ हिउँदे मकैमा दुम्सीले ज्यादै दुःख दिँदा दुम्सी रुघ्नका
लागि बनाइएको हुनाले त्यस कटेरोको नाम पनि दुम्सीको कटेरो राखिएछ । भारतीय
विद्यालयबाट सामान्य शिक्षा लिएका चेतबहादुर बुढाथोकी स्वदेश फर्किएपछि
गाउँका केटाकेटीहरू जम्मा गरेर त्यही दुम्सीको कटेरोमा सिकाउन थालेछन्
कपुरी ‘क’ । सामान्यतः चिठी, भरपाई, तमसुक, राजीनामा लेख्न सिकाउनु थियो,
उनको मूल उद्देश्य । त्यसबेला शिक्षा लिनु र दिनुभनेको सामन्तीको नजरमा
तारो बन्नु पनि थियो । रातिराति हिउँदे गोठमा ढोड बालेर माटोमा धुलौटो कोरी
पढ्न र लेख्न सिकाउनु कति गाह्रो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
तर पनि सामन्ती वक्रदृष्टि र व्यावहारिक कठिनाइका बाबजुद चेतनाको पिलपिले
ज्योति बालिनै रहे माडसाप चेतबहादुर बुढाथोकीले । फलतः झन्डै एक वर्षजति
गर्भधारण गरेको दुम्सीको कटेरोले २०१७ साल कार्तिक १ गतेका दिन श्री
महेन्द्ररत्न जुनियर हाइस्कुललाई जन्म दिन पुग्यो । सङ्घर्ष र चुनौतीहरू
छिचोल्दै परिवर्तनको उज्यालो किरण मुस्कुरायो रूपाटारको आँगनमा । त्यो
अवस्मरणीय दिन रूपावासीहरूले कहिल्यै भुल्नेछैनन् ।
मलाई लाग्छ, परिवर्तकारी सबै कामहरू अप्ठ्यारा हुन्छन् । नयाँ चीजको सुरुवात गर्नुभनेको एउटा सङ्घर्षको पाइला चाल्नु हो । परिवर्तनकारी कुनै पनि आन्दोलनहरूमा योद्धाहरूले अनेक चुनौतीहरूको सामना गर्नै पर्छ । घृणा, तिरस्कार, अपहेलना, सहयोग, प्रशंसा, साहस र परिश्रमपछि मात्र सफलताको रातो किरण मुस्कुराउँछ । योद्धाहरूको निस्काम कर्म गर्वले ढक्क हुन्छ चाहे त्यो चिहानबाटै किन नहोस् । अनि त भावि सन्ततीहरू खुसीले उन्मुक्त हुँदै जयजयकार गर्दछन्, योद्धाहरूको तस्बिर र मूर्तिमा फूलमाला लगाउँदै अबीरजात्रा, दोसल्ला र अभिनन्दनका सौगात चढाएर । उनीहरूको लक्ष्य झन् चुलिँदै जान्छ । अनन्त दृष्टि उठाउँदै निरन्तर बढिरहन्छ, युगौँयुगको यात्रामा । हामीलाई तिनले खुसीमा रम्न मात्र सिकाउँदैनन् अमूर्त सन्देशको पनि गुन्जाइरहेको हुन्छ । हो, तिनले आशा बोकेर कर्म कहिलै गरेनन्, गर्नुपर्छ पनि भनेनन् । उनीहरूको अपूर्व कर्म र निरन्तर सेवा नै प्रेरणाको स्रोत बन्छ जसको जगमा अनुयायीहरूले इँटा थप्दै बढिरहन्छन् ।
विकासक्रमको निरन्तर गतिमा आज यो ५१ वर्षमा प्रवेश गरिसकेको छ । पूर्वविद्यार्थीहरू शिक्षकहरू, चन्दादाता सहयोगी, शुभेच्छुक तथा शुभचिन्तकहरूको संयुक्त उपस्थितिमा धुमधामका साथ स्वर्णमहोत्सव मनाइयो पनि । विद्यालयको आँगनमा स्वर्णमहोत्सव लोगो अङ्कित स्तम्भ सबैभन्दा उच्च भएर मुस्कुराइरहेको छ । यो सम्पूर्ण रूपावासीहरूको गौरवको प्रतीक हो । श्रद्धाले शिर निहुरिन्छ । कपुरी ‘क’ सिकेको प्यारो पाठशाला हर्षले गदगद नहुने को होला र ?
आजभन्दा ५० वर्षपहिले विद्यालयको स्थापना भएको हो । रूपावासीहरूको सहयोग, सदभाव र पसिनाको नेतृत्व भैरवीप्रसाद पोखरेलले गरे । सामन्ती व्यवस्थाको अवशेष रहिरहेको, आर्थिक विषमता, भौगोलिक विकटता, वर्गीय द्वन्द्व र चेतनाको अभावजस्ता चुनौतीहरूको सामना गरी विद्यालयको स्थापना गर्नु त्यति सहज थिएन तर पनि भैरवीको नेतृत्व र रूपावासीहरूको अटल आस्था लत्रिएन । ज्ञानको फूल फुलेरै छाड्यो । समयको लामो अन्तरालपछि यस्तो महान् कार्यका नेता भैरवीप्रसादलाई रूपावासीहरूले संस्थापकको सम्मान दिए, दोसल्ला ओढाइ अभिनन्दन पनि गरे ।
विद्यालय ज्ञानको मन्दिर हो । समुदाय, विद्यार्थी र शिक्षक एकअर्काका परिपूरक हुन् । कुनै एकको अभावमा विद्यालयको अस्तित्व नै समाप्त हुन्छ । मलाई एउटा कुराको खुल्दुली लाग्यो । जनताहरू जुटे, विद्यालय उभियो । पढ्ने विद्यार्थीहरूको पनि खाँचो भएन होला तर त्यसबेलाको समयमा ज्ञानको खुराक दिने पहिलो गुरुचाहिँ को थिए त ? त्यो ऐतिहासिक तथ्यलाई नियाल्न मैले विभिन्न व्यक्तिहरूसँग जिज्ञासा राखेँ । उहाँहरूले व्यक्त गर्नुभएको प्रतिक्रिया यस्तो छः
‘म १३ वर्षको थिएँ । मलाई प्रष्ट थाहा छ । विद्यालयको स्थापना भएपछि हामीलाई क, खदेखि चिठी, भरपाई, राजीनामा सिकाउने गुरु चेतबहादुर बुढाथोकी हुन् । एक वर्षपछि अरू मास्टर भर्ना भए ।’
— पूर्णबहादुर बुढाथोकी, रूपाटार ७
‘मेरो उमेर १८ वर्षको थियो । स्कुल स्थापना गरेपछि चेतबहादुर बुढाथोकी एक्लै पढाउन थाले । १ वर्षपछि कक्षा विभाजन गरियो र अरू मास्टरहरू पनि पढाउन थाले ।’
–बमबहादुर थापा, रूपाटार ७
‘म तत्कालीन विद्यालय सञ्चालक समितिको कोषाध्यक्ष थिएँ । स्कुल स्थापना गरेपछि चेतबहादुर बुढाथोकीलाई मास्टर भर्ना गरियो । त्यतिबेला पढाउन जान्ने अरू कोही थिएनन् । उनले त स्कुल हुनुभन्दा अघिबाटै केटाकेटी जम्मा गरेर दुम्सीको कटेरोमा पढाउने गर्थे ।’
–तोयानाथ पोखरेल, रूपाटार ७
संयोगवश संस्थापक भैरवीप्रसाद पोखरेलसँग भेट हुँदा मैले प्रश्न गरेँ, ‘तपाईंलाई यो विद्यालय स्थापना गर्दा सहयोग पु¥याउने व्यक्तिहरू कोको थिए ? सम्झना छ ? जवाफमा उनले भने, ‘सामान्य सहयोग त सबैबाट प्राप्त भयो । सहयोग नजुटेको भए मेरो एक्लो प्रयासले मात्र विद्यालयको स्थापना सम्भव थिएन । कोहीकोही स्कुलको विरोधी पनि थिए । तिनीहरूको नाम भन्न चाहन्नँ । तर पनि मेरो अति निकट सहयोगी भएर हातेमालो गर्ने व्यक्तिहरूलाई सम्झँदा चेतबहादुर बुढाथोकी, रत्नप्रसाद पोखरेल र फणीन्द्र रेग्मीले गरेको गुनलाई म कहिल्यै बिर्सन्नँ । अझ चेतबहादुर बुढाथोकी त विद्यालयका पहिलो शिक्षक पनि हुन् । मैले त्यसबेला सरस्वतीसँग प्रार्थना पनि गरेको थिएँ । यिनीहरूका सन्तान ज्ञानी बनाइदेऊ ।’
यो ऐतिहासिक तथ्यको खोजबिन गर्न पाएका प्रमाणले यही भन्छ ज्ञानको उज्यालो ज्योति छरेर चेतनाको दियो बाली कपुरी ‘क’ सिकाउँदै शिक्षाको प्रारम्भ गर्ने संस्थापक मास्टर तथा प्रथम हेड मास्टर हुन् चेतबहादुर बुढाथोकी । संस्थापकको अनुनय सरस्वतीले सुनिदिइछिन् । मास्टर चेतबहादुरले खनेको डोरो रस्ता हुँदै छ । उनले गरेको शिक्षा पेसा दरसन्तानको लागि पैतृक सम्पत्ति बन्यो । अहिले उनको वंश परिवार शिक्षक परिवारको पर्यायवाची भएको छ ।
समय सधैँ एकनासको रहँदैन । हाल उनको भौतिक शरीर यस संसारमा छैन । उनको देहावसान भएको पनि ४३ वर्ष भइसक्यो तर उनले प्रारम्भ गरेको ज्ञानज्योति झन्झन् ज्योतिर्गमय बन्दै छ । ठिक्कको कद, उज्यालो चेहरा, सहयोगी भावना, गफी स्वभाव उनका निजी विशेषता थिए रे । टर्चलाइट बाल्ने, लाइटर बोक्ने, कपडा पसल गर्नेजस्ता पहिलो कार्य पनि उनीबाटै भयो रे ¤ हाँस्दै र हँसाउँदै हिँड्ने मिजासिला स्वभावका चेतबहादुर २०२५ साल वैशाख ३० गते यस संसारबाट विदा भए । हाल उनका एक श्रीमती, दुई छोरा र एक छोरी जीवित छन् । स्मरणको यो घडीमा भावपूर्ण श्रद्धाञ्जली मास्टर चेतबहादुर बुढाथोकीलाई अनि सलाम दुम्सीको कटेरोलाई!
उमावि रूपाटार–७
कति राम्रो मेरो गाउँ
थामखर्क हो नाउँ
रमाइलो ठाउँ
घुम्न सबै जाऊँ

मेरो थामखर्क
प्रेक्षा पोखरेल, वर्ष १०
कक्षा ५, लालीगुराँस विद्यालय,
बुद्धनगर, काठमाडौँ
थामखर्क हो नाउँ
रमाइलो ठाउँ
घुम्न सबै जाऊँ
वनजङ्गल डाँडाकाँडा
चिरबिर गर्छन् चरा
वारितिर खेत छ
भने तल यारी खोला
चिरबिर गर्छन् चरा
वारितिर खेत छ
भने तल यारी खोला
ढिँडो मोही खान्छन्
मीठो गीत गाउँछन्
आफ्नै संस्कृतिलाई
महान् मान्छन्
मीठो गीत गाउँछन्
आफ्नै संस्कृतिलाई
महान् मान्छन्
सगरमाथा देखिने यो
थामखर्क गाउँ
साँच्चै नै मेरो भाग्य रहेछ
जन्मेँ यही ठाउँ
थामखर्क गाउँ
साँच्चै नै मेरो भाग्य रहेछ
जन्मेँ यही ठाउँ
आपतविपत पर्दा
मिलिजुली गर्छन्
काम गर्दा सबै
सहयोग गर्छन्
मिलिजुली गर्छन्
काम गर्दा सबै
सहयोग गर्छन्
सुन्दरताले भरिपूर्ण
जङ्गल डाँडाकाँडा
स्वच्छ छ है मेरो गाउँ
नदी, खोलानाला
जङ्गल डाँडाकाँडा
स्वच्छ छ है मेरो गाउँ
नदी, खोलानाला
सानालाई माया
ठूलालाई आदर
पाहुनालाई सम्मान
मेरो गाउँको पहिचान ।
ठूलालाई आदर
पाहुनालाई सम्मान
मेरो गाउँको पहिचान ।
उदयपुर रूपाटारका सन्तकवि ललितबहादुर खड्का र उनका कविता
पुन्य कार्की
उदयपुर
जिल्लाका गुमनाम स्रष्टाहरूको खोजी गर्ने क्रममा भेटिएका स्रष्टा हुन्,
सन्तकवि ललितबहादुर खड्का । उदयपुर जिल्लाको रूपाटार आदमारा गाउँमा वि.सं.
१९६३/६४ सालतिर जन्मिएका यी कविको निधन भएको पनि झन्डै तीन दशक समय
बितिसकेको छ । उनले रचना गरेका कविता र सवाईहरू करिबकरिब लोपोन्मुख
अवस्थामा छन् । उनका समकालीन मानिसहरू त अब कोही छँदै छैनन्, तर उनलाई
नजिकबाट चिन्ने देख्ने, बुझ्ने र उनका कविता सवाई सुन्ने, कण्ठ गर्ने
मानिसहरू सीमित रूपमा रूपाटार आसपासका गाउँहरूमा रहेकाले अझै पनि मौखिक
रूपमा जनमानसमा रहेका कविताहरूलाई टिपोट गर्न सकिन्छ । यदि उनलाई सुनेर
कविता सवाई कण्ठ गर्ने सीमित बूढापाकाहरूको मुखबाट उनका कविताहरू उतार गर्न
सकिएन भने उनका सिर्जनाहरू सधैँका लागि लोप भएर जानेछन् ।
उनका केही कविताहरू मैले मेरा पिताजी भीमध्वज कार्कीको मुखबाट सङ्कलन गर्न पाएको छु । कवि ललितबहादुर खड्काको विषयमा सुरुमा मलाई केही थाहा नै थिएन । मेरा पिताजी कहिलेकाहीँ सिलोक, शास्त्र र सवाई तथा भजन गुन्गुनाउने क्रममा रामायण, महाभारत, देवीभागवत्, सतीसावित्री, अर्जुनगीता, कोमल गीताका पङ्क्तिहरू गुन्गुनाइराख्नुहुन्थ्यो । यसै क्रममा एकदिन नेपाली भाषामा रचना गरिएको साह्रै सुन्दर सवाई गुन्गुनाउनुभयो । मैले मेरा अठासी वर्षीय पिताजीलाई यो सवाई कसले कथेको हो ? भनेर सोधनी गरेँ । उहाँले यो सवाई रूपाटार आदमाराका ललितबहादुर खड्काले कथेको हो भन्नुभयो । नातामा उनी मेरा पिताजीको मामा पर्दारहेछन् । उनी मेरो पिताजीका काइँला फुपाजू कुनाइका कान्छा राउतका भानिज पर्ने भएकाले साइनोमा मामा–भानिजको नातो पर्न गएको रहेछ । उनका ज्ञानगुनले भरिएका गहन् अर्थ भएका कविताहरू धेरै सङ्ख्यामा छरिएका तर त्यो जमानामा छाप्ने, सङ्कलन गर्ने व्यवस्थित परिपाटी नभएकाले सबै हराएको अवस्थामा छन् । उनका सिर्जनाहरूको खोजी गर्ने क्रममा रूपाटारकै शारदाप्रसाद भट्टराई राम्ररी नै लाग्नुभयो । यस क्रममा वि.सं. २०१५ सालतिरै उनका ‘अमरगुँद’ नामको काव्यकृति नै छापिएको कुरासम्म सुन्न पाइयो । तर, यस कृतिको एउटा प्रति पनि अझसम्म फेला पर्न सकेको छैन । उनका छोराहरू बसाइँसराइँ गरेर उदयपुर जिल्लाबाट बाहिर गैसकेकाले आधिकारिक रूपमा तथ्य कुराहरू खोजी गर्न र पत्ता लगाउने नै बाँकी छ । तर पनि कवि ललितबहादुर खड्कासित बाक्लै सङ्गत गरेर धेरै कविता तथा सवाईहरू मेरो पिताजीले कण्ठस्थ गर्नुभएको रहेछ । उनी जोसमनि सम्प्रदायका एक योगी हुनुहुन्थ्यो । उनबाट मेरा पिताजीले योग, ध्यानका धेरै कुराहरू सिक्नुभएको रहेछ । आफू एक योगी भएकाले उनका कविताको मूल स्वर पनि आध्यात्म विधासितै जोडिएको पाइन्छ । आफ्नो तन्नेरी उमेरमा उनका धेरै कविता सवाईहरू कण्ठस्थ गरेको भए पनि अहिले वृद्ध उमेरको कारणले धेरै कुरा स्मृतिबाट लोप भइसकेका छन् । हुन पनि हो, अठासी–उन्नान्नब्बे वर्षको उमेरमा जवानी अवस्थामा कण्ठ गरिएका कुराहरू तरोताज अवस्थामा रहन नसक्नु स्वाभाविक पनि हो । तर पनि पिताजीले बलपूर्वक सम्झेर मलाई कविताका केही हरफहरू टिपाइदिनुभयो । पिताजीको स्मृतिको आधारबाट मैले टिपोट गरेका कवितामा सुरुमा उनको परिचयसित सम्बन्धित कविता छ-
रामपुरको मौजा आदमारा गाउँ ।
सबैले भन्छन् ललितबहादुर नाउँ ।
बाजेहरू तीन भाइ बहादुर जेठा ।
ज्योतिषिका पूरा थिए ज्ञानका फेटा ।।
लिम्पाटार मौजा चिलाउने गाउँ ।
माइला बाजे उतै हुन् भरत हो नाउँ ।।
मेरो बाजे कान्छा धनराज हो नाउँ ।
मुकाम गरी बसेछन् आदमारा गाउँ ।।
कविताको यस टुक्रामा कवि ललितबहादुर खड्काले आफ्नो गाउँको परिचय दिएका छन् । आफ्ना बाजेहरू तीन भाइ रहेका, तीनभाइमा जेठाबहादुर जो ज्योतिष विद्याका ज्ञानी, माहिला लिम्पाटार चिलाउने बस्ने भरत र कान्छा आदमारा बस्ने धनराज । आफू तिनै कान्छा धनराजको सुपुत्र रहेको कुरा खुलासा गरेका छन् ।
अर्को कविता वि.सं. १९९० सालमा गएको महाभूकम्पसित सम्बन्धित छ । मेरा पिताजीको स्मृतिबाट यस कविताका धेरै पङ्क्तिहरू लोप भएर गैसकेका छन् । उहाँले मुस्किलले भूकम्पको विषयमा रचिएका केही पङ्क्तिहरूमात्र सम्झन सक्नुभयो । भूकम्पसित सम्बन्धित ती पङ्क्ति यस प्रकार छन् ।
उन्नाइस सय नब्बे सालमहाँ ।
गङ्गाजीले स्वर्ग जाँदा कम्प भयो तहाँ ।।
कालिका अन्त्यमा विष्णु पनि जाने ।
स्वर्गमा जम्मा भई अमृत रस खाने ।।
उनको अर्काे सवाई कविता भने निकै लामो छ । आध्यात्म विज्ञानसित सम्बन्धित यस कवितामा आध्यात्म ज्ञानको गहिरो समायोजन पाउन सकिन्छ । योगध्यानका निष्णात योगी भएकोले यस कविताको आधारबाट उनी अध्यात्मचेतनाको निकै माथि पुगेका सन्त हुन् भन्ने कुरा अनुमान गर्न गाह्रो हुँदैन । यस कविताको आधारबाट उनी निर्गुण भक्तिधाराका एक अद्भूत कवि हुन् भन्ने कुरा ठोकुवा गर्न सकिन्छ । नेपाली कविताको प्रारम्भिक कालमा वीरवन्दनापछि भक्तिधाराका धेरै कविताहरू रचिए । भक्तिधारामा पनि सगुण भक्तिधारा र निर्गुण भक्तिधाराका कविता तथा सवाईहरू रचना भए । सगुुण भक्तिधाराका कविले परमात्माको दृश्य सत्तामाथि विश्वास गरेर कविता लेखे, जसमा वसन्त शर्मा लुइँटेलदेखि इन्दिरससम्म, विद्याकेशरी अज्र्यालदेखि वीरशाली पन्तसम्म, हितव्याकरणी विद्यापतिदेखि पतञ्जली गजु¥यालसम्म, भानुभक्त आचार्यदेखि रघुनाथ पोखरेलसम्मका कविहरूले अनेकौँ कविताहरू लेखे ।
निर्गुण भक्तिधाराका कविहरूले चाहिँ परमात्माको अदृश्य सत्तामाथि विश्वास गर्दै वास्तविक ईश्वरका रूपमा ब्रह्म तŒव वा आत्मालाई परम विषयको रूपमा स्वीकार गरेका छन् । निर्गुण सम्प्रदायका सन्तकविहरूले समाजका विद्यमान सङ्कीर्ण भाव र धार्मिक अन्धपरम्पराको विरोध गर्दै सामाजिक परिवर्तनका निम्ति हिन्दू वर्णाश्रम व्यवस्थामाथि पनि तीखो प्रहार गरेका छन् ।
निर्गुण भक्तिका कविता लेख्ने कविहरूमा शशीधर, अगम दिलदास, अखण्ड दिलदास, ज्ञान दिलदास आदि कविहरू पर्दछन् । उनीहरूले सिर्जना गरेका कविताहरू उच्चकोटिका ज्ञानगुनले भरिएका छन् । उदयपुरे सन्तकवि ललितबहादुर खड्का पनि निर्गुण भक्तिधाराका कविभित्र पर्दछन् । उनले पनि आफ्ना कवितामा ब्रह्मतŒवलाई निरन्जन निराकार रूपमा चित्रण गरेका छन् । परमात्मा प्राप्तिका लागि कुनै आडम्बरपूर्ण कृत्यको जरुरी छैन । पूजापाठ, धूपबत्ती, जपतप, तन्त्रमन्त्रबिनै योगसाधनाको बलबाट सत्चित् आनन्दमा पुग्न सकिन्छ भन्ने कुरा निम्नलिखित कविता सवाईमा व्यक्त भएको छ-
सुन सुन पाँच म केही भन्छु
ज्ञान र अज्ञानको सवाई कहन्छु
यो मन कस्तो भने जता लगे जाने
यो शरीर कच्चा भनी झैँ ठाने
भक्ति गर्नुलाई केही छैन काम
आँखा चिम्ली देहदेखि देखिन्छ राम
चाहिँदैन धूप, बेल र पाती
चाहिँदैन अक्षता फूल न पाती
भन्नुपर्ने केही छैन गुन्नुपर्ने नाही
नभएमा हुने हो मनरक्षचाहिँ
यो मनलाई एकवटै पारिदिए हुने
आखिरमा पापले केही हो नहुने
मरेपछि केही छैन कहाँ उडी जान्छ
लाएको च्यादर अग्निले खान्छ ।
चिता बस्ने त्यही हो ईश्वरको घर
काँचो मासु कुहुने हो केही छैन भर

पाँच तŒवको भाग शरीरमै भयो
तनमन सुरथ आकासमा गयो
शब्दबाट सुनिने वायुको भेष
तेज तŒव अग्नि हो जलको शेष
पृथ्वीको भाग हो हाड मासु छाला
जलतŒवबाट रगत पिसाब भै जाला
अग्नितŒवबाट रीस बढी आउँछ
वायुतŒवबाट शब्द भै धाउँछ
आकासतŒव विचित्र रूप
त्यसैभित्र आफूलाई चिन है खुप
ललितबहादुर खड्काको यस कविताले चेतनाविज्ञानको निकै महŒवपूर्ण कुरा बोलेको छ । यसमा ज्ञान र अज्ञानको विषयमा गहिराइमा गएर विवेचना गरिएको छ । मनको स्वभावलाई ठीक ढङ्गले विवेचना भएको छ । मन चञ्चल हुन्छ, यो स्थीर हुन सक्तैन । यताउति घडीको पेण्डुलम जस्तो मनलाई कसरी शान्त गर्ने भन्ने विषयमा सारगर्वित उपायहरू सुझाएका छन् । मन चञ्चल छ, शरीर कच्चा छ । कच्चा शरीरको त्यति भर पर्नुनहुने कुरा पनि उल्लेख गरेका छन् । पञ्चभौतिक तŒवबाट बनेको शरीर एकदिन पञ्चतŒवमै विलीन हुने कुरालाई मार्मिक रूपमा पोखेका छन् । हुन पनि हो, शरीर तŒव पृथ्वी, आकास, जल, अग्नि र वायुको हिस्साबाट निर्मित छ । कविको मनले गनेको पच्चीस तŒवलाई यस प्रकार देखाउन सकिन्छ ।
सृष्टि शून्य मन चित्त अहङ्कार वृद्धि
तनमात्र रूप रस शब्द स्पर्श गन्ध
ज्ञानेन्द्रीय आँखा जिब्रो कान छाला नाक
कर्मेन्द्रीय दात खुट्टा मलद्वार मूत्रद्वार वाणी
पञ्चमहाभूत अनल जल भू वायु आकास

कविले
पञ्चेन्द्रीय आँखा, जिब्रो, कान, छाला, नाकका माध्यमबाट रूप, रस, शब्द,
स्पर्श र गन्धको अनुभूति हुने र मनका स्वभाव अनि अवस्थाहरू कसरी रहन्छन्
भन्ने कुरालाई पनि निकै गहिरोसित विवेचना गर्नुभएको छ । फेरि उनले यस
कवितामा भक्ति, साधना र आराधना गर्न कुनै रूढी कर्मकाण्डको जरुरत नपर्ने
धूप, अक्षता, फूलपाती केहीको जरुरी नपर्ने खाली आँखा चिम्लेर ध्यानमा लीन
हुँदा सबै चिज प्राप्त हुने कुराको उल्लेख छ । यसै कविताको आखिरी खन्डमा
उनले प्राण गएपछि नश्वर शरीरको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई यसरी
वर्णन गरेका छन्-
पच्चीस तŒव मनले गनेछ
यस्तो कच्चा शरीर आज हो कि भोलि
मरेपछि दुई दिनमहाँ जाही जान्छ गली
लुकाई राखेमा मट्टीले खाने
बाहिर लडाएमा कीरा परी जाने
सोला बनाई राखेमा अग्निले खान्छ
पानीमा हालिदिए फेरि बगाई लान्छ
रीस राग गर्नेलाई केही हुन्न कहिल्यै
भक्तिको महिमा आफैँभित्र छ है
भित्री ढोका नउघ्रे सधैँ हुन्छ काँचो
काँचो माटो फुटेपछि भाडा वर्तन बन्छन्
त्यस्तै यो देहलाई उचाली पछारी
काँचो माटो कुटेझैँ कुट्नुपर्छ फेरि
यो देहधारी राम्रो है सपार
सपारेदेखि उही हुन्छ पार
जिल्ला मेरो उदयपुर रामपुरको मौजा
जानेसम्म यस्तै लेखेँ लौजा
मानिसको शरीर श्वासधारा चलुन्जेल बहुमूल्य हुने हो, सास गएपछि यो शरीर लासमा परिणत हुन्छ । मरेको दुई दिनमै कुहेर गनाउन थाल्छ, माटोमा पुरिदियो भने मट्टीले आफूमा मिलाउँछ, बाहिर राख्यो भने कीरा पर्न थाल्छ, सोलामा चढायो भने आगोले खरानी बनाउँछ, पानीमा हालिदियो भने बगाएर लान्छ, त्यसैले यो मरणशील शरीरको कुनै भर छैन । यसलाई सर्वस्व ठान्नुहुँदैन, यसको ज्यादा मोह राख्नुहुँदैन भन्ने वैराग्यको भाव यस कवितामा भेटिन्छ ।
यो देहमा प्राणतŒव रहँदै भक्ति योगतिर, ध्यानयोगतिर, ज्ञानयोगतिर लागेर परत्र सुधार्नुपर्छ भन्ने आध्यात्मिक ज्ञान कहिले सरल शब्दमा मार्मिक रूपमा व्यक्त गरेका छन् । कवि आफू साधु योगी भएकाले आफ्नै साधनाको अनुभवबाट यी कविताहरू जन्मिएको आभास मिल्दछ । योगध्यानबाट ज्ञानलाई कविता तथा सवाईको माध्यमबाट जनमानसमा फिँजाउन उनले गरेको मिहिनेत र योगदानलाई सह्राहना गर्नुपर्दछ । उनले श्वासको साधनाले परम चैतन्य अवस्थामा पुगिने कुरालाई यसप्रकारबाट कवितामा उल्लेख गरेका छन्-
इडा र पिँगला सुषुम्नामा छिराउनु
चौध भुवनचाहिँ यही मनमा फिराउनु
दायाँ स्वर भागीरथी बायाँ स्वर गङ्गा
सु्षुम्नामा स्नान गर सरस्वतीसँग
त्रिवेणी महलमा अजपा गाउला
इन्द्रियालाई वश गरे हरिरस खाउला
हरि भन्ने कस्ता छन् आकासै जस्ता
परम पद गराउने अझ लक्षण कस्ता
संसारमा जीवनलाई चलाइहाले
चर अचर एक ब्रह्मले पाले
लोभ मोह अहङ्कार बिराएँ माफ पाऊँ
अन्त्यका बखत अटल पद जाऊ
हुन्छ भन्ने मनले चिताएको यही छ
आत्मैमा लीन हुन भन्ने मन त्यही छ ।
उनले पछिल्लो कवितामा ध्यान साधनाको गुह्य कुरा खोलेका छन् । इडा र पिङ्गलाबाट श्वासधारालाई सुषुम्नामा छिराएपछि इन्द्रियउपर साँच्चो नियन्त्रण गर्न सकिने अनि आफ्नो विराट स्वरूपको दर्शन गर्न सकिने कुरा कवितामा व्यक्त गरेका छन् । ध्यानबाट परम पद प्राप्ति गर्ने लक्ष्य राखेका छन् । साथै, मनको सत्ताबाट आत्माको सत्तामा प्रवेश गरी आत्मामै लीन हुने सङ्कल्प गरेका छन् । आफ्नो कुरालाई कसैले रिसानी, गिल्ला नगरी दिन यसरी अनुरोध गरेका छन्-
कसैबाट नहोस् रिसानी गिल्ला
जरैबाट विचार गरे बरु ज्ञान मिल्ला
जिजुबाजे सबका सब निकान्दै रहून्
दुःख, कष्ट दरिद्री सबै भागी जाऊन्
यसरी सीमित रूपमा भेटिएका कविताका हरफबाट कवि ललितबहादुर खड्काको मूल्याङ्कन गर्दा उनी प्रकाशनको फराकिलो दुनियाँमा आउन नसके पनि त्यो समयका एक सिद्धहस्त सवाईकार या कवि थिए भन्ने कुरा अनुमान गर्न सकिन्छ । उनले लेखेको ‘अमरगुँद’ काव्यकृति फेला पार्न सकिएमा उनका अरू शक्तिशाली सवाई तथा कविताहरू प्राप्त गर्न सकिने कुरा स्पष्ट छ । काव्यधाराको हिसाबले उनी आध्यात्मिक मूल्यबोध गर्ने कवि हुन् । उनी आफैँ सांसारिक जीवन परित्याग गरी सन्न्यासी जीवन आत्मासात् गरेका योगी थिए । उनले आफ्ना अनेकौँ शिष्यहरूलाई योगध्यानको ज्ञान वितरण गरेका छन् । आफ्नो योगध्यानको ज्ञानलाई कविता र सवाईको माध्यमबाट जनसमुदायमा वितरण गर्न सजिलो हुने भएकाले उनले सरल शब्दहरूमा आफ्नो गहनतम् ज्ञानानुभूतिलाई लयबद्ध रूपमा कवितामा व्यक्त गरेका छन् ।
उदयपुर रूपाटारमा जन्मेर काव्यमार्फत आफ्ना अनुभूति र काव्यिक भावहरू व्यक्त गर्ने कवि खड्का निर्गुण भक्ति सम्प्रदायका एक प्रतिभाशाली कवि थिए भन्ने कुरामा दुईमत छैन । उनका कविता तथा सवाईको मूलस्वर निराकार ईश्वरीय सत्ताको गुनगान गाउनुमा केन्द्रित छ । कविताका पङ्क्तिहरू हेर्दा साकार ईश्वरभन्दा निराकार ईश्वरलाई बढी जोड दिएको देखिन्छ । पूर्वीय अध्यात्मवादी दर्शनबाट प्रभावित कवि खड्कालाई एक सन्तकविका रूपमा चिन्दा उपयुक्त हुन्छ । उदयपुर जिल्लामा जन्मिएका स्रष्टाहरूमा कवि लोकनाथ पोखरेलपछिका प्रतिभाशाली कवि ललितबहादुर खड्का नै थिए भन्ने कुरा अनुमान गर्न सकिन्छ । कृतिगत रूपमा हेर्दा उनले लेखेको ‘अमरगुँद’ काव्य नै पहिलो काव्यकृति थियो भन्ने कुरा लख काट्न सकिन्छ । अहिलेसम्म त्यो कृति फेला पर्न भने सकेको छैन । ललितबहादुरलाई थाहा पाउने जानिफकार बूढापाकाहरूको अनुसार लघु आकारमा २०१५ सालतिरै छापिएको उक्त कृति मार्मिक मुटु छुने कविताहरूले भरिएको थियो ।
उनी उदयपुर रूपाटारका एक गौरवशाली व्यक्ति हुन् । रूपाटारले आफ्नो माटोमा जन्मेका यी गुमनाम स्रष्टाको खोजी कार्यमा पहल गर्नुपर्छ । उनका हराएमा, लोप हुन लागेका अनेकौँ सवाई र कविताहरू खोजी गर्नुपर्छ । अझ उनले लेखेको कृति ‘अमरगुँद’ लाई छिटोभन्दा छिटो खोजी गरी पुनः प्रकाशन गरिनुपर्दछ । अनि मात्र सन्तकवि ललितबहादुरप्रति सच्चा सम्मान प्रकट हुनेछ ।

जस्ले पखेटा लगाइदियो
हेम बस्नेत
अड्सठ्ठीको
फागुन मध्यतिर मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । शारदा सरले
गर्नुभएको रहेछ । मोबाइलमा सरको सौम्य स्वरले भन्यो, रूपाटारको
महेन्द्ररत्न उच्च मा.वि.ले निकाल्न लागेको स्मारिकाको लागि लेख लेख्नू ।
मैले अनायास भनेँ– हुन्छ सर । सोचेँ, म अब कठघरामा उभ्याइएँ । शारदा सरको
शान्त र सरल जीवनको एउटा विशेषता के भने उहाँको सौम्यताभित्र चरम कठोरता
समाहित छ । म अब उम्किन पाउँदिनँ । म फन्दामा परेँ । लेख्न त लेख्ने, तर के
लेख्नु ? सोचेँ, गहन् विषयवस्तुतिर नगई आफ्नै अनुभवको गन्थन लेख्छु ।
विद्यालय छाडेको तेइस वर्ष भएछ । यो तेइस वर्षमा म र मेरो परिवेशमा आकास–जमिनको हेराफेरी आइसकेको छ । विकास, चेतना र सुविधा सबै कुराहरूमा हिजो र आजमा प्रचूर भिन्नता आएको छ । हिजोका जस्ता रहेनन् अब हाम्रा गाउँहरू । गाउँ भनेर नाक खुम्च्याउने जमाना अब छैन । हिजोको रूपाटार आज अर्कै भइसकेको हुनुपर्छ ।
तर, हिजोको रूपाटार अलिक अर्कै थियो । पानी थिएन, बिजुली थिएन, यातायात थिएन, स्वास्थ्यचौकी थिएन । पहाडको बेँसी भएकोले गर्मी हुन्थ्यो । गर्मी लागेपछि ससाना भुसुना लाग्थ्यो । घाउ खुला भयो कि भुसुनाले पूरै खाइदिन्थे । हामी लेकालीहरू यी सबैको पहिलो सिकार हुन्थ्यौँ । विद्यालय आफैँ जीर्ण अवस्थामा थियो । विद्यालयमा खानेपानीको व्यवस्था थिएन । हामी शिखरमा बसेका विद्यार्थीहरूलाई त्यहीँ घर हुनेलाई भन्दा बढी नै गर्मीको महसुस हुन्थ्यो । हामी गर्मी झेल्न सक्दैनथ्यौँ । बिहान ८ बजे घरबाट हिँडेर विद्यालयमा आउँदा ढिलो भैसकेको हुन्थ्यो सधैँ । पसिना पुछ्दै कक्षामा बसेको केही बेरमै निद्राले छोप्थ्यो । हाम्रा थुप्रै लेकाली साथीहरूले कक्षामा निदाएको निहुँमा शिक्षकको हातबाट बारम्बार कुटाइ खान्थे । हामी केही लेकालीहरू अलिक जान्नेभित्रमा पर्ने भएकाले बहुत कष्टसाथ आउन लागेको निद्रालाई टारेर जान्नेको पगरी थाम्दै कुटाइ खानबाट जोगिन्थ्यौँ । टिफिन हुन्थ्यो तर टिफिनमा न खानेकुरा, न खेल्ने साधन, न खानेपानी । गर्मी र तिर्खा अति भएपछि टिफिनमा कहिलेकाहीँ पानी खान विद्यालयनजिकका घरहरूमा पुग्दा कहिले पानीबिना र कहिले पानीसँगै नमीठो गाली पनि खानुपथ्र्यो । स्कुलअगाडिको वरपीपलको छहारीमा गएर गर्मी छल्दै एकछिन् सुस्ताउनु नै टिफिनको आनन्द लिनु थियो ।
विद्यालयमा न शैक्षिक सामग्री, न विज्ञानको प्रयोगशाला, न पुस्तकालय, न कुनै पत्रपत्रिका, न त विषयवस्तुको दक्ष शिक्षक । पढ्नुको नाममा केवल पाठ्यक्रमका किताबहरूलाई रट्नुको अर्को विकल्प थिएन । गाइड पढ्नु चोरी हो वा पाप हो भन्ने मानसिकता थियो त्यतिबेला । हामीले विद्यालय जीवनमा त कहिल्यै गाइड किनेर पढेनौँ पनि । न त्यो किन्ने पैसा थियो हामीसँग, न त्यसप्रति सकारात्मक नै थियौँ । २०४५ सालमा कटारीमा एस.एल.सी. दिन आउँदा केही साथीहरूले किनेको गाइडलाई सर्सर्ती हेरेर गाइडको तिर्खा मेटायौँ ।
घरमा पढ्ने वातावरण हुँदैनथ्यो । गरिबी र अन्धविश्वासले पूरै वातावरण ढाकेको थियो । त्यतिबेलासम्म पनि पढ्नु समय खेर फाल्नुजस्तो थियो । पढेर के हुन्छ भन्ने कुराको न पढने विद्यार्थीसँग न अभिभावकसँग स्पष्ट नक्सा थियो । घरमा घाँसदाउरा गर्न र खेती गर्नको अल्छीले गर्दा स्कुल गएको भन्ने लाग्थ्यो अभिभावकलाई । त्यही मान्यताको आधारमा व्यवहार गर्थे पढ्ने छोराछोरीसँग । कहिलेकाहीँ त घाँस नकाटी वा दाउरा नल्याइकन पढ्न जान पाइँदैनथ्यो । त्यो गर्न इन्कार गरेँ, ल आफैँ खाना पकाएर खाएर जा तँ भनेर घाँसदाउरा हिँडिदिन्थे घरका मुलीहरू । त्यसपछि कि आफैँ पकाएर खानु वा भोकै पढ्न जानुबाहेक अर्को विकल्प थिएन । मलाई लाग्छ, त्यो सामाजिक वाध्यता थियो र अझै पनि छँदै छ । घरमा पढ्नको लागि बेग्लै कोठा थिएन । घरमा गल्याङमल्याङ हल्लाको बीचमा किताब पल्टाएर पढ्नुपथ्र्यो । पढ्ने सबैभन्दा उपयुक्त ठाउँ कि त पराल राख्ने माच, कि कान्लाको कुनाकानी हुने गथ्र्यो ।
तर यसको बीचमा पनि हामी खै कसरी हो कक्षाको परीक्षाहरूमा फटाफट उत्तीर्ण हुँदै गएकोले अनायास पढाइलाई निरन्तरता दिइयो । परीक्षामा अनुत्तीर्ण भएको भए सायद पढाइ छाडिन्थ्यो होला । हाम्रा कैयौँ साथीहरू बीचमै पढाइ त्यागेर गृहस्थी जीवनमा लागे । अनायास उत्तीर्ण हुँदै गएपछि त्यसैको पछिपछि लतारिँदै आउँदा आज निरक्षरको सूचीबाट हट्नसम्म पाइयो ।
आफ्नो जीर्ण र अस्तव्यस्त अवस्थाको बावजुद पनि विद्यालयले मलाई धेरै कुरा दियो । मलाई जानीनजानी तातेताते गर्दै सांसारिक चुनौतीहरूतर्फ धकेलिदियो । जीवन र जगत् दुवै चुनौतीले भरिएको छ । त्यो चुनौती कुनै पनि मूल्यमा सामना गर्नै पर्छ । त्यसबाट भागेर जाने बाटो र ठाउँ दुवै हामीसँग छैन । सबै प्राणीहरूले चुनौतीको सामना गर्नुपर्छ । चुनौतीको सामना गर्न नसक्नु मृत्युवरण गर्नु हो । तर, चाहेरमात्रै चुनौतीहरूको सामना गर्न सकिँदैन ? त्यसको लागि केही आधारभूत ज्ञान, सीप, कला, र दक्षता अपरिहार्य हुन्छ । यी चीजहरूले मानिसलाई समस्याहरूसँग कला र कौशलपूर्ण तरिकाले सजिलै लड्न सक्ने साहस दिन्छ । त्यो साहस प्राप्त गर्न केही पूर्वावस्थाहरूबाट गुज्रनुपर्दछ । भूगोल र संस्कृतिको सामान्य जानकारी चाहिन्छ । त्यो भनेको आधारभूत ज्ञानको सिकारू अवस्था हो । मेरालागि त्यो अवस्था थियो, त्यस विद्यालयको पढाइ । अरूमा जस्तै ममा पनि गाउँको एकनासको दुःखी जीवनदेखि असीम वैराग्यता र विद्रोह थियो । गाउँमा मुखियादारी प्रथा अझै थियो । हामी ठानालीहरूले २०४२ सालसम्म पनि तेजबहादुर ठकुरीको खेतबारीमा खेतालाको रूपमा बाली लगाउने, गोड्ने र भित्य्राउने सिजनमा हाजिर हुनुपथ्र्यो । अभाव, अशिक्षा, अविकास, अन्धविश्वासले छपक्कै ढाकेको गाउँमा घाँस, दाउरा र मेलापात गरेरमात्र बस्न मलाई मन थिएन । कतै गई केही गरेर यो उकुसमुकुसबाट फुत्कन मन थियो । तर, त्यो त्यति सजिला कहाँ थियो र ? जानको लागि पढाइ सकिएको थिएन । जानलाई खर्च थिएन, कटारीभन्दा पर कुनै ठाउँ देखेको थिएन, कोही मान्छे चिनेको थिएन ।
विद्यालयले मलाई नेपालको भूगोलको,शहरको रमझम, त्यहाँ हुने सुविधा र खतराको बारेमा सामान्य जानकारी गरायो । त्यसले नजानिँदो किसिमले मेरो आकाङ्क्षाहरूलाई सानो आकारको पखेटा लगाइदिएछ ।
एस.एल.सी. सकिएपछि बिस्तारै यो ठाउँबाट उडेर काठमाडौँ वा विराटनगरजस्ता शहरमा पुग्न सक्छु भन्ने आँट बटुलेर त्यसको प्रतीक्षामा म बसेँ । म ती शहरहरूमा कमसेकम हराउँदिनँ भन्ने आँट मलाई विद्यालयको पढाइले दियो । जब एस.एल.सी.सकियो, मेरो प्रतीक्षाको घडी पनि सकियो । म त्यही विद्यालयले लगाइदिएको ज्ञान र आकाङ्क्षाको सानो र कलिलो पखेटा सकिनसकी जानिनजानी फट्कार्दै सपनाको अबोध र अथाह आकासमा उडन थालेँ । अझ पनि त्यो क्रम रोकिएको छैन । मलाई थाहा छैन त्यो कहिले र कहाँ रोकिन्छ । तर, यति कुरा थाहा छ कि त्यस विद्यालयले लगाएको गुणको ऋणी छु । त्यो ऋण तिर्न सक्छु कि सक्दिनँ, थाहा छैन ।

१९९० सालको भूकम्प
स्व. लोकनाथ पोखरेल
नब्बेसाल् महिना छ माघ् दुई गते सौबार औंसी तिथि ।
पूर्वै खडा नक्षेत्र योग उत्पात भूकम्प गॉको मिति ।।
सारै पाप् बढयो र मानिसमहाँ थामेन पिर्थिविले
भूमिको सब भार् हटाउन भनी जम्मा सबै थोक् मिले ।।

हुन पनि त्यस दिन् ता सात शून्यै परेको ।
ग्रहहरू पनि सातै राश् मकर्मा सरेको ।।
सबमा शून्य परेर सम्बत प¥यो नक्षत्र मैना तिथि ।
सातै शून्य नक्षेत्रको घडि सहित् शून्य परेको यति ।।

सूर्यै चन्द्र र मड्डलै बुध भए राहु र शुक्रै शनि ।
ई सातै ग्रह गै बसे मकरमा नाँच्यो जमिन् फनफनी ।।
बोल्ने विष्णु त देख्नु हुन्न महराज देख्ने रवि नारान ।
विचार् मात्र थियो बुझ्न नरले यै मुख्य हो कारण ।।

हाम्रा आठ् घडि बाँकि दिन् पनि थियो देश्को करिब् दुई बजे ।
आठौ सात् ग्रह सात शून्यहरू मिली सारा मुलुकै सजे ।।
बेला एई बखत् हुँदा पृथ्विमा थर्केर भैंचाल् गयो ।
सारा नर पशु प्राणी जीवहरूमा छिन मै हुनुहार भयो ।।

पैला थर्कन जो गुडुङ् गरी सबद् पर्दाे भयो कामना ।
लागिन पृथ्वी डग्मगाउन न अहौं ¤ होस् टुट्न गो प्राणिमा ।।
ईसातै ग्रह सात शून्यहरू मिलि उल्टाइदिए भई ।
स्वास्नी मानिसले लिएर करमा नाड्डलो केलाए झई ।।
(साभार लोकमञ्जरी)

स्थायी शान्तिका लागि शिक्षामा सम्यक् दृष्टिको प्रयोग
भोजकुमार ठकुरी
विषयप्रवेश
आधुनिक शिक्षाले विज्ञान एवम् सूचनाको भरपूर प्रयोग गरेर विकास गरिरहेको छ । सूचना प्रविधिको प्रयोगले आज वर्षौं लाग्ने काम घन्टा वा मिनेटमा सम्पन्न हुन्छ । भौतिक समुन्नतिले मानिसको दिनचर्या नै बदलिदिएको छ । नयाँनयाँ सभ्यताको विकास भइरहेको छ । यो आफैँमा धेरै राम्रो पक्ष हो, तर विकास सँगसँगै समस्या र चुनौती पनि थपिँदै र जेलिँदै अगाडि बढिरहेको छ । हरेक समस्यामा समाधान लुकेको हुन्छ, सुझबुझका साथ समयमै समस्याको जरो पहिचान गर्न सकेमा बिनादुर्घटना राम्रो सफलता हात लाग्छ । जति ठूलो चुनौती, त्यति नै ठूलो उपलब्धि भन्ने भनाइ नै छ । चुनौती व्यवस्थापनका विभिन्न विधिहरू छन् । विकासबाट सिर्जना हुने विभिन्न असन्तुष्टि, असमझदारी र द्वन्द्वलाई हालको वैज्ञानिक भनिएको शिक्षाबाट समेत व्यवस्थापन र समाधान हुन सकेको छैन ।
असन्तुष्टि, असमझदारी र द्वन्द्व व्यवस्थापनका दृष्टिले नीति र नेतृत्व वा शिक्षा नै कम सक्षम हुनुमा शिक्षामा समावेश गरिने आन्तरिक र महŒवपूर्ण तŒवको अभाव हुनु हो । आधुनिक शिक्षामा भाषा छ, सीप छ, सूचनाको अथाह भण्डार छ तर अन्तरचेतना छैन त्यसैले समझको विकास हुन सकेको छैन । चैतन्यको अभ्यास नै गराएका छैनौँ हामीले हाम्रो शिक्षालयमा । द्वन्द्वको मूल जरो नै चैतन्यरहित शिक्षा हो । के त्यसो भए शिक्षा सधैँ अपाङ्ग नै हुन्छ भनेर दोषमात्र लगाएर हुन्छ त ? अवश्य पनि हुँदैन, स्थायी समाधानका धेरै विधिहरू छन्, बाटाहरू छन् । चिन्तक, दार्शनिकहरूले मानवको मनस्थितिको सुधारमा जोड दिइरहेका छन् । समस्या परिस्थितिजन्य नभई मनस्थितिजन्य हो । यसको सुधारका लागि बुद्धका आष्टाङ्गिक आर्य मार्गको प्रयोग एउटा उत्तम विकल्प हो । यस लेखमा आष्टाङ्गिक मार्ग के हो ? र शिक्षामा सम्यक्् दृष्टिको प्रयोगले कसरी प्रभाव पार्दछ भन्ने कुरालाई छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
के हो त आष्टाङ्गिक मार्ग ?
१. सम्यक्् दृष्टि ः पक्षपातरहित भएर घटनाको तथ्यलाई हेर्नु, आफ्ना तर्फबाट कुनै कथा नथप्नु, अनि प्रत्येक घटनाबाट एक शिक्षा लिनु र सत्य स्वीकार गर्नु सम्यक् दृष्टि हो ।
तथ्य→ घटना, कथ्य→ धारणा, सत्य→ प्रेरणा
२. सम्यक्् स्मृति ः चेतनाको परिधिमा व्यक्ति अहङ्काररूपी रक्षा कवज वा भूतद्वारा ग्रसित हुन्छ ।
आफ्नो भूतको प्रकृति जान्नु र त्यसप्रति सजग रहनु नै सम्यक् स्मृति हो ।
३. सम्यक् कर्म ः न त अल्छी न त ज्यादै कर्मठ । कर्म गर्दा कामप्रति यति निमग्न हुने र आफैँ कृत्य बन्ने । काम बाट नै मजा लिने । स्वान्तः सुखाय सिर्जनात्मक कर्म गर्ने । आफ्नो आनन्दबाट उब्जेको कर्म नै बहुजनहिताय, बहुजनसुखाय सिद्ध हुनेछ । यही नै सम्यक् कर्म हो ।
४. सम्यक् सम्बन्धः अशान्त मन भएको बेला निष्क्रिय बस्ने र मन शान्त भएको बेला सक्रिय हुने । परस्पर आदर र सहयोगपूर्वक कार्य गर्ने । सम्यक् आजीविका गर्नु नै सम्यक् सम्बन्ध हो ।
५. सम्यक् वाणी ः प्रमाणिक, सङ्क्षिप्त एवम् मधुर वाणीको प्रयोग । अर्काको भनाइ पहिले सुन्नु, बुझ्नु अनि आफ्ना कुरा भन्नु सम्यक् वाणीअन्तर्गत पर्दछ ।
६. सम्यक् सङ्कल्पः प्रगाढ भावले सङ्कल्पपूर्वक कुनै काम गरेमा अस्तित्वबाट पनि सहयोग मिल्दछ । यसका सात चरण छन्ः
सुझबुझका साथ अतीतबाट मुक्त हुने साहस, अन्तर्भावबाट भएको निर्णयानुसार दिशा एवम् लक्ष्यको छनोट गर्ने, आफ्नो सकारात्मक सङ्कल्पको घोषणा गर्ने, सङ्कल्पको चर्चा गर्ने, सङ्कल्पको लागि समर्थन जुटाउने र सहयोग लिने, सङ्कल्प पूरा गर्न समग्रताका साथ सक्रिय हुने, अस्तित्वको समर्थनको प्रतीक्षा गर्ने

७. सम्यक् स्वीकृतिः पूरा चेष्टाका साथ कर्म गर्दा
पनि फल सोचेजस्तो आओस् कुनै जरुरी छैन । सोचे जस्तो फल आएन त के भो । आफूले
निष्ठापूर्वक कर्म गर्ने हो, कर्म गर्नेमात्र हाम्रो वशमा छ फल त
अस्तित्वगत हो त्यसैले जे प्राप्त हुन्छ त्यसलाई अहोभावका साथ स्वीकार
गर्नु नै तथाता वा सम्यक् स्वीकृति हो ।
८. सम्यक् समाधिः स्वयम्लाई चैतन्य रूपमा जान्नु र त्यसका साथ एक हुनु सम्यक् समाधि हो ।
हाम्रो दृष्टिकोण कस्तो छ ?
घटना नं. १
एउटा फूलै फूलले भरिएको बगैँचामा भिन्न स्वभावका व्यक्तिहरू जम्मा भए ।
कवि ः आहा ¤ कति राम्रो बगैँचा । कति राम्राराम्रा फूलहरू फुलेका छन् । यो त प्रेमको बगैँचा
हो । उसले फूलको कविता लेख्यो । गीत गाउन थाल्यो ।
चित्रकार ः अहा कति राम्रो रङको संयोजन भएको बगैँचा । हरियो केन्द्रीय रङ हो । उसले
क्यानभास खोलेर चित्र कोर्न थाल्यो । चित्रकारले रङबाहेक केही देखेन ।
सुनारे ः यो बगैँचा बेकार छ । सुनको परख गर्ने ठाउँ होइन यो । उसले बगैँचा तुरुन्तै छाड्यो ।
वैज्ञानिक ः उसले न कविता देख्यो, न चित्रकारिताका लागि रङ नै । उसले त बिरुवाको
वैज्ञानिक नाम खोज्यो, वनस्पती शास्त्रअनुसार बिरुवाहरूको समूह छुट्यायो ।
माली ः कुन फूलमा कति मल दिने, कुन फूलमा मल बढी भएको छ, कहिले गोड्नुपर्ने आदि मालीको सोच छ ।
व्यापारी ः अहा ¤ कति धेरै रुपैँयाका बोटहरू ¤ यी सबै फूलहरू जम्मा गरेर सुगन्ध निकाल्ने हो भने रु ५००००। कमाइ हुन्छ ।
घटना नं.२
एकजना गरिब आफ्नो परिवारसहित कोठाभाडामा बस्थ्यो । १० वर्षसम्म अरूको घरमा भाडामा बस्यो । ज्यामी मजदुरी गरेर धेरै मेहनतका साथ थोरै पैसा बचायो र सानो घर बनायो । परिवारमा खुसी छायो, घर लिपपोत गरे । पूजा गरेर घर पस्ने साइत निकालियो । साइतको तीन दिन अगाडि नै घर भत्कियो । छरछिमेकका सबै मानिस दुःखी भए । बिचरा गरिब ! कस्तो दुःख गरेर खाइनखाइ घर बनायो तर बस्नै नपाइ घर भत्कियो, सबैले सहानुभूति प्रकट गरे । तर गरिबले त मन्दिरमा लड्डु चढाएर सबैलाई खुसीसाथ प्रसाद बाँड्यो । सबै छक्क परे । सबैले सोधे तिमी त बहुलायौ कि क्या हो ? त्यत्रो दुःख गरेर बनाएको घर लडिरहेको छ, खुसीको प्रसाद बाँड्दै हिँड्छौ ? गरिबले सबलाई सम्झाउँदै भन्योः योभन्दा खुसीको कुरा के हुनसक्छ ? घर पसिसकेपछि लडेको भए हामी सबै मर्न सक्थ्यौँ या मेरी श्रीमती र छोरो मर्न सक्थे । सायद म मर्थें होला । अस्तित्वप्रति म कृतज्ञ छु । घर त लड्ने नै थियो तर हामी त बाँच्यौँ । हामीले बनाएको घर हामीभन्दा ठूलो हुँदैन । घर त फेरि बनाउन सकिन्छ । उसले उत्सव मनायो ।
घटनाबाट सिक्नुपर्ने प्रेरणा
हरेक व्यक्तिको निजत्व हुन्छ । व्यक्तिको विचार, भावना पनि निजी र व्यक्तिगत हुन्छ । विराट अस्तित्वबाट हरेक व्यक्तिले केवल सानो अंश लिन्छ र त्यसैलाई पूर्ण मान्छ । यही नै दृष्टिको असम्यक्ता हो । त्यो परम सत्य होइन केवल व्यक्तिको सत्य र धारणामात्र हो । आंशिक सत्यमा हामी केवल हाम्रो भावना र भावी आकाङ्क्षा जोडेर आफ्नो कथा बनाउँछौँ त्यो नै दुःखको मूल कारण हो । घटनामा आफ्नो कथा नजोडी त्यसबाट प्रेरणा ग्रहण गर्नु नै सम्यक् दृष्टि हो । व्यक्ति जति स्पष्ट र खुला हुन सक्यो त्यति दुःखबाट मुक्त हुन्छ । हाम्रो मानसिकता दुःखको याचक छ किनकि अगाडि दुःख नपाई सुखको अनुभव गर्न सक्दैनौँ, तनावबिना शान्तिको महसुस गर्न सक्दैनौँ । दुःख र सुख, तनाव र शान्ति एउटै सिक्काका दुई पाटा हुन् भन्ने बोध गर्नका लागि किचड (हिलो) मा कमल फुल्छ भन्ने सामान्य सत्यको बोध हुनु जरुरी छ ।
माथिका घटनाबाट सत्य आंशिक हुँदैन, समग्रतामा सत्यको बोध गर्नुपर्दछ भन्ने कुरा स्पष्ट हुन्छ । व्यक्तिले व्यक्तिगत रूपमा गर्ने अनुभव व्यक्तिको लागि सत्य हो र त्यो समष्टिको सानो अंश हो । सबै अनुभवहरूको योगचाहिँ समष्टि हो, वास्तविक सत्य हो । एउटा सिद्धान्त आफैँमा पूर्ण हुँदैन तर विराट अस्तित्वको एक अंश मानिन्छ । हामी सधैँ आफूले मानीआएको सिद्धान्तको चस्माले हरेक घटनालाई हेर्छौं, त्यही चस्माले विश्लेषण गर्छौं र आफ्नो चस्मावादी धारणा लाद्छौँ । असम्यक् दृष्टिका कारण परिणाम आफूअनुकूल हुँदैन, जसले गर्दा दुःखको अनुभव हुन्छ । अहङ्कारले मलजल पाउँछ अनि द्वन्द्व बढ्छ, शान्ति र समाधानले निकास पाउन सक्दैन । जहिलेसम्म अहङ्कारको सही व्यवस्थापन गर्न सक्दैनौँ, आफ्नो धारणा वा कथा नलादीकन घटनालाई विश्लेषण गर्ने र त्यसबाट सत्य वा प्रेरणा ग्रहण गर्ने स्थितिमा पुग्दैनौैँ तबसम्म हामीले खोजेको सुख, समृद्धि वा स्थायी शान्ति असम्भव हुन्छ ।

सम्यक् दृष्टिको अभ्यास गर्ने विधि
माथिको घटना एवम् सन्दर्भबाट सम्यक्ता आन्तरिक स्थिति हो भन्ने स्पष्ट हुन्छ । समस्या परिस्थितिमा होइन मनस्थितिमा हुनेरहेछ भन्ने प्रष्ट हुन्छ । मनस्थिति सुदृढीकरणका लागि आन्तरिक शुद्धीकरणको जरुरी पर्दछ । शुद्धीकरणका लागि प्रयोगका केही विधिहरू छन् जुन सम्यक् दृष्टि विकासका लागि अति जरुरी उपाय÷मार्ग हो ।
नियमित आहारबिहार
शारीरिक व्यायाम (एजथकष्अब िःयखझभलत) नियमित चक्रमण (ध्बपिष्लन स् ःयचलष्लन ७ भ्खभलष्लन) सात्विक भोजन (पोषणदायी तर पथ्य र सात्विक भोजन गर्ने)
नियमित स्व–अध्ययन (विज्ञान र अध्यात्मको असली योग गराउने शास्त्रहरूको अध्ययन) सकारात्मक सोच भएका र समस्याको सूक्ष्म रूपमा विश्लेषण गरी समाधानसमेत पहिल्याइएका पुस्तकहरू, सकारात्मक आचरण निर्माणमा सहयोगी हुने पुस्तकहरू, विज्ञान र प्रविधिका समुचित प्रयोग र व्यवस्थापनसम्बन्धी पुस्तकहरू, सन्त दर्शन एवम् अनुभव गरेका सन्तहरूको सूत्रहरू भएका रचनाहरू, जस्तै विचार विज्ञान, शिक्षामा क्रान्ति आदि दी सेवेन ह्याविट्स अफ हाइली इफेक्टिभ पिपुल,
स्थानीय आवश्यकता र स्रोत साधन पहिल्याइ स्थानीय स्तरमा प्रयोग र विकास गर्न सकिने पुस्तकहरू ओशो, विवेकानन्द, जे.कृष्णमूर्ति, शङ्कराचार्य, खप्तडबाबालगायत तŒवद्रष्टाहरूको जीवन विधायक दृष्टिकोण र शिक्षासम्बन्धी रचनाहरू ।
क्रिया योग (प्रणायाम)
भस्त्रिका (नाकबाट जोडले श्वास फाल्ने क्रिया ः जसले नकारात्मक सोचलाई शुद्धीकरण गर्दछ) घटीमा ५ मिनेट गर्ने
अनुलोम विलोम (नाकका दुवै प्वालबाट पालैपालो श्वास लिने र फाल्ने क्रिया ः दायाँ प्वालबाट श्वास लिएर बायाँ प्वालबाट फाल्ने र बायाँ प्वालबाट श्वास लिएर दायाँ प्वालबाट फाल्ने ः जसले सुषुम्ना नाडी सक्रिय पारी मनलाई शान्त बनाउँछ) घटीमा १० मिनेट गर्ने
कपालभाँती (नाभी केन्द्रमा दबाब दिई जोडले श्वास बाहिर फाल्ने क्रिया ः जसले कुन्ठा घटाउने र साहस बढाउने काम गर्दछ) घटीमा १० मिनेट गर्नेसहज प्रणायाम (श्वासप्रश्वासप्रति सचेत हुने क्रिया ः जसले होसतर्फको यात्रालाई सरलीकृत गर्दछ) बस्दा, पढ्दा, सुत्दा वा हरेक कर्मगर्दा गर्ने
नोट ः– क्रिया योगमा मुद्रा र आसनको प्रयोगलाई समेत जोड्न सकिन्छ ।
ध्यान÷समाधि
उमेरअनुसारको समय ध्यान समाधिमा लगाउने जस्तै ३० वर्षको मानिसले घटीमा ३० मिनेट ध्यान गर्ने (उमेरअनुसार ध्यान गर्ने समय घटबढ हुन्छ)
विद्यालयमा यसको प्रयोग
विद्यालय यसै लेखको माथि उल्लिखित घटनाका पात्रहरूजस्तै फरक स्वभाव, विचार, सीप, दृष्टिकोण र संस्कार भएका विविध क्षेत्र, भूगोल, समाज, लिङ्गआदि विविधता भएका बुद्धि, विचार र मनस्थितिका बालबालिकाहरूलाई शिक्षा दिने, प्रयोग गराउने र विवेक निर्माण गर्ने थलो हो । बालबालिकाहरूमा भएका अन्धतमस वा अँध्यारो रूपी अज्ञानलाई सूचना, सीप, दक्षता, संस्कार र अन्तरदृष्टिसहितको ज्ञानरूपी ज्योतिबाट प्रकाशित गर्ने प्रयोगस्थलका रूपमा विद्यालयको भूमिका हुन्छ । उज्यालो वा प्रकाशको उपस्थितिले अँध्यारोको अस्तित्व विलिन भएजस्तै ज्ञानरूपी प्रकाशले सबै समस्याहरूलाई सरलीकृत ढङ्गबाट बुझ्न र बुझेको विषयलाई समझपूर्वक समाधान गरी व्यक्ति आफू र आफ्नो परिवार, समाजमा शान्ति कायम गर्ने, सुख र खुसी बाँड्ने तथा मिलेर बाँच्ने काम गर्दछ । अहिले शिक्षामा अस्वस्थ प्रतिस्पर्धाको कारण केवल सूचना, इतिहास र विज्ञानका सूत्रहरू हस्तान्तरण गर्ने थलोको रूपमा मात्र विद्यालयको उपस्थिति देखिएकाले बालबालिकाहरूले विवेक र ज्ञानको वास्तविक अनुभव गर्न सकिरहेका छैनन् । एउटा होनहार कर्णधार विश्वविद्यालयको शिक्षा पूरा गरेर निराश रूपमा घर फर्किन बाध्य छ, तुरुन्तै उसले कामको बजारमा राम्रोसँग आफ्नो सीप र दक्षता साट्न पाउने स्थिति नभएको कारणले शिक्षित भनिएका तिनै समूह नै अस्वस्थ प्रतिस्पर्धामा होमिने हुँदा असमझदारी र द्वन्द्व बढिरहेको छ । समाजलाई अस्तव्यस्त पार्ने काममा यिनै बुज्रुकवर्गले नै नेतृत्व गरिरहेको देखिन्छ । यो स्थिति मानवीय सभ्यता र संस्कारमाथि नै चुनौतीको स्थिति हो र ज्ञानरूपी उज्यालोको प्रयोग हुने प्राज्ञिक थलो (विद्यालय) र ज्ञानको प्रयोग गराउने कर्ता (गुरुवर्ग) प्रति पनि सोझो चुनौती हो ।
भौतिक समुन्नतिको सदुपयोग गराउन र विज्ञानको दुरुपयोग गरी मानव अस्तित्वमाथि खेलबाड गर्ने कालो बादल रूपी अहङ्कारलाई पन्छाइ सहज मनुष्यको निर्माण, सहअस्तित्व र भाइचाराको सम्बन्धभित्र विकासको भूमिका निर्वाहका लागि शिक्षा प्रदान गर्ने विद्यालयले नै आधारभूमिको भूमिका खेल्न सक्नुपर्दछ तर गुणस्तरका नाममा हाल चलिरहेको परीक्षामुखी पठनपाठन, साधन र स्रोतप्राप्तिका लागि गरिने अस्वस्थ प्रतिस्पर्धा आदि क्रियाकलाप मानव सभ्यताको विकासका लागि बाधकमात्र होइन सम्पूर्ण मानव जीवनलाई नै अधोगतितिर लाने मूल कारक बनिरहेको छ । यस्तो भयावह स्थितिबाट मानव अस्तित्व जोगाउन र सहजता प्रदान गर्नका लागि शिक्षा लिने र दिने प्रक्रिया÷पद्धतिका साथै प्रयोग र उपयोगसम्बन्धी नीतिमा व्यावहारिक रूपमा परिवर्तन गरी समस्याको निदान गर्न सक्ने शिक्षा प्रदान गर्नका लागि विद्यालयमा आजैबाट योग÷ध्यान उपयोग गरी आत्मविकास र विवेकशील बन्ने शिक्षा प्रदान गर्न अत्यन्त जरुरी छ, यस्तो उत्कृष्ट कार्यको सुरुवात यसै विद्यालयबाट हुनु जरुरी छ ।
पाठ्यक्रममा योगशिक्षालाई अनिवार्य विषयको रूपमा समायोजन गरिनसकेको अवस्थामा हाललाई १० वर्षभन्दा माथिका उमेर समूहका विद्यार्थीहरू र शिक्षक स्वयम्ले माथि उल्लिखित सम्यक दृष्टिको अभ्यास गर्ने विधिको नियमित प्रयोगका साथै कक्षा कोठामा होस (साक्षीतर्फको यात्रा) को साधना नियमित रूपमा गर्न÷गराउन सकिन्छ । जसका लागि प्रत्येक २ मिनेटमा शिक्षक तथा विद्यार्थीले लामो श्वास फेर्ने अभ्यास गर्ने, लामो श्वास फेर्दा न पढाउन बाधा छ, न त पढ्न नै बाधा पर्छ, बरु आत्मस्मरणको कारणले सूक्ष्म विषयवस्तुसमेत सहज रूपमा बुझ्न सकिन्छ ।
मानिस जति बढी होस (साक्षीभाव) मा रहन सक्यो त्यति बढी स्मरण शक्ति तीक्ष्ण हुन्छ । होस (साक्षीभाव) को साधनाको पहिलो चरणमा श्वास लिँदा र श्वास फेर्दा श्वासको स्मरण गर्ने प्रक्रियाबाट गर्न सकिन्छ र पछि हरेक कर्म गर्दा कर्ताको याद गर्ने अभ्यासले सााक्षीभावलाई थप उचाइ दिन सकिन्छ । बोधपूर्वकको श्वास÷प्रश्वासले नै आत्मस्मरण गराउँछ । जति बढी हामी आत्मस्मरणमा हुन्छौँ, त्यति बढी दिमागको स्मरण शक्तिले काम गर्दछ । यसलाई आफ्नो अभ्यासले मात्र अनुभव गर्न सकिन्छ, जसरी बहिरोलाई गुलियो शब्दको अर्थबोध गराउन चिनी, मह वा गुड (सक्खर) दिनुपर्छ, गुलियो चाटेपछि मात्र बहिरोको जिब्रोले गुलियोको स्वाद थाहा पाउँछ र मुस्कुराउँछ तर गुलियो नचाटेसम्म बहिरोलाई ३ हजार भाषाका गुलियो शब्दले सम्झाउँदा पनि उसलाई बुझाउन सकिँदैन । त्यसैगरी होसको साधनाको यात्रा पनि नियमित आफ्नो श्वासको याद गर्नुका साथै प्रत्येक कर्म गर्दा कर्ता वा स्वयम् आफ्नो याद गर्ने अभ्यासबाट मात्र बढाउन सकिन्छ ।
निष्कर्ष
हाम्रो जीवन केवल खाली क्यानभास हो । यसमा सुखको चित्र बनाउने कि दुःखको चित्र बनाउने हामीमा नै निर्भर गर्दछ । कस्तो रङ भर्ने सुन्दर वा कुरूप हामीमा नै आधारित छ । त्यसैले सबै घटनाबाट प्रेरणा ग्रहण गरी अगाडि बढ्नु नै सत्यको साधना गर्नु हो, त्यो नै सम्यक् दृष्टि हो । प्रत्येक घटनाबाट सत्य ग्रहण गर्ने कला नै अन्तरदृष्टिको विकास हो । हाम्रा सबै औपचारिक शिक्षामा यी विधिको प्रयोग हुनु नितान्त आवश्यक छ किनकि विनासकारी द्वन्द्वको सिर्जना नगर्न र द्वन्द्वको व्यवस्थापन गर्न हामी सबैमा सम्यक् दृष्टिको खाँचो छ । सम्यक् दृष्टिको विकास कथा पढेर हुँदैन यो त केवल मनन् र प्रयोगको विज्ञान हो त्यसैले यसलाई प्रयोग गर्नुपर्दछ । प्रयोग आजैबाट थालौँ । प्रज्ञा, बोध र चैतन्यको विकासका लागि शिक्षामा माथि उल्लिखित आष्टाङ्गिक मार्गलाई प्रयोग गराउनु, साधना गराउनु जरुरी छ, अनिमात्र हामीले सोचेजस्तो सम्यक् समाजको निर्माण हुनसक्छ ।
सम्यक् दृष्टि जीवन रूपान्तरणको एकमात्र कुञ्जी हो, जसले त्रस्तलाई मस्त बनाउन सक्छ । क्रोधलाई करुणामा बदल्न सक्छ । लोभलाई दानमा बदल्न सक्छ । ईष्र्यालाई प्रेममा बदल्न सक्छ । अहङ्कारलाई समर्पणमा बदल्न सक्छ । अनि द्वन्द्वलाई शान्तिमा बदल्न सक्छ । सधँैको रडाकोलाई स्थायी शान्तिमा परिणत गर्न सक्छ ।
सन्दर्भ ग्रन्थ
१. दि सेभेन ह्याविट्स अफ हाइली इफेक्टिभ पिपुल, स्टिफिन आर कोवे, २. आनन्द प्रज्ञा, कार्यक्रम पुस्तिका, ओशोधारा इन्टरनेशनल, ३. सहज योग, ओशो सिद्धार्थजी, ओशोधारा इन्टरनेशनल, ४. विचार विज्ञान, खप्तड बाबा , ५. ऋयचभ त्भबअजष्लन – द्यचष्भा क्ष्लतचयमगअतष्यल, व्। प्चष्कजलmगचतष्, ६. द्यभनष्ललष्लन या ीभबचलष्लन, व्। प्चष्कजलmगचतष्, ७. शिक्षा मे क्रान्ति, ओशो

देशप्रेम
स्व. गम्भीरबहादुर थापा
नेपाली हुँ भाइबैनी तिमी पनि भन ।तिमी पनि भाइबैनी देशप्रेमी बन ।।
लेख्न पढ्न भाइबैनी कोसिस गरी सिक ।
विभिन्न उद्योग धन्दा कारखाना स्वदेशमा झिक ।।
बाटोघाटो भाइबैनी शहरकै सरी ।
बन्नुपर्छ भाइबैनी नेपाल राष्ट्रभरी ।।
मोटर गाडी भाइबैनी सलल बगुन् ।
घिर्लिड्ड गाडी भाइबैनी मालभत्ता लागुन् ।।

बिजुलीले नेपाली
हिमाल, पहाड, तराई पाखो झिलिमिली ।
पारीदेऊ नेपाली तिमी मिलिजुलि ।।
कारखानामा नेपाली कलैले चल्ने ।
खेलौं स्वदेशमै नेपाली मोहोर रुपैँया फल्ने ।।

लुगा, कपडा, पाखी छेरा स्वदेशमा बुन ।
विदेशको नेपाली मुहानै थुन ।।
नेपालमा हो नेपाली जति छौं बाँचेका सबै ।
नेपाल हो नेपाली नामले एकै ।।
विदेशको नेपाली मुहानै थुन ।।
नेपालमा हो नेपाली जति छौं बाँचेका सबै ।
नेपाल हो नेपाली नामले एकै ।।
दुःख सही निरोग रही जीउ भए नेपाली उन्नति गर ।
अनि होला नेपाली स्वर्ण तिम्रो घर ।।
नेपाल हो नेपाली आयस्था अब ।
बराबरी नेपाली सबैमा सब ।।
पौरख गरी नेपाली गरी खानुपर्छ
बेइलमी नेपाली चाहिँ भोकभोकै पर्छ ।।
यति गरे नेपाली नेपाली हुँ भनी ।
छाती खोली नेपाली हिँड तिमी पनि ।।
(साभार गम्भीर साहित्यिक प्रतिष्ठान)
अनि होला नेपाली स्वर्ण तिम्रो घर ।।
नेपाल हो नेपाली आयस्था अब ।
बराबरी नेपाली सबैमा सब ।।
पौरख गरी नेपाली गरी खानुपर्छ
बेइलमी नेपाली चाहिँ भोकभोकै पर्छ ।।
यति गरे नेपाली नेपाली हुँ भनी ।
छाती खोली नेपाली हिँड तिमी पनि ।।
(साभार गम्भीर साहित्यिक प्रतिष्ठान)
माध्यमिक शिक्षा आइरन गेट
अनन्त कार्की
विद्यालयको
स्थापना भएको आज पाँच दशक पार गरी स्वर्ण महोत्सव ९न्यमिभल व्गदभभभिभ०
समेत सम्पन्न गरिसकेको लेखकलाई माध्यमिक शिक्षा प्रदान गर्ने श्री
महेन्द्ररत्न माध्यमिक विद्यालय रूपाटारले स्मारिका प्रकाशन गर्न लागेकोमा
ढिलै भए पनि यस ऐतिहासिक तथा गरिमामय समय प्रदान गरी केही आफ्नो भावना
व्यक्त गर्न पाएकोमा सम्पादक मण्डलप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
राणा शासनको अन्त भई शिक्षाक्षेत्रमा जताततै सुनौलो शिक्षारूपी किरण फैलिने क्रममा पञ्चायती व्यवस्थाको सुरुवात सँगसँगै स्व. भैरवीप्रसाद पोखरेलको विशेष र उल्लेखनीय योगदानका खातिर समाजको विकास र प्रगति हुनमा व्यक्ति, समाजलाई नभई नहुने विषय भनेको शिक्षा नै हो भन्ने मूल्य र मान्यतालाई हृदयड्डम गरी स्कुल स्थापना गर्न अग्रणी भूमिका खेल्नुहुने जोकोही पनि प्रसंशाको पात्र हुनुहुन्छ । त्यस्ता महान् मार्गदर्शन दिनुहुने व्यक्तिलाई कदापि भुल्न सकिँदैन ।
उदयपुर जिल्लाको पहाडी भूभागमा पर्ने यस स्कुल सुरुका दिनमा बजार कटारीबाट एक दिन हिँडेर उक्त स्कुलमा पुग्न सकिन्थ्यो, तथापि विद्यमान अवस्था समाजको विकास क्रमसँगै जटिल भौगोलिक कठिनतालाई चिर्दै कच्ची सडक विस्तार भएकोमा लेखक आफूलाई गौरवान्वित ठान्दछु । सुरुका दिनमा स्थानीय समाज शिक्षाक्षेत्रमा भर्खर फड्को मारेको हुनाले यस विद्यालयको स्थापना भएको धेरै समयपछि मात्र माध्यमिक शिक्षाअन्तर्गत एसएलसी परीक्षा दिन सकिने अवस्था भएको मिति २०४२ सालदेखि मात्र सुरुवात भएको पाइन्छ । लेखकको (२०४३–०४७) अवधिमा अध्यापन गराउनुहुने विज्ञान, अङ्ग्रेजी, तथ्याङ्क, गणित विषयका शिक्षाहरू भौगालिक दुर्गमताले अन्य विद्यालयको तुलनामा निकै कम प्रतिस्पर्धी थिए, त्यहाँको शैक्षिक स्तर गिरावट नै हुँदा पर्याप्त तालिम, शिक्षण दक्षता र अनुभवका मामिलामा शिक्षक पछाडि भएपनि अध्ययन र कडा मेहनत गरी विद्यार्थीले पढ्नुपर्छ, नैतिकताको जिम्मेवारी बोकेर राष्ट्रको व्यक्तित्व कहलाउनुपर्छ भनी गन्तब्य लिएर हिँड्ने उक्त स्कुलका विद्यार्थी आज राष्ट्रको जिम्मेवार गरिमामय पदसमेत चुम्न सकेको हुनुपर्छ जुन अपेक्षा ती विद्यार्थीहरूलाई अध्यापन गराउनुहुने शिक्षक, शिक्षिका पनि आफ्नो विद्यार्थी सफलताको शिखरमा पुग्न सफल हुन् भन्ने नै कामना गरेको हुनुपर्छ भनी लेखक अनुमान गर्नुहुन्छ ।
एक विद्यालय खोलेमा राज्यको दुईवटा जेल खाली हुनेछ भनी शिक्षाले नैतिकवान्, चरित्रवान् व्यक्तित्वलाई बीजारोपण गर्दछ भन्ने मूल नाराका साथ असल नियत र पवित्र उद्देश्यले शिक्षारूपी किरणहरूको पुञ्ज विद्यालयबाट शिक्षा प्राप्त गरी आज यस विद्यालयले उच्च माध्यमिक शिक्षा प्रदान गर्न सफल भएको छ, जसमा यस विद्यालयबाट निरन्तर रूपमा गराउनुभएका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीवी, विद्यालय, व्यवस्थापन समिति, पूर्वसञ्चालक समिति, आर्थिक सङ्कलन पक्षका दाता, सम्पूर्ण जिम्मेवार व्यक्ति, समूह, विद्वान् समूहलाई यस स्कुलप्रति देखाउनुभएको समर्थन, सद्भावको उच्च कदर गर्दै यसले गुणस्तर शिक्षामा प्रत्यक्ष प्रभाव पार्दछ, जुन राष्ट्रले एउटा सक्षम जनशक्तिको आवश्यकता महसुस गरेको हुन्छ । माथि उद्धृत गरिएका दिनमा अध्यापन गराउनुहुने शिक्षकलाई लेखकले अनादर गरेको नभई तत्कालीन समयको नियति नै भएको हुनाले सोही रूपमा सो कथनलाई बुझ्ने प्रयास गरिदिनुहुनेछ बल्लतल्ल एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरी उच्चशिक्षा र जागिरको उच्च आकाङ्क्षा लिएर गाउँबाट एउटा झोला बोकेर हिँड्ने लेखन, अध्ययनका क्रममा र कानुन व्यवसाय गर्ने क्रममा बजारमा हरेक वस्तु र सेवाको कस्तो प्रतिष्पर्धा हुने रहेछ ? ग्रामीण शिक्षा र शहरकेन्द्रित निजी विद्यालयको शिक्षाबीच कति फरक रहेछ ? र, यसले विद्यार्थीलाई कत्तिको प्रभाव पार्ने रहेछ भन्ने तीतो अनुभव छ, लेखकमा । तथापि कुनै पनि व्यक्तिले कुनै लक्ष्यलाई साध्य बनाएर तयारी अभ्यास र निरन्तरता दिन्छ भने आज विश्वको कुनै पनि वैज्ञानिक चमत्कारबाट टाढा रहनुपर्ने रहनेछ । असम्भव वस्तु पनि प्राप्त गर्न सकिने रहेछ, जुन व्यक्तिको इच्छा, लगाव, लगनशीलताको कर्मपथमा खडा हुने सदा उद्यमी व्यक्तिले नै सायद अणु बमको सूत्रपात भ्.mअद्द को निर्माण गरेको हुनुपर्छ र तिनै व्यक्ति आज ग्रहउपग्रहको अध्ययन गर्ने संस्था ल्ब्क्ब् मा समेत पुगेका हुन्छन् ।
अन्तमा यस विद्यालयको शैक्षिक स्तरलाई कसरी स्तरोन्नति गरी निजी विद्यालयसरहको पङ्क्तिमा उभ्याउन सकिन्छ भन्ने सदा अग्रगामी सोच, चिन्तन, अध्ययन, अनुसन्धान गरी राष्ट्रले अपेक्षा गरे अनुरूपको व्यक्तित्वको विकास गर्न आवश्यक पहल कदमी गरी नयाँ आउने पिँढीको समेत पूर्ण सफलताको कामना गर्दछु । यस स्मारिकामा केही सुझाव र मन्तव्य लिखित रूपमा व्यक्त गर्ने अवसर प्रदान गर्नुहुने श्रद्धेय मेरा तत्कालीन नेपाली विषयका शिक्षक श्री शारदाप्रसाद भट्टराईप्रति विशेष धन्यवाद दिँदै यो लेखकलाई विद्यार्थीबाट कानुन व्यवसायी स्नातक (अधिवक्ता) को गहन् जिम्मेवारी तथा अवसर प्राप्त गराउन उल्लेखनीय योगदान गर्नुहुने मेरा शिक्षक र माता÷पिताप्रति भक्तिभावको कामना गर्दछु ।

विनाश
मचिन्द्र पोखरेल
आमा तिम्रा ती वस्त्रहरूको द्वारा लुटिए ?
गतसाल नै हो यही बाटो हिँडेको थिएँ
तिम्रो छातीमा टेकेर
घना–जड्डलहरूले एकआपसमा
हात मिलाइरहेका थिए ।
ती हरिया र काला बृक्षका रूखहरू
बीचको चौतारो, पानीको पँधेरो
र बीचबीचमा रहेका बिसाउनीहरू
आमा तिम्रो जुहारत थियो ।
बीचको चौतारो, पानीको पँधेरो
र बीचबीचमा रहेका बिसाउनीहरू
आमा तिम्रो जुहारत थियो ।
हरेक बटुवा र भरियाहरूले
तिनै तिम्रा गहनाहरूमा बसी
दुःख, वेदना, शोक र पीडालाई विनिमय गरेर
आनन्दको सुस्केरा सुसाउँथे ।
तिनै तिम्रा गहनाहरूमा बसी
दुःख, वेदना, शोक र पीडालाई विनिमय गरेर
आनन्दको सुस्केरा सुसाउँथे ।
शिशिर ऋतुको उजाड दिनमा पनि
तिम्रो शरीरमा वस्त्र, नाकमा मुन्द्री
कानमा कुण्डल, गोडामा पाउजू
गलामा पोते र ओठमा हाँसो हुन्थ्यो ।
तिम्रो शरीरमा वस्त्र, नाकमा मुन्द्री
कानमा कुण्डल, गोडामा पाउजू
गलामा पोते र ओठमा हाँसो हुन्थ्यो ।
यसैपालि म त्यही बाटो हिँडेको थिएँ
त्यो तिम्रो छातीमा
सिंह र बाघको रूखो स्वर गर्जेझैँ
फलामे दाँतहरू घिस्रिरहेका रहेछन् ।
त्यो तिम्रो छातीमा
सिंह र बाघको रूखो स्वर गर्जेझैँ
फलामे दाँतहरू घिस्रिरहेका रहेछन् ।
एकअर्कामा हात मिलाउने बृक्षहरू
चिच्याउँदा नसुनिने ठाउँमा पुगेछन्
बटुवा र भरिया बस्ने चौतारोमा
प्रचण्ड घामले कब्जा जमाएछ
चिच्याउँदा नसुनिने ठाउँमा पुगेछन्
बटुवा र भरिया बस्ने चौतारोमा
प्रचण्ड घामले कब्जा जमाएछ
मन्दिरमा भएका मूर्ति र घन्टाहरू
यहाँबाट विदेशतिर बसाइँ सारिएछ
यहाँ त अब बटुवा र भरियाहरूका
ओढारबाहेक केही बाँकी रहेनछ ।
यहाँबाट विदेशतिर बसाइँ सारिएछ
यहाँ त अब बटुवा र भरियाहरूका
ओढारबाहेक केही बाँकी रहेनछ ।
आमा धेरै सन्तान जन्मायौँ
बुई चढायौ, हुर्कायौ, बढायौ
कामगरी खान सक्ने बनायौ
देश विदेश पठायौ
बुई चढायौ, हुर्कायौ, बढायौ
कामगरी खान सक्ने बनायौ
देश विदेश पठायौ
तर आमा यी भोकाहरूले
तिमीलाई निर्वस्त्र त बनाइसके
अब तिम्रो मासु भाग लगाउनेछन्
र कहाँ बेच्नेछन्, त्यो त हेर्न बाँकी नै छ ।

तिम्रो शरीरमा बज्रपात नपरोस्
तिम्रो अड्डहरू नबेचिऊन्
तिम्रा वस्त्रहरू नच्यातिऊन्
यही हाम्रो सधैँसधैँ माग छ ।
तिम्रो अड्डहरू नबेचिऊन्
तिम्रा वस्त्रहरू नच्यातिऊन्
यही हाम्रो सधैँसधैँ माग छ ।
बालमैत्री कक्षा र मेरो अनुभव
रुक्मिणी राउत
युनिसेफले बालमैत्री कक्षा सञ्चालनमा सहयोग पु¥याएर शिक्षाक्षेत्रको
कायापलट गरिदिएको छ । बालबालिकाको सर्वाेपरि हितको विकासमा भएको सहयोग
सह्राहनीय मात्र होइन अतुलनीय पनि छ । विद्यालयमा बालमैत्री कक्षा सञ्चालन
भएयता शिक्षण सिकाइमा नयाँ जीवनको थालनी भएको छ । जब म कक्षाभित्र प्रवेश
गर्छु, कलिला मधुर आवाजहरू एकै स्वरमा गुन्जायमान हुन्छन्– ‘गुड मर्निङ मिस
¤’ म पनि लेघ्रो तानेर अभिवादन गर्छु – ‘गुडमर्निङ ¤’ मौरीको रानीलाई
घेरेर झुन्ड भएजस्तै गोलबन्द भएर नानीहरू बस्दछन् । तिनका भुकुल्टा परेका
हात, तृषित नेत्र, उज्यालो सफेद अनुहार, स्वच्छन्द हेराई अनि दिव्य
मुस्कानले मेरो आनन्दको सीमा रहन्न । म हर्षले गद्गद हुन्छु । मभित्रको
मातृहृदय झरिलो भएर रसाउँछ । अनायासै मेरा हातहरू तिनका गाला र केशराशि
सुम्सुम्याउन पुग्दछन् । त्यतिले कहाँ पुग्छ र ? चुपूचुपू चुम्बन दिएपछि
मात्रै मेरो अभिवादनको कर्म पूरा हुन्छ ।एकछिन्को आनन्द र रमाइलो वातावरणपछि हाम्रो पठनपाठन सुरु हुन्छ, समाचार वाचनबाट । खाएका खानेकुराहरू, बाटामा भेटेका र देखेका नौलो घटनाहरूकोविवरण पालैपालो सुनाएपछि हामी विषयवस्तुतिर प्रवेश गर्दछौ । भित्तामा झुण्ड्याएका सामग्रीहरू देखाउँदै म उनीहरूलाई पढ्न र लेख्न प्रोत्साहित गर्दछु । कार्पेटमाथि चकटीमा बसेर उनीहरू आनन्दले लेखिरहेका हुन्छन्, कोही पढिरहेका हुन्छन् । छिटो छिटो लेखेर सुनाउने नानीहरूको आन्तरिक प्रतिस्पर्धाको होडबाजी चल्छ । कोही अत्तालिँदै बोल्छन् अब के लेख्नु मीस ? सरलबाट जटिल हुँदै सिकाइ प्रक्रिया चलिरहन्छ । कहिले सात वार बाह्र महिनाकोगीत गाउँदै त कहिले गिन्ती दुनाई, ब्, द्य, ऋ, म्, को सुर मिलाउँदै छमछमी नाचेर आनन्दले हाँसेर हाम्रो दिनचर्या यस्तै हुन्छ ।
कहिलेकाहीँ माथिड्डलमा अनौठो प्रश्न उठ्छ, ‘म को हुँ ?’ उत्तर सजिलै छ नि ‘म विद्यार्थी पढाउने शिक्षक ।’ विद्यार्थीहरूलाई आफ्नो काबुमा राखी अनुशासनको छडी हाल्नु मेरो कर्तव्य । मेरो विगतको विद्यार्थी जीवन सजीव भएर उठ्छ । पानापानै घोकियो । घोक्न नसक्दा कहिले हातमा फोका उठ्ने गरी पिटाइ खाएको, कहिले घन्टीभरि कुखुरो बनेर निहुरी परेको सम्झना अहिले पनि ज्युँ का त्युँ छ । घोर अपराध गरेको कैदीले झैँ सजाय पाएर पनि घरमा पोल खोल्न सकिएन । खोलेरै पनि के गर्नु ? बाउको पाइन कति नै थियो र ? कठैबराको मल्हमपट्टी र निरीह निःश्वासको अभिव्यक्ति त हो नि ¤ मेरो कलिलो मस्तिष्कमा प्रतिशोधको भावना उठ्थ्यो, बदलाको भाका बोकेर । पछिसम्म यस्तो भावनाले हृदयकेन्द्रमा गहिरो घर गरिरह्यो । जब म विद्यार्थी जीवनबाट शिक्षक पेसामा प्रवेश गरेँ, तब मेरो सोचमा पनि परिवर्तन हुँदै आयो । गुरुहरूले दिएको सजाय दुःखपूर्ण भए पनि सफल जीवनका लागि सहायक नै बन्यो साथै शिक्षण पेसामा सजाय र गालीले बाल मनस्थितिमा पर्ने मनोवैज्ञानिक असर बुझ्ने अवसर पनि प्राप्त भयो । त्यसैले मलाई भन्न मन लाग्छ, म बालकहरूकी आमा हुँ, तोतेबोली फुटाउँदै ओठ खुलाउने । उनीहरू मेरा विद्यार्थी र गुरु पनि हुन् । उनीहरूबाट म धेरै कुरा सिकिरहेकी छु । प्रत्येक बालकका मस्तिष्क पुस्तकका पाना बनेका छन् । म प्रत्येक दिन तिनका पत्र पल्टाउँछु र मनोविज्ञानको अध्ययन गर्छु । तिनीहरूका भावाव्यक्ति, मनोदशा, रुचिक्षेत्र, इच्छा र आकाङ्क्षाले शिक्षण विधि, छनोटमा सहयोग पुगेको छ । म उनीहरूलाई पढाउँदिनँ, केवल सहजीकरण गर्छु । उनीहरू जे खोजिरहेका छन्, त्यो पत्ता लगाउन सहयोग गर्ने म सहजकर्ता हुँ । त्योभन्दा बढी मेरो भूमिका छैन ।
शिक्षणको मुख्य उद्देश्य सिकाइ हो । बालकको व्यवहारमा परिवर्तन नआएसम्म सिकाइ हुँदैन । सिकाइ हुन बालक शारीरिक र मानसिक दुवै रूपले तयार हुन जरुरी छ । उत्प्रेरणा र हौसलाले बालकलाई क्रियाकलाप गर्न निर्देशित गर्दछ । शिक्षकको काम सिकाइ वातावरणको तयारी गर्नु हो । बालकहरू खेल्न र मनोरन्जन गर्न मन पाउँछन् । उपयुक्त खेल विधि र मनोरञ्जनात्मक वातावरणबाट बालकहरूको सुषुप्त प्रतिभा प्रस्फुटन हुन्छ । उत्प्रेरण नगराइकन दण्डको हतियार चलाएर बालकलाई शिक्षण गर्ने कोसिस गर्नु मूर्खता हो, प्रतिशोधको तारो बन्नु पनि हो । सिकाइ जबर्जस्ती हुनसक्दैन । यसबारे प्रसिद्ध शिक्षाविद् ज् mबल ले भनेका छन् – ूब् तभबअजभच धजय ष्क बततझउतष्लन तय तभबअज धष्तजयगत ष्लकउष्चष्लन तजभ उगउष् िधष्तज बमभकष्चभ तय भिबचल ष्क जबmmभचष्लन यल अयमि ष्चयलक।ू
बालहरू स्वतन्त्र र स्वच्छन्द हुन्छन् । उनीहरूका विचार भावना हुन्छन् निष्कपट र निश्चल पनि । उनीहरूको हाँसोभर ईश्वरको दिव्य रूप र स्वर्गीय आनन्द हुन्छ । जसले बालकलाई चिन्दछ, उसले सत्यलाई पनि चिन्दछ । बालहरूको स्वतन्त्र अस्तित्वलार्ई ध्यानमा राखी समावेशी शिक्षण सिकाइ बालकहरूकोअधिकार र शिक्षकको नैतिक दायित्व पनि हो । समाजभर भएका विविध किसिमका विभेद तŒवहरूको कुप्रभावले बालकको मानस्पटलमा हीनताको बोध गराउँछ । सामाजिक विसङ्गतिको अन्त्य गर्दै सुसंस्कार र विशुद्ध मानवीय भावनाको विकास गराउनु शिक्षाको मुख्य लक्ष्य हो भन्ने एजुकेसन ह्युमेन भ्यालुलार्ई शिक्षकले कहिल्यै बिर्सन हुँदैन ।
ूब्िि जगmबल दभष्लनक बचभ भत्रगब िबलम बचभ भत्रगब िदभायचभ नयम, अबकतभ बलम अबिकक मष्कतष्लअतष्यल बचभ mबल mबमभ दबकभम यल भअयलयmष्अ बलम उयष्तिष्अब िअयलमष्मभचबतष्यल।ू
– व्।क। कधबmतिथ।
प्रकृतिले बालकहरूलाई एउटा न एउटा प्रतिभा दिएकै हुन्छ । शिक्षकले बालकको मनोग्रन्थीमा नयाँ गुण भर्न सक्दैन । बालकमा भएका जन्मजात गुणको योजना गर्न गुरुको अभीष्ट लक्ष्य हुनुपर्छ । वर्तमान शिक्षाको राष्ट्रिय उद्देश्यले पनि बालकहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा जोड दिएको छ ।
अमंत्र अक्षरं नास्ति
नास्ति मूलं बनौषधि
अयोग्य पुरुषो नास्ति
दुर्लाभस्तत्र योजक
मन्त्रबिनाको अक्षर हुँदैन, औषधि नहुने जरो हुँदैन, मान्छे अयोग्य हुँदैन, योजना गर्न गाह्रो हुन्छ ।
सारा बेच्न सक्छन्
– सहयात्री अरूण वि.क.
रूपाटार –५, स्मरण बस्ती
शाहीडाँडा, उदयपुर
जून बेच्न सक्छन् यहाँ तारा बेच्न सक्छन् यहाँ
याद गरौँ नेपाली हो सारा बेच्न सक्छन् यहाँ
प्राकृतिक सम्पत्ति हो जोगाइराख्छौ भने पनि
लुम्बिनी, गोसाइँकुन्ड अनि रारा बेच्न सक्छन् यहाँ

सारा नेपाल शान्ति ल्याउँछौँ भन्दै नेता हिँडे पनि
बन्न लाग्या संविधानको धारा बेच्न सक्छन् यहाँ

मेचीदेखि महाकाली एउटै धर्म माने पनि
देउडा, सिलोकजस्ता आफ्ना पारा बेच्न सक्छन् यहाँ

क्रान्ति–शान्ति
चूडामणि भट्टराई
शान्ति असल देख्नेहरू हो,क्रान्ति खराब भन्नेहरू हो ।
शान्तिको धर्म बुझ्ने गर,
क्रान्तिको मर्म बुझ्ने गर ।।
शान्ति त एउटा शब्द पनि हो,
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्तिको अनिवार्यता देख्नेहरू हो,
शान्तिको आवश्यकता बुझ्नेहरू हा े।
शान्तिभित्र क्रान्ति खोज्ने गर ,
क्रान्तिभित्र शान्ति रोज्ने गर ।।
शान्तिको आवश्यकता बुझ्नेहरू हा े।
शान्तिभित्र क्रान्ति खोज्ने गर ,
क्रान्तिभित्र शान्ति रोज्ने गर ।।
शक्ति त एउटा शब्द पनि हो,
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
घटनाबाट शब्दको चयन गर्नेहरू हो,
शब्दबाट घटनाको बयान गर्नेहरू हो ।
क्रान्तिबाट शान्ति आउँछ भने,
क्रान्तिलाई स्विकार्ने गर ।।
शब्दबाट घटनाको बयान गर्नेहरू हो ।
क्रान्तिबाट शान्ति आउँछ भने,
क्रान्तिलाई स्विकार्ने गर ।।
शान्ति त एउटा शब्द पनि हो,
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
शब्द–शब्ददेखि डराउनेहरू हो
भाषा–भाषाबीच हराउनेहरू हो ।
शान्तिले क्रान्ति ल्याउँछ भने
क्रान्तिको परिणाम विचार्ने गर ।।
भाषा–भाषाबीच हराउनेहरू हो ।
शान्तिले क्रान्ति ल्याउँछ भने
क्रान्तिको परिणाम विचार्ने गर ।।
शान्ति त एउटा शब्द पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
गोलीको बोली बुझ्नेहरू हो
भाषाको तमासा सुन्नेहरू हो
शान्तिसँग क्रान्ति झुक्छ बुझ्ने गर
शान्तिभित्र क्रान्ति लुक्छ विश्वास गर ।।

शान्ति त एउटा शब्द पनि हो
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति–क्रान्ति भनी चिच्याउनेहरू हो,
शान्ति–शान्ति भनी झिँज्याउनेहरू हो ।
एक सिक्का दुई पाटा स्विकार्ने गर,
एक जोर्तीका दुई बाटा विचार्ने गर ।।
शान्ति–शान्ति भनी झिँज्याउनेहरू हो ।
एक सिक्का दुई पाटा स्विकार्ने गर,
एक जोर्तीका दुई बाटा विचार्ने गर ।।
शान्ति त एउटा शब्द पनि हो,
क्रान्ति त एउटा भाषा पनि हो ।
क्रान्ति त एउटा भाषा पनि हो ।
बाल्यकालको रूपाटार:-
विगतदेखि वर्तमानसम्म
जङ्गबहादुर खड्का
लगभग अढाइ दशक पूर्वको मेरो बाल्यकाल र श्री म.र.मा.वि. रूपाटारमा व्यतीत
भएका ऐतिहासिक क्षणहरू आज पनि मेरो स्मृतिचिन्हमा ताजा जीवन्त र स्थायी छन्
। समयले यति चाँडो फड्को मारेछ कि रूपाटारको मेरो विद्यालय जीवन दुई दशक
पहिले नै समापन भइसकेको रहेछ । त्यस्तो अनुभूति नै भएन । उदयपुर जिल्लाको
उर्वर भूमिको रूपमा चित्रित रूपाटारले राजनीति, शिक्षा, समाजसेवालगायत
सामाजिक जीवनका विविध आयामहरूमा अग्रणी स्थान लिई उच्च छवि ओगटन सफल भएको छ
। मलाई जन्माउन, हुर्काउने, बालक्रीडामा मनोरञ्जन प्रदान गर्ने र
विद्यालयकालीन शिक्षा प्रदान गर्ने मेरो मातृभूतिप्रति हार्दिक श्रद्धा
एवम् आदर अर्पण गर्दछु ।विगत र वर्तमानको मेरो रूपाटारमा आकास र पतालको अन्तर भएछ । त्यतिबेला खानेपानीको ठूलो अभाव थियो । कार्यलय सहयोगी दाइ गौतमले घैँटोमा लगभग आधा घन्टाको समय लाग्ने दूरीबाट ल्याएको पानी हामी विद्यार्थीहरू लुछाचुँडी गरी पिउँथ्यौ । आज खानेपानी त के ? सिँचाइको समेत राम्रो प्रबन्ध भएछ । बिजुलीको राम्रो व्यवस्था भएछ । त जहाँ सहरमा जस्तो बदलिरहने लोडसेडिङले ल्याउने अँध्यारो र उज्यालोको सास्ती भोग्नुपर्दाेरहेनछ । हामीलाई कतिपय विषयहरूमा अध्यापन गर्न विषयगत दक्ष गुरुहरूको अभाव हुँदा दुःखसुखपूर्वक मावि तहका विषयहरू सिक्थ्यौ र पढ्थ्यौँ । एसएलसी रिजल्ट अति नै न्यून हुन्थ्यो । हाल विद्यार्थीहरूलाई घरमै बसेर +२ अध्ययन गर्ने अवसर मिलेको छ । विषयगत गुरुहरूको कुनै अभाव रहनेछ । सङ्ख्यात्मक वा गुणात्मक पक्षको वास्तविक विश्लेषण जेजस्तो भए पनि एसएलसी र +२ को नतिजा उत्साहवद्र्धक देखिएको छ । मलाई माध्यमिक तहमा अध्यापन गर्ने आदरणीय गुरुहरू अमृत साफी, श्यामदेव यादव, रवीन्द्रराज शाही, शारदा प्र. भट्टराई दुर्गानन्द गुप्तालगायत सम्पूर्ण गुरुहरूले अध्यापन गर्नुभएको, दीक्षा दिनुभएका सुन्दर वाणीहरू, कक्षाकोठा गुरुहरूको प्रस्तुति र पहिरन अझै पनि जीवन्त छ । लाग्छ गुरुहरूले मलाई हालसालै पढाइरहनुभएको छ । हो पनि, श्रद्धय महान् गुरुहरूको आशीर्वादले आज म एक शैक्षिक धरोहरको रक्षकको जिम्मेवारी पाएको छु । हार्दिक कृतज्ञता ज्ञापन गर्दछु, मेरो परम गुरुहरूलाई ।
मेरो सहपाठीहरू आज मजस्तै अधवैँसे उमेरका भइसकेका होलान् । धेरै साथीहरूसँग भेटघाट हुन पनि छाड्यो । समय र परिवेशको क्रूर नियतिले होला, एकआपसमा सदैव बस्ने इच्छा भए पनि बसिरहन पाइँदैन रहेछ । मेरो परम मित्र चम्पक राई इन्डियातिर छन् रे । केदार, खडेन्द्र, रामभक्त, पेशल, कौशिलालगायतका केही अन्य कक्षा साथीहरू भेटघाट हुँदै छ । विद्यालयको सांस्कृतिक कार्यक्रम, सरस्वती पूजामा नाचेको, गाएको, कक्षाकोठामा पढेको र साथीहरूसँग मनोरञ्जन गरेको कतिपय सन्दर्भहरू अहिले पनि मानसपटलमा क्यामराको फ्ल्यासजस्तै झुल्किरहन्छ जसले मलाई पूर्ण आनन्द र सन्तुष्टि प्रदान गर्छ ।
मेरो परिकल्पनाभन्दा माथि रूपाटारले अहिले यातायातको सुविधासमेत पाएको छ । हामी नजिकैको बजार कटारी पूरै १ दिन हिँडेर आउँथ्यौ अहिले उक्त कठिनाई भोग्नुपरे पनि बाटोको अवस्था यात्रा गर्ने हिसाबले अत्यन्त खतरनाक रहेछ । सम्बन्धित निकायहरूले यसमा विशेष चासो देखाउनुपर्ने अवस्था देखिन्छ । विगतमा विद्यालयको भौतिक पक्ष त्यति दुर्बल नभए पनि आकर्षक थिएन । थोत्रे छात्राबास, अस्थायी शौचालय, सामान्य विद्यालय भवन न्यून फर्निचर, पुस्तकालको सुरुवातको रूपरेखा आदि थिए । हाल भवन, पुस्तकालय, फर्निचर, शौचालय आदिको राम्रो प्रबन्ध छ । हुन त भौतिक पक्ष मात्रै मजबुत भएर संस्था पूर्ण रूपले सबल हुँदैन । शिक्षा प्रणालीको सशक्त लागतको रूपमा परिभाषित हुने विद्यार्थीवर्गमा अध्ययनको प्यासको अभाव पाइएको छ । अनुशासनका खम्बाहरू भत्किएका छन् । अभिभावक शिक्षाको ठूलो खाँचो छ विद्यार्थीलाई । कक्षाकोठामा गुरुले पढाएको विषयलाई बुझ्यौ भनी प्रश्न गर्दा औपचारिकता निभाउन बुझेँ भन्ने तर यथार्थतामा मुस्किलले २० प्रतिशत विद्यार्थीहरूले मात्र बुझ्ने गरेको कटुयथार्थ उद्घाटित भएको छ । विकृत परीक्षा प्रक्रियालगायतका अन्य विविध समस्याले शिक्षा क्षेत्र जकडिएको छ । तसर्थ, शिक्षा क्षेत्रको समग्र विकास र परिस्कारको लागि शैक्षिक सरोकारवाला सबैले उच्चसतर्कता तथा दूरदर्शीताका साथ काम गर्नुपर्ने समय आइसकेको छ ।
मेरो जन्मस्थल मादलेबाट रूपाटारमा अवस्थित माध्यमिक विद्यालय पुग्न करिब ४५ मिनेट हिँड्नुपथ्र्याे । प्रत्येक दिन ९० मिनेट पैदलयात्रा गरी विद्यालय शिक्षा हासिल गरेको, दिउँसो भोकै बसी दुःखका साथ पढेको र कहिलेकाहीँ खाजा लगेको मकै, भटमास, फर्की आउँदा लुकाएर राखेको रूखका पोथ्राहरूमा नपाएको खिन्न अनुभूति अझै ताजा छ । तथापि हालका शहरको सुविधा सम्पन्न क्षेत्रका विद्यार्थीहरूले सुख र मोजका साथ पढेको दृश्य तुलना गर्दा आफूलाई विगतकै सङ्घर्षमा शैक्षिक जीवन प्रिय भएको अनुभूति हुन्छ । विद्यालयतर्फ जाने बाटोको अवरोह र आरोहको बीचमा रहेको यारी खोला मेरो लागि विद्यालय विदा भएपश्चात्को क्रीडास्थल हुन्थ्यो । बगरमा म र मेरा साथीहरू छुर, कबड्डी आदि खेल्थ्यौँ । खोलामा पौडी खेल्ने र माछा मार्ने काम यदाकदा गथ्र्यौं । यारी खोला त्यस क्षेत्रको खेतमा सिँचाइ सिँचित गर्ने मुख्य पानीको स्रोत हो । मेरो बालसखा क्रीडास्थल अहिले जलविद्युत् योजनाको स्रोतकेन्द्र भएको र रूपाटारे रातलाई दिनमा परिवर्तन गर्ने उदाहरणीय शक्ति स्रोत भएको पाउँदा यारी खोलालाई हृदयदेखि नै साधुवाद टक्राउँछु ।
उदयपुरको दुर्गम पहाडी क्षेत्रको रूपमा चित्रित मेरो रूपाटारले शहरोन्मुख विकासका पाइलाहरू पछ्याइरहेकोमा म हर्षविभोर छु । त्यस उच्चमाविले पूर्वविद्यार्थी, समाजसेवी, राजनीतिज्ञलगायत आमशिक्षाप्रेमी महानुभावहरूलाई आमन्त्रण गरी रजतजयन्तीजस्तो पावन पर्व हर्ष उल्लासमय तवरले मनाएको खबरप्रति समस्त आयोजक एवम् विद्यालय परिवारलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । भविष्यमा उक्त विद्यालयले क्याम्पसको सिँढी चढी त्यस क्षेत्रमा एक प्रतिष्ठित र स्थापित शिक्षण संस्था बनी ज्ञानको चिराग अनन्तकालसम्म प्रज्ज्वल्लित गर्न सफल रहोस् र विद्यालयको सर्वाड्डिण विकास होस् भन्ने सदिच्छा प्रकट गर्दछु ।
पूर्वविद्यार्थी, श्री म.र.मा.वि. रूपाटार
हाल, क्याम्पस–प्रमुख, श्री बरुवा क्याम्पस, गाईघाट
रूढिवादीभित्र लुकेको विज्ञान
माथवरसिंह राउत ‘शङ्कर’
संसारको
कुनै पनि त्यस्तो समाज देश वा संस्कृति छैन, जसलाई कुनै न कुनै प्रकारको
जडता वा रूढिवादले नगाँजेको होस् । उदाहरणको लागि हामी सबैले उन्नत र
वैज्ञानिक समाजहरू मान्ने गरेका युरोप र अमेरिकाका समाजहरूमा पनि प्रशस्त
मात्रामा अन्धविश्वास र रूढिवाद पाइन्छ । अङ्क १३ लाई अशुभ मान्नेदेखि
पादरी र चर्चालाई टाउकामा बोकेर बाँच्ने पश्चिमा जगत्मा आज पनि बहुसङ्ख्यक
छन् । रूढिवादीलाई सङ्क्षेपमा मासिनसहरूभित्रको त्यस्तो दर्शन वा दृष्टिकोण
मान्न सकिन्छ, जुन थाहा पाएर वा नपाएर मानिसले अँगालिरहेको हुन्छ र तुरन्त
परिवर्तन स्विकार्न चाहँदैन । यसलाई मनोवैज्ञानिक इनर्सिया ९एकथअजययिनष्अब
िष्लभचतजष्ब० पनि भन्न सकिन्छ । दिमागले भनिसक्यो भूतप्रेत छैन तर पनि
मनले स्विकार्दैन, विज्ञानले प्रमाणित गरिसक्यो पृथ्वीले सूर्यलाई
परिक्रममा गर्छ भनेर तर पनि मनले आत्मसात् गर्न सक्दैन । थाहा भइसक्यो कि
धुमपान, मद्यपान गर्नुहुँदैन, स्वास्थ्य बिग्रन्छ तर पनि छाड्न मन लाग्दैन ।
थाहा छ बिहान उठ्नु राम्रो विषय हो तर पनि मन लाग्दैन । यी सब कुराहरू
हुनुमा हाम्रो बानीको परिवर्तन गर्न नचाहने स्वभाव हो । यो प्रवृत्ति सबै
प्राणीजगत्मा हुन्छ, तर फरक यति हो, दृढ इच्छाशक्तिद्वारा मात्र चाँडै
परिवर्तन गर्न सकिन्छ । यो मनोवैज्ञानिक इनर्सियालाई न्युटनको भौतिक
विज्ञानको चालसम्बन्धी पहिलो नियमसँग तुलना गर्न सकिन्छ । हामीलाई थाहा छ,
न्यूटनको चालसम्बन्धी नियमअनुसार कुनै पनि वस्तुलाई बाहिरी बल प्रयोग
नगरेसम्म, उक्त वस्तुले आफ्नो अवस्था परिवर्तन गर्न सक्दैन । यदि हाम्रो
बानीलाई मनको वर्तमान अवस्था र हाम्रो दृढ इच्छाशक्तिलाई बाहिरी बल मान्ने
हो भने यो भन्न सकिन्छ कि दृढ इच्छाशक्ति नभएसम्म बानीमा परिवर्तन ल्याउन
सकिँदैन । कुनै पनि घटना, चलन, विचार या संस्कृति जड या रूढ हुनुमा मानवका
मुख्यतया दुईवटा कमजोरी पाइन्छन् । पहिलो, उसमा वैकल्पिक वा बागी उपाय
नहुनु । दोस्रो, उसमा परिवर्तनका लागि आवश्यक दृढ आत्मविश्वास, आँट वा साहस
नहुनु ।
कुनै पनि घटना वा विचारलाई हेर्ने सन्दर्भमा हामीले अपनाएको प्रक्रिया, ढङ्ग तथा परिणामको संयुक्त योगलाई हाम्रो दर्शन ठान्न सकिन्छ । हामी पटकपटक चिच्याउने गर्छौ – हाम्रो दर्शन वैज्ञानिक हुनुपर्छ । हाम्रो बुझाइ रूढ हुनुहुँदैन । हरेक घटनालाई विज्ञानसम्मत् तौलिनुपर्दछ आदि । तर विज्ञानसम्मत् भनेको के हो ? वैज्ञानिक हेराइ कस्तो हुन्छ ? यस सन्दर्भमा बीसौँ शताब्दीका महान् भारतीय चिन्तक ओशोको विचार मननीय छ । उनी भन्छन्– ‘कुनै पनि विषयलाई बिनाआधार वा प्रमाण सम्पूर्ण रूपमा मान्नु वा सम्पूर्ण रूपमा नमान्नु दुवै जडता हुन् ।’ उदाहरणको लागि वर्तमान पुस्ताले बिनाआधार वा प्रमाण ईश्वर छैन भनेर भन्नु र कसैले बिना प्रमाण ईश्वर छ भनेर भन्नु उस्तै रूढिवादी सोचहरू हुन् । रूढिवादी मानिसका हृदयमा कुनै पनि अविश्वास रहेको हुँदैन, बरु जबर्जस्त अन्धविश्वास रहेको छ । अन्धविश्वासले ग्रस्त भएपछि घटनाप्रति शङ्का तथा उपशङ्का बाँकी रहँदैन । यही सोचेको कारणले मानिस खोज तथा अनुसन्धानमा लाग्दैन बरु जस्ताको तस्तै रहन्छ । अध्यात्मिक मानिसहरूमा रूढिवादीको प्रभाव बढी छ भन्ने कुराको हामी सबैलाई थाहै छ । तर, विज्ञान पढ्ने, पढाउने, वैज्ञानिक सोचयुक्त ढाक्ने, विज्ञानवादी भनाउनेहरू बीचमा हुर्केको रूढिवादी डरलाग्दो छ । यो सानो आलेख तिनै विज्ञान पढेकाहरूप्रति लक्षित छ, जो झन्झन् रूढिवादी बन्दै गइरहेका छन् । रूढिवादीका अनेक रूप, प्रकार, चरित्रहरू छन् । सम्पूर्ण रूपमा रूढिवादमुक्त कोही पनि हुन सक्दैन । भर्खर जन्मिएको बालक सम्पूर्ण रूपले वैज्ञानिक र यथार्थपरक हुन्छ अनि स्वतन्त्र पनि । तर महान् फ्रान्सेली चिन्तक जिन ज्याक्स रुसोले भनेजस्तै एउटा स्वतन्त्र बालक समाजका यावत् जालझेलहरूबाट बेरिएर मर्ने बेलामा बन्धकजस्तै हुन्छ ।
मलगायत हामी सम्पूर्ण विज्ञान पढ्ने र पढाउनेहरू आज सबैभन्दा उग्ररूढ हुँदै गइरहेका छौँ । हामीमा हाम्रो धर्म, संस्कृति, चलन, परम्पराप्रति यति धेरै उग्र अविश्वास र अनास्था छ कि हामी नाममात्र पनि लिन चाहँदैनौँ । हाम्रो संस्कृतिभित्र, समाजभित्र, परम्पराभित्र, रीतिरिवाजभित्र, चालचलनभित्र केही सकारात्मक पक्ष छ कि ? केही वैज्ञानिकता छ कि ? भनेर खोज्ने, घोत्लिने कामको त कुरै छाडौँ सोच्ने प्रयाससम्म गर्न सकिरहेका छैनौँ । यो खराब बानीले हामीलाई सम्पूर्ण रूपमा परनिर्भर त बनायो बनायो, अवैज्ञानिक र सतही पनि बनाइरहेको छ । हामी आफूलाई पढेलेखेका, वैज्ञानिक ठान्नेहरूले रूढिवादी भनेर मानेका विषयहरूभित्र लुकेका वैज्ञानिक सत्यता र तथ्यहरूलाई उदाहरणसहित उतार्ने प्रयास यहाँ गरिएको छ ।
हाम्रो हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ । सनातन भनिनुको कारण यस धर्मको कोही घोषित वा लिखित प्रारम्भकर्ताहरू एकिन छैनन्, जो अरू सबै धर्ममा पाइन्छन् । यो अत्यन्त पुरानो र आदिम परम्परा पनि हो । यसका केही चालचलन, परम्परा र रीतिरिवाजहरूभित्र हजारौँ वर्षका गहन् निचोडहरू र निष्कर्षहरू सम्मिलित छन् । त्यसैगरी मुस्लिम, बौद्ध, शिखआदि धर्महरूमा पनि गहन् वैज्ञानिक निचोडहरू पाइन्छन् ।
१. प्रायजसो सबै समाजमा, धर्ममा, जातिमा व्रत, उपवास वा यस्तै अन्य कुनै न कुनै रूपमा भोकै बस्ने चलन छ । निश्चित समयको अन्तरालमा भोकै बस्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक भएको कुरा वैज्ञानिक रूपमै पुष्टि भइसकेको छ । हाम्रो पाचन प्रणाली पनि अन्य यन्त्रजस्तै एउटा यन्त्र हो, जसलाई विश्रामको आवश्यकता पर्छ । व्रत वा उपवास बस्दा यो आवश्यकता पूरा हुन्छ र, पाचनप्रणाली पनि शक्तिशाली हुन्छ । यही कारणले व्रत वा उपवास बस्ने परम्परालाई रूढिवादीसँग जोडेरमात्र हेर्नुहुँदैन । तर यो असल परम्परामा केही विकृतिहरू छिरेका छन् । जस्तैः रजस्वला भएर कमजोर भएको बेला, बिरामी भएर बसेको बेला, वृद्ध बालबालिकाले जबरजस्ती गरेर बाध्यताको रूपमा बुझी व्रत बस्ने गर्छन् । यसो गर्नुहुँदैन ।
२. हिन्दू परम्परामा मरेको मान्छेलाई उत्तरदक्षिण पारी राखेर अन्त्येष्टि गर्ने चलन छ । यो गर्दा अन्तमा चैँ जीउँदा मानिसहरू उत्तरदक्षिण सिरानी पारेर नसुतून् भन्ने खोजिएको हो । उत्तरदक्षिण सिरानी पारेर सुत्दा जीउ दुख्ने, टाउको दुख्ने समस्या आउँछ भन्ने चलन छ समाजमा । तर, आज आइपुग्दा हामी सबैलाई थाहा भइसक्यो, पृथ्वीको आफ्नै चुम्बकीय क्षेत्र छ । उक्त चुम्बकीय क्षेत्रको दक्षिण ध्रुव पृथ्वीको उत्तरी भागमा र उत्तरी धु्रव भूगोलको बलरेखाहरू पृथ्वीको दक्षिणी सिरानी पारेर सुत्दा उक्त चुम्बकीय बलरेखाहरूले हाम्रो शरीरमा चुम्बकीय गुण उत्पन्न गराई स्वास्थ्यमा असर पार्दछ । हो, यही घटना नहोस् भनेर अप्रत्यक्ष रूपमा सावधान गराउन हाम्रो परम्परामा लासलाई उत्तरदक्षिण राखी अन्त्येष्टि गरिन्छ ।
३. हाम्रो गाउँघरमा बाटाघाटामा धर्मको नाममा वरपीपल रोप्ने र चौतारी बनाउने चलन छ । यो चलन असाध्य वैज्ञानिक छ । हामी विज्ञान पढ्ने, नपढ्ने सबैलाई थाहा छ, वरपीपलका पातहरू अन्य वृक्षका पातहरू भन्दा सापेक्षित रूपमा अलि मोटा हुन्छन् । हामीलाई उस्तै बिरुवाहरूलाई पनि बाँच्न र हुर्किन खानाको आवश्यकता पर्छ । बिरुवाको खानालाई स्टार्च (माउ) भनिन्छ । बिरुवाले सूर्यको प्रकाशको उपस्थितिमा कार्वनडाइअक्साइड वातावरणबाट लिई पातमा भएको हरितकणहरूको मद्दतबाट खाना बनाउँछ । वरपीपलका पातहरू मोटा हुने हुनाले खाना बढी बनाउन सक्छन् साथै वाष्पीकृत भएर सुक्ने वा ओइलाउने समस्या पनि कम हुने हुँदा अरू वर्षहरूको तुलनामा चैत्र–वैशाखको टन्टलापुर घाममा पनि पातहरू नझरी बाँच्न सक्छन् । विज्ञानले प्रमाणित गरिसक्यो कि बोटबिरुवाले खाना पकाउँदा कार्वन डाइअक्साइड वातावरणबाट लिने र अक्सिजन वातावरणमा फाल्ने गर्दछ । यसैको कारणले चैत वैशाखको धूपमा बाटो हिँड्ने बटुवाहरूलाई सुस्ताउन र थकाई मार्न वरपीपलको चौतारी बनाउने चलन छ । अझ रोचक पक्ष त के छ भने दिउँसो घाम लागेको कारणले बिरुवाले खाना बनाउँछ र प्रशस्त मात्रामा अक्सिजन फाल्छ र हामीलाई आनन्द दिन्छ । त्यसैगरी राति प्रकाश नहुने कारणले गर्दा खाना बनाउन सक्दैन र बढी भएको कार्वनडाइअक्साइड वातावरणमा फालिदिन्छ । यही कारणले रातिको समयमा बास बस्दा वरपीपलको फेदमा न्यानो अनुभव हुन्छ । यसरी वरपीपल रोप्ने चलन वैज्ञानिक मात्र नभएर अत्यन्त मानवीय पनि छ ।
४. हामी काठमाडौँ उपत्यकाका इनारहरूमा सफा गर्ने क्रममा थुप्रै मानिसहरू इनारभित्र निसास्सिएर मरेको बारम्बार सुन्ने गर्छाैं । यो सबै इनारको तल्लो भागमा अक्सिजन अर्थात् प्राणवायु नपुगेर भएको हो । कार्वनडाइअक्साइड ग्याँस अक्सिजन ग्याँसभन्दा १.४ गुणा गह्रौँ हुन्छ । त्यही कारणले गहिरा खाल्डा, इनार वा यस्ता कुनै पनि संरचनाहरूमा सबभन्दा तल कार्वनडाइअक्साइड हुन्छ । कार्वनडाइअक्साइडमा बत्ती बल्दैन अर्थात् आगो बल्न वा बाल्नको लागि अक्सिजन ग्याँस चाहिन्छ । तर कार्वनडाइअक्साइडले भने आगो निभाउँछ । पाटन तथा असनका पुराना नेवार बस्तीहरूमा इनारभित्र पस्दा दियो लिएर पस्ने चलन थियो र छ । उनीहरू जहाँसम्म दियो बल्छ, त्यहाँसम्म जान्थे र जहाँदेखि दियो निभ्थ्यो, त्यहाँ भन्दा तल जाँदैनथे, भूतले दियो निभाएको ठान्थे । उनीहरूलाई विज्ञानसम्मत्कारण थाहा नभए पनि यो असाध्यै राम्रो तरिका थियो । तर आजको युग र वैज्ञानिक ठान्ने हाम्रो पुस्ता यति सानो तरिका पनि अपनाउँदैन र गहिरो इनारमा पसेर निसास्सिएर मर्छ ।
५. गोबरले लिपेको र खरले छाएको घरलाई आजको वैज्ञानिक पुस्ता पाखे असभ्य वा यस्तै उपमा दिने गर्दछन् । तर आज विज्ञानले प्रमाणित ग¥यो कि गोबरमा जीवाणु तथा कीटाणुनाशक रसायन हुन्छ, जसले गर्दा घरको दलान, मझेरी स्वस्थ र सफा हुन्छ । त्यस्तै खरमा सूर्यका हानिकारक परावैजनिक किरणहरूलाई तथा मानवस्वास्थ्यलाई असर पार्ने विकीरणहरू सोस्ने क्षमता हुन्छ, तसर्थ स्वास्थ्यको लागि गोबरले लिपेको, खरले छाएको माटोको घर अत्यन्त लाभदायक हुन्छ ।
६. गाउँघरमा देउराली, सीमेथान, चौतारी, देवीथान बनाउने प्रचलन छ । देउरालीमा पाती चढाउने, सीमेथानमा मान्छे नजाने, चौतारीमा सुस्ताउने, देवीथानका कुनै पनि चिजबिजहरू जस्तै घाँस, दाउरा, ढुङ्गामाटो घरमा नल्याउने चलन छ । यी र यस्ता स्थानहरूमा फोहरमैला र दिसापिसाब गर्नुहुँदैन, जसले गर्दा खानेपानीको मुहान पनि सुक्दैन र फोहर पनि हुँदैन । वैज्ञानिक रूपमा गर्न खोजिएको चाहिँ के हो भने जङ्गल जोगाउन । जङ्गल भएन भने मुहान सुक्छ । त्यसैगरी प्राय देउराली, चौतारीहरू डाँडामा, जहाँ बोट बिरुवाहरू हुँदैनन्, त्यहाँ बनाइन्छ । मानिसहरू त्यो बाटो भएर हिँड्दा बोटबिरुवा नभएको ठाउँमा चौतारी भेटे अक्सिजन पाई मन प्रफुल्ल हुन्छ । देउरालीमा पाती चढाउने भनेको हरियाली नभएको ठाउँमा चढाउनको लागि बोटबिरुवा, डाली, पातहरू बोकेर हिँड्नुपर्ने हुन्छ, जसले गर्दा आफूसँग हातमा हरियो डाली हुनाले त्यहाँ पुगुन्जेल थोरै भए पनि अक्सिजन आपूर्ति हुनेगर्दछ । यसरी समाजमा चलेको यी चलनहरूलाई रूढिवाद मात्र नभनी विज्ञानको तुलोमा तौलिएर हेर्न सकेमा मात्र हामी सही कुरा बुझ्न सक्छौँ । आज संसारभरि सीमसार क्षेत्रहरू, चरनक्षेत्रहरू नष्ट हुँदै गइरहेका छन् । सीमसार क्षेत्रमा मानिसहरूको आवादी बढेमा उक्त सीमसार क्षेत्रमा लोप भएर जान्छ । त्यही कुरालाई रोक्न सीमेथान बनाइएको हो । सीमेथान बनाएपछि मानिसहरू डरले जाँदैनन् र उक्त क्षेत्रको संरक्षण हुन्छ भन्ने मनसाय पुराना सामाजिक विचारकहरूमा लुकेको देखिन्छ ।
७. चट्याङ पर्दा कुचो, काठ, वा अन्य कुनै पनि चिजबिजहरू घरको मूल खाँबोमा ठड्याउने चलन छ । झट्ट हेर्दा यो चलन अन्धविश्वासी र रूढि देखिन्छ । तर, सामान्यतया वैज्ञानिक रूपमा सही छ । घरमा चट्याङ हानेमा घरको सबैभन्दा लामो तथा अग्लो संरचना जुन ‘मूल खाँबो हो, हुँदै करेन्ट प्रवाह हुन्छ । उक्त खाँबोको फेदमा विद्युतीय अवरोध क्षमता उच्च भएको घरायसी सामग्री राख्दा उक्त प्रवाह मानिससम्म पुग्न पाउँदैन र मानिसहरू बाँच्ने सम्भावना बढेर जान्छ ।
८. मानिसहरूको अन्तिम घडीमा तुलसीको मठमा लाने चलन छ । तुलसीको मठमा राख्दा बिरामीलाई आराम हुने अथवा सहज मृत्युवरण गर्ने भन्ने विश्वास छ । यो विश्वासको पनि वैज्ञानिक पुष्टि भइसकेको छ । पाइएका सम्पूर्ण वनस्पतीमध्ये तुलसीको बोटले सबभन्दा बढी अक्सिजन उत्सर्जन गर्ने पाइयो । उक्त लाभदायक वनस्पतिको सान्निध्यतामा रहँदा बिरामीलाई अक्सिजन आपूर्ति पर्याप्त मात्रामा हुने भयो । र, उसलाई सहज भयो । यो चलनलाई वर्तमान डाक्टरी विद्यामा बिरामीको अन्तिम अवस्थामा अक्सिजनको सिलिन्डर दिने चलनसँग सम्पूर्ण रूपमा दाँज्न सकिन्छ ।
यी र यस्ता अनागिन्ती प्रमाणहरू छन्, जसले रूढिवादभित्र पस्न, खोज्न र विज्ञानका आधारहरू नियाल्न आधार मिल्न सक्छ । विज्ञानको विकास हुनुभन्दा निकै अघिका घटनाहरू जस्तैः इजिप्टको मसी लाउने कला, घातुहरूमा खिया नलाग्ने बनाउने कला, प्राकृतिक रूपमा वातानुकूलित बनाउने कला, मोटर प्रयोग नगरी होचो ठाउँबाट अग्लोमा पानी लैजाने कला, इत्यादि आज पनि अनुत्तरित छन् । यो सानो आलेखमार्फत म विज्ञानका विद्यार्थीलाई के अनुरोध गर्न चाहन्छु भने, रूढिवाद र अन्धविश्वासलाई सम्पूर्ण रूपमा नलत्याऔँ । त्यहाँभित्रको विज्ञान खोजौँ । धर्म, संस्कृति, चलन, रूढिवादहरूको इतिहास कम्तिमा पनि १० हजार वर्षको छ तर हाम्रो आधुनिक विज्ञानको वर्तमान रूपको इतिहास पुगनपुग ५०० वर्षमात्र छ ।
अन्त्यमा, १०,००० वर्षको ज्ञान, अनुभव र निष्कर्षहरूलाई ५०० वर्षको चश्माले मात्र हेरेर गमक्क पर्नुहुँदैन ।

हार–जित
– लवहरि भट्टराई
रूपाटार–४
हार–जितको खेल बुझिनँ मैले
रुनु हाँस्नुको मेल बुझिनँ मैले
रुनु हाँस्नुको मेल बुझिनँ मैले
आफू रोएर अरूलाई हँसायौ
आफू हाँस्न अरूलाई रुवायौ
आफू हारेर अरूलाई जितायौ
आफू जित्न अरूलाई हरायौ
आफू हाँस्न अरूलाई रुवायौ
आफू हारेर अरूलाई जितायौ
आफू जित्न अरूलाई हरायौ
हार–जितको खेल बुझिनँ मैले
रुनु–हाँस्नुको मेल बुझिनँ मैले
रुँदारुँदै कतिलाई हँसायौ
हाँस्दाहाँस्दै धेरैलाई रुवायौ
हार्दाहार्दै जिते कतिले
जित्दाजित्दै हारे कतिले
रुनु–हाँस्नुको मेल बुझिनँ मैले
रुँदारुँदै कतिलाई हँसायौ
हाँस्दाहाँस्दै धेरैलाई रुवायौ
हार्दाहार्दै जिते कतिले
जित्दाजित्दै हारे कतिले
हारजितको खेल बुझिनँ मैले
रुनुहाँस्नुको मेल बुझिनँ मैले ।
रुनुहाँस्नुको मेल बुझिनँ मैले ।
समाज रूपान्तरणमा आमसञ्चारको भूमिका
कृष्ण सुनुवार
एक
व्यक्तिबाट अर्काे व्यक्ति वा समूहसँग बोली, सङ्केत, चिन्ह, लिपि वा अन्य
कुनै प्रकारले विचार, भाव एवम् जानकारी तथा सूचना वा सन्देशको आदानप्रदान
गर्ने प्रक्रिया नै सञ्चार हो । अर्काे शब्दमा एक व्यक्ति तथा समुदायले
अर्को व्यक्ति तथा समुदायलाई कुनै कुरा बुझाउन वा थाहा दिन जेजति कार्य
गर्छ, ती सबैको योग नै सञ्चार हो । सञ्चारको प्रक्रियामार्फत मानिसहरू
बीचमा सूचना, जानकारी र दृष्टिकोणहरूको आदनप्रदान हुन्छ । प्रक्रियागत
भेदको हिसाबले हेर्दा सञ्चारलाई हामीले व्यक्ति सञ्चार, अन्तर्वैयक्तिक
सञ्चार, समूह सञ्चार, सङ्गठनात्मक सञ्चार र आमसञ्चार गरी पाँच किसिमले
बुझ्न सक्छौँ । खासगरी यहाँ आमसञ्चार र समाज रूपान्तरणमा यसले खेलिआएको
भूमिकाको बारेमा चर्चा गरिन्छ ।
आमसञ्चार भनेको के हो त ? कुनै पनि माध्यमबाट व्यापक रूपमा सन्देशको प्रचारप्रसार गर्ने प्रक्रियालाई आमसञ्चार भनिन्छ । सञ्चारको माध्यममार्फत कुनै सूचना जानकारी वा विचारहरू आमजनतासमक्ष पु¥याइन्छ । भने त्यो आमसञ्चार हुन्छ । आमसञ्चारलाई जनसञ्चार पनि भनिन्छ । पत्रपत्रिका, पुस्तक, रेडियो, टेलिभिजन, चलचित्र इन्टरनेट र स्याटलाइट आदि आमसञ्चारका माध्यमहरू हुन् । कुनै एक स्थानमा घटेको घटनाको बारेमा आममानिसलाई त्यसको सूचना, विवरण र जानकारीहरू पु¥याउन प्रयोग हुने सञ्चारसाधन भनेकै आमसञ्चारको माध्यम हो । यो प्रक्रियाबाट थोरै समयमा कैयौँ मानिसहरूलाई एकै पटक सन्देश पठाउन र उनीहरूलाई सम्बोधन गर्न सकिन्छ । आमसञ्चारले एकै पटक असङ्ख्य मानिसहरूलाई सुसूचित र संस्कृत बनाउँछ ।
२१ औँ शताब्दीको वर्तमान विश्वमा विज्ञान, प्रविधि र सञ्चारको दू्रत गतिमा विकास, विस्तार र प्रयोग पनि भइरहेको छ । जुन गतिलाई हाम्रो नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूले पनि शनैशनै पछ्याइरहेको छ । खासगरी सञ्चारको कुरा गर्न पर्दा मानव सभ्यताको विकास इतिहाससँग यसको अन्योन्याश्रित सम्बन्ध रहिआएको छ भन्न सकिन्छ । आदिमानवहरूले भाषा, संस्कृति र सभ्यताको सुरुवात नै हुन नसकेको जङ्गली युग र ढुङ्गेयुगहुँदै आफ्नो अस्तित्व र इतिहासलाई अगाडि बढाउने क्रममा त्यो कालमा पनि आहारबिहारको व्यवस्था गर्न र आपसी सम्बन्धलाई दुरुस्त राख्न उनीहरू विभिन्न प्रकारका सङ्केत र आवाजहरूको सहारा लिन्थे भन्ने कुरा हामीले पढेका छौँ । जनावरको शिकार गर्न पनि उनीहरू जनवारकै दुरुस्त आवाजलाई माध्यम बनाएर सफल भएको तथ्य शोधकर्ताहरूले धेरै अगाडि नै सार्वजनिक गरेको कुरा हो । यसरी हेर्दा मानव जातिको अस्तित्व रक्षाका लागि सञ्चारले आदिमकालदेखि नै अहम् भूमिका खेल्दै आइरहेको कुरा बुझ्न त्यति कठिन छैन । समय गुजिँ्रदै जाँदा जबजब मानवसभ्यताको इतिहासमा विभिन्न अकल्पनीय उथलपुथलमय प्राकृतिक प्रकोप तथा जनसङ्ख्यामा आएको वृद्धिले आ–आफ्नो अस्तित्व रक्षाका लागि पनि विचारणीय विभिन्न परिघटनाहरूले नयाँनयाँ मोडहरू लिँदै जाँदा विभिन्न भाषा, संस्कृति र संस्कारहरूको सुरुवात र विकास हुँदै आधुनिक विश्वको परिकल्पनाको सुरुवात हुन पुगेको अनुमान हामी विभिन्न तथ्यहरूको आधारमा गर्न सक्छौँ । अन्य संस्कार र संस्कृतिका विषयलाई थाँती राखेर मानव समाजको विकासमा सञ्चार संस्कृतिले खेलेको भूमिको चर्चा गर्नुपर्दा हामीले धेरै पुराना तथ्यहरूलाई केलाएर हेर्नुपर्ने हुन्छ । यसरी मानवसभ्यता र सञ्चार संस्कृतिको उपलब्ध ऐतिहासिक तथ्यलाई फर्केर हेर्दा पृथ्वीमा करिब तीन लाख वर्षपहिले भाषाको प्रारम्भ भएको पाउँछौँ । त्यसैगरी क्रमशः पैँतीस हजार वर्षपहिले गुफावासीहरूले लेखनको माध्यमबाट सञ्चारको आदानप्रदान गरेको भन्ने पाउँछौँ भने ई.पू. ५ हजारदेखि ४ हजारसम्म मानिसहरूले सङ्केतद्वारा आफ्नो विचार अभिव्यक्त गर्न थालेको र ई.पू. ४५० मा चीनमा अक्षरहरूको प्रारम्भ भएको पाउँछौँ । समयक्रमसँगै १० औँ शताब्दीमा जापानलगायतका विकसित अन्य देशहरूमा विभिन्न धार्मिक ग्रन्थ तथा बुद्धका सङगृहीत पुस्तकहरू र चीनमा पेकिड्ड पत्र प्रकाशित भएको तथ्य भेट्छौँ । त्यसपछि सन् १४५५ तिर जर्मनका व्यजल न्गततभलदगचन (जसलाई हामी छापाखानामा पिता भने चिन्छौँ) ले धातुद्वारा निर्मित ःयखबदभि न्बवभत अखबार प्रकाशित गरेको पाइन्छ । यसपछि सन् १८४४ मा विलिभर ग्राहमवेलले टेलिफोनको आविष्कार गरेर सूचना प्रविधिको क्षेत्रमा हलचल ल्याइदिएका थिए । त्यसपछि भने सञ्चारको क्षेत्रमा क्रमशः निकै ठूला–ठूला परिवर्तन र प्रविधिहरूले फड्को मारेको पाउँछौँ । जस्तो कि १८९५ मा न्। ःबचअयलष् ले रेडियो आविष्कार गरे, सन् १९२६ मा व्।ी। द्यबष्चम ले टेलिभिजन आविष्कार गरे, त्यस्तै १९५० को दशकमा कम्प्युटरको विकास भयो । सन् १९५६ मा भूउपग्रहको प्रक्षेपण गरियो, त्यसपछि अझ १९९० बाट इमेल–इन्टरनेटको सुरुवात र एफएम रेडियोहरूको लोकप्रियता हासिल गर्नुले नै सूचना प्रविधिको क्षेत्रमा अकल्पनीय सम्भावना प्रस्तुत भएको हो । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि वि.सं. १९५५ मा सुधासागर नामक पत्रिकाको औपचारिक प्रकाशनसँगै आमसञ्चार माध्यमको विकासको सुरुवात र पत्रकारिताको प्रवेश हुन पुगेको हो । त्यसको लगत्तै १९५८ मा प्रथम समाचारपत्रका रूपमा गोर्खापत्रको प्रकाशन थाल्यो । त्यसपछि वि.सं. २००७ सालमा १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्यपश्चात पहिलो पटक ‘आवाज’ नामक दैनिक पत्रिकाले प्रकाशन थालेपछि भने पत्रकारिता र आमसञ्चार माध्यमले राम्रैसँग मलजल पाउँदै जान थाल्यो । २००७ सालकै चैत २० गते रेडियो नेपालको पनि स्थापना भयो । त्यस्तै २०४१ साल माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भयो र त्यसले नेपालमा पनि आमसञ्चारको क्षेत्रमा एउटा क्रान्तिको सूत्रधारको काम गर्न पुग्यो । त्यसपछिका समयमा अहिलेसम्म आउँदा नेपालमा एफएम रेडियोहरू मात्रै झन्डै २५० को सङ्ख्यामा प्रसारणमा आइसके भने ४२९ भन्दा बढी रेडियोहरूले सरकारसँग प्रसारणको इजाजत लिइसकेका छन् । त्यसैगरी अहिलेसम्म १५ वटा टेलिभिजन प्रसारणमा आइसकेका छन् भने झन्डै ३६ वटा भन्दा बढी टेलिभिजनहरूले प्रसारण स्वीकृति प्राप्त गरिसकेका छन् ।
सञ्चारको क्षेत्रमा भएको यो प्रगतिको तथ्यहरूलाई जानिसकेपछि हामीले मानवसभ्यता र उन्नतिको पनि इतिहास यो प्रगतिसँगै जोडिएको छ भन्ने कुरालाई बुझ्नुपर्दछ । आजको समाजको कुरा गर्ने हो भने सञ्चार भनेको मानिसहरूको रक्तसञ्चार प्रणाली जस्तै हो । मानिसहरू सञ्चारका माध्यमहरूसँग अलग्गिएर जीवन जीउने कल्पना नै गर्न सक्दैनन् । आमसञ्चारको विकास र यसको पहुँचको विस्तारले गर्दा आज मानिसहरूको जीवनलाई चेतनशील, जागरुक र सभ्यमात्र बनाएको छैन, सहज र सरल दिनचर्याबाट अघि बढ्दै समृद्ध समाज निर्माणमा पनि अग्रसर हुन प्रेरित गरिरहेको छ । आज हामी आमसञ्चारको उपलब्धताले गर्दा संसारको प्रगति बसीबसी हेर्न, सुन्न र पढ्न सक्छौँ, त्यो सूचनाबाट हामीले धेरै कुरा सिक्न र जान्नमात्रै हैन, आफ्नो दृष्टिकोण बनाउन र सचेत हुन पनि सिक्छौँ । त्यसैगरी हामी सोही माध्यमको सहयोगमा आफ्नो फरक क्षमता, दक्षता र प्रतिभा छ भने अरूलाई सुनाउन सिकाउन र देखाउन पनि सक्छौँ, जुन प्रक्रियाले हामीलाई समाजमा स्थापित पनि हुन मद्दत पु¥याउँछ । यसरी हामीले सञ्चारको माध्यमको सही उपयोगमार्फत दोहोरो लाभ लिन पुगिरहेका हुन्छौँ । समग्रमा भन्नुपर्दा समाजको सही रूपान्तरणमा आमसञ्चार माध्यमको भूमिका इतिहासदेखि नै महŒवपूर्ण रहँदै आएको छ र निरन्तर रहिरहने पनि छ । अझ आधुनिक समाजमा त झन् यसको भूमिका अनिवार्य नै छ । यद्यपि आमसञ्चारका संयन्त्रहरूले वितरण गर्ने सूचना सन्देश र कार्यक्रमहरूले समाजमा सधैँ शत्प्रतिशत सकारात्मकता मात्र सिर्जना गर्छ भन्ने छैन । कहिलेकाहीँँ सञ्चारमाध्यमहरूले समयको नाडी पक्डन नसक्दा अथवा आफ्नो काम, कर्तव्य र अधिकारबाट विचलित हुन पुगेको खण्डमा वा सञ्चारमाध्यमले आर्जन गरेको विश्वास र शक्तिलाई दुरुपयोग गरी कुनै स्वार्थसिद्ध गर्ने ध्येय राखेर आफ्नो क्रियाकलाप गर्न पुगेकोे खण्डमा त्यस्तो कार्यले समाजको संरचनालाई बिथोल्नेमात्र हैन, पूरै मुलुककै शान्ति, सुव्यवस्था र अमनचयनलाई नै अस्थिर बनाइदिन सक्छ र मानिसहरूलाई दिग्भ्रमित तुल्याइदिन पुग्दछ । यस्तो गैरजिम्मेवार कार्यलाई पत्रकारिताको भाषामा पीत पत्रकारिता भन्ने गरिन्छ । त्यसैले पनि पछिल्लो समय त्यस्ता घटनाहरूलाई नियन्त्रण र निगरानी गर्दै दण्डितसमेत गर्न सक्ने गरी सरकारकै निगरानीमा पत्रकार आचारसंहिता बनाई लागू गरिएको छ । हुन त विज्ञानको नियमले नै भन्छ, विकाससँगै विनास पनि जोडिएको हुन्छ । निरपेक्ष विकास भनेको विज्ञानले पनि अस्वीकार गरेको कुरा हो । तर, मिडियाले सधैँ आममानिसहरूको बीचमा सौहार्दपूर्ण वातावरणको निर्माण गरिरहने प्रयास गर्नुपर्दछ । उसै पनि स्वतन्त्र र निष्पक्ष सञ्चारमाध्यमप्रति जनताको उच्च सद्भाव हुन्छ नै ।
जनताका चासोका सामग्रीहरूलार्ई महŒवका साथ प्रकाशन र प्रसारण गर्ने भएकैले आज आमसञ्चारमाध्यमको लोकप्रियता पनि कायम हुन पुगको हो । आमनागरिकका अत्यन्त सरोकारका विषयहरूलाई आमसञ्चार माध्यमहरूले सहज रूपमा उपलब्ध गराइदिनाले आज मानिसहरूको दिनचर्या पनि सहज सरल र धेरै हदसम्म रसिक पनि हुन पुगेको छ । माथि भनिएजस्तै आमसञ्चारमाध्यमकै सक्रियताले गर्दा आज हामी विश्वको कुनै पनि कुनामा भएका सकारात्मक वा नकारात्मक घटना तथा अन्य प्रगतिहरूका बारेमा तुरुन्तै सुसूचित हुन पाउँछौँ । पृथ्वीको कुनै पनि ठाउँमा रहेका आफ्ना आफन्त, शुभचिन्तक तथा साथीभाइहरूसँग हामी आवश्यक परेको अवस्थामा तुरुन्तै साक्षात्कार गर्न सक्छौँ । समग्रमा भन्नुपर्दा पछिल्लो समयमा आमसञ्चारका माध्यममा भएका विकास, विस्तार र विश्वव्यापीकरणले सिङ्गो पृथ्वीलाई नै एउटा सानो गाउँ ९न्यिदब िख्ष्ििबनभ० का रूपमा परिणत गरिदिएको छ । यो क्षेत्रमा दिनानुदिन भइरहेको प्रगतिले मानव संसारलाई अकल्पनीय प्रगतितर्फ डोहो¥याइरहेको भान हुन थालेको छ । वर्तमान समय सञ्चारको विकासको एउटा उत्कर्षकै समय पनि हो । अहिले सञ्चारका माध्यमहरू न्यिदबष्शिबतष्यल को युगबाट बिस्तारै ग्तष्खभचकष्शिबतष्यल को बाटोमा उन्मुख छ । आशा गरौँ, सिङ्गो पृथ्वीलाई नै एउटै मालामा गाँस्न सक्षम आमसञ्चार माध्यमले एक दिन सारा ब्राह्मण्डलाई नै एउटै सञ्जालभित्र सूत्रबद्ध गर्न सफल हुनेछ, त्यसो भएमा मानव सभ्यताको इतिहासले एउटा छलाङ मार्नेछ र मानव इतिहासले सिङ्गो ब्रह्माण्डमाथि नै विजय प्राप्त गर्न सम्भावना बढेर जानेछ । अतः यदि त्यस्तो दिन आयो भविष्यमा भने एउटा नयाँ युगको सूत्रपात हुनेछ । त्यसकारण पनि मानवसभ्यताको उत्थान, विकास, विस्तार र रूपान्तरणमा आमसञ्चार मेरुदण्ड हो । हाम्रो सभ्यताको र आमसञ्चारको बीचमा नङ र मासुको जस्तै अभिन्न सम्बन्ध र भूमिका छ । त्यसैले हामीले आमसञ्चार र मानवसभ्यताको अग्रगामी रूपान्तरणको विषयलाई एक सिक्काका दुई पाटाको रूपमा बुझ्नुपर्दछ ।
सानो गाउँ चट्ट रैछ रूपाटार पनि
अज्ञानीलाई ज्ञान दिने कति राम्रो बानी
आइपुग्दा हेर्नुहोला तपाईंहरू पनि ।

हाम्रो रूपाटार
– रेखा वि.क.
रूपाटार–५, शाहीडाँडा
सुनकोसीको माथि पर्ने ठानागाउँको मुनिसानो गाउँ चट्ट रैछ रूपाटार पनि
अज्ञानीलाई ज्ञान दिने कति राम्रो बानी
आइपुग्दा हेर्नुहोला तपाईंहरू पनि ।
चारैतिर डाँडाकाँडा बीचमा सानो गाउँ
स्कुल पनि छ त्यहाँ महेन्द्र उच्च मावि नाउँ
आज तिम्रो गुनगान म कसरी गाऊँ
सधैँभरि तिमीभित्र बसिरन पाऊँ ।

तिम्रा सब विद्यार्थीलाई देखाइदिन्छौ बाटो
तिम्रो छेउ न आउने सब बनेका छन् लाटो
पढाइलेखाइ ज्ञानी पार्ने तिम्रो एउटा पाटो
अतिरिक्त क्रियाकलाप तिम्रो छुट्टै बाटो ।

कति मान्छे दियौ तिम्ले विद्वान् र ज्ञानी
भाषाशास्त्री जन्मदिने कति भाग्यमानी
नपस्नेलाई सम्झाइरहन्छौँ पढ्नुपर्छ भनी
उच्च मावि बत्ती अनि मोटरहरू पनि
भाषाशास्त्री जन्मदिने कति भाग्यमानी
नपस्नेलाई सम्झाइरहन्छौँ पढ्नुपर्छ भनी
उच्च मावि बत्ती अनि मोटरहरू पनि
शिक्षकहरूको योगदानलाई मान्नै पर्छ सबले
कति राम्रो स्मारिका माझमा छ त अहिले
सहयोगी त रैछन् धेरै रूपाटारका गाउँले
पहिलो पढ्ने हेड भाछन् यही छेउका गाउँले ।

कति आए बाधा–अड्चन कति आपत्ति
कुनै पनि रोकिएनन् पाउ तिम्रो रत्ति
गर्नुहुन्न तिम्ले अब कुनै दुर्गति
संरक्षण गरी राखौँ हाम्रो सम्पत्ति ।
कुनै पनि रोकिएनन् पाउ तिम्रो रत्ति
गर्नुहुन्न तिम्ले अब कुनै दुर्गति
संरक्षण गरी राखौँ हाम्रो सम्पत्ति ।
मा. वि. रूपाटार :- मेरो विश्वविद्यालय
नारायण परियार
२०५०
सालको मङ्सिर महिनाको कुनै घमाइलो दिन म माध्यमिक तहको शिक्षा आर्जन गर्ने
पवित्र उद्देश्यका साथ मेरो बाको सामन्ती संस्कारले आहत बनेको हृदयको
पवित्र इच्छासहित ऊ बेलाको अन्यन्तै सम्मानीत विद्यालय महेन्द्र–रत्न
मा.वि.रूपाटारमा हाते झोलाभरि सात विषयका सातै किताब र उति नै कपी हालेर
हाफबाउले सर्ट र कालो जाँगेमा उपस्थित भएको थिएँ । केहीबेरको विद्यालय
भर्ना प्रक्रियामा अल्झिएपछि एल आकारको त्यो भव्य भवनको कक्षा ८ कोठामा
नयाँ ठाउँ, नयाँ परिवेश अपरिचित नयाँ साथीहरूका बीचमा के होला, कसो होला को
दकस मनमा खेलाउँदै कक्षाकोठामा प्रवेश गरेको थिएँ । कतातिरको प्रेरणादायी
हावाले छोएर हो, भैरवीप्रसाद पोखरेललगायतका अगणित शिक्षाप्रेमीहरूको
सक्रियतामा २०१७ सालमा त्यो विद्यालय खुलेको थियो । त्यसबेला देशका सामन्त र
नवसामन्तका सन्ततीहरू सेन्ट जोसेफ र लिटिल एन्जल्समा आÇनो सिट सुरक्षित
गर्दा हुन् तर ऊ बेलाको त्यस भेगमा मा.वि. रूपाटारमा अध्ययन गर्नु, गराउन
हामीजस्ता गरिब विद्यार्थीका अभिभावकका लागि छनोटविहीनको सौभाग्य र गर्व
दुवै थियो ।
करिब १०ः३० बजेतिर सर कक्षाकोठामा हाजिरकापी लिएर प्रवेश गर्नुभयो । त्यसपछि सबै विद्यार्थीले ‘गुड मर्निङ सर’को लयदार स्वरमा अदपकाइदा ग¥यौँ । सरले सबैलाई आशिकको पारामा हातका पन्जा केही घोप्ट्याएर बस्ने अनुमति दिनुभयो । अब रोलकालको पालो आयो । सरले क्रमशः ‘रोल नं. १ हरिबहादुर थापा’ हुँदै ‘रोल नं. ६९ नारायण परियार’ भन्दा कक्षामा उपस्थित रहेको जानकारी दिँदै ‘यस सर’ भनी मेरो त्यस विद्यालयमा नयाँ कक्षा सुरु भएको थियो ।
समय बित्दै गयो र म विद्यालयमा नयाँ विद्यार्थी रहिनँ अब रहँदाबस्दा ममा रहेको दकस, क्रमशः हट्दै गयो । मैले के अनुभव गर्न थालेँ भने विद्यालयका शिक्षकहरू योग्य र सहयोगी हुनुहुन्छ र हरेकले प्रत्येक विद्यार्थीमा आशा र भरोशा राख्नुहुन्छ ।
विद्यालयको प्राङ्कणमा छात्रावासको एउटा कोठामा गाउँको सक्रिय युवाहरूले देउसीभैलो खेली जनजागृति, नामको सानो पुस्ताकालय खोलेको थिएँ र म मौका मिल्दा साथ त्यहाँ हाजिर हुन्थे । त्यस पुस्तकालयको मैले जानीनजानी सम्भवतः जानेसम्म भरपूर र उत्तम सदुपयोग गरे । मैले त्यहीबाट सानो दिमागले सानै संसार बुझ्न सकेँ । मलाई त्यही खगेन्द्र सङ्ग्रौलाले “बलबहादुर दमाई” र सिँगाने सार्कीबाट, “सङ्ग्रामबहादुर सार्की” मा रूपान्तरित दलितपत्रका सङ्घर्षका कथा सुनाए । त्यही रहमा शरद पौडेल, “श्रम चल्छ, सीप चल्छ पानी चल्दैन” भन्दै लिखेको मुखबाट “म त दलित दमाईको छोरो अरू जातका भन्दा मेरो थप दुःख छ । मेरो निधारमा अछुतको कलङ्ग छ । हामीलाई नर्कमा बाँच्न बाध्य पारेको यो छुतअछुतको थितिविरुद्ध लड्न तपाईं साथी (विष्ट) हरूले हामी अछुत पौनी भनिनेलाई सघाउनुहुन्छ र सघाउनुपर्छ भन्ने लाग्छ । किनकि हाम्रो निधारको यो कलङ्क तपाईंहरूको पनि कलङ्क हो भन्ने ठान्छु ।” बोल्दै आए । पुस्तकको चाङमा हराउँदै जाँदा १९ वर्र्षीय कलिलो उमेरमै महŒवहीन जीवनलाई धिक्कार्दै आÇनो फोक्सोमा गोली ठोकी आत्महत्या गर्न तम्सिने माक्सिम गोर्की र निकोलाई अस्त्रोभस्कीले मेरो अगाडि प्रचण्ड स्वभावका पावेलसँग भेट गराइदिए । यो स्वर्ग नर्क छुतअछुतको माँखेसाङ्ग्लो समाजका बढेहरूले आÇनो स्वार्थ र रक्षार्थ खडा गरेका रहेछन् भन्ने सिकायो । यही लहरमा “एउटा बोक्सी चाहियो” भन्दै हिँडेका मोदनाथ प्रश्रितसँग “देवासुर सङ्ग्राम र नारी बन्धन र मुक्ति” को चौतारामा भेट भयो । यर्थावादी साहित्यको चुराकुरा सिकाउँदै हार्वड फास्ट आए । यसरी त्यही पुस्तकालयको डबलीमा मैले माओ, लेनिन, माक्र्स, सेक्सपियर, भीमनीधि तिवारी, बालकृष्ण शम, ताना शर्मा, नेहरू, लिङ्गन, केनडी, टल्सटाय, बार्बे र मनुसँग साक्षात्कार गर्ने सौभाग्य मिल्यो ।
मेरो विद्यार्थीकालका गुरुहरूलाई विशेष सम्मानका साथ हेर्छु । त्यसबेलाका प्र.अ. हुनुहुन्थ्यो श्यामदेव सर सबै विद्यार्थी बुद्दु नभए पनि उहाँ सबैलाई बुद्दु भन्नुहुन्थ्यो । अमृत सरको पढाइको शैली मलाई खूब मन पथ्र्यो । तोया सर अलि कडा खालकै हुनुहुन्थ्यो गणितका शिक्षक । गणितमा कमजोर भएकोले म भरसक उहाँको नजर सजिलै नपरोस् भनेर सतर्क रहन्थ्ये । बाँकी २ जना मोहन सर र शारदा सरको मेरो जीवनमा गहिरो प्रभाव रह्यो । मोहन सर सारै रसिक पाराले बोल्नुहुन्थ्यो । नेपाली विषयमा उहाँको प्रस्तुत बेजोड थियो र उहाँ प्रत्येक विद्यार्थीलाई जीवनमा केही बन्न र गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । कतिपटक त म उहाँको घरबाट विभिन्न विषयको पुस्तक ल्याई पढ्थँे पनि र उहाँसँग सहज महसुस गर्थे । जब शारदा सरसँग सम्बन्धबारे म घोत्लिन्छु । उहाँसँग सबैजस्तो विद्यार्थीहरू सजग र सतर्क रहन्थे । उहाँका अगाडि हामी सदैव परीक्षामा बसिरहेको भान हुन्थ्यो । उहाँ सूक्ष्म निरीक्षण र सटीक प्रतिक्रिया दिन माहिर हुनुहुन्थ्यो । मेरा लागि उहाँ एकसाथ आकर्षणकारी र विकर्षणकारी अझ भनौँ आश र त्रास दुवै हुनुहुन्थ्यो । टाढा हुँदा नजिक परूँपरूँ जस्तो लाग्ने नजिक भयो “ला....., अब बुढाले सिध्याए” जस्तो हुने । तर केही समयपछि नै विकर्षणको ठाउँ आकर्षण र त्रासको ठाउँ आशले लियो र नै म धेरै समय उहाँलाई मियो बनाएर फन्को लगाइरहेँ । उहाँले पनि निराश बनाउनुभएन । हाँसो धेरै खेर नजाओस् भनी उहाँ अलिकति मात्रै हँसिलो पाराले जब कुनै विषयमा कुरा सुरु गर्नुहुन्थ्यो म ज्ञानको काकाकुल यो वर्षा नरोकियोस् भनी कामना गर्थें । उहाँले मलाई साहित्य, राजनीति, कूटनीति, समाजविज्ञान, इह र परलोक, धर्म र संस्कार बारेमा जुन मिहीन ज्ञान र हौसला दिनुभयो । त्यसैको आलोकमा म हिँड्दै छु जस्तो लाग्छ ।
जीवन भोगाइको यस कुइनेटोमा सरल र स्वच्छ भावले म भन्न सक्छु, मेरो मार्गनिर्देशक, समर्थक र सुभेच्छा राख्ने हाम्रो जीवनशैली निर्माणमा आप्mनो समय खर्चेर, कामबाट बाँचेको समय निकालेर, कठीन र जटिल तथा पारिवारीक झमेला वा विदालाई सदुपयोग गरेर उदार मनले गर्मीका ताता दिन र जाडाका कठङ्ग्रिने मौसममा दत्तचित्तसाथ उभिने विद्यालय परिवारको संस्कारले मलाई यहाँसम्म आउने प्रेरणा र आँट दियो । आज म र मजस्ता साथीहरू जहाँ छौँ, जे आर्जन गरेका छौँ र ठोस र वास्तविक रूपले नै परिवर्तन भएको छ । त्यो त्यही परिवर्तन जसले हामी र हाम्रो जीवनहरूमा वास्तविक भिन्नता ल्याउँदै छ र हामीलाई हाम्रा लागि त्यही बाटो छान्नु जीवनको परिभाषा बन्यो ।
विगततर्फ फर्केर जब सम्झनाका पन्तुरा खोल्दै गर्दा त्यो चौर, त्यो मन्दिर, त्यो छात्रावास, त्यो वरपीपल, त्यो कक्षाकोठा, त्यो रूखबिरुवा र ती साथीसङ्गीहरूलाई साक्षी राखेर म के निष्कर्षमा पुगेको छु भने म आज जहाँ, जे छु र जस्तो छु, मेरो जीवन र जीवनशैली निर्माणमा दुई चीजको मूल भूमिका छ, एक जनजागृति पुस्तकालय, दुई म.र.मा.वि.का सरहरू । आज जीवन छाङ्छुर घोप्टे भीरको बाटो पार गरिसकेपछिको घमाइलो चौतारीतर्फको यात्रामा यो बिसाउनामा उभिएर सारा संसारको अगाडि भन्न मन लाग्छ ः मेरो महेन्द्र–रत्न मा.वि.– मेरो विश्वविद्यालय ।
(हाल ओखलढुङ्गा जिल्ला अदालत)

स्वर्णमहोत्सव मनाएर आएँ
– विमल पोखरेल ‘विश्वास’
कक्षा ११, श्री महेन्द्र–रत्न उच्च मा.वि.
उन्नाइसौँ वर्ष पार गर्दै धकेलेर आएँ
तिमीसँग मनको दीप बालेर आएँ
तिमीसँग मनको दीप बालेर आएँ
जब देखेँ स्वर्णमहोत्सव रूपाटारमा
हतारिँदै स्तम्भ हेर्न हामफालेर आएँ
हतारिँदै स्तम्भ हेर्न हामफालेर आएँ
स्वर्णमहोत्सवको खुसीले विशिष्ट आगन्तुक बोलाएँ
शिक्षा नै मूल आधार हो भनी चेतना फैलाएँ
शिक्षा नै मूल आधार हो भनी चेतना फैलाएँ
तिमीसँग हाँस्दै, खेल्दै, कापी, कलम लिएर आयौ
बुद्धिजीवी हुनलाई उच्च मावि धाइ आएँ
बुद्धिजीवी हुनलाई उच्च मावि धाइ आएँ
हरियाली चारैतिर मेरै रूपाटार गाउँ आएँ
ताते गर्दै हिँडेको बल्ल मेरोे ठाउँ आएँ ।
ताते गर्दै हिँडेको बल्ल मेरोे ठाउँ आएँ ।
– विमल पोखरेल ‘विश्वास’
कक्षा ११, श्री महेन्द्र–रत्न उच्च मा.वि.
कक्षा ११, श्री महेन्द्र–रत्न उच्च मा.वि.
गणितको महिमा
लीलाकान्त झा
गणित गन्तीको सङ्ख्यामात्र होइन
जीवनयापन गर्ने मूल मन्त्र पनि हो ।
जीवनयापन गर्ने मूल मन्त्र पनि हो ।
गणित सीमित व्यक्तिको अध्ययनसामग्रीमात्र होइन
व्यवहारिक, प्राविधिक ज्ञानको भण्डार पनि हो ।

गणित हिन्दू अरेबिक ज्ञानको आधारमात्र होइन
० देखि ९ सम्मको सङ्ख्यात्मक संसार पनि हो ।

गणित हिसाब ग्लोबमा अटाउने अङ्कमात्र होइन
म भन्छु, व्यवहारको लागि अनुपम सङ्केत पनि हो ।

गणितले मानिसलाई भौतिक परिधिभित्र मात्र राख्ने होइन
मलाई लाग्छ गणित ज्ञान र सीपको भण्डार पनि हो ।

गणित आर्थिक लाभको जननी मात्र होइन
नोक्सानीबाट बचाउने अभिभावक पनि हो ।
नोक्सानीबाट बचाउने अभिभावक पनि हो ।
गणित +, –,Â, ™ आधारभूत ज्ञानमात्र होइन
मानवमात्रको बृहत् गणितीय संसार पनि हो ।
मानवमात्रको बृहत् गणितीय संसार पनि हो ।
गणित परीक्षामापन गर्ने तराजुमात्र होइन
व्यावहारिक गाँठो फुकाउने विधि पनि हो ।
व्यावहारिक गाँठो फुकाउने विधि पनि हो ।
गणित, गणितका लागि गणितमात्र होइन
समुद्रको ज्वार र भूकम्पको रेक्टर नाप्ने प्रविधि पनि हो ।

उस्तै जिन्दगी
भक्त बुढाथोकी
मस्तिष्क
चलायमान थियो, तर मनमा उब्जिएका कुराहरू अस्पष्ट, टुक्राटुक्री र
छिन्नभिन्न रूपमा बगिरहेका थिए । जीवन भन्नु नै एउटा लामो सजाय जस्तो भोगेर
टोलाइरहेझैँ, टाढाको क्षितिज हेर्दै, विगत र वर्तमानका गल्छेडाहरू तर्दा,
केही नपुगेजस्तो, केही छुटेजस्तो, केही बिर्सेजस्तो लाग्थ्यो ।
बितेका केही दिनमा यो अनकन्टार पहाडमा जे भयो त्यसको बोझ अहिलेसम्म मेरो हृदयमा विशाल हिमालझैँ बसेको छ । एक दशक वर्ष भयो होला, घर छाडेर बाहिर बसेको तर आज अनौठोअनौठो प्रतीत भइरहेछ । अनुभवको बयानमा सपनाका दृश्यहरू सल्बलाएको जस्तो एउटी बूढी आमैका दृश्य मेरो अघिल्तिर बढेमानको स्थिर पहरा, अलि तल पहरा निचोरिएर बगेको एक नदी र माथितिर अजङ्गको जङ्गल, त्यहाँबाट आएको बिरानो न्याहो..... न्याहो........... आवाजले न्याउली रहेको त सुनिरहेछ तर सायद अन्य जनावरहरू पनि धेरै नै हुँदा हुन् । अघिल्तिर नानीहरू पढ्ने एउटा विद्यालय कुहिरोको बाक्लो परतभित्र धुम्धुम्ती उभिएका । भर्खरै थामिएको सीमसीमे वर्षाले भिजेको गोरेटामा वर्षाले यतिबेला यी कुलेसाहरू भिजेका त छन् । बेगका छैनन् सबै गाउँ उस्तै थिए, उस्तै गरिबी, उस्तै विषमता, उस्तै भात, उस्तै आकाङ्क्षा, सबै उस्तैउस्तै थाङ्ग्ने । त्यही बीचमा एउटी बूढी आमैको घर छ, नब्बे सालको भूकम्पले अलि चर्किएको भित्ता देखाउँदै छिन्नभिन्न अनुभवहरू बताउँछिन् उनी । अलि पर मायाले भनौँ या दुःखले पालेको उनको जीवनको प्रतीक उस्तै भैँसी बाँधिएको छ ।
तिनै बूढीआमै प्यारी लाग्छिन्, मलाई अचेल उनका ओडारभित्र पसिसकेका आँखा, चाहुरिएको अनुहार, नबाटिएको केस, जीउमा मैलो चोली र फरिया अनि त्यस्तै चप्पलले उनको कार्यक्षेत्र थाहा पाउन त्यति मुस्किल नै पर्दैनथ्यो । फुर्सदमा आगो ताप्दै आफ्नो जीवनका कथा सुनाउन पाउँदा औधी खुसी हुन्छिन् उनी । उनका कुराले म पनि निकै गम खाएकै हुन्छु । अरूका भन्दा भैँसी बलियो बनाएकैमा उनी सफल ठहराउँछिन् आफूलाई । भन्ने गर्छिन्, ‘हेर्नूस् मास्टर नानी, म आएदेखि यो घरमा सधैँ अरूका भन्दा बलिया भैँसी हुन्छन् । त्यसले त मेरो चाल थाहा पाए भने परैबाट आइँ..... गर्छन् । उनको जीवनमा धेरै भैँसी आएगए तर उनको जीवन फेरिएको छैन । त्यसैले होला बस्तु बेच्दा पनि मन गह्रौँ पारी चाहुरिएका गाला आँसुले भिजाउँछिन् । सायद, पशुलाई पनि हृदयले प्रेम गर्छिन् । उनको हेराइमा अलि तल घरकी माइती सारै काम लाग्नेछैन तर पल्ला घरकी काँइली चै ठिक्कै हो, भनी वस्तुका अनुहार हेरेर मान्छेको तुलना गर्छिन् । जङ्लका कुना कोप्चेराका बुङ्गा, माटो र बिरुवाले पनि चिन्छन् उनलाई । धेरै टाढा टाढाबाट खोजेर ल्याएको घाँस बिसायो, मुठा फुकायो भैँसीलाई हाल्यो अनि उसले चपाएको बसेर टुलुटुलु हेरेर आनन्दित भयो, त्यति आनन्दित हुन्थिन् कि जङ्गलमा भारीले थिचेको, आफ्नो भोक, प्यास सबै पीडा बिर्सेकी हुन्थिन् सायद । जीवनको स्वप्नील आनन्द, सन्तुष्टि र सफलता त्यस्तैत्यस्तै । तापनि मैले उनको जीवनलाई पनि सफल जीवन नै भनिदिएँ ।
छोराछोरी हुर्के, बढे राम्रै ओहोदामा पनि छन् । छोरीहरूलाई पनि आफ्नो जीवनको कखरा नसिकाएकी त हैन, तर उनीहरूले भाका टिपेनन् भन्छिन् । उनीहरू त्यसरी यान्त्रिकतातिर जानुभन्दा उनको जस्तै घरगृहस्थी गरून्, गफमा गफ मिलाइदिऊन् भन्ने चाहन्थिन् उनी । असीऔँ वसन्त पार गरेकी उनलाई के थाहा यो युगको ःयमभचल क्अष्भलअभ या त्भअजलययिनथ मा उनको दर्शन पर्छ कि पर्दैन भनेर । आखिर सबै झरनाको अन्तिम गन्तव्य महासागर नै हुन्छ । हाम्रो पनि अन्तिम गन्तव्य महासागर नै हो, मृत्युरूपी महासागर, अभेद्य, अनन्त महासागर, एकदिन सबैसबै त पुग्नु नै छ, त्यही मृत्युरूपी महासागर । त्यसैले आज उनलाई कोहीसँग गुनासो गर्नु त छैन तर मान्छे न हो, दिन रातको चक्रघुमाइमा, अव्यक्त पीडाले उसलाई छाती चसचसी दुख्ने गर्छ । आफूलाई जोडी छुटेको चरीसँग तुलना गर्छे ऊ । उमेर छँदासम्म प्रत्येक बच्चा कोरल्दै गई, आफ्नो न्यानोले सेक्दै गई तर हुर्केपछि सबै भुर्रररर... उडेर गए । अनि क्रमशः एक्लीएक्ली भई । फगत एक्ली ।
ऊ बेला दाइभाइको छुट्टीभिन्न पश्चात् नयाँ गृहस्थी निर्माण गर्नु उनका लागि कम चुनौती झेल्नुपरेको हैन । गाउँको त्यो घर, गरिबी, अभाव, कैयौँ दिन त भोकै बस्नुपरेको कथा सुनाउँथिन् । तर सन्तानको मुहारको उज्यालोमा उसले आफ्नो सारा अँध्यारा क्षणहरू बिर्संदै गई । आफू भोकै बसेर उनीहरूको पेट भरिदिएको, आफू चिसोमा बसेर उनीहरूलाई आफ्नो न्यानोले सेकिदिएको, उनीहरूको चाहना पूरा गर्दागर्दै आफू रित्तिँदै गएकोमा पनि उनलाई कुनै गुनासो छैन । छोराछोरी राम्रो शिक्षादीक्षामा अघि बढ्दै गएकाले ऊभित्र भविष्यको मीठोमीठो कल्पना सल्बलाउन थाले । आज छोराछोरी सम्पन्न छन् महलमा छन् माथिल्लो ओहदामा छन् तर पनि यथार्थमा उनी मनको दरिद्रतामा छिन् । केही वर्षपहिला उनको अर्धाङ्गले छाडेर गएपछि बुहारीहरूको झर्काेफर्काे सहन सकिन उसले । हुन पनि त हो, आफ्नो रगत र पसिनाले सिर्जित सन्तानलाई आफ्नै हातले खुवाउन पाए, छोरीचेली आउँदा आफैँले पोको बाँधेर पठाउन पाए कति आनन्द लाग्दो हो । हो, त्यही आफूले आफैँलाई बाँध्नुपर्ने डरलाग्दा कुन्ठाका कारण ऊ छुट्टिन पुगी । एक्लै छ, कुनै निर्जन बिरानीमा झँै, खाना पकाउँछे, खान्छे, थाल धुन्छे, भैँसीको घाँसपानी गर्छे, त्यही हो उसको दैनिकी, न कुनै संवाद, न कुनै आत्मीयता, न चासो, न सरोकार ।
सबै छोरा समाजमा प्रतिष्ठित भएर पनि उसका लागि अपूर्ण छन् । मातृत्वका लागि आवश्यक उदारतामा उनीहरू गरिब छन् । ऊ चाहन्छे, उसका छोराहरू त्यसरी नै उसको नजिक रहून् जसरी केटाकेटीमा रहन्थे । बिरामी हुँदा डाक्टर होइन सन्तानको स्पर्शको आशा गर्छे ऊ । उसका नातिनातिनी उनको एक्लोपनको साथी भैदिऊन् । हजुरआमा एउटा कथा सुनाउनुस् न भन्दै उसको काखमा लुटुपुटिन आऊन् अनि उनीहरूको कपाल सुम्सुम्याउँदै कथा सुनाउन पाए उसलाई कति आनन्द लाग्दो हो । तर त्यो सब मृगतृष्णा भएको छ ।
त्यसरी नै जीवनको रथ चलिरहेछ । अझ उनको आशाको दियो तेल सकिए पनि निभेको भने छैन । साँच्चै मातृत्व कति अनौठोअनौठो हुन्छ, सुकिसकेका आँसु र बिलाउन नसकेका हृदयका घाउहरू बीचमा पनि माया । म गम्दै जान्छु, हिउँ पर्ने विकट पहाडी भीरमा हुर्केकी यी बूढी आमैको हृयद संसारका मानिसहरूले कहिल्यै महसुस नगरेको अलौकिक कोमल वस्तु बनेको हुनुपर्छ सायद । हेरौँ न घाउ लाग्छ, सन्तानका लागि चस्कन्छ उनको छाती । पीडा हुन्छ छोरीलाई वर्षंन्छ उसैको आँखा । बिरामी हुन्छन् नातिनातिना तर छटपटी हुन्छ उसैलाई । तर छटपटीको कुनै सार्थकता छैन ।
लाग्छ, मान्छेको जीवनमा कुनै पनि कुरा निर्धारीत छैन । केही पनि आफ्नो बसमा छैन । सोचेको, चिताएको भन्ने पनि, त्यही क्षणभरको कल्पना मात्र हो हरेक मान्छेको जीवन अलगअलग रङले पोतिएझैँ लाग्छ । तिनै रङभित्र स्मृतिका गाढा भावहरू लुकेका हुनसक्छ । त्यसलाई सबैले बुझ्ने प्रयास गर्नुपर्ने रहेछ । आखिर जीवन उही त हो, ठूलो महलमा पनि र झुपडीमा पनि । मान्छेलाई फरक बनाउने उसको उद्देश्यले हो, विचार नै हो र मानव जीवनप्रतिको प्रेमले हो । त्यसले प्रतिस्पर्धात्मक उपस्थिति जनाइरहेकोलाई हामी देख्न सक्नुपर्छ ।

पुजूँ कि नपुजूँ ?
– मिसन राई
रूपाटार ५, राईडाँडा उदयपुर
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?आँखा त छन् आमाका भन्दा सुन्दर
मेरो कष्टमा एक थोपा आँसु खसालिँदैन भने
कान त छन् मेरा बाबाका भन्दा सुन्दर
मेरो पुकार थोरै पनि सुनिँदैन भने
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?
मुख छन् मेरी दिदीको भन्दा सुन्दर
मेरो दुःखमा एक शब्द बोलिँदैन भने
खुट्टा छन् ठूल्दाइका भन्दा खाइलाग्दा
के छ भाइ ? भनेर भेट्न आइँदैन भने
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?
मेरो दुःखमा एक शब्द बोलिँदैन भने
खुट्टा छन् ठूल्दाइका भन्दा खाइलाग्दा
के छ भाइ ? भनेर भेट्न आइँदैन भने
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?
तँमा म छैन भने
ममा तँ नहुन सक्छस्
पुजूँ किन पुजूँ ?
नपुजूँ कसरी नपुजूँ ?
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?
ममा तँ नहुन सक्छस्
पुजूँ किन पुजूँ ?
नपुजूँ कसरी नपुजूँ ?
ए मूर्ति तँलाई म पुजूँ कि नपुजूँ ?
कोयी राई जातिको भाषा तथा साहित्य ः एक सिंहावलोकन
तारामणि राई
१.० परिचय कोयी राई जातिको मूल थलो खोटाङ जिल्लाको उत्तरी भेगमा रहेको सुङ्देल र दिप्सुङ गाविस नै हुन् । तर समय अनुक्रममा यहाँबाट अन्यत्र सरेर बसोबास गरेको पाइन्छ । शिकार खेल्दै भोजपुर गएको धिरालुङले त्यहीँ नै वैवाहिक सम्बन्ध कायम गरी बसेपछि त्यहाँ जन्मिएका सन्तानहरू नै आजका छिनामुखुका कोयू राईहरू भएका हुन् । (वर्तमान, २०५८÷७) उदयपुरको बाँस्बोटेमा रहेका कोयी राईहरू (जसले आफूलाई कोइमी पनि भन्ने गर्दछन्) भने पृथ्वीनारायण शाहका पालामा जबर्जस्ती खेदिइएर आएका साइपातीका सन्तान भएको बताउँदछन् । यसबाहेक कोयी÷कोयू राईहरू सङ्खुवासभा, धनकुटा, पाँचथर, मोरङ, सुनसरी, झापा, काठमाडौँ र भारतका केही ठाउँहरूमा छरिएर रहेको पाइन्छ ।
२.०
कोयी चिनीयाँ–तिब्बती परिवारको भोट–बर्मेली शाखाको बोडिक उपशाखाभित्र हिमाली समूहअन्तर्गत किरात राईभित्र पर्ने भाषा हो । यो भाषालार्ई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोपोन्मुख भाषाभित्र समावेश गरेको छ ।
राष्ट्रिय जनगणना २०५८ ले कोयी भाषाका वक्ता २,६४१ जनाएको छ । यो नेपालको सम्पूर्ण जनसङ्ख्याको ०.०१ प्रतिशत हो । अहिलेसम्म मूल थलो र यहाँबाट पछिल्लो केही वर्षदेखि बसाइँ सरेका कोयी राईहरूले मात्र यो भाषा बोल्ने गरेको पाइन्छ । भोजपुरका कोयी राईहरूमा बान्तवा भाषाको प्रभाव रहेको देखिन्छ भने उदयपुरका कोयी राईहरूमा चाम्लिङको प्रभाव परेको देखिन्छ । अन्यत्र रहेका कोयी राईहरूका बारेमा भने शोधअनुसन्धानको बाँजो खन्नुपर्ने अझै टड्कारो देखिन्छ ।
२.१ भाषावैज्ञानिक अध्ययन ः
कोयी राई भाषाको भाषावैज्ञानिक अध्ययन सघन रूपमा हुन सकेको छैन । मिखाइलोम्सीकी (ई.१९७५) ले नै पहिलोचोटी भाषिक मानचित्रमा कोयी भाषालाई समावेश गरेको पाइन्छ । त्यसपछि ह्यानसन (१९९१) ले पूर्वी नेपालका किराती भाषाहरूको अध्ययन गर्ने क्रममा कोयी भाषाको चर्चा गरेका छन् । उनले कोयी भाषा, दुमी र खालिङको नजिकको भाषा रहेको बताएका छन् । ग्राइम्स (१९९६) ले ह्यान्सनको स्रोतलाई आधार मानेर भ्तजलययिनगभ स् ीबलनगबनभक या तजभ ध्यचमि नामक भाषिक इन्साइक्लोपेडियामा समावेश गरिसकेपछि मात्र यस भाषाले विश्वव्यापी रूपमा अस्तित्व पाएको देखिन्छ । त्यसयता मात्र यस भाषाको छुट्टै भाषिक अस्तित्वका रूपमा शोधखोज र अनुसन्धान आरम्भ भएको पाइन्छ । रेग्मी (ई.२००३ अ, आ), राई (२००६, २००८, २००९) राई र अन्य (२००८) लाहाउसइस (२००९) आदिले भाषिक विशेषताहरूको उत्खनन् गर्ने प्रयास गरेको देखिन्छ । भाषावैज्ञानिक दृष्टिले महŒव राख्ने अध्ययन अनुसन्धानका विवरण तल प्रस्तुत गरिएका छन् ः
२.२ भाषिक विशेषता ः
यस भाषामा ÷प्÷, ÷फ्÷, ÷ग्÷, ÷ब्÷, ÷भ्÷, ÷त्÷, ÷थ्÷, ÷द्÷, ÷ध्÷, ÷क्÷, ÷ख्÷, ÷घ्÷, ÷अ्÷, ÷च्÷, ÷छ्÷, ÷ज्÷, ÷झ्÷, ÷म्÷, ÷न्÷, ÷ङ् ÷, ÷स्÷, ÷ह्÷, ÷र्÷, ÷ल्÷, ÷य्÷ र ÷ज÷, गरी २६ वटा व्यञ्जन वर्णहरू रहेका छन् भने ÷इ÷, ÷इः÷, ÷उ÷, ÷उः÷, ÷ए÷, ÷एः÷,÷ओ÷, ÷ओः÷,÷अ÷,÷अः÷,÷आः÷ गरी १२ वा स्वरवर्णहरू रहेका छन् । कोयी भाषा अन्य किराती भाषाझैँ जटिल क्रिया र सर्वनामीकरणको विशेषता बोकेको भाषा हो ।
३. साहित्य ः
३.१ लेख्य परम्पराको विकास
टङ्कबहादुर राईको सम्पादनमा प्रकाशित पारूहाङ भाषिक पत्रिकामा २०३९ सालको वैशाख अङ्कमा प्रकाशित भएको कोयीको ‘कोयी बअ्’ शब्दसङ्कलननै कोयी भाषामा प्रकाशित पहिलो भाषिक लेख्यस्वरूप हो । पछि २०४६ सालको जनआन्दोलनको उभारले ल्याएको जातीय चेतनाका कारणले भाषिक गतिविधिहरू हुन थाल्यो । कोयी÷कायु राई समाजको मुखपत्र सादेलको प्रकाशन सँगसँगै कोयी मातृभाषामा साहित्यको सिर्जना प्रष्फुटित छ ।
३.२ विधागत लेखनको अवस्था ः
साहित्यका विविध विधाहरू हुन्छन् । कोयी भाषाको लेख्य परम्पराको नै त्यति लामो तुइन नभएकाले यस भाषामा धेरै विधाहरूको विधागत विकास भइसकेको पाइँदैन । मूलतः कविता, निबन्ध, गीत÷गजल, हास्यरसका केही लेख, मिथक, अन्तर्वार्ता, अनुवादआदि देखापरेका छन् ।
३.२.१ कविताः
कोयी मातृभाषामा सृजना गरिएका विधाहरूमध्ये कविता नै उर्वर विधा बनेको देखिन्छ । तर अहिलेसम्म पुस्तकाकारका रूपमा कवितासङ्ग्रह भने प्रकाशित भएको छैन । फुटकर रूपमा मात्र राई समाजको मुखपत्र सोदेल प्रकाशित भएपछि मात्र अङ्कुराउन पाएको हो । अहिलेसम्म प्रकाशित भएका कविताहरूलाई सर्सती हेर्दा यक्षकला कोयीको रिरम, तेजकुमार राईको इद रिरम, तुफान कोयीको चाप्तिखम, मिलनकुमार कोयीको सेवामे अङ्का, रेखा कोइको बुव हेएम, बेदमाया कोयीको रिची सामसेवु दाखो छम्पोतो, अर्फ कोयी राईको हावो खान्नोम युनम आङु देल, टीकाराम कोयीको विगामेचिचअ् थिन्मुछोओ, चन्द्रकुमार राई ‘आकाश’ को बअन रिसियाआदि मुख्य रूपमा देखापरेका कविताहरू हुन् । मूलतः यी कविताहरूले मानवीय संवेदना, कुन्ठा आक्रोश, विद्रोह समाजमा व्याप्त विकृति, विसङ्गतिहरूलाई मुख्य विषयवस्तुका आधार बनाएको पाइन्छ । तथापि केही कविताहरूले भने नश्लीय चेतनालाई शक्तिशाली रूपमा अगाडि सारेको पाइन्छ । त्यसो त कतिपय कविताहरूले जातीय मुक्तिलाई निकै जोडदारका साथ उठाएको पनि छ ।
३.२.२ निबन्ध÷गद्य लेख ः
राजबहादुर कोयीद्वारा लिखित सोदेल थम्पु सम छअ्म ? ‘सोदेल गाउँकस्तो छ ?’ र भुन्द्री कोयीद्वारा लिखित इङ्की कोयीचअ् ‘हामी कोयीहरू’ नै निबन्धको सतत् धर्म निभाएका र मूल रूपमा देखापरेका निबन्धहरू हुन् भने अन्य संस्कार संस्कृतिसम्बन्धी गद्यहरू भने केही रहेका छन् । फणीन्द्र कोयीद्वारा सङ्कलित तथा सम्पादित किरात मुन्धुमको कोसेढुड्डा नै सावित भएको छ । किनभने यस प्रकारको कृतिपरक गद्य किरात कोयी भाषामा प्रकाशित भएको थिएन । यस मुन्धुमले किरात कोयी ÷कोयू राई जातिको संस्कार–संस्कृतिलगायतका सम्पूर्णताको बारेमा व्याख्या गरेको छ । राजबहादुर कोयीको उभौली साकेला, एकराज कोयीको दोसाम कान्मु सिकिरी कप्का गुन्या चोला, फणीन्द्र कोयूको नमेए फिकाजस्ता फुटकर लेखहरू पनि छापिएका छन् । तर यसमध्ये केही लेख भने मातृभाषामा भन्दा पनि नेपाली भाषालाई माध्यम भाषको रूपमा प्रयोग गरिएको छ ।
३.२.३ गीत÷गजल ः
यस भाषामा गीतगजलहरू त्यति धेरै लेखिएको पाइँदैन । अहिलेसम्म दुईवटा गीतहरू प्रकाशित भएको देखिन्छ । फणीन्द्र कोयीको छुकुकंखा र वदेमाया कोयीको इङ्किन थम्पुले नै गीतको धर्म धान्ने काम गरेको देखिन्छ ।
३.२.४.मिथक÷लोककथा ः
यो विधामा पनि त्यति धेरै उत्साहित हुने अवस्था देखिँदैन । राजबहादुर कोयीले लेख्नुभएको साप्ला मिन् तथा लोलेछी स्योमव र फणीन्द्र कोयीले लेख्नुभएको रिविप्मा नायुमा नै मुख्यरू पमा देखा परेको मिथकहरू रहेका छन् ।
३.२.५. जातिशास्त्र÷वंशावली ः
विलाशचन्द्र राईद्वारा सङ्कलित तथा सम्पादित छिनामखुका कोयू वंशावली नै पुस्तकाकारका रूपमा प्रकाशित वंशावलीसम्बन्धी पुस्तक हो । यो वंशावली भोजपुर जिल्लाको छिनामखुमा रहेका कोयू राईहरूलाई नै केन्द्रित गरेर तयार गरिएको पाइन्छ । यस वंशावलीमा नापाछा, राईपाछा र गौरुङपाछाका शाखा सन्तानहरूको वंशवृक्ष दिइएको छ । यसपछि भने सोदेल पत्रिकाको अङ्क–५ मा फणीन्द्र कोयूद्वारा सङ्कलित सुङ्देलको वंशावलीबाहेक अन्य वंशावली सम्बन्धी लेखोटहरू प्रकाशनमा आएको पाइँदैन ।
३.२.६. अनुवाद ः
नवराज वर्तमानद्वारा लिखित निनिमा र गोल्मेकथालाई शिवराज कोयीले अनुवाद गरेको पाइन्छ भने वर्तमानको कविता मैले समुद्र देखेँलाई आनन्दकला कोयी राईले अनुवाद गरेको देखिन्छ । यसबाट अनुदित साहित्यको परम्परा पनि त्यति धेरै भइनसकेको थाहा पाउन सकिन्छ ।
३.२.७. अन्तर्वार्ता ः
कोयी मातृभाषामा लिइएको अन्तर्वार्ता अधिकांशतः गोरखापत्र राष्ट्रिय दैनिकमा छापिएको बाहेक अन्य मिडियामा तथा पत्रपत्रिकाहरूमा छापिएको पाइँदैन । त्यसमा किरात कोयी÷कोयू राई समाजका निवर्तमान अध्यक्ष राजबहादुर कोयी, वर्तमान अध्यक्ष दुर्गा राई, वर्तमान उपाध्यक्ष लक्ष्मी राई तथा वर्तमान महासचिव तारामणि राईलगायतका समसामयिक विषय तथा समाजका गतिविधिमा केन्द्रित रहेर लिइएका अन्तर्वार्ताहरू छापिएको पाउँदछौँ ।
४.प्रकाशित कृति÷पुस्तक ः
अहिलेसम्म कोयी भाषामाविशुद्ध साहित्यिक कृतिकार पुस्तक प्रकाशित भएको पाइँदैन । तर गद्य विधामा लेखिएका पुस्तक भने रहेका छन् । फणीन्द्र कोयूद्वारा लिखित तथा राजबहादुर कोयी र प्रेम कोयीद्वारा प्रकाशित मुन्धुम नै सम्भवतः पहिलो प्रकाशित कृतिका पुस्तक मान्न सकिन्छ । त्यसपछि पूर्णप्रसाद राई र फणीन्द्र कोयूद्वारा तयार गरिएको दिस्याखम कोयी भाषाको पाठ्यसामग्री पहिलो पुस्तक प्रकाशित भएको छ । राजबहादुर राईद्वारा लिखित एवम् तारामणि राईद्वारा सम्पादित कोयी रिदुम हदुम भने भर्खरै प्रकाशित भएको छ ।
५. कोयी राई मातृभाषाका साहित्यकारहरू ः
मातृभाषामा रचना गर्ने राजबहादुर कोयी, प्रेम कोयी, फणीन्द्र कोयू, वेदमाया राई, दीर्घसिं राई, सुमित्रा राई, यक्षकला कोयी राई, दीर्घाशोभा कोयी, सीता कोयी, टीकाराम कोयी, पुस्तमान राई, सन्तोष कोयी राई, चावुङ कोयू, दिवस कोयू, रेखा कोयू, जयसलाकोयी, अर्फा, कोयी, सञ्जीवन कोयी, नरेन्द्र कोयी, सुमन कोयीआदिले फुटकर रूपमा लेखरचनाहरू सिर्जना गरेर किरात कोयी÷कोयू राई समाजबाट प्रकाशित सोदेल एवम् किरावाबुङ, कवितामा जातीय स्वायत्तता, राष्ट्रिय भाषाका कविता सङ्गालो, गोरखापत्रलगायतका पत्रपत्रिकामार्फत भाषाको मनितोलाई श्रीवृद्धि गरेको पाइन्छ ।
निष्कर्ष
६. अढाई सय वर्षसम्म भएको एक छत्र एक धर्म एक देश, एक भाषा सबै शेषको नीतिका कारणले नेपालका खस नेपाली इतरका भाषाहरू विभेदको शिकार बन्न पुगे । मातृभाषामा कविता लेखेवापत चित्तधर ‘हृदय’, सिद्धिचरण श्रेष्ठलगायतका व्यक्तिहरूको सर्वश्वहरण गरिएका नजिरहरू छन् । खासगरी २०४७ सालमा भएको प्रजातन्त्रको पुनः स्थापनाले मात्र भाषा संरक्षणका केही हदसम्म उदार नीतिहरू बन्न पुग्यो । यसपछि मात्र राज्यले आफ्नो छातीलाई फराकिलो बनाउने धृष्टता गर्दै गएको देखिन्छ । २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रले अरू फराकिलो छाती बनाएको त देखिन्छ तर भाषिक नीतिको सवालमा भने अपेक्षाकृत ढङ्गले अझै पनि उदार भएको देखिँदैन । यसलाई संविधानले कसरी सम्बोधन गर्दछ, त्यसले मात्र मातृभाषाको भविष्य निर्देशित हुन्छ । तसर्थ, राज्य पक्षले नै यससम्बन्धी अब नीति बनाउनुपर्दछ किनभने भाषिक विविधता नै यो मुलुकको पहिचान भएकोले यो साख जोगाउने दायित्व राज्यको नै हो । दोस्रो कुरा मातृभाषी स्वयम्ले पनि मातृभाषा संरक्षणका लागि पर्नुपर्दछ । मातृभाषालाई बचाउनका लागि अब भाषाको प्रयोग विस्तारमा ध्यान दिइनुपर्दछ । सबभन्दा बढीभाषाको प्रयोग आमसञ्चार, त्यसपछि दैनन्दीय प्रशासन र शैक्षिक क्षेत्रमा हुने भएकाले यस क्षेत्रहरूमा भाषा प्रयोगलाई निर्बाध रूपमा विस्तार र प्रयोग गर्न पाउनुपर्दछ । सबै भाषा समान हुन् भन्ने कुराको बोध गराउनुपर्दछ न कि कुनै भाषा ठूलो या सानो हुन्छ । मातृभाषा बोल्नेहरूमा जुन किसिमको हीनताबोधको मनोविज्ञान छ, त्यसप्रति सकारात्मक दृष्टि बनाउनका लागि राज्यले त्यस किसिमको वातावरण निर्माण गर्दै लानुपर्दछ ।
यो मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको करणले समतामूलक समाज निर्माणका लागि बहुलतालाई ध्यानमा राखेर नै राज्यले बहुलता र विविधतामा परिचय खोज्नुपर्दछ । एउटा गैँडा मारिँदा जसरी आकाश खसेजस्तो गरी हल्ला हुने गरेको छ, त्यही अनुपातमा नै जैविक महŒव बोक्ने कुनै पनि नेपालका भाषाहरूको मृत्यु हुँदा राज्य चिन्तित हुन सक्नुपर्दछ । किरात राई समूहभित्रका छुक्वा, पोइङ, आदि भाषाहरू लोप हुँदा यो मुलुकले टाउकोदुःखाईको विषय नै बनाएन । त्यसो त अझै पनि यो मुलुकका कैयन् भाषाहरू लोपोन्मुख अवस्थामा छन् । कोयी भाषा पनि लोपोन्मुख भाषाहरू मध्ये एक हो । यसका लागि राज्यले गम्भीर भएर सोच्नुपर्दछ त्यसो त यसलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि मातृभाषी स्वयम् पनि नितान्त सजग हुन जरुरी छ ।
सन्दर्भ सामग्री
नेपाली ः
कोयू, फणीन्द्र (२०६२), मुन्धुम, काठमाडौँ ः राजबहादुर राई र प्रेमबहादुर राई ।
राई, तारामणि (२०६४), ‘कायी राई’ गरिमा, चैत्र अङ्क ः साझा प्रकाशन भानुभक्त राई ।
................ (सं. २०६४), कोयी रिदुम हमुम, काठमाडौँ ः किरात कोयी÷कोयू राइ समाज ।
................(२०६७), कोयी राई जातिमा साकेला ः एक अध्यायन निप्सुङ, अङ्क २६ ः किरात राई यायोक्खा ।
राई, विलासचन्द्र (२०५८), छिनामखुका कोयू वंशाली, काठमाडौ ः भानुभक्त राई ।
रापचा, लाल, बाघदेवी यलुङछा र अमर तुम्याङ (२०६५), इन्डगो नेपाली किराती भाषाहरू विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू, काठमाडौँ ः किरात अध्ययन केन्द्र ।
रेग्मी, भीमनारायण (२०६२ अ), कोयू भाषाको रूपविश्लेषण विश्वविद्यालय अनुदान आयोगमा प्रस्तुत प्रतिवेदन ।
.................. २०६२ आ), कोयु व्याकरणको रूपरेखा नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत प्रतिवेदन ।
सोंदेल अङ्क १ देखि ८ सम्म, काठमाडौँ ः किरात कोयी÷कोयू राई समाज ।

लेखक त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
शिक्षामा शिक्षकको स्थान
लोकेन्द्र थापा ‘सौगात’
भनिन्छ
शिक्षा मानिसको दोस्रो आँखा हो, यस तथ्यलाई सबैले स्विकार्ने गरेको पाइन्छ
पनि । शिक्षाको महŒव आजमात्र अस्तित्वमा रहेको हैन, हिजो पनि थियो आज छ र
भोलि पनि हुनेछ । फरक यतिमात्र हो, शिक्षाको अवधारणा एक पुस्ताबाट अर्काे
पुस्तामा हस्तान्तरण गर्ने शैली विभिन्न काखलण्डको परिस्थिति अनुकुल
परिमार्जित बन्दै गइरहेको छ । सञ्चार, विज्ञान प्रविधिमा भएका हलचलहरू सबै
शिक्षाका उपलब्धि भन्दा अन्याय नहोला । नेपालको सन्दर्भमा प्रयोग भएको
शिक्षामा प्राचीनदेखि आधुनिककालको वर्तमानसम्म आइपुग्दा शिक्षा बाँड्ने
शिक्षकको हैसियत वा स्थान के छ भनी चर्चा गर्ने जमर्को गर्दा निश्चय नै
शिक्षाको पनि चर्चा गर्नु आवश्यक हुन्छ । तसर्थ, शिक्षा र शिक्षक दुबैको
सकारात्मक एवम् नकारात्मक पक्षलाई उठाउनुपर्छ । शिक्षा निरन्तर चलिरहने
प्रक्रिया भएकोले यसले विभिन्न कालखण्डका आरोह अवरोहलाई पार गर्दै आइरहेको छ
। यस क्रममा नेपालको सेरोफेरोमा रहेर शिक्षामा भएको गतिविधिलाई प्रस्तुत
यस प्रकार गरिएको छ ।
प्राचीनकाल
नेपालको प्रचीनकालीन शिक्षाको बारेमा शिक्षाप्रति शुभचिन्तक, विद्यालय तहदेखि विश्वविद्यालयसम्म अध्ययन गर्नुहुने शिक्षक, प्राध्यापक एवम् शिक्षाशास्त्रमा अध्ययन गर्नुहुने सबैलाई जानकारी भएको कुरा हो । नेपालको प्राचीन शिक्षालाई नियाल्दा परम्परागत रूपमा चलिआएको सामाजिक रीतिरिवाज, मूल्यमान्यतालाई एक पिँढीबाट अर्काे पिँढीमा हस्तान्तरण हुँदै गर्ने प्रक्रिया थियो । वैदिक कालमा आमाबाबुपछिका गुरु ऋषिमुनिहरू हुन्थे र उनीहरूबाट मुखैले सामाजिक मान्यता धार्मिक चेतनालाई कण्ठाग्र गराउने गरिन्थ्यो, शिक्षा औपचारिकतामा प्रवेश नगरेको अवस्था थियो त्यतिखेर । त्यहीबेला विद्याश्रम चौतारा, गुम्बा, बिहारमा आफ्ना अनुयायीहरूलाई शिक्षादीक्षा दिइन्थ्यो । त्यसै प्रणालीलाई गुरुकुल शिक्षा भनिन्थ्यो । जुनबेला शिक्षाको मुख्य उद्देश्य नैतिक नियमको पालना गर्नु, मोक्ष प्राप्त गर्नु रहेको थियो । विभिन्न चारित्रिक गतिविधि साथै सामूहिक परीक्षातर्फ धर्म र दर्शनका बारेमा छलफल तथा बहस हुने गर्थे त्यस बहसमा शास्त्रीय विधिद्वारा विद्वान्हरूको विद्वत् सभालाई आफूले आर्जन गरेको ज्ञान, सीप, शीलस्वभाव शास्त्रार्थले सन्तोष गराउन सकेमा उनीहरू विद्यामा स्नातक कहलिन्थे । त्यस समयको अस्टकलशले स्नान गराई स्नातकको उपाधि प्रदान गर्ने परम्पराकै रूपमा आजभोलि पनि दीक्षान्त समारोह गरिन्छ ।
वास्तवमा शिक्षा प्राचीनकालमा बामे सर्दै थियो तर शिक्षा दिलाउने व्यक्ति भने बढो गरिमामय अवस्थामा थिए । जसको नाम गुरुको शाब्दिक अर्थलाई केलाउने हो भने अन्धकारलाई हटाएर उज्याला छर्ने भन्ने बुझिन्छ । अर्थात् अन्धकारमा रहेको बालक गुरुको सामिप्यमा उज्यालोमा पुग्छ । त्यतिबेला गाउँ, समाज, शिष्य सबैले गुरुलाई आदर गर्थे, गुरु शब्द संस्कृत भाषाको उच्चकोटीको आदरार्थी शब्द हो । जसको ठ्याक्कै मिल्ने पर्यायवाची शब्द अङ्ग्रेजीमा पाइएको छैन । गुरुको महिमा धेरै नै थियो । यहाँ सन्दर्भमा कविर सन्तको कविताको सारांश राख्ने वान्छनीय देखिन्छ । उनको कविताको श्लोकमा भनिएको छ, गुरु गोविन्द दुवै एकै सारा उपस्थित भएको बेला शिष्य अलमलमा पर्छन् कि कसलाई पहिला आदर गर्ने ? तर गोविन्द नै अघि सरी गुरुको सम्मान गर्न सिकाउँछन् । अझ संस्कृतको यो श्लोकले प्रष्ट पार्छ गुरुको महिमालाई ः
गुरुब्रह्मा गुरु विष्णुः गुरुर्देवो महेश्वर
गुरु साक्षत् परंब्रम्ह तस्मै श्री गुरुवे नम ः ।।
यसरी शिक्षाको विकासको कालखण्डमा प्रथम चरणमा शिक्षा दिलाउने शिक्षक उच्च कोटिका मानिन्थे यसो हुनुको पछाडि गुरुको निस्वार्थ सेवाको भावना नै हो । त्यतिबेला ट्युसन पढाइने कामलाई राम्रो मानिँदैनथ्यो । किनकि विद्यादान महादान भन्ने उक्तिले विशेष महŒव पाएको थियो । विद्यादान गर्नु गुरुको लागि बढो आनन्दको अनुभूति मिल्थ्यो, जतिबेला गुरुको सेवाका लागि जनता र राजाद्वारा विभिन्न गुठीमार्फत आधारभूत आवश्यकता पूरा हुन्थ्यो, यसैको परम्परागत रूप आजभोलि ऋबतिजयष्अि त्भबअजभच लाई लिन सकिन्छ । ऋबतिजयष्अि त्भबअजभच ःभचभथि ध्बलत ँबअष्ष्तिष्भक मय लयत ध्बलत क्बबिचथ।

मध्यकाल
नेपालको सन्दर्भमा मध्यकालीन शिक्षालाई लिच्छविकालीन मल्लकालीन र बाइसी चौबीसे शिक्षा प्रणालीलाई लिन सकिन्छ । त्यसबेला शिक्षाले केही परिमार्जित रूप लियो । मानवीय आवश्यकताको परिपूर्तिको खोजी शिक्षाबाट हुनुपर्ने भन्ने झिनो सोचको विकास भयो । फलस्वरूप जातअनुसार ब्राह्मणलाई शास्त्र वेदको अध्ययन गर्नुपथ्र्यो । क्षेत्रीलाई दण्डनीति, राजनीति, अर्थनीति, शास्त्रविद्या सिकाइन्थ्यो । त्यस्तै अन्य जातिलाई कला कौशल, कृषि व्यापार आदि फरकफरक शिक्षा दिइयो । मध्यकालमा पनि विद्वानहरूलाई मान्ने प्रचलन थियो अर्थात् विद्वान् व्यक्ति आदर गरिन्थ्यो । जसलाई आचार्य नामकरण गरियो । कुनै पनि विषयमा निपूणता हासिल गरेको व्यक्ति आचार्य कहलाउँथ्यो । व्यक्तिहरू कोही ज्योतिषमा आचार्य गनिन्थे त कोही धनुर्विद्यामा आचार्य कहलाउँथे । शाब्दिक अर्थ हेर्दा आचार्यको अर्थ हुन्छ आचरण जान्ने अर्थात् जुन विषयमा दक्षता हासिल गरेको र त्यही विषय नै उसले जीवनभर प्रयोग गरिरहन्थ्यो । खासगरी आचार्यले नै गुरुको रूप लिन थाले, विद्यार्थीहरू आचार्यबाट नै दीक्षित हुन थाले । त्यसैबेला आचार्य देवो भवः भन्ने उक्ति प्रचलनमा रहेको देखिन्छ । यसरी सरसर्ती शिक्षाको विगतबाट वर्तमानतिर आउँदै गर्दा शिक्षाको स्तर माथि उठेको तर शिक्षा, दीक्षा दिलाउने व्यक्तिको स्तर घट्ने क्रममा रहेको प्रष्ट हुन्छ ।

आधुनिककाल ः
नेपालको सन्दर्भमा शिक्षाको आधुनिककाल पृथ्वीनारायण शाहको राज्यरोहण अर्थात् भनौँ नेपालको एकीकरण पश्चात्को शैक्षिक प्राणालीलाई लिए पनि विशेषगरी राणाकालीन अवस्थामा बझाङी राजा जयपृथ्वीबहादुर सिंह र त्योभन्दा अघि जङ्गबहादुरले बेलायतबाट शिक्षक झिकाइ दरबार हाइस्कुलको स्थापनालाई शिक्षाको आधुनिक कालको सुरुवात मान्न सकिन्छ । जतिबेला शिक्षा औपचारिकतामा प्रवेश गरेको थियो । राणाकालमा शिक्षाको श्रीगणेश भएता पनि त्यसको न्यायोचित विकास हुन सकेन । फलस्वरूप नेपाली समाज पछि परेको बुझिन्छ । नेपालको आधुनिककालमा शैक्षिक गतिविधि तीव्र रूपले विकास भएको चाहिँ प्रजातन्त्रको उदयपश्चात् २००७ सालबाटै हो तथापि सन्तोषजनक रूपमा शिक्षाको प्रभाव भने एकछत्र रूपमा अझसम्म पाएको छैन । आज शिक्षामा लगानी बढ्दो छ । यसो हुनुको पछाडि विश्वमानचित्रमा भएका चमत्कार, नयाँ आविस्कारले मुख्य भूमिका खेलेका छन् । विश्वमा अहिले नयाँ विज्ञान र प्रविधिबाट माथि उठेर प्रविधि र सञ्चारको युगमा प्रवेश गरेको छ, यो सबै शिक्षाकै उपलब्धि हो । प्रविधिबाट माथि उठेर प्रविधि र सञ्चारको युगमा प्रवेश गरेको छ, यो सबै शिक्षाकै र शैक्षिक स्थितिको आँकडा हेर्दा समृद्धितर्फ लम्किएको आभास नेपालमा पनि नभएको भने होइन । तैपनि शिक्षाको उपयोगबाट टाढा भएको नजिर देख्न पाउनु पनि स्वाभाविक बनेको छ । हिजोको तुलनामा समृद्ध शिक्षा भएर पनि सभ्य समाज निर्माणमा चुक्नुपरेको तीतो यथार्थ हामीसामु चुनौती बनेर खडा भएको छ । अब सन्दर्भ उठाऊँ, शिक्षा दिलाउने व्यक्ति अर्थात् शिक्षक । शिक्षकको शाब्दिक अर्थ शिक्षा दिने, सिकाउने भन्ने हुन्छ र साथै यो सेवाको रूपमा नभई पेसाका रूपमा उपस्थित भएको छ । जसरी डाक्टर, इन्जिनियर, वकिल, राज्य संयन्त्रका कर्मचारीको झैँ शिक्षकलाई पेसाको रूपमा उभ्याइयो, यसले शैक्षिक जगत्लाई केही साँघुरो बनाएको छ । शिक्षाले केवल अरूद्वारा तयार गरिएका पाठ्यक्रमको सूचनाप्रवाह विद्यार्थीमाझ गराउँछन् न कि आचार्य र गुरुझैँ आफूले प्राप्त गरेको ज्ञान बाँड्न सक्षम छन् । यसको अर्थ आफू त्यो कुरा भोगेको छैन अनि अरूलाई भोग्नुपर्छ भनी सन्देश दिन्छन् अनि कसरी विद्यार्थीले स्वीकार गर्ने ? कसरी विश्वास गर्ने शिक्षालाई ? यहाँनिर विरोधाभास जन्मिएको हुन्छ । फलस्वरूप आजको शिक्षाको विधि संस्कृति, संस्कृतिसँगै विकृति बाँडिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्य एउटै भए पनि लक्ष्यप्राप्तिमा भिन्नता देखिनुको मूल कारण शिक्षाको स्वरूप र शिक्षा प्रदान गर्ने व्यक्तिबीचको तालमेलको अभाव देखिन्छ । जबसम्म शिक्षकले पेसाको रूप धारण गर्छन्, तबसम्म सभ्य विद्यार्थीको निर्माण सम्भव छैन । उदाहरणका लागि एउटा फ्याक्ट्रीमा काम गर्ने कर्मचारीलाई त्यहाँको उत्पादित सामग्री वितरण भयो भएन भनेर चिन्ता हुँदैन, त्यो चिन्ता फ्याक्ट्री म्यानेजरलाई मात्र हुन्छ । उनीहरू त केवल आफ्नो ज्यालामा सरोकार राख्छन् । त्यस्तै शिक्षक अहिले ज्यामी भएका छन्, आफ्नो आम्दानीसँग सरोकार राख्छन् न कि उनीहरूले दिएको शिक्षाबाट पे्ररित भई विद्यार्थीले प्रगति गरोस् । तसर्थ, अहिले शिक्षा निर्वाहमुखी प्रणालीमा गुज्रिरहेको छ ।
वास्तवमा गुरुदेखि शिक्षकसम्म आउँदा शिक्षा दिने व्यक्ति भाडाको सामग्री बनेका छन् । आज विद्यार्थीद्वारा किनिएका हुन् शिक्षक भनेर भन्दा सबै दोष शिक्षकमात्र हैन समग्र प्रणालीमै त्रुटीकमजोरी रहेको छ । तसर्थ, शिक्षक आफ्नो कर्तव्यभन्दा टाढा नगई शैक्षिक प्रणालीको विकासमा लागिपर्नु आजको आवश्यकता हो । तुलनात्मक रूपमा प्राचीनकाल, मध्यकालको शिक्षाभन्दा वर्तमान शैक्षिक प्रणालीले थुप्रै चुनौतीको सामना गर्नुपरेको छ । बढ्दो मानवीय आवश्यकताहरू आधुनिकतासँग जोडिएर आएका हुन् । साथै गरिबी, बेरोजगारी, अस्वस्थ वातावरणसँगै शिक्षा पनि अस्वस्थ र अस्वच्छ हुने भयबाट मुक्ति पाए आजको शैक्षिक उपलब्धि हुन जान्छ । आफैँमा नैतिक चेतनाले ओतप्रोत भएको हुनुपर्छ । अन्यथा, आफू सोही काम गर्ने, अरूलाई नगर भनी आदेश दिने प्रवृत्ति बढ्दै गएमा शिक्षाको समृद्धिमा धुल्याहा लाग्ने कुरा सबै सरोकारपक्षले ध्यान दिन जरुरी छ ।

निचोड
शिक्षाको प्राचीनकालदेखि आधुनिककालसम्म विकासक्रमलाई नियाल्दा शिक्षा दिलाउने व्यक्ति झन्झन् साँघुरो स्तरमा आइपुगेको स्थिति देखापरेको छ । यसका पछाडि थुप्रै कारण होलान् । ती कारणमध्ये प्रमुख कारण शिक्षाको पेसागत दक्षताको विकास देखापरेको चुनौतीलाई बिर्सनुहुँदैन । शिक्षालाई समृद्ध बनाउन एक कुशल एवम् दक्ष शिक्षकको खाँचो पर्छ, जसरी एउटा दक्ष कलाकारबिना मूर्तिको निर्माण हुँदैन । यसका लागि शिक्षकको सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्षलाई जाँच गरिनुपर्छ । शिक्षण पेसा अन्त्य संवेदनशील विषय हो भनिन्छ । तभबअजष्लन ष्क लयत mभअजबलष्अब िउचयअभकक ष्त ष्क बल ष्लतचष्अबतभ बक mभिि बक अजबििबलनष्लन वास्तवमा शिक्षण यान्त्रिक प्रक्रिया होइन, यो चुनौतीपूर्ण एवम् जटिल विषय हो । उदाहरणका रूपमा डाक्टर इन्जिनियरलाई लिऔँ । एउटा डाक्टरले उपचार गर्न नजान्दा त्यहाँ एउटा बिरामी मर्छ । इन्जिनियरले गल्ती गरेमा एउटा पुल भत्किन्छ तर शिक्षकले गल्ती गर्दा हजारौँ लाखौँ विद्यार्थीको भविष्य बिग्रन्छ, जसलाई अरूले उपचार गर्न वीरलै सम्भव छ ।
तसर्थ, आजका शिक्षकहरूले आचार्य, गुरुको स्थान हासिल गर्नुपर्छ, जसले विद्यार्थीको सर्वाड्डिण पक्षको विकासमा टेवा पु¥याउँछ । अन्यथा शैक्षिक बेरोगजार तथा शिक्षित लड्डडो व्यक्तित्वको विकास हुन जान्छ । फलस्वरूप समाजमा भ्रष्टाचार गरिबीले स्थान पक्का गर्ने कुरामा शङ्का मानिरहनुपर्दैन ।

उदयपुरे साहित्यको सङ्क्षिप्त अभिरेखाङ्कन
नन्दलाल आचार्य
(१) परिचय
कुनै पनि मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यस मुलुकको कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देसको समुन्नतिमा समेत ठोस टेवा पुग्दछ । साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्णजस्तो निदाउने सरकारका सामु अरू कसैको केही लाग्दैन तर सर्जकहरूले भने सिर्जनामार्फत् नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा विश्व इतिहासमा भएका वौद्धिक क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । यो जगत् सुन्दर हुनु र देखिनुमा साहित्यले आधारभृ्त भृ्मिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । नेपालमा साहित्यको विकासमा राज्यको योगदान न्युन छ तापनि नेपाली सर्जकहरूका केही कृतिहरूले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् । साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा हेरिएको छ । केही सर्जकवाहेक प्रायः जसो लेखेर बाँच्न सकेका छैनन् । एक त किताब किनेर पढिदिने पाठक पाउन मुस्किल छ, अर्कातिर पूरै रचना वा कृति पढिदिने पाठक भेट्नु लेखकको लागि गौरवको विषय बनेको छ । केही ख्याति कमाइसकेका र बिकाउ लेखकका निम्ति पाठक छन्, बाँच्ने अवस्था छ तर अधिकांशका लागि उत्तम तवरको अभिव्यक्ति क्षमता हुँदाहुँदै पनि प्रकाशनको समस्या छ, साहित्य जगत्मा उदाउने अवसरको समेत अभाव छ, पाठकको त कुरै पर जाओस् । बिहान बेलुकाको छाक टार्न धौधौ परेको बखत साहित्य पढ्नु र साहित्यमा लाग्नु व्यर्थ सावित हुने अवस्था छ । जीवीकोपार्जनबाट बचेको समय रहरले साहित्यमा लगानी गर्नु अधिकांशको वाध्यता छ । औसत नेपालीको लागि साहित्य रहरको खेती ठहरिएको छ । यसै परिप्रेक्ष्यमा प्राकृतिक दृष्टिले सम्पन्न तर पूर्वाधार विकासमा पछाडि परेको उदयपुर जिल्लामा राम्ररी फस्टाउन नसकेको साहित्यिक अवस्थाको अभिरेखाङ्कन गर्ने प्रयास यस लेखमा गरिएको छ ।
(२) साहित्यको श्रीवृद्धिका निम्ति गरिएका पहलहरूको लेखाजोखा
(क) कविता÷हाइकु÷गीत÷गजल÷काव्य विधामा कलम चलाउने सर्जकहरूको नालिबेली–
उदयपुरे आदिकवि भनेर पुकारिने लोकनाथ पोखरेल (१९३३–१९९४) को ‘लोकमञ्जरी’ (०१६, कविता सङ्ग्रह) प्रकाशन भएको छ । रूपाटार निवासी कवि ललिबहादुर खड्का (१९६० तिर) ले समेत कविता सङ्ग्रह प्रकाशन गरेको देखिन्छ तर त्यो प्राप्य छैन । त्यसै गरी जनकवि गम्भीरबहादुर थापा (१९७१–०६५) को ‘उदय’ साप्ताहिक पत्रिकामा धारावाहिकरूपमा गीत, कविता र सवाई प्रकाशित भएका भेटिन्छ । त्यसै गरी रूपाटार गाविसका लालबहादुर खातिर (१९९० अनुमानित) ले ‘अरू काले रेलको धूँवाले’ बोलको गीत लगायत अन्य दर्जनौँ लोकगीत–झ्याउरे गीत सङ्कलन गरी गाएको पाइन्छ । लोकगीत–झ्याउरे गीत सङ्कलनमा नाम कमाएका अर्का हस्ती हुन्– गणेश काफ्ले (१९९० अनुमानित) । उनले ‘हे कलीयुग’, ‘छोरीको हारेको कर्म’ लगायतका दर्जनौँ कविता लेखेको पाइन्छ । गोवद्र्धन तामाङ्ग (१९९४) को ‘चिनारी’ (०२६, कविता सङ्ग्रह), शिवहरि राई (००४) को ‘उदयपुरको प्रतिविम्ब’ (०५९, कविता सङ्ग्रह),कुमारसिंह कार्की (००५) को ‘भजन’ (०६५, भजन सङ्ग्रह) र लेखबहादुर कार्की (००५) को ‘जीवन पुस्तिका’ (०६२, कविता सङ्ग्रह) प्रकाशित छन् । त्यसै गरी तेजनारायण शेर्पा (००६) ले ‘रौतारानी भगवतीको चिनारी’ (०५३, चम्पूकाव्य) र ‘अधुरो’ (०५६, कविता सङ्ग्रह) गरी दुई कृति प्रकाशन गरेका छन् । लक्ष्मीप्रसाद दाहाल (००८) को ‘लुकेको पीडा’ (०५९, कविता सङ्ग्रह), विश्वराज ढुङ्गाना (००९) को ‘आमाको व्यथा’ (०६१, गीति सङ्ग्रह) समेत सार्वजनिक भएका छन् । शान्तिकुमारी राई (०१३) ले ‘दस कविता’ (०३४, कविता सङ्ग्रह), ‘सङ्घर्षशील जीवन’ (०४१, कविता सङ्ग्रह), ‘आमाको सपना’ (०४६, कविता सङ्ग्रह), ‘चेतना’ (०६४, कविता सङ्ग्रह), ‘टैकामा’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘टुङमाखीम’ (०६४, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘सेम्टु’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह) गरी सात वटा कविता कृति सार्वजनिक गरिसकेकी छिन् । परशु पहरा (०१४) का ‘सन्देस’ (०६५, काव्य) र ‘मोहनी’ (०६४, कविता सङ्ग्रह) गरी दुई सङ्ग्रह प्रकाशनमा आएका छन् । उद्धव घिमिरे ‘आनन्द’ (०१७) ले ‘एकादेसको व्यथा’ (०६४, लोककाव्य भाग–१) र ‘मेरो पोको’ (०६५, कविता सङ्ग्रह) गरी दुई अनि नन्दकुमारी राई (०२०) ले ‘अविरल याद’ (०५९, हाइकु सङ्ग्रह) प्रकाशन गरेका छन् । मातृका पोखरेल (०२३) का ‘सेतो दरबार छेउबाट’ (०५६, कविता सङ्ग्रह), ‘यात्राको एउटा दृश्य’ (०६०, कविता सङ्ग्रह), र ‘अनुहारहरू’ (०६५, कविता सङ्ग्रह), टीकाप्रसाद पराजुली (०२६) को ‘कन्दराका भावनाहरू’ (०५८, कविता सङ्ग्रह), पार्वती राउत (०२६) को ‘भनसुनको देश’ (०६७, कविता सङ्ग्रह), धनबहादुर श्रेष्ठ (०२७) को ‘सिर्जनाका लहरहरू’ (०४१, कविता सङ्ग्रह), पुन्य कार्की (०२७) का ‘बाघले घाँस खायो’ (०५४, कविता सङ्ग्रह), ‘असल बन्छु’ (०६३, बालकविता सङ्ग्रह) र ‘आस्थाको अग्निपथ’ (०६५, कविता सङ्ग्रह), मोहन गोले (०२८) का ‘भाले वासेन’ (०५६, कविता सङ्ग्रह) र ‘घाइतेको सन्देस’ (०४८, कविता सङ्ग्रह), कपिल ठकुरी (०२९) को ‘कपिलको कल्पना’ (०६१, कविता सङ्ग्रह), इन्द्र थापा ‘मिलन’ (०३४) को ‘इन्द्रेणी’ (०६१, प्यारोडी कविता, कविता तथा गीत सङ्ग्रह), मणि कोइमी (०३५) का ‘अनि देस दुख्न थाल्छ’ (०५७, कविता सङ्ग्रह) र ‘जूनको आभा’ (०६१, गजल सङ्ग्रह), प्रदीप हाइट (०३६) को ‘डाइमण्ड डायरी’ (०६३, कविता सङ्ग्रह), विन्दास आरके (०३८) का ‘अपाङ्गका केही पाइलाहरू’ (०६३, कविता सङ्ग्रह) र ‘ज्वारभाटा’ (०६७, गजल सङ्ग्रह), गणेशकुमार दनुवार (०३९) को ‘मेरो सानो घर, मेरो नेपाल’ (०६४, कविता सङ्ग्रह), मीरा शाकोर (०३९) को ‘अनुभूतिका डोबहरू’ (०६१, गजल सङ्ग्रह), प्रकाश ‘पुष्पक’ राई (०३९) को ‘घाँटी रेटिँदै छ’ (०६०, हाइकु सङ्ग्रह), दिवा चाम्लिङ (०४०) को ‘बोखामा’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), हरिकुमारी राई ‘अभागी’ (०४०) को ‘वेदनाका नयनहरू’ (०६४, कविता सङ्ग्रह), सुवास आम्बोटेली (०४६) का ‘अस्विकृत स्विकृत’ (०६०, गजल सङ्ग्रह), र ‘पलहरू’ (गजल सङ्ग्रह), जीवन चाम्लिङ राई (०४६) को ‘हृदयका छालहरू’ (०६३, गजल सङ्ग्रह), सुरेश परियार (०४८) का ‘सुरेशका सुसेलीहरू’ (०६६, गजल सङ्ग्रह), र ‘याद आयो उनको’ (०६८, गजल सङ्ग्रह), जीवन खतिवडाको ‘मातृवियोग’ (०५९, शोककाव्य), देवेन्द्र पोखरेलका ‘स्वर’ (०५९, कविता सङ्ग्रह), र ‘जुठो सुतक निर्णय’ (०६३, कविता सङ्ग्रह), घमानसिंह मगरको ‘जिन्दगीमा सजाएका सपनाहरू’ (०६३, कविता सङ्ग्रह), शाकुराका ‘मनको वह’ (०६४, कविता सङ्ग्रह), राजेश खतिवडाको ‘पोख्न वाध्य व्यथाहरू’ (०६४, गजल सङ्ग्रह) आदि गरी दर्जनौँ उदयपुरे सर्जकहरूले नेपाली साहित्यमा आआफ्ना काव्यात्मक कृतिहरू नेपाली साहित्य भण्डारमा समर्पण गरिसकेका छन् । रामकुमार बस्नेतको गजल सङ्ग्रह समेत प्रकाशित छ । टीकाप्रसाद पौडेल, जोतारे धाइवा, दीपक चिन्तक, भागवत राउत, गोपाल कृति, लक्ष्मीकान्त चौधरी, रत्नप्रसाद काफ्ले, मदन तामाङ्ग, ठूले दोभान अरूण कोइमी, शकुन आँसु, नन्दलाल आचार्य आदि राम्रा कविता, गीत र गजल लेख्दै आएका सर्जकहरूमा पर्दछन् । यसका अतिरिक्त नर्वदा नवोदित, धर्मराज पौडेल, राम बस्नेत, वसन्त भण्डारी ‘असफल’, लक्ष्मी रिजाल, सुसम आचार्य, सुरेश परियार ‘सुमन’, अर्जुन विक, युवक केसी, दिनेश डीसि, शीकर सुमन, अर्जुन बाराहाली, पारु थापा, रमेश लामा, अम्विका दाहाल, निरु शितलु, सीताराम सिआर यात्री, शिवहरि राई, सन्तोकी सन्तोष भट्टराई, हिराप्रसाद दाहाल ‘शीतलव’, विदुर समीप, बविन राई, लक्ष्मी राई, नगेन्द्र मगर, शोभा केसी, प्रयास राई, कुसुम राई, जीतन राई ‘समीप’जस्ता दर्जनौँ नयाँ पुस्ताका सर्जकहरू विशेषतः गजल लेखनमा सक्रिय छन् । टङ्क आले मगर, अविरल कोइमी, मुकेश राई, विनोद खतिवडा, दिपेन्द्र थुलुङ, जीवन भुजेल, बोनमप्रताप मल्ल, युवराज आरोही मगर, मिलन राई प्रतीक, विकास मुस्कान मगर, रूपा चाम्लिङ, सविता तिमल्सिना, युवक केसी, रोजिना आचार्य, जुना गिरी आदि सर्जकका कविता, गीत, गजल र हाइकुहरूले वर्तमानको वेथितिप्रति व्यङ्ग्य गर्दै समाजमा चेतनाको दीप बाल्ने काम गरेका छन् ।
प्रमुख कवि र तिनका काव्यात्मक प्रवृत्तिहरू–
(१) लोकनाथ पोखरेल (१९३३–१९९४)– उदयपुरे साहित्यिक इतिहासमा १९९० सालको भूकम्पको वर्णन, तत्कालीन समाजको वस्तुस्थितिको वोध, नैतिक र आदर्श मूल्यमान्यताप्रति सजगत, सन्तानलाई आशीर्वचनजस्ता विशेषता सहित कवि लोकनाथ पोखरेल (१९३३–१९९४) को ‘लोकमञ्जरी’ (०१६) कविता सङ्ग्रह देखापर्दछ ।
(२) गम्भीरवहादुर थापा (१९७१–०६५)– गान्धी पथका कट्टर अनुयायी कवि गम्भीरबहादुर थापाका वारेमा साहित्यकार पुन्य कार्की भन्दछन्– ‘ कवि थापा अँध्यारोको कालो धुस्सा च्यात्नै हिँडेका थिए । नेपाली दुखिया समाजलाई जाडो र भोकबाट, अशिक्षा र अन्धकारबाट मुक्त गर्नै हिँडेका थिए । तर, निर्दयी समाजले कति बुझ्यो होला; यिनले सिकाएका दया र प्रेमका पाठहरू । निष्ठुर समाजले कति बुझ्यो होला, यिनले सिकाएका सत्य र न्यायका कथाहरू । पापी र क्रुर समाजले कति बुझ्यो होला, यिनले जीवनभरि घोकाएका करुणा र विवेकका सूत्रहरू । बेइमान र ईष्र्यामा अडेको समाजले कति बुझ्यो होला, इमान र नैतिकताका पाठहरू । परालम्वी परनिर्भर समाजले कति बुझ्यो होला, यिनले सिकाएका स्वाबलम्वी तथा स्वनिर्भर संस्कृतिका पाठहरू । समाजले बुझोस् नबुझोस् यी जागापुरुष अहिले पनि अनवरत सत्य र न्यायका स्वरहरू घन्काइरहेका छन् । सत्यको बाटोमा जाडो टेकेर अविरल हिँडिरहेका छन् । यिनलाई मैले जागापुरुष यसर्थ भनिरहेको छु– गम्भीरबहादुर थापाको कर्म नै मान्छे जगाउनमा समर्पित छ । निस्लोट सुतेको मान्छेलाई जागरणमा ल्याउन यिनले भगीरथ प्रयत्न गरे । विभिन्न प्रतीकात्मक तरिकाहरू अपनाए । तर जडअचेतनामा युगयुगदेखि आनन्दले घुर्दै आएको मान्छेले, अनि उठ्नुमा भन्दा कोल्टे फेरेर सुत्नुमा गर्व मान्ने समाजले पित्को बराबर पनि यिनले सिकाएका सूत्रहरू अपनाएन । यिनले अपनाएका जीवनशैलीबाट केही कुरा पनि लिनसकेन । यिनले सिकाएको दया, प्रेम, करुणा र न्यायको पाठ समाजका दुई प्रतिशत मानिसहरूले बुझेका भए मात्र पनि यो समाजको मुहार अर्कै हुन्थ्यो होला । हाम्रो समाज यस्तै दीनहीन, रुग्ण, अकर्मण्य र निर्दयी हुनेथिएन होला । यिनलाई बुझ्ने र सम्मान गर्ने कुरामा समाज सय वर्षै पछाडि परेको छ । यिनका नातागोता, आफन्त, भाइवंशज, छोराछोरीहरू समेत बाटोमा यिनलाई देख्ने वित्तिकै मुन्टो बटारेर तर्कीतर्की हिँडेको देखेको छु । उनलाई देख्ता बेइज्जत भएको ठान्ने आफन्तहरू पनि छन् यहाँ । साँच्चै गम्भीरबहादुरलाई बुझ्ने हो भने उनी उदयपुरका इज्जत हुन् । अझ व्यापक आयामबाट हेर्दा उनी देशकै गर्विला सम्पत्ति हुन् । यो सत्यलाई अनाडीहरूले कहिल्यै बुझेनन् । उनले बोरा ओडेर हिँडेको देख्ता नदेखेजस्तो गर्ने सफेदपोशहरू देखेको छु । जाडोमा धुनी बालेर गरिबका बच्चा सेकेको देख्ता ओठ बटार्ने इज्जतदारहरू देखेको छु । उनले सत्य र सुनीतिको भाषण दिँदा नाक चेप्र्याउने ठालुहरू देखेको छु ।’ यसप्रकार शोषितपीडित जनताप्रति गम्भीर चासो राख्नु, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलतामा सचेत रहनु, समाजप्रतिको दायित्वबोधको आभाष हुनु, अग्रगामी राजनीतिक चेतनाले ओतप्रोत रहनु र सामन्तीसंस्कार, दासमनोवृत्ति, सामाजिक एवम् आर्थिक शोषणले लाटो पारिएका मनहरू ब्युँझाउनु साथै निरास जनताका मनहरूमा आँट र उत्साह छर्नुजस्ता विशेषता लिएर उदयपुरे जनकवि गम्भीरवहादुर थापा (१९७१–०६५) देखापर्दछन् । उनका ‘उदय’ साप्ताहिक पत्रिकामा धारावाहिक रूपमा गीत, कविता र सवाई प्रकाशित छन् । उनको सम्मानमा गम्भीर साहित्य प्रतिष्ठान, उदयपुरले ‘गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व’ नामक अभिनन्दन ग्रन्थ (२०५९) प्रकाशन गरेको छ । समाजमा देखिएका विसङ्गत पक्षलाई झटारो हान्न जनकवि गम्भीरबहादुर थापाले विल्कुलै भुलेका छैनन् ।
१. सिराहाको सेठ, राजविराजको रेट
उदयपुर गाईघाटको गेट ।
मतलवी बेइमानी भेट
न्याय निसाप नैहेत ।
उल्टा निसाफ करदेत
किन यस्तो, माटै त्यस्तो ।
२. आफ्नै घरमा खानु, नेपाली खानु आफ्नु मानु
धेरै, निकै नेपाली लाहुर (विदेश) किन जानु ?
३. उदयपुरे राजनीति इमानदार छैन
लेखिएको सत्य हो झुट्टा कुरा हैन ।
(गम्भीरबहादुर थापाका कवितांश)
(३) गणेश काफ्ले (१९९० अनुमानित)
ढुङ्गाको छाना, ओडारको वास,
खाँडीको दौरा, फाटेर नास ।
सुँगुरको जगर, त्यसो नगर
भैँसीको भुत्ला, चित्त दुख्ला ।
यी हरफका रचयिता काफ्ले लोकगीत–झ्याउरे गीत सङ्कलन र गायनमा नाम कमाएका छन् । हलेसी महादेवको दर्शनार्थ वीरेन्द्र राजाको सवारीको बखत उनले गीत आफैँले लेखेर सुनाएका थिए । उनको आँसु कवि व्यक्तित्वबाट प्रभावित भई राजाले आफ्नै साथ काठमाडौँ लगेका थिए । उनले ‘हे कलीयुग’, ‘छोरीको हारेको कर्म’ लगायतका दर्जनौँ कविता लेखेको पाइन्छ । उनी परिस्थितीलाई टपक्क टिपेर काव्यात्मक रूप दिन माहिर देखिन्छन् ।
शिवहरि दुनियाँभरि, छैन धर्म भइसक्यो मनपरि
बह्म ज्ञान, जातिपाति, धर्मकर्म फाले
परम्परा कर्तव्य नै भुले जनताले
गरिवको पसिना भो, शोषकीको धन
परिश्रमी दुःखी बने खान नपाईकन ।
ठूला भए असती छली, पापी कली सम्झन्छु झलझली ।
मातापिता पाखा पारी आफ्नो अधिकार
जमाउन लागे छोरा हेर अतिचार ।
ज्ञान, मान जप, ध्यान केही बाँकी छैन
पापी छली महाजाली कली नासिँदैन ।
धरतीमा लाइदियो भारी, बढ्न थाल्यो धर्मको संहारी ।
दुनियाँका छोरा बढे, लवाइ भयो अर्को
पैसा जति लुवाइमा खान पर्यो चर्को ।
बाहिरतिर सुटबुट खपिसक्नु छैन
घरभित्र थोत्रे गुन्द्री सिवा पाइँदैन ।
खाना खाए चना र मम्फली, लुगा लाए सापटी अन्त लिई ।
नारी हिँड्छन्, पुरूषको लुवाइ ढल्काएर
हिप टाइट बेलबटम कुर्था झल्काएर ।
पतिभन्दा श्रीमतीले मान पाउन थाले
आफू बसे कुर्सीमाथि राखी स्वामी पाले ।
कली युग भइगयो झल्झली, दुनियाँलाई पार्दै छ नक्कली ।
आजकलकुमारीको नक्कली चाला
शहरमा घुम्न जाँदा देखेँ यसै पाला ।
इष्टमित्र मातापिता अन्य दाजुभाइ
ठूला सन्त, ज्ञानी मान्यगन्य कसैलाई
केही नटेरी कलीका नारी, हिँड्न थाले दुनियाँ छक्क पारी ।
पिलन्धरे लुगा लाए सरम ढाकिँदैन
ठिटासँग डुल्न गए, ठिटी साथी छैन ।
आँखा छोपी झारेका छन् कपालका अलका
बुलाउज रे पहिरेको सरो मखमलका
मोटो सारी हुने रे भारी, छोटो कट्टु दुनियाँ दङ्ग पारी ।
(गणेश काफ्ले, हे कली युग ¤)
उनको ‘छोरीको हारेको कर्म’ शीर्षकको गीत त्यस बेला चर्चित थियो । रामायणका श्लोकजस्तै हरेकका ओठओठमा झुण्डिएको पाइन्छ । यसो हुनुको खास कारण के थियो भने त्यस बेला उदयपुरमा समाचार सुन्न या पढ्नबाट बिल्कुलै वञ्चितजस्तै थियो । कविहरू कविता, श्लोक र सवाईमार्फत नै एकठाउँको खबर अर्को ठाउँमा पुर्याउँथे । प्रस्तुत छ, सोही कविताको एक अंश–
दाजुभाइ दिदीबहिनी तिम्रै शरण पर्छु
दुःखी चेली विचरीको अब वयान गर्छु ।
सोह्र वर्षे उमेरमा विहे भाको छैन
यो मनमा लड्छ पहिरो केही रहँदैन ।
माइत घरमा बस्दाबस्दै बूढी भइयो खाल्पा
भो आखिरी मर्ने बेला अब कसले पाल्छ ¤
हरे शिव ¤ विचरीको मनले हरेस खा’को
त्यसै साल मङ्सिरमा तिनको विहे भा’को ।
वुढेसकालमा विचरीको बिहे भयो बल्ल
छोरी घरमा पठाउन भयो खललबल्ल ।
आमाबाबुसित छोरी विदा भई गा’की
विचरीले त्यस घरमा कस्तो आपत् पा’की ।
सासू साह्रै गनगन गर्छे, त्यस बुहारीमाथि
घरको त्यो सबै भारा त्यसैमाथि राखी ।
बुहारीलाई सासू चाहिँले अह्राइसिकाइ रा’को
अलिकति काम बिग्रे शिरमा आउँछ लाठो ।
घरको काम सम्झिएर मन वैरागी भा’को
माइत गई आमासँग दुःख पोखी रा’को ।
के गर्छेस् त त्यस्तै र’छ छोरी तेरो कर्म
जस्तै दुःख परे पनि बस्नु आफ्नै घरमा ।
(४) लेखबहादुर कार्की (००७)– वि. सं. २००७ साल मङ्सिर १५ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ बाराहा गाविस वडा नं.–३ मा जन्मेका र हाल उदयपुर लगायत देशका कुनाकाप्चा घुम्दै र वस्तुस्थिति बुझ्दै जनताको पक्षमा कविता र फुटकर लेखहरू लेख्दै आएका फिरन्ते कवि कार्कीले २०५८ साल भदौ १८ गतेदेखि कविता र फुटकर लेखहरू लेख्न थालेका हुन् । अहिले उनले घुमफिर र लेखन कार्यमा आफ्नो जीवन पूरै संलग्न पारेका छन् । उल्लेखनीय औपचारिक शैक्षिक ज्ञान हासिल नगरेका साधरण लेखपढ भएका कार्कीको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको कुरा उनका मन नै कल्पाउने रचनाहरूले पुष्टि गर्दछन् । हृदय कल्पाउने तागत भएका स्रष्टा कार्कीको कलम प्राचीन संस्कृत, पौराणिक, राष्ट्रिय इतिहास र जनयुद्ध, कला, साहित्य र विशेष गरेर राजनीतिप्रति मुखरित भएको छ । घुमफिरमै जीवन विताउँदै आएका स्रष्टा कार्की ऋण काडेर निकालेको ‘जीवन पुस्तिका’ (२०६५) नामको कविता कृति जनतालाई बेच्दै र सङ्ग्रहका कविता र अन्य कविताहरू सुनाउँदै बाँचेका छन् । जागिरे जीवनले भौतिक सुख दिए पनि शान्तिका लागि भने जनताको पीरमार्कालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने उनको कथन छ । त्यसै कारणले गर्दा पनि उनी कलमकै भरमा बाँचेका छन् भन्न सकिन्छ । सिमेण्ट कारखाना, उदयपुरले ४ वर्षसम्म जागिर दिए पनि उनी त्यत्तिमै सीमित रहन सकेनन् । कारण समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन सकेनन् भन्ने कुरा उनका कविता पढ्दा झर्लङ्ग हुन्छ ।
आफ्नै बारेमा कवि लेखबहादुर कार्की भन्छन्– ‘दुःख भोग्नेले नै सुखको सुवास लिन सक्छ । म घनधोर दुःखको दहमा पौडी खेलेर आएको मान्छे हुँ । दुःखले नै मलाई कलम समात्न वाध्य बनायो । मैले जे दुःख झेले त्यो दुःख अरूले पनि झेल्नु नपरोस् भन्ने आकाङ्क्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्कल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आमजनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवम् परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु ।’
शोषितपीडित जनताका विचारलाई काव्यात्मक रूप दिनु, राष्ट्रिय पहिचान नष्ट र भ्रष्ट हुँदै गएका प्रति गम्भीर चासो राख्नुु, सामन्तीसंस्कार, दासमनोवृत्ति र शोषणकोे खुलेर विरोध गर्नु साथै आशावादी जीवनदृष्टि प्रेषण गर्नुजस्ता प्रमुख विशेषता लिएर कवि कार्की नेपाली साहित्याकाशमा देखापरेका छन् । परिपक्व काव्यात्मक परिपाक तयार पार्नसक्ने छवि उनमा नहोला तर उनी गाउँघर ब्युँझाउने ठेक्का आफैँले पाएको ठान्दछन् र उनी आजसम्म आफ्नै कलमको पराक्रमले बाँचेका छन् । कारण, उनी २४ घन्टामा १६ घन्टा जति हिँड्छन् र जहाँ जेले छोयो कविता लेख्न थालिहाल्छन् । त्यसैले उनी पेशेवर कवि, पेशेवर लेखकजस्ता देखिएका छन् । कवि कार्की दुःखको काँडाघारी टेकेर हिँडिरहेका छन् । आजभन्दा एकसठ्ठी वर्ष अघिदेखि यिनी अनवरत दुःख पिउँदै छन् । ‘जीवन पुस्तिका’ (०६२, कविता सङ्ग्रह) का साथ देखापरेका कवि लेखबहादुर कार्कीमा झुल्के घामसरि हामी पृथ्वीमा नाङ्कै उदायौँ र एक दिन सम्पूर्ण धनमाल र आफन्तहरूलाई छाडेर हामी पुनः नाङ्कै अस्ताउँछौँ भन्ने दार्शनिक चेत छताछुल्ल छ । उनी भन्छन्....
बुझ्नुहोस् सबले यस पृथ्वीमा कोही छैन हाम्रो भनी
एउटा वृक्ष रहेछ बुझ है चरो बसेको पनि ।
यो कुरा सत्य, सत्य भन है झुट्टा होला कि भनी
नाङ्कै आयौँ यस पृथ्वीमा नाङ्कै हो जान्छौँ पनि । (‘जीवन पुस्तिका’ ः पृष्ठ– १६)
(५) मणिकुमार पोखरेल रूपाटार –७, उदयपुरमा जन्मी २०४१ सालसम्म उदयपुर जिल्लाकै विभिन्न विद्यालयहरूमा शिक्षण गरी २०४२ देखि सुर्खेत कर्मक्षेत्र बनाउन पुगेका कवि मणिकुमार पोखरेलको प्रथम प्रकाशित कृति श्रद्धाञ्जली (२०४८) हो । वि.सं. २०४६ फागुन १३ गते सुर्खेत वीरेन्द्रनगरमा घोषणा गरिएको कलासाहित्यमा प्रमाणवादी अभियानका हस्ताक्षरकर्तासमेत रहेका कवि पोखरेल अभियान सेलाएझैँ लामो समयसम्म सेलाएर ०६८ चैत्रमा गोमारत्न खण्डकाव्यसहित पुनः प्रकाशित भएका छन् । यिनका कवितामा मानवजीवनका विसङ्गति, पीडा, छटपटी, दुःख र छटपटिएका अतिरिक्त नारी संवेदनासँगसँगै राष्ट्रिय चिन्ता र चासो सार्वजनिक भएको पाइन्छ । कवि जन्म दिने आमा र बाबुप्रति जति आदर देखाउँछन्, त्योभन्दा बढी जन्मभूमिप्रति आस्थावान् देखिन्छन् । मान्छेले जति नै पीडा र कष्ट झेल्नुपरे पनि भविष्यप्रति आशावादी हुनैपर्छ भन्ने आग्रह पनि उनका कवितामा पाइन्छ । यसै सन्दर्भमा उनी भन्छन्–
आशा भन्ने कुरा पनि अचम्मकै मान्छु
हाँस्न बोल्न सघाउने औषधी यो ठान्छु ।
मर्नलाई तयार प्राणी समेत मुक्त छैन
उपस्थितिबिना यसको लाग्छ संसार होइन ।

अझ अगाडि उनी थप्छन् –
खरानीको हेरी पोको बाँच्छ भोको प्राणी
खरानीको खोस्री थुप्रो जीवन खोज्दो बानी
बादल लागे आकाशमा धर्ती रसाउँछ
दृष्टि सुन्दर बनाउन सृष्टि टुसाउँछ ।
(गोमारत्न खण्डकाव्य)
(६) मातृका पोखरेल (०२३)– वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको ठानागाउँ गाविस वडा नं.–९ मा जन्मेका र हाल काठमाडाँैलाई कर्म थलो बनाउँदै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । ‘समीक्षा’ साप्ताहिकमा २०४४ सालमा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलो पटक प्रकाशित रचना हो । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने स्रष्टा पोखरेलको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रि«य परिवेश, इतिहास, कला, साहित्यतर्फ समेत मुखरित भएको पाइन्छ । वेदना, ज्योति, प्रलेस, विजय, शब्दविम्ब जस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै आएका कवि पोखरेल समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका पोखरेल थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीवीहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसङ्गति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ । ‘सेतो दरबार छेउबाट’ (०५६), ‘यात्राको एउटा दृश्य’ (०६०), र ‘अनुहार’ (०६५) गरी अहिलेसम्म तीन ओटा कविता सङ्ग्रह प्रकाशन भइसकेका कवि मातृका (१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक, (२) वर्गीय चेतनाले ओतप्रोत, (३) माक्र्सवादी दर्शन अङ्गिकार, (४) जनयुद्धप्रति अनुरागी भावना (५) मानतावादी दृष्टिकोण, (६) समाज रूपान्तरणमा जोड, (७) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट, (१०) सहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था, (११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध, (१२) राज्यआतङ्कको भत्र्सना, (१३) अग्रगमनको दिसामा लम्केको राष्ट्रनिर्माणमा जोड, (१४) जीवनवादी एवम् आशावादी विचार प्रेषण, (१५) निमुखाहरूको आवाज बुलन्द, (१६) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर, (१७) सकारात्मक परिवर्तनको पक्षमा वकालत, (१८) सरल, सहज, मिठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलङ्कार एवम् प्रतीकहरूको प्रयोगजस्ता प्रवृत्तिहरू लिएर देखा परेका छन् ।
क्रान्तिकारीको आवरणमा ब्रह्मलुट गर्ने अवसरवादीहरूको कुकृत्यको भण्डाफोर नगरी मुलुक उँभो लाग्दैन । कागजी र मुखौले कानुनी योजना राम्रो भए पनि कार्यान्वयन पक्ष निर्वलियो बनाएर सात पुस्तालाई पुग्ने धन बटुल्न माहिर नेतानेतृहरूलाई चुलाचौका बार्नुपर्छ । मान्छे किनेर स्वार्थको घैला भर्नेहरूबाट बेलैमा सतर्क रहनुपर्छ । नत्र रातो किताब लिएकाहरूबाटै जनता र मुलुक खतरामा पर्नुपर्छ भन्ने भाव सञ्चार गर्दै कवि मातृका कविताबाटै खबरदारी गर्छन्–
बस्तीहरूलाई आतङ्कित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र, त्यहाँ बुझिने, बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने, नबुझिने कुरा गर्छ । (‘यात्राको एउटा दृश्य’, पृष्ठ ः १७)
(७) पार्वती राउत (२०२६)– मातापिता कृष्णादेवी र डम्बरबहादुर राउतकी आठौँ सन्तानको रूपमा २०२६ भदौ ८ गते भलायडाँडा–१, सरुने, उदयपुरमा पहिलो पटक आँखा खोली हाल पति अधिवक्ता रमेश थापासँग जीवनसंगिनीका रूपमा जीवन विताइरहेकी कवयित्री पार्वती राउत (२०२६) नेपाली साहित्याकासमा ‘भनसुनको देस’ कविता सङ्ग्रह (०६७) लिएर देखा परेकी छिन् । उनी समाजमा देखिएका विङ्गत पाटाबाट विरक्त हुन्छिन् र कवितामार्फत नै क्रान्तिको मसाल सल्काउँछिन् । राष्ट्रियता गुम्दै गएकोमा खेद प्रकट गर्दै नशानशामा रगत उम्लनेजस्तो जोसिलो कथन अघि सार्छिन् ।
अब नेपाललाई विक्री गर्न दिन्नौँ
सत्रु र मित्र राम्ररी चिनौँ
नेपाली भएर नेपालमा बस्ने
जरुरी अब छ कम्मर कस्ने । (पीडा छ, पृ. ३)
जनयुद्धको चित्र उतानेर् काम पनि उनीबाट भएको छ । उनी बन्दुक र बारुद सहितको क्रान्तिको पक्षमा छैनन् । उनलाई वैचारिक क्रान्ति प्यारो छ । शान्तिपूर्ण आन्दोलनकी पक्षपातीका रूपमा देखिएकी छिन् ।
दाजुभाइ, दाजुभाइ गोली नहान
आमा मरेको सुन्नै छैन चाहाना ।
बालकको बालापन नखोसिदेऊ
हठ र अहङ्कार सब त्यागिदेऊ । (शान्तिको दीप, पृ.४)
कवितामा यसो भनिए पनि आवश्यक परेमा रगत समेत बगाउँदै प्रजातन्त्र जोगाउन क्रान्ति मैदानमा उत्रनुपर्छ भन्ने विचार राख्न भने उनी चुकेकी छैनन् । गरिवलाई जोतेर सामन्तहरू बाँचेका छन् भन्ने कथन अघि सार्दै न्याय दिलाउन बुद्धलाई आमन्त्रण गर्छिन् । प्रौढ विचार सम्प्रेषणमा कमी देखिए पनि सामन्त निर्मूलमा युवाशक्ति एकजुट हुनुपर्नेमा विश्वास राख्छिन् । चुनावताका गुलिया कुरा गरेर सदनमा पुगी स्वार्थमा लिप्त हुने कथित नेताहरूको गालामा थपपड बर्साउन समेत उनी चुकेकी छैनन् । प्रकृतिको विधानले नै विवा तुल्याउन सक्छ । विधुवा नारीको पीडालाई समेत उनले काव्यात्मक रूप दिने जमर्को गरेकी छिन् । उनले शान्ति डाक्न भनेर धेरै शब्द खर्च गरेकी छिन् । कसैसँग लाज छोप्ने वस्त्र छैन, कसैसँग भने पर्याप्त छ । यस खाले असमानताका कुरा यत्रतत्र आएका छन् र दीनदुःखीहरूप्रति सहानुभूति प्रकट गरिएको छ । नारी हकअधिकारका लागि एक जुट हुन आह्वान गरेकी छिन् । संस्कृतिलाई विकृत तुल्याउनुहुन्न भनेर पवित्र सांस्कृतिक पक्षसँग उनी सरोकार राख्न रुचाउँछिन् । शिक्षकले पढाउने तर विद्यार्थीले नपढी दिने जस्ता जीवनका तीता अनुभव समेत कवितामा आएका छन् । घरकालाई बास र मायालु हात चाहिएको र वन पसेकालाई घर फर्काउन मोहनी मन्त्र चाहिएको कुरा गर्न पनि उनी पछि परेकी छैनन् । पारिवारिक प्रसङ्ग, चुलोचौकाको पिरलो, लैङ्गिक थिचोमिचोको वेदनाजस्ता पक्षहरूले समेत काव्यात्मक रूप पाएका छन् उनका कवितामा । यस देसमा श्रमजीवी भए पनि शोषणले चरमोत्कर्षता प्राप्त गरेको छ । कानुन भए पनि डलरमा बिकेको छ । पर्याप्त डाक्टर, नर्स भए पनि गाउँ रोगी छ । किसानले हलो जुटाउन सके पनि फाली जुटाउन सकेका छैनन् । सदाचारको मन्त्र पाठ भए पनि भ्रष्टचार मौलाएको छ । नेतानेतृहरूको सङ्ख्याले आकास छोए पनि गुणात्मकताको कसीमा घोटेर हेर्दा प्याज नखाने बाहुन पाउनुझै दुर्लभ भएको छ । मूलतः देस विदेसी इसारा र इरादामा चलेको छ अर्थात् भनसुनमा नै चलेको छ । कवयित्री राउत यही निष्कर्षमा पुग्दै भन्छिन्–
भनसुनको देस हो यो, मनसुन आउँदैन
भ्रष्टचारको देस हो यो, सदाचार आउँदैन । (भनसुनको देस, पृ. २४)
त्यसो भए पनि जीवनका तीता अनुभव र राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका पक्षमा खरा र दरा भावना यत्रतत्र पाइन्छन् । शान्तिकामी बन्न आह्वान, प्रजातन्त्रको जग बलियो बनाउन वलिदानी दिन पनि पछि नपर्न आग्रह, विसङ्गति वोध, लैङ्गिक असमानता विरुद्ध वैचारिक आवाज, नेपाली स्वाभिमानको गाथागायन, शैक्षिक जगत्को विकृतिप्रति व्यङ्ग्य, मधेस आन्दोलनले उमार्न खोजेको चेतना प्रेषण, जनता जगाए मात्र नेपाल जाग्ने भावनाजस्ता प्रवृतिहरू लिएर कवयित्री राउत पाठकमाझ आएकी छिन् । उनको काव्यजगत्मा पदार्पणले उदयपुर र सप्तरी जिल्लामा विशेष महŒव राख्दछ ।
(८) पुन्य कार्की (०२७)– ‘बाघले घाँस खायो’ (०५४), ‘असल बन्छु’ (०६३) र ‘आस्थाको अग्निपथ’ (०६५) गरी तीन कविता सङ्ग्रह प्रकाशन गरिसकेका कवि पुन्य कार्की (०२७) (१) समाजवादी, यथार्थवादी धारामा कलम चलाउनु, (२) वर्गीय चेतनाले ओतप्रोत भई माक्र्सवादी दर्शन अंगिकार गर्नु, (३) पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याउनु, (४) जनयुद्धका क्रममा देखे, भोगेका कुराहरूलाई रिठ्ठो नविराई प्रस्तुत गर्नु, (५) वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोज्नु, (६) साहित्य, कलाबाट पनि समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार राख्नु, (७) जनयुद्धको सजीव चित्र उतार्नु, (८) राष्ट्रिय स्वाभिमानलाई आफ्नो आदर्शपुञ्ज ठान्नु, (९) कमरेडहरू सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउनु, (१०) लोक कल्याणमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याउनु, (११) यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिसामा लाग्न उक्साउनु, (१२) राज्यआतङ्कको खुलेर भत्र्सना गर्नु, (१३) राष्ट्रप्रेमी र राष्ट्रसुधारको स्वर गुञ्जाउनु, (१४) श्रमजीवीहरूको विजय निश्चित रहेको आशावादी विचार प्रेषण गर्नु, (१५) निम्न वर्गको आवाज बुलन्द पार्नु, (१६) नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गर्नु, (१७) आमूल परिवर्तनको पक्षमा उभिएर चेतना छर्नुजस्ता काव्यगत प्रवृति लिएर देखापरेका छन् ।
(९) इन्द्र थापा ‘मिलन’ (०३४)– उनको ०६१ सालमा ‘इन्द्रेणी’ प्यारोडी कविता, कविता तथा गीत सङ्ग्रह निस्केको छ । त्यसमा ‘घरवाली–पसलवाली’, ‘ठोक् न मादल ठोक्’ लगायतका २१ वटा रचना सङ्ग्रहीत छन् । विशेषतः वर्तमानलाई व्यङ्ग्य गर्न पुराना सिर्जनाको जग खोजेको स्पष्ट झल्कन्छ । उनले राजनीतिक, शैक्षिक, प्रशासनिक, व्यक्तिगतजस्ता हरेक निकाय र क्षेत्रका कमजोरीप्रति कठोर व्यङ्ग्य गरेका छन्–
आए नेता नेपालमा हाम्रो शोषण गर्दै
दाउरे पेट टन्न भर्दै चिल्लो कार चढ्दै ।
(दाउरे पेट ‘आइ यो मेरी जिन्दगीमे’)

(१०) अन्य जल्दाबल्दा केही कविहरू–
समाज अहिले निक्कै परिवर्तन भएको छ । सबैलाई महसुस गराएको छ । संस्कार नबसेकोले अराजकताबाहेक अर्को चिज उपभोग गर्न नपाएको तीव्र आक्रोस पोख्न नयाँ पुस्ताले कन्जुस्याइँ गरेको छैन ।
हिमाल फुल्यो,
रक्तफाल्साले नदी सुसाएन
यस पाला बज्रेको कठोर बज्र
फेरि, फेरि
सुनामी भएर, स्वाइन् फ्लू, वर्ड फ्लू नाम गरेर
जितुवाको पङ्क्तिमा बस्यो
जित्नेले हार्यो, हार्नेले जित्यो
परिणाम सत्य आएन
समय त आयो, नयाँ वर्ष
तर वसन्तले आउने बाटो नै पाएन ।
(नन्दलाल आचार्य)
जनताले चेतना त भेट्टाए तर त्यसको उपयोग गरेर समाजलाई लाभान्वित पार्न भने तगाराहरू पन्छाउन हम्मेहम्मे परेको वास्तविकता खोल्न समेत नयाँ पुस्ताका कविहरू पछि परेका छैनन् ।
कामरेड
आगो लिएर तपाईं
सहर पसेपछि
गाउँमा असिना पर्यो
पारिलो घाम हामीबाट खोसियो
हामी टकटक कामिरहेछौँ
मिथकको सर्पजागेझैँ ।
(दीपक चिन्तक)
प्रौढपुस्ताका अनुभवको जगमा उभिएर विवेकसहितको नवीन विचार सम्प्रेणमा समेत नयाँपुस्ता कम्मर कसेर लागेका देखिन्छन् ।
ओ सहिद बाबू
बाबुले खोसेर च्यातेको थियो
उरन्ठेउलो छोराको प्रेमपत्र
लिकमा हिँडेको थियो छोरो
यता देसले त तिमीलाई नै खोसेको थियो
पत्रपत्र च्यातिएका थियौ
तिम्रै रक्तनलीमा
निस्सासिएर सुकेछ देस.....
(जोतारे धाइवा)
गजलहरूमा भने विशेषतः प्रेम प्रणय र आक्रोसलाई मूल केन्द्रीय वस्तु बनाउन नयाँ पुस्ताका सर्जकहरूको काव्यात्मक कलम एकोहोरिएको पाइन्छ । आजको काव्यात्मक लेखनीमा कि प्रेमको सागर छ कि घृणाको पराकाष्ठा छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
कस्तो बगरसरह सुनसान देख्छु
मात्र पत्थर छ खै भगवान् देख्छु ।
(नन्दलाल आचार्य)
आँसुको भेल न छेक्न सकेँ
दुःखेको कथा न लेख्न सकेँ ।
(लक्ष्मी राई)
नसालु त्यो तिम्रो हेराइ
मायारूपी खानी लाग्छ ।
(निरू शितलु)
आजका कविहरूले अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँनु जरुरी छ । देशभक्तिको गीत गाउनु छ । प्रेम–प्रणयका माध्यमबाट समेत जीवनको रहस्य खोतल्न आवश्यक छ । भोकले दाबिएको पेट देख्दा र नाङ्को आँङ भेट्दा असमानताको झाँको झार्न परेको छ । प्राकृतिक रमणीयताको श्रेष्ठ मुलुकका बासिन्दा भएका नाताले पनि प्रकृतिले मोहित पार्दा त्यसैको भजन गाउँनुछ । अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाउँदा खबरदारी गर्न विद्रोहको स्वर सुसेल्नुछ । काम गरिखानेका हातगोडा जन्जिरले बाँधेर दासत्वको पाठ पढाइएको बखतमा स्वतन्त्रता र स्वअस्तित्वको गाथा रच्नु आवश्यक छ । रचना÷कृतिमा सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मिठास पैदा गर्नुछ । जीवन र जगत्का बहुल यथार्थका पाटाहरूलाई जीवन्त रूपमा उतार्न सक्ने विषय, बिम्ब र प्रतीकहरूको छनोट गर्नुछ । कविहरूले लयात्मक, गेयात्मक र माझिएको भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्नु जरुरी छ । सरल, सम्प्रेष्य, ग्राह्य एवम् प्राञ्जल भाषाशैलीले नै स्रष्टा पाठकको मनमन्दिरमा एक कुशल सर्जकको रूपमा वास गर्नसक्छ भन्ने बुझ्नुछ ।

(ख) कथा÷लघुकथा विधामा कलम चलाउने सर्जकहरूको नालीबेली–
राममणि पोखरेल (००४) का ‘हरिमानको आत्महत्या’ (०६३), ‘सोममाया र शान्ति अभियान’ (०६४), ‘दण्डहीनता’ (०६५), ‘सूचना टाँस’ (०६६) र ‘समयका पाइला’ (०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । शारदाप्रसाद भट्टराई (०१०) को ‘जम्काभेट’ (०५३) कृति प्रकाशित छ । टङ्कबहादुर आलेमगर (०१५) ले समेत २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । मातृका पोखरेल (०२३) का ‘सन्त्रस्त आँखाहरू’ (०६१) र ‘घाम झुिल्कनु अघि’ (०६७) अनि पुन्य कार्की (०२७) का ‘मखमली’ (०५७), ‘मध्यरातमा’ (०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ (०६३, बाललोककथा सङ्ग्रह) गरी तीन वटा र कौशल चेमजोङ (०२८) को ‘भूत’ (०५६, लघुकथा सङ्ग्रह) प्रकाशन भएका पाइन्छन् । कपिल ठकुरी (०२९) को ‘एउटी वेस्या र म’ (०६१), कृष्ण शाह ‘यात्री’ (०३२) का ‘सूक्ष्म शिखाहरू’ (०५६, लघुकथा सङ्ग्रह) र ‘आणविक अस्त्र’ (०६२, लघुकथा सङ्ग्रह), धनुष राई (०३८) को ‘सेतो हस्ताक्षर’ (०५९, लघुकथा सङ्ग्रह) प्रकाशन भएका देखिन्छन् । त्यस्तै सगरमाथा साहित्य परिषद्का सदस्य समेत रहेका नन्दलाल आचार्य (०३०) को ‘गरिमा’ कथासङ्ग्रह सोही परिषद्बाट प्रकाशनको तयारीमा रहेको देखिन्छ ।
प्रमुख कथाकार र तिनका कथागत प्रवृत्तिहरू–
(१) राममणि पोखरेल (००४)– उनका ‘हरिमानको आत्महत्या’ (०६३), ‘सोममाया र शान्ति अभियान’ (०६४), ‘दण्डहीनता’ (०६५), ‘सूचना टाँस’ (०६६) र ‘समयका पाइला’ (०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । (क) निम्न स्तरीय ग्रामीण जनजीवनमा देखिएका आर्थिक सवाल अन्तर्गत भएका कटु यथार्थहरूको चित्रण, (ख) नयाँ पुस्ताको अदूरदर्शी नीतिबाट भएको पारिवारिक विचल्नीको चर्चा, (ग) राजनीतिक विकृतिको भण्डाफोर, (घ) भौतिक अभाव र असन्तोषबाट सिर्जित अन्यौलताको वर्णन, (ङ) पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठूलो अर्थात् परिवारभन्दा मुलुक ठूलो भन्ने भावना सम्प्रेषण, (च) राजनीतिक नारा र जुलुसले हैन मान्छेमा अन्तर्निहित चेतनाबाट सांस्कृतिक रूपान्तरण हुनसक्ने सम्भावना औँल्याउनु, (च) तराईमा रहेका सशस्त्र समूहहरूको लुटपाट, सन्त्रास र अपराधिक मनोदशालाई केलाई सही मार्गमा लागी राष्ट्रका सच्चा नागरिक हुन आह्वान् (छ) भ्रष्ट कर्मचारीतन्त्रको घोर विरोध, (ज) आडम्बरी पात्रको जीवनचर्यालाई समेत देखाई निमुखा वर्गप्रति श्रद्धा, (च) जनतालाई एकताको सूत्रमा बाध्न र राहत दिलाउन आह्वानजस्ता कथागत विशेषता लिएर उनी कथा साहित्यमा देखापरेका छन् ।
(२) शारदाप्रसाद भट्टराई (०१०)– उनको ‘जम्काभेट’ (०५३) नामक कथा सङ्ग्रह प्रकाशित छन् । उदयपुर जिल्लाको यो नै पहिलो कथाकृतिका रूपमा देखिएको छ । उनी (क) सामाजिक यथार्थको चित्रणमा रूचि, (ख) समाजसुधारको चाह व्यक्त, (ग) सामाजिक विकृतिको भण्डाफोर, (घ) समाजसुधारको प्रवल चाह प्रकट, (ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, (च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, (च) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् (छ) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्तजस्ता कथागत विशेषताका साथ कथा साहित्यमा देखिएका छन् ।
(३) टङ्कबहादुर आलेमगर (०१५)– उनले २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । समाजमा घटेका यथार्थताका नालीबेलीलाई कलात्मक रूपले प्रकट गर्ने काममा उनी पोख्त देखिन्छन् । विशेष गरेर दुःख, पीडा र बेचैनीका बेलिविस्तार मात्रै हैन अग्रगामी विचारयुक्त लघुकथा पनि पाइन्छन् उनको ‘कालो चायाँ’ लघुकथा सङ्ग्रहमा । उनीबाट मुलुकको अस्मितामाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वले धावा बोलिएको बखत आक्रोश पोख्ने काम समेत भएको छ । युवायुवती बीच हुने स्वभाविक प्रेमअनुरागलाई पनि स्थान दिइएको छ । सप्रिएको राजनीतिले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने कथन अघि सारिएको छ । सामान्य वर्गका मानिसहरूप्रति विशेष सहानुभूति राखेर समाजको अस्तव्यस्तताको विरोध गर्ने जस्ता विशेषताले उनका लघुकथाहरू युक्त छन् । यिनबाट युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि परोक्षरूपमा भएको छ । मूलभूत रूपमा यिनी समाज रूपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । कथ्य एवम् ठेट भाषाको प्रयोगले कथा रोचक बनेका छन् । रेडियो, टेलिभिजनमा वाचन गर्ने दृष्टिमा भने उपयुक्त देखिन्छन् । उनका धेरै जसो कथाहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् । तर कतैकतै कथावस्तु, पात्रहरू नै किटान गर्न नसकिने अवस्था छ । कतिपय ठाउँमा लघुकथा, लघुकथाका रूपमा नभएर पोथी गद्यको कुनै रचनाको अंशजस्तो भेटिन्छ । स्पष्ट विचार खुल्न नसकेका लघुकथा पनि यस सङ्ग्रहमा मनग्यै परेका छन् । वर्णविन्यास सम्बन्धी कमजोरी जताततै पाइन्छ । यी विविध कारणले गर्दा भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । सामान्य लेखपढको वातावरण पाएका कथाकारका शब्दहरू र भाव सबै व्यावहारिक प्रकृतिका नै छन् । सैद्धान्तिक नजरले हेरेमा उनको उचित मूल्याङ्गन गर्न सकिन्न । कवितात्मक शैलीलाई पक्रेर कथा सिर्जेका छन् । भावसँगै वाचनमा मीठासपन र मधुरतालाई उनले विशेष महŒव दिएको भान हुन्छ । जे होस्, विधागत मान्यताका लागि फस्टाइरहेको र धेरै स्रष्टा साधक समर्पित रहेको लघुकथा विधामा उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवी भेट्नुभनेको गर्वको कुरा हो । अर्का कवि, निबन्धकार तथा कथाकार पुन्य कार्कीले भूमिकामार्फत् नै लघुकथाकार टङ्कबहादुर आलेमगरलाई साहित्य संसारमा आमन्त्रण गरेर लेखन, प्रकाशन, परिष्कार, परिमार्जन र समीक्षणको चौतारी भेटे साहित्यको मन्दिर निर्माणमा उनको देन महŒवपूर्ण हुनसक्ने बताएका छन् । आले मगर कथा लेखनमा निरन्तर सक्रिय छन् । उनको अर्को कथा सङ्ग्रह प्रकाशोन्मुख छ ।
(४) मातृका पोखरेल (०२३)– उनका ‘सन्त्रस्त आँखाहरू’ (०६१) र ‘घाम झुिल्कनु अघि’ (०६७) गरी दुई कथा सङ्ग्रह प्रकाशित छन् । उनी (क) माक्र्सवादी सिद्धान्तबाट प्रभावित वर्गीय दृष्टिकोण, (ख) नयाँ र पुराना पुस्ताका बीच देखिएका द्वन्द्वात्मक अवस्था अभिव्यक्त, (ग) विसङ्गति एवम् निःसारतापूर्ण परिस्थितिप्रति तीव्र आक्रोस, (घ) अमूर्त विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, (ङ) निरीह, विवश तथा यन्त्रवत् आधुनिक मान्छेको चित्रणमा रूचि, (च) समतामूलक समाजनिर्माणको आग्रह, (छ) प्रगतिशील चेतनाको तीव्रता, (ज) स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष र विद्रोहका पक्षमा अभिमत प्रकट, (झ) वर्ग र पात्रानुरूप भाषा र शैली प्रयोगमा सजगत, (ञ) आर्थिक विषमताबाट सिर्जित पीडाहरूको प्रस्तुतिमा रूचिजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(५) पुन्य कार्की (०२७)– उनका गरी ‘मखमली’ (०५७), ‘मध्यरातमा’ (०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ (०६३, बाललोककथा सङ्ग्रह) गरी तीन कथा सङ्ग्रह प्रकाशित छन् । उनी जनयुद्धकामीहरूप्रति श्रद्धाभाव प्रदर्शन गर्ने कथाकार हुन् । जनयुद्धको क्रममा पति मारिएकी एक विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको ‘स्वलाप’ कथामा उनका छोराहरू क्रान्तिको मैदानबाट उनलाई चिठीमा लेख्छन्—क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा ¤ युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी ‘क’ नजान्ने हातहरू –हामी निरङ्कुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्कनमा त यस्तो लाग्छ— हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू मकैकोदोसँगै पिसिएर आएजस्तो, चराहरूको चिरविराहटभित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्क छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जाँदै छौँ । (‘मध्यरातमा’ कथा सङ्ग्रह (२०६२) मा सङ्ग्रहीत ‘स्वलाप’ कथाबाट)
पुन्य कार्कीका कथाका वारेमा साहित्यकार रामप्रसाद ज्ञवालीको कलम बोलेको छ– बहुसङ्ख्यक शोषितपीडितप्रतिको गम्भीर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनीतिक सचेतना कथाकार कार्कीका प्रमुख विशेषता हुन् । उनका कथाहरूले सामन्तीसंस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा विद्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरूमा जागृति भर्छन् र मानवद्वोषीहरूद्वारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह छर्छन् । उनी (क) जनयुद्धको विषयवस्तुमा केन्द्रीत, (ख) युगिन यथार्थको प्रतिबिम्वन, (ग) अग्रगामी पात्रमा आधारित, (घ) विकृत राजनीतिक खेलप्रति घोर वितृष्णा, (ङ) पात्रहरूको वाह्य र आन्तरिक दुबै जगत्को चित्रणमा खप्पिस, (च) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, (छ) ग्रामीण निम्न र मध्यम परिवारको चित्रण, (ज) अन्धविश्वास र रूढिवादी परम्पराप्रति विद्रोही भावना, (झ) विसङ्गति र विकृतिमूलक परिवेशप्रति व्यङ्ग्य, (ञ) बालमनोविज्ञान र मनोविज्ञानमा आधारित अभिव्यक्तितर्फ रूचिजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(६) कौशल चेमजोङ (०२८)– उनको ‘भूत’ (०५६) लघुकथा सङ्ग्रह प्रकाशित छ । उनी (क) गरिबीको चित्रणमा रूचि, (ख) मानवताको पक्षमा वकालत, (ग) सामाजिक एकता र भाइचाराको सम्बन्ध सुदृढीकरणमा जोड, (घ) सामाजिक वेमेललाई मेलमा परिणत गर्ने चाह व्यक्त, (ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, (च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, (छ) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् (ज) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्त, (झ) सामाजिक यथार्थलाई अङ्गिकार गर्दै कथा लेखनमा सक्रिय, (ञ) सिकारूपनका प्रशस्त अवस्थाजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(७) कपिल ठकुरी (०२९)– उनको ‘एउटी बेस्या र म’ (०६१) कथा सङ्ग्रह प्रकाशित छ । विशेषतः उनी (क) यौन मनोविश्लेषणमा रूचि, (ख) जनयुद्धकालका विषयवस्तुको उठान गरी गृहयुद्धको समाप्तिको चाह व्यक्त, (ग) रूढिग्रस्त परम्पराप्रति विमति प्रकट, (घ) मनोवैज्ञानिक यथार्थको चित्रणमा अग्रसर, (ङ) निम्न वर्गप्रति श्रद्धाभाव प्रकट गरी कारुणिक चित्रणमा सफल, (च) पात्रानुरूप उचित संवादको संयोजन, (छ) नारीवर्गको विवशताको चित्रण, (ज) हडबडमा निर्णय गर्ने र फुर्सदमा पछुताउने मानवीय प्रवृतिको भण्डाफोर, (झ) ग्रामीण र सहरीया दुवै परिवेशको प्रयोगमा रूचि देखाउनु, (ञ) आलोकाँचो भाषा र अपरिपक्व भाषाशैली प्रयोगजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(८) नन्दलाल आचार्य (०३०)– उनको प्रकाशोन्मुख ‘गरिमा’ कथा सङ्ग्रहमा विशेषतः पत्रात्मक कथा समेटिएका छन् । ‘बाठा मच्छडहरू’ कथाबाट एक अंश– प्रिय मित्र भुनेश्वर, हप्ता दिन अघि गाविसमा गाउँसभा थियो । सबै डाकिए, मलाई कसैले वास्ता गरेन । दलितका कुरा आउँदा पनि निर्णय गर्ने आफैँ र पेट भर्ने पनि आफैँ गर्ने गरेको कुरा थाहा पाएँ । हाम्रो जातिको नाम बेचेर किन पैसा कु्म्ल्याउँछौ भनेको त मैले मुखभरिको जवाफ भेट्टाएँ । सबैले एक मतका साथ मलाई वाक्युद्धमा पराजित गरे तर म मानसिक युद्धबाट भने पराजित भएको छैन । कुरा सुन्न चाहान्छौ, भुनेश्वर ? तिमीले पनि सुन्नैपर्छ । सुन्न सक्यौ भने मात्र तिमी मेरो विचारसँग निकट हुनसक्छौ ।
त्यस वेला सबै मिलेर मलाई उल्लीबिल्ली पारे । सभ्य मेरो छिमेकी आनन्देले ठूलै स्वरमा भन्यो–“के बुझैछी रै लक्ष्मणमा, तोरा राजनीति के सिखेलकौ ? तोरा भाँतीभाँतिके गन्थन कक आखिरमे कि भेटतौ ? चुपचाप जी, जी कक रही न ।” (के ठान्छस् ए लक्ष्मणे, तँलाई राजनीति कसले सिकायो ? तँ नानाभाँतिका गन्थन गरेर आखिरमा के पाउँछस् । चुपचाप हजुर, हजुर भनेर बस् न ।)
अर्कातिर घनश्याम कुर्लियो–“अपन औकातसँ उपर उठैलासभ हरदम खसले अछि । तोँ किया आफतमे परैल चाहैछ ? दलित वस्तीमे खानेपानी’क व्यवस्था केलगेल अछि । बच्चासभके पढैल स्कूलोँके दरबज्जा खुल्ले छोडल अछि । आब कि ताकै छी, लक्ष्मणमा ?” (आफ्नो औकातभन्दा माथि उठ्नेहरू सधैँ लडेका छन् । तँ पनि किन भड्खारामा पर्न चाहन्छस् ? दलित वस्तीमा खानेपानीको व्यवस्था गरिदिएकै छ । बच्चाहरूलाई पढ्न स्कूलको ढोका खुल्ला छाडेकै छ । अब के खोज्छस्, लक्ष्मणे ?)
पुराना विचारका धुथर बूढाले समेत नयाँ कुरा गरे–“रौ लक्ष्मणमा ¤ दलित विकासक लेल आएल बजेट जगहजगहमे लगाए देने अछि । तोहर परिवारक बरतनमेँ चाउर राखिदैल सरकारी बजेट अलग केनै नहि अछि ।” (अरे लक्ष्मणे ¤ दलित विकासका लागि आएको बजेट ठाउँठाउँमा लगाइदिएकै छ । तेरो परिवारको भाँडोमा चामल हालिदिन भनेर सरकारी बजेट छुट्याएको पनि त होइन ।
उनी (क) निम्न वर्गप्रति अनुराग र शोषक वर्गप्रति आक्रोस व्यक्त, (ख) प्रगतिशील चेतनाको तीव्रता, (ग) आशावादी दृष्टिकोण व्यक्त, (घ) सही ढङ्गले सांस्कृतिक रूपान्तरणमा जोड, (ङ) पात्रहरूको मनोदशा र विवसताको चित्रण, (च) घटनाप्रधानभन्दा बढी चरित्रप्रधान कथा लेखनमा अग्रसर, (छ) पात्रानुकूल संवाद प्रयोगमा सजगत, (ज) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, (झ) समाजको यथार्थ चित्रणमा अग्रसर, (ञ) पत्रात्मक शैली अङ्गिकारजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(९) कृष्ण शाह ‘यात्री’ (०३२)– कथाकार यात्रीका ‘सूक्ष्म शिखाहरू’ (०५६) र ‘आणविक अस्त्र’ (०६२) गरी दुई कथा सङ्ग्रह प्रकाशन भएका देखिन्छन् । उनका नौ ओटा बालकथा सङ्ग्रह प्रकाशित छन् । ती हुन्– ‘सहरमा डमरु’, ‘भूतको बाँसुरी’, ‘मसिने मुसो र अरू कथाहरू’, ‘जादुको टोपी’, ‘तिखेको सिङ’, ‘गुन्टे गैँडा’, ‘साथी भूत’, ‘अनौठो पुतली’, र ‘चङ्खे र पङ्खे’ । विशेष गरी उनी (क) मानवीय र मानवेत्तर पात्रहरूको सफल संयोजन, (ख) झिनो आख्यानात्मक प्रस्तुति, (ग) समाजमा व्याप्त विकृति विसङ्गतिको सफल भण्डाफोर, (घ) मानवीय मूल्यह्रासमा चिन्तावोध, (ङ) लैङ्गिक विभेदप्रति रोष व्यक्त, (च) विश्ववन्धुत्वको भावनामा जोड, (छ) बिम्ब र प्रतीकको प्रयोगबाट अमूर्त विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, (ज) वैज्ञानिक चिन्तनयुक्त कथा लेखनमा रूचि, (झ) जनयुद्धका सकारात्मक र नकारात्मक पक्षको चित्रणमा रूचि, (ञ) सरल, सुवोध भाषाशैलीमा कथात्मक अभिव्यक्ति दिन खप्पिसजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(१०) धनुष राई (०३८)– राईको ‘सेतो हस्ताक्षर’ (०५९) लघुकथा सङ्ग्रह प्रकाशन भएको पाइन्छ जसमा उनले समसामयिक विषयवस्तुलाई टपक्क दिपेर कथात्मकरूप दिने काम गरेका छन् ।
यी माथि वर्णित १० जना कथाकारहरूका अतिरिक्त दीपक चिन्तक, शकुन आँँसु, जोतारे धाइवा, स्वस्ती थापा, बाबुराम खपाङ्गी, मदन तामाङ्ग, सुसम आचार्य, लक्ष्मी रिजाल आदिले समेत कथा विधामा कलम चलाउँदै आएका छन् । यसरी आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावना आएर मानवता नै हराएकोमा उदयपुरे कथाकारहरू खेद प्रकट गर्छन् । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्च्चा, लफङ्का, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भष्ट्राचारी, द्रव्यपिपासु भएको दृश्य कथामा उतार्न खप्पिस छन् । विकृत राजनीतिको उपजका रूपमा धेरै जसो कथाहरू जन्मेका र समाज रूपान्तरणको चाह संगालेको समेत भेट्टाइन्छ । नेपाली कथा साहित्य फाँट फराकिलो पार्ने काममा उदयपुरे सर्जकहरूको योगदान महŒवपूर्ण रहेको देखिन्छ ।
(ग) उपन्यास विधामा कलम चलाउने सर्जकहरूको नालीबेली– राममणि पोखरेल (००४) को ‘साहिँली मैया र रसुवाघाट’ (०६१), विश्वराज ढुङ्गाना (००९) को ‘उपहार’, पुन्य कार्की (०२७) को ‘जीवनयात्रा’ (०५६), कपिल ठकुरी (०२९) को ‘काउसोको माला’ (०५५), सूर्यनारायण चौधरी (०३९) को ‘प्रेमको आत्मा’ (०६४) आदि उपन्यास प्रकाशित छन् ।
(घ) नाटक÷एकाङ्की विधामा कलम चलाउने सर्जकहरूको नालीबेली–
संवाद र अभिनयका माध्यमबाट मानव जीवनका नालीबेली प्रस्तुत गर्ने दृष्यविधा नै नाटक हो । नाटक÷एकाङ्की विधामा कथावस्तु, पात्र÷चरित्र, संवाद÷कथोपकथन द्वन्द्वविधान, भाषाशैली, देशकाल वातावरण, उद्देश्य, अभिनयजस्ता तत्वहरू नभई हुन्न । नाट्य तत्वलाई देखाउन अङ्ग्रेजीको एण्क्त् ऋब्च्म् शब्दलाई रोज्दा श्रेयष्कर हुन्छ । यस शब्दले यसरी नाट्य तत्वलाई देखाउँदछ– ९ए(उयित, ण्(यचनबलष्शबतष्यल, क्(कयलन, त्(तजयगनजत, ऋ(अजबचबअतभच, ब्(बतmयकउजभचभ, च्(चजथतजm, म्(मष्बयिनगभ० नाट्य जगत्को कुरा गर्दा, संस्कृत भाषामा कालिदास र भास, ग्रीक भाषामा एरिस्टोफेन्स, यूरेपाइडिज, सोल्फोक्लीज र एस्कीलसहरूको नाम अग्रहरफमा आउँछ । त्यस्तै लेटिन भाषामा पलाउटस, अङ्ग्रेजी भाषामा शेक्सपियर, अस्करवाइल्ड, जर्ज बर्नाड शा अमूल्य रत्न हुन् । जर्मनीका गेटे (गोथे), फ्रान्सका भिक्टर ह्युगो र नर्वेका हेनरी इब्सेनले समेत नाट्य विधामा संसार हल्लाएका छन् । नेपाली नाटक÷एकाङ्की विधामा भने पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोविन्द गोठाले, विजय मल्ल, गोपालप्रसाद रिमालहरूको नाम अगाडि आउँछ । अहिले भने सरुभक्त र गोपी सापकोटालगायत दिल सहानी, कृष्ण शाह ‘यात्री’, किशन थापा ‘अधीर’, विमल भौकाजी, खेम थपलिया, नन्दलाल आचार्यजस्ता सीमित सर्जकहरूले मात्र नाटक÷एकाङ्की विधाको रथ हाँकिरहेका छन् ।
नाटक मञ्चनको मौसम पनि प्रतिकूल भइरहेको अवस्थामा नाटक÷एकाङ्की सङ्ग्रह प्रकाशित भइरहेकै छन् । अझ उदयपुरका सन्दर्भमा विरशबाबु शाही, कुष्ण दुलाल, धनुषराज राईहरू रङ्गकर्मीका रूपमा समेत परिचित छन् । वासुदेव कोइराला ‘मुनाल’ (००८) ले सयौँ नाटक लेखी निर्देशन गरेका र केही नाटकहरू ‘हराएको हात’ (०५४) मा समेटिएका छन् । सुरेश कार्की (०१२) को ‘वस्ती फेरिँदा’ (०४६), नन्दलाल आचार्य (०३०) को ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) र ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह, प्रेसमा), कृष्ण शाह ‘यात्री’ (०३२) का ‘समय अवसान’ (०६१), ‘मान्छे–मान्छेहरू’ (०६४), ‘फुच्चे रोबोट’ (०६५, बालनाटक सङ्ग्रह), हिङपाङको चाँैरी (०६५), ‘निर्वासित मनहरू’, ‘जलपरी’, ‘खैरे खस्यो खोलामा’, र ‘अतिरिक्त यात्रा’ गरी आठ ओटा नाट्यकृति प्रकाशन देखिन्छन् । उनले ‘प्रतिनिधि नेपाली नाटक’ र ‘प्रतिनिधि नेपाली बालनाटक’ गरी दुई नाट्यकृति सम्पादन समेत गरेको देखिन्छ । ठूले दोभान ‘अरूण’ (०३९) को ‘क्रान्ति नायक’ (०६५) आदि उदयपुरे सर्जकका हालसम्म प्रकाशित नाटक÷एकाङ्की विधाका कृतिहरू हुन् । यसका अतिरिक्त फुटकर नाटक÷एकाङ्की लेखनमा रामप्रसाद दाहाल, विश्वराज ढुङ्गाना,कुमार खड्का, झमक कार्की, माधव पोखरेल ‘निरासी’, गिरीलाल परियार, सुशम आचार्य, विरशबाबु शाही, जोतारे धाइवा आदिले कलम चलाएको पाइन्छ ।
प्रमुख नाटक÷एकाङ्कीकारहरूका नाट्य प्रवृत्तिहरू–
(१) नन्दलाल आचार्य (०३०)– उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक÷एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ– ‘२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक÷एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन ‘इच्छुक’लाई पुलिस प्रशासनले बर्बर यातनाकासाथ सहिद बनाएको हृदयविदारक शब्दचित्र यहाँ छ । तीनओटा दृश्यमा विभक्त यो ऐतिहासिक नाटक कलम र बन्दुकबीचको कारुणिक युद्ध हो र सेन हत्याकाण्डलाई पर्दाफास गर्ने जनयुद्धकालीन जीवन्त दस्तावेज पनि हो । सातौँ एकाङ्की ‘पीडा एक भाका अनेक’ मा गणतान्त्रिक आजको नेपालमा पनि जनअपेक्षामा तुसारापात भएको कुरा, आठौँ ‘एकता’ मा हिमाल, पहाड र तराईको एकता र समझदारीमा जोड, नवौँ ‘नम्र– विनम्र’ मा प्रेम र विवाहको समस्याको सन्तुलित समाधान, दशौँ नाटक ‘नाम तिम्रो काम हाम्रो’ मा बोर्डिङ स्कुलको भ्रष्टाचार र विकृति–विसङ्गति छ भने एघारौँ ‘परिवर्तन’ मा परिवर्तनको नाममा गाउँमा मानवीय संवेदना हराएको धरासायी सन्दर्भ छ । यसैगरी बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी’ प्रतिगामी तत्वहरूको चलखेल देखाउने हास्यव्यङ्ग्यात्मक नाटक हो भने तेह्रौँ ‘दाइजो’ मा दाइजोपीडित अभिभावकको टीठलाग्दो (भयावह) मनोदशा छ । चौधौँ नाटक ‘देश हराएको सूचना’ मा सीमा मिचिएको, देश टुक्रिने सम्भावित खतरा र संविधान–सभाको चुनाव पटकपटक सरेको पीडा छ । पन्ध्रौँ र अन्तिम नाटक ‘परिचय’ का १७ जना पात्रहरूले सङ्घीयताको औचित्य पुष्टि गरेका छन् । हरेक नाटकका पात्रहरूले आफ्नो अस्तित्व खोजेका छन् ,परिचय खोजेका छन्, हक र अधिकार खोजेका छन् । नाटककारले समतामूलक र अग्रगामी समाज खोजेका छन् । पत्रपत्रिका र पुस्तकहरूबाट समसामयिक र जल्दाबल्दा कुराहरूको जानकारी लिएर नाटक÷एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, तुक्का र गहकिला उक्ति र सूक्तिसहितको कवितात्मक भाषाले सम्वाद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । अनुसन्धान र अनुभवको व्यापकताले नाटकहरू दार्शनिक, वौद्धिक र सार्थक भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरूद्धमा धावा बोल्ने यी नाट्यवाणीहरू विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो (चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् । नन्दलालका नाटकमा बालमनोविज्ञान, द्वन्द्व, अन्तरद्वन्द्व, आक्रोश, ग्रामीण परिवेश, घृणा, पारिवारिक वातावरण आदिको बाहुल्यता पाइन्छ । निम्नवर्गीय र सीमान्तकृत पात्रहरूको उन्मुक्तिको निचोड छ । परिवर्तनको पक्षमा वकालत गर्ने आचार्यको धारणा नकारात्मक र पाखण्ड होइन, सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिनु रहेको छ । प्रत्येक नाटकको अन्त्य सहज, सुखद र रमाइलो भएकाले यिनी संयोगान्त नाटककारका रूपमा उभिएका छन् । नाटक पढिसकेपछि पाठकको मनमा सानान्दको फूल फूलाउन सक्नु यिनको नाट्यशिल्पको चातुर्य हो ।’ (नयाँ कोसी, पू. ३७, मङ्सिर ०६८, पृष्ठ ४४)
त्यसै गरी साहित्यकार दिल साहनीले उनका नाटककार वारे भनेका छन्– आचार्यले मुलुकका जल्दाबल्दा विषयमा एकांकी÷नाटक लेखेका छन् । उनका प्रत्येक नाटकमा नयाँ विचार, नयाँ भाषाशैली तथा नयाँ प्रयोग छ । उनको चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् । उनका केही नाटक हास्यव्यङ्ग्यात्मक छन् भने केही नाटक गम्भीर र दार्शनिक पनि छन् । उनका केही नाटक सामाजिक छन् भने केही राजनीतिक पनि । उनका केही नाटक मनोवैज्ञानिक छन् भने केही ऐतिहासिक पनि । सामान्य विषयलाई गम्भीरता र रोचकताका साथमा प्रस्तुत गर्नु उनको विशेष खुबी हो । लेखकले यतिबेलाका नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक, जातीय वर्गीय, क्षेत्रीय, राष्ट्रिय आदि सबै प्रकारका समस्यालाई आफ्ना नाटकका विषयवस्तु बनाएका छन् । उनले नाटकमा समस्याका साथै समाधान पनि दिएका छन् । उनका नाटक सार्थक र बौद्धिक छन् । अध्ययन र अनुभवको व्यापकता झल्किन्छ ।
आचार्यको ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह, प्रेसमा) मा भने बालअधिकार संरक्षणमा बालबालिका नै सचेत भए समाजका कुतत्वले घुँडा टेक्न वाध्य हुने कुरा जाहेर गर्ने ‘अभियान’, चाहिँदाभन्दा अचाहिँदा कुरामा लहसिएकाले संसार दुःखपूर्ण भएको देखाउने ‘विलासी विश्व’, संसारका हरेक कुराले हामीलाई चेतना दिने भएकाले गुरु नै गुरुका बीचमा हामी रहेको दार्शनिक चेत दिने ‘साना गुरुहरू’, वैज्ञानिक प्रविधि गलत छैनन् दुरूपयोग गर्ने हाम्रो मानसिकता नै गलत भएको देखाउने ‘मोवाइल–गाथा’, मुलुकको सर्वाङ्गिण हितका लागि एकजुट हुनुपर्ने विचार सम्प्रेषण गर्ने ‘राष्ट्रि«य एकता’, कर्मले संसार साघुँरो पारे पनि महान् कर्मबाट आफू अग्लिनुपर्नेमा निच भावनाका कारणले होचाको होचै भएको देखाउने ‘सानो संसार र होचा मान्छेहरू’, कर्मले मान्छे पुज्य हुने कुरा देखाउने ‘सीप’, मान्छेले अरूलाई समेत हँसाएर आनन्दपूर्वक बाँच्न सक्नुपर्छ भन्ने चेतना दिने ‘टुक्के दिदी’, रूढिग्रस्त विचारले दुःखपूर्ण एवम् अराजक क्षण निम्त्याउने कुरा जाहेर गर्ने ‘ट्वाइलेट भूत’, परिश्रम गर्नेले पारिश्रमिक पाउनुपर्छ भन्ने कुरा जाहेर गर्ने ‘उखाने दाइ’ गरी जम्मा दस बालएकाङ्कीहरू समाविष्ट छन् ।
(२) कृष्ण शाह ‘यात्री’ (०३२)– उनका ‘समय अवसान’ (०६१), ‘मान्छे–मान्छेहरू’ (०६४), ‘फुच्चे रोबोट’ (०६५, बालनाटक सङ्ग्रह), हिङपाङको चाँैरी (०६५), ‘निर्वासित मनहरू’, ‘जलपरी’, ‘खैरे खस्यो खोलामा’, र ‘अतिरिक्त यात्रा’ गरी आठ ओटा नाट्यकृति प्रकाशन साथै ‘प्रतिनिधि नेपाली नाटक’ र ‘प्रतिनिधि नेपाली बालनाटक’ गरी दुई नाट्यकृति सम्पादन समेत गरेको देखिन्छ । उनी मञ्चनयोग्य र विविध विषयवस्तु समेटेर कुतूहलपूर्ण नाटक÷एकाङ्की सिर्जनामा खप्पिस छन् । विज्ञानविषयक उनका नाटक उत्कृष्ट मानिन्छन् । अन्य नाटककारका सवालमा नाट्यकृतिको उपलव्धताको अभावमा साङ्गोपाङ्गो अध्ययन हुन बाँकी छ ।
(ङ) निबन्ध÷संस्मरण÷लेख÷जीवनी विधामा कलम चलाउने सर्जकहरूको नालीबेली–
अहिलेसम्ममा नारदमुनि थुलुङ (१९६५–०५९) का ‘विर्सेका घटनाहरू र विर्सन नसकेका अनुहारहरू’ (०४५), ‘२००७ सालको क्रान्ति र नारदमुनि थुलुङ’ (०५३), तुलसीप्रसाद रेग्मी (१९८२) को ‘उदयपुर जिल्ला परिचय’ (०४३), राममणि पोखरेल (००४) का ‘सम्झनाका पोखरीमा छचल्किएका छालहरू’ (०५९) र ‘जेल संस्मरण’ (०६०, खण्ड एक), सुरेश कार्की (०१२) को ‘नेपाली महिलाहरूको भविष्य’ (०४३) र ‘टिन्वत यथार्थ र चुनौती’ (०४६), माधव पोखरेल ‘निरासी’ (०२१) को ‘मुसालाई मुद्दा’ (०६८, हास्यव्यङ्य निबन्ध सङ्ग्रह), पुन्य कार्की (०२७) का ‘कविको छैटौँ इन्द्रिय’ (०६०), ‘हर्कुलसको खोजी’, ‘बलिदानीका गाथाहरू’ (०६४, सहिद जीवनी), ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरू’ (०६४, भाग १–४) र राजदेव सिंहको वारेमा धारावाहिक जीवनी प्रकाशित, मोहन गोले (०२८) का ‘यस्तो हुनुपर्छ उदयपुरको पुनसंरचना’ (०६५, हाते पुस्तिका), ‘आदिवासी जनजाति उत्पीडन र मुक्तिको सवाल’ (०६८, लेख सङ्ग्रह), कपिल ठकुरी (०२९) को ‘अङ्ग्रेजी माने स्वास्नी मान्छे’ (०६०), कृष्ण शाह ‘यात्री’ (०३२) को ‘रङ्गकर्मी हरिबहादुरको जीवनी’ (०६३), कुमारसिंह कार्कीको ‘स्वास्थ्योपहार’ (०६२), र ‘अमृमय जीवनपथ’ (०६४, भाग १,२), कौशल चेम्जोङको ‘उदयपुरको पर्यटन विकास, सम्भावना र विकास’ (०६१) आदि कृतिहरू प्रकाशन भएका पाइन्छन् । विनोद कटुवालको ‘सहिदहरूको जीवनी’ र रामबहादुर थापाको लेखसङ्ग्रहसमेत प्रकाशित छ ।
इन्द्र राउत, इन्द्र थापा, जोतारे धाइवा, दीपक चिन्तक, नन्दलाल आचार्य, जीवन चाम्लिङ, शकुन आँसु, एकराज भण्डारी, महेश्वर चाम्लिङ, भोजराज राई, वुद्धि चाम्लिङ, बोधकुमार घिमिरे, भरत खड्का, डिल्लीराम खतिवडा, कुशलवावु बस्नेत, लीला निरौला, लक्ष्मीकान्त चौधरी आदिले पनि फुटकर निबन्ध÷संस्मरण÷लेख÷जीवनी विधामा कलम चलाएका र चलाइरहेका छन् ।
(च) समीक्षा÷समालोचना÷शोध, खोज र अनुसन्धान क्षेत्रमा कलम चलाउने सर्जकहरूको नालीबेली–
छत्रबहादुर बस्नेतको ‘नेपाली साहित्यमा उदयपुर जिल्लाको योगदान’ (०५८, अप्रकाशित शोध),चन्द्रकला खनालको ‘पुन्य कार्कीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ (०६३, अप्रकाशित शोध), पवित्रा नेपालको ‘राममणि पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ (०६५, अप्रकाशित शोध), चक्रव्यूह थापाको ‘मातृका पोखरेलको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ (०६५, अप्रकाशित शोध), शारदादेवी खतिवडाको ‘उदयपुर जिल्लाका कथाकारका कथाहरूको अध्ययन’ (०६६, अप्रकाशित शोध), नन्दलाल आचार्यको ‘स्तरीय मैथिली भाषा र स्तरीय नेपाली भाषाका व्याकरणिक कोटिको व्यतिरेकी अध्ययन’ (अप्रकाशित शोध) आदि शोधपत्र क्षेत्रमा गरिएका कार्यहरू हुन् । त्यस्तै टीकाप्रसाद पौडेल, दीपक चिन्तक, कैलाश राई, पुन्य कार्की, नन्दलाल आचार्य, जोतारे धाइवा, लक्ष्मीकान्त चौधरी आदिले समीक्षा÷समालोचना क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
(छ) अनुवाद क्षेत्रमा कलम चलाउने सर्जकहरूको नालीबेली–
पुन्य कार्की (०२७) का ‘शिक्षामा क्रान्ति’ (०६७) र ‘ओशोका कथाहरू (माटोको दियो)’ (०६७) र विनोद कटुवालले ‘चे ग्वेभाराका रचनाहरू’को अनुवाद गरेका छन् । विश्वराज ढुङ्गाना, राममणि पोखरेल, नन्दलाल आचार्य आदिले समेत फुटकर रूपमा कलम चलाएका छन् ।
(ज) उदयपुरबाट प्रकाशित पत्रपत्रिकाहरूको नालीबेली–
(१) साहित्यिक क्षेत्रका पत्रपत्रिकाहरू– ‘नवपालुवा’ (०२२, त्रैमासिक), ‘युगवोध’ (०४०,४१, मासिक), ‘त्रियुगा बोल्छिन्’ (०४३, मासिक), ‘नयाँ बिहानी’ (०५५, त्रैमासिक), ‘नवप्रतिभा’ (०५७, साहित्यिक विशेषाङ्क), ‘उदयमञ्जरी’ (०५९, अद्र्धवार्षिक), ‘सहयात्री’ (०५६, त्रैमासिक), ‘सन्ध्या’ (०६०, हवाइ त्रैमासिक), ‘सगुन’ (०५८, त्रैमासिक), ‘त्रिवेणी’ (०६०, त्रैमासिक), ‘बसाहा–मञ्जरी’ (त्रैमासिक), ‘गढी’ (०५८, मासिक), ‘त्रियुगाके सनेस’ (०६३, थारू भाषाको त्रैमासिक), ‘जंघार’ (०६५, त्रैमासिक), ‘कटाक्ष’ आदि । सिर्जनाका आलोकहरू (०६४) र ऋतुरङ्ग (०६७) नामक साहित्यिक पुस्तक सङ्कलित रचनाका रूपमा प्रकाशन भएका देखिन्छन् । जिल्ला बाहिर बसेर उदयपुरे स्रष्टाहरूले प्रकाशन र सम्पादन गरेका र गरिरहेका साहित्यिक पत्रिकाहरूमा ‘ज्योति’, ‘प्रोत्साहन’, ‘अभिनव’, ‘हवाइसंगम’, ‘गुञ्जन’, ‘वेदना’, ‘ज्योतिपुञ्ज’ ‘विजय–शब्दबिम्व’, ‘निहारिका’ जस्ता पत्रिकाहरू प्रकाशन भएका र धेरै जसो हालसम्म प्रकाशन भइरहेका देखिन्छन् ।
(२) अन्य विविध क्षेत्रका पत्रपत्रिकाहरू– ‘त्रियुगा’, ‘चित्रण’, ‘उदयपुर आवाज’, ‘उदय’, ‘नव उदय’, ‘ऐँजेरू’, ‘नवपालुवा’, ‘रौता टाइम्स’, ‘चौदण्डी’, ‘खबरदारी’, ‘त्रियुगा नगर सन्देस’, ‘त्रियुगा मिलन केन्द्र’, ‘पञ्चावती’, ‘क्षितिज’, ‘नव मञ्जरी’, ‘हाम्रो राष्ट्रिय दैनिक’, ‘उदयपुर दैनिक’, ‘टङ्केला’, ‘पूर्णपुष्टि’, ‘दुरदर्शी’, ‘उदयपुर दर्शन’, ‘नागरिक आह्वान’, ‘जनसम्बन्ध’, ‘वेग’, ‘नयाँ पूर्व क्षितिज’, ‘गृहगुप्तचर’, ‘सगरमाथा खबर’, ‘उदयपुर पोष्ट’,‘हाम्रो खबर’, ‘किरात टाइम्स’, ‘दलित दर्पण’ आदि समाचारमूलक, मुखपत्र र स्मारिकाहरूका रूपमा प्रकाशित र प्रकाशन भइरहेका पत्रपत्रिका हुन् ।
(झ) उदयपुरमा स्थापित पुस्तकालयहरूको नालीबेली–
पुस्तकालयको प्राचीन रूप खोज्न ई.पू. ५५०० मा पुग्नुपर्छ । सुमेरियमहरू माटाको खबटामा चित्र बनाई खप्ट्याएर राखी भविष्यमा अवलोकन योग्य बनाउँथे । उनीहरूले नै चित्रलिपीपछि क्युनिर्फम लिपी विकास गरी ३० हजार माटाका खबटामा लेखिएका पुस्तकहरू भेला पारे । नेपालमा भने शिलालेख, ताम्रपत्र, भोजपत्र आदिको सङ्ग्रहबाट पुस्तकालय अवधारणाको विकास भएको हो । पृथ्वीनारायण शाहले हस्तलिखित पुस्तकहरूको सुरक्षार्थ हनुमान ढोका दरबार पूजाकोठामा पण्डित केदारनाथ झालाई पुस्तकालय निरीक्षक नियुक्त गरेको पाइन्छ । त्यस्तै गिर्वाणयुद्ध शाहले ‘पुस्तक चिताई तहविल’ नामक पुस्तकालय खोलेको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाहरूले १९८७÷८८ तिर खोलेको पुस्तकालय रामचन्द्र अधिकारीले भेद खोल्दिनाले बन्देज गरियो । यस काण्डलाई नेपालको इतिहासमा लाइब्रेरी पर्व नामले चिनिन्छ । १९८४ मा केशर शम्शेरले व्यक्तिगत प्रयोजनका लागि केशर पुस्तकालय खोले । १९९३ मा पशुपतिप्रताप पुस्तकालय खोलियो । त्यसपछि मात्र ०१६ सालमा केन्द्रीय पुस्तकालय खोलिएको हो । पछि मदन पुरस्कार पुस्तकालय खोलियो । उदयपुर जिल्लामा भने ‘उदय पुस्तकालय’ (०२२÷२३, उदयपुर गढीमा), ‘जनजागृति पुस्तकालय’ (०३२, रूपाटारमा), ‘अम्बिका पुस्तकालय’ (०३८, रामपुरमा), ‘वसन्त पुस्तकालय’ (०३९, ४० गाईघाटमा), ‘ज्ञानोदय सार्वजनिक पुस्तकालय’ (०५३, देउरीमा), ‘रौता बालपुस्तकालय’ (०५६, रौतामा), ‘नारदमुनि थुलुङ स्मृति पुस्तकालय’ (०४८, बसाहा), ‘कटारी सामुदायिक पुस्तकालय’ (०५८, कटारी बजारमा), ‘संगम सामुदायिक पुस्तकालय’ (०६४, गाईघाटमा) आदि पुस्तकालयहरू खोलिएका पाइन्छन् । यसका अतिरिक्त त्रियुगा जनता बहुमुखी क्याम्पस लगायत जिल्लाका विभिन्न मा. वि. र उच्च मा.वि. हरूमा पुस्तकालयहरू खोलिएका छन् । यस्ता पुस्तकालयहरूले समेत प्रत्यक्ष वा परोक्षरूपमा साहित्यको विकासमा अहम् भूमिका खेलेका छन् ।
(ञ) उदयपुरमा स्थापित साहित्यिक सङ्गठनहरूको नालीबेली–
१. ज्योतिपुञ्ज साहित्य परिवार, कटारी, २. सुसेली साहित्य परिवार कटारी, ३. अनन्त साहित्य सदन, चुहाडे, ४. त्रिवेणी साहित्य परिषद्, कटारी, ५. उदयपुर साहित्य परिषद्, ६. गम्भीर साहित्य प्रतिष्ठान, उदयपुर, ७. आकाशगङ्गा साहित्यिक मञ्च, उदयपुर, ८. प्रगतिशील लेखक सङ्घ आदि यस अन्तर्गत उल्लेख्य छन् । त्यसै गरी सगरमाथा साहित्य परिषद् समेत सगरमाथा अञ्चलमा सक्रिय छ । साहित्यको श्रीवृद्धिमा यी संस्थाहरूले ठूलो स्थान ओगटेका छन् ।
(३) उपसंहार
माध्यमिककालदेखि नै उदयपुरे स्रष्टाहरूले साहित्य सिर्जना गरेको इतिहास फेला परेको छ तर त्यो कथ्य भाषामा आधारित थियो । त्यसकालमा छिटफुट प्रकाशन भएको पनि पाइन्न । एकै पटक ०१६ सालमा ‘लोकमञ्जरी’ कृति नै प्रकाशन भएको फेला पर्दछ । त्यसपछि पनि जनकवि गम्भीरबहादुर थापाका कविता, श्लोक, सवाईहरू धेरै कालसम्म कथ्यरूपमा नै रहे । अतः माध्यमिककालमा विजारोपण भए पनि आधुनिककालमा मात्रै त्यसले मूर्तरूप पाएको देखिन्छ । उदयपुरे सर्जकहरूको क्रियाशिलतालाई नियाल्दा साहित्यिक विकासको यात्रालाई निम्न लिखित तीन चरणमा विभक्त गर्न सकिन्छ ।
(क) विजारोपणकाल (प्रारम्भदेखि ०१५ सालसम्म)– यसकालमा साहित्य कथ्यमा आधारित र कथ्यमा नै सार्वजनिक भएको अवस्था हो । लेखनमा आएमा पनि त्यो व्यक्तिविशेषमा आधारित थियो । यसकालका प्रतिनिधि सर्जकमा पुराना कवि लोकनाथ पोखरेल (१९३३–१९९४) र जनकवि गम्भीरवहादुर थापा (१९७१–०६५) हुन् ।
(ख) विकासोन्मुखकाल (वि.सं. ०१६ देखि ०३७ सम्म)– यसकालमा ‘लोकमञ्जरी’ कविताकृति प्रकाशन भएको पाइन्छ । नवपालुवा (०२२) साहित्यिक पत्रिकाको प्रकाशन सुरु, उदय पुस्तकालय (०२२÷२३), जनजागृति पुस्तकालय (०३२), अम्बिका पुस्तकालय (०३८) लगायतका पुस्तकालयको स्थापना, गोवद्र्धन तामाङ्ग (१९९४) को ‘चिनारी’ (०२६, कविता सङ्ग्रह) र शान्तिकुमारी राई (०१३) को ‘दस कविता’ (०३४, कविता सङ्ग्रह) प्रकाशन, राममणि पोखरेल लगायतका सर्जकहरूका फुटकर रचनाहरू प्रकाशन सुरु भएको भेटिन्छ । यस चरणमा उदयपुरे साहित्य कथ्यस्तरबाट लेख्यमा प्रवेश गरेको पाइन्छ ।
(ग) विकासशीलकाल (वि.सं. ०३८ देखि हालसम्म)– यस कालको सुरुवात ‘चित्रण’ साप्
ताहिक समाचारमूलक पत्रिका प्रकाशन (०३८) बाट भएको हो । त्यसपछि विषयगत विविधता पक्रिएर शान्तिकुमारी राई (०१३) को कविता सङ्ग्रह ‘सङ्घर्षशील जीवन’ (०४१) प्रकाशन हुन्छ । उनले चाम्लिङ भाषासाहित्यमा समेत कृति प्रकाशन गरेकी छिन् । यसकालमै भाष्कर चौधरीको सम्पादनमा ‘त्रियुगाके सनेस’ (०६३) नामक थारू भाषाको त्रैमासिक साहित्यिक पत्रिका समेत प्रकाशन सुरु भएको पाइन्छ । यसकालमा थारू भाषाका फुटकर रचनाहरू प्रकाशन गर्ने धेरै सर्जकहरू जन्मिएका छन् । दर्जनौँ कृतिहरू प्रकाशन भइसकेका र भइरहेका छन् । विशेषतः गजल विधामा नयाँ पुस्ता होमिएको पाइन्छ । हरेक विधामा कलम चलाउने सर्जक जन्मिसकेका छन् । लेखनशैली, भाषा संयोजन, विषयगत विविधता आदिका दृष्टिले यस चरणका प्रतिनिधि स्रष्टाहरूमा राममणि पोखरेल, मातृका पोखरेल, पुन्य कार्की, कृष्ण शाह ‘यात्री’, शारदाप्रसाद भट्टराई, कपिल ठकुरी, टीकाप्रसाद पौडेल, रामप्रसाद दाहाल, विश्वराज ढुङ्गाना,कुमार खड्का, टङ्कबहादुर आलेमगर, झमक कार्की, माधव पोखरेल ‘निरासी’, गिरीलाल परियार, विरशबाबु शाही, दीपक चिन्तक, जोतारे धाइवा, नन्दलाल आचार्य, इन्द्र थापा ‘मिलन’, पार्वती राउत, मणि कोइमी, राजेश खतिवडा, सुरेश परियार ‘सुमन’ आदि पर्न आउँछन् । त्यसै गरी प्रदीप हाइट, विन्दास आरके, गणेशकुमार दनुवार, मीरा शाकोर, प्रकाश ‘पुष्पक’ राई, हरिकुमारी राई ‘अभागी’, सुवास आम्बोटेली, जीवन चाम्लिङ राई, सुरेश परियार, जीवन खतिवडा, देवेन्द्र पोखरेल, घमानसिंह मगर, शाकुराजस्ता उदयपुरे सर्जकहरू साहित्यमा समर्पण देखाइरहेका छन्, इतिहास खडा गरिरहेका छन् । रामकुमार बस्नेत, भागवत राउत, गोपाल कृति, रत्नप्रसाद काफ्ले, मदन तामाङ्ग, ठूले दोभान अरूण कोइमी, शकुन आँसु, नर्वदा नवोदित, धर्मराज पौडेल, राम बस्नेत, वसन्त भण्डारी ‘असफल’, लक्ष्मी रिजाल, सुसम आचार्य, अर्जुन विक, युवक केसी, दिनेश डीसि, शीकर सुमन, अर्जुन बाराहाली, पारु थापा, रमेश लामा, अम्विका दाहाल, निरु शितलु, सीताराम सिआर यात्री, शिवहरि राई, सन्तोकी सन्तोष भट्टराई, हिराप्रसाद दाहाल ‘शीतलव’, विदुर समीप, बविन राई, लक्ष्मी राई, नगेन्द्र मगर, शोभा केसी, प्रयास राई, कुसुम राई, जीतन राई ‘समीप’, अविरल कोइमी, मुकेश राई, विनोद खतिवडा, दिपेन्द्र थुलुङ, जीवन भुजेल, बोनमप्रताप मल्ल, युवराज आरोही मगर, मिलन राई प्रतीक, विकास मुस्कान मगर, रूपा चाम्लिङ, सविता तिमल्सिना, युवक केसी, रोजिना आचार्य, जुना गिरीजस्ता दजैनौँ सर्जकहरूको अथक सक्रियताले उदयपुरको साहित्यिक इतिहासको भव्य धरोहर निर्माण भइरहेको छ ।
साहित्यका लेखक हुनलाई अनुभव गरेका कुरा लेख्न सक्नुपर्छ । लेखेको कुरा पाठकको अनुभूतिमा प्रवेश गराउन सक्नुपर्छ । हरेक लेखकको आफ्नो हृदय र मस्तिष्क पाठकलाई देखाउन सक्नुपर्छ । साहित्य पाठकको मनको घाउ निको पार्ने मलहम हुनुपर्छ । आफ्नो साहित्यिक रचना वा कृतिमार्फत त्यस्ता घाइते पाठकलाई आनन्दमा पुर्याउन सक्ने व्यक्ति नै श्रेष्ठ साहित्यकार हो । सिर्जना गर्न सक्ने हुन गल्ती गर्न बन्द गर्नुपर्छ । गल्ती गर्दै जानेले सिर्जना गर्न सक्दैन । सिर्जना भइहाले त्यो कुरूप सिर्जना बन्छ, त्यस्ता सिर्जना घातक हुन्छन्, जहर पिलाउने हुन्छन् । आजको साहित्यले पाठकलाई परिवर्तन, मुक्ति र भविष्य साहित्यिक रचना वा कृतिमार्फत नै दिनुपर्छ । यस मानेमा उदयपुरे साहित्यकारले गहन कसरत गर्नु आवश्यक छ । समग्र पक्षलाई नियाल्दा साहित्यिक क्षेत्रमा उदयपुरे सर्जकहरूले जेजति गर्न सकेका छन् त्यो मननीय र गर्व गर्न लायकको छ । साहित्यको त्यत्रो माहोल नभए पनि विविध अवसरहरूमा विविधखाले साहित्यिक गोष्ठीहरू हुँदै आएका छन् । यहाँ अहिलेसम्म साहित्य जगत्मा जे जति प्रगति भएको छ त्यो पर्याप्त भने छैन । यसै जिल्ला पैतृक थलो भएका भाषाविज्ञ, कोशकार, निबन्धकार, उपन्यासकार बालकृष्ण पोखरेल नेपाली साहित्यकै शिखरपुरुषका रूपमा चिनिएका छन् । उनी सर्वोच्च शिखरवर्गमा भएका कारणले यस लेखमा उनका कृतिहरूका कुराहरू समाविष्ट छैनन् । कृति उपलब्धताको कमी र कतिपय प्रष्ट जानकारीको अभावले यस आलेखले समग्र इतिहासको समग्र पाटोलाई समेट्न नसकेको हुनसक्छ । यत्ति नै बाट समेत यो प्रष्ट भइसकेको छ कि नयाँ पुस्ताका सर्जकहरूले अवसर पाए, साहित्यिक वातावरण भेट्टाए यो जिल्ला भौगोलिकरूपमा मात्रै होइन साहित्यिकरूपले समेत सानो उपत्यका (काठमाण्डौ) बन्नसक्छ भन्दा अतिशयोक्ति नठहर्ला ।

रूपाटार – एक झलक
– नवीनचन्द्र पोखरेल
उदयपुर
जिल्लाको पश्चिम–उत्तर, गाईघाट सदरमुकाम त्यस गाउँदेखि २२÷२५ कोश पूर्व
दक्षिण, खोटाङ जिल्लासँग जोडिएको एउटा रमणीय, सुन्दर, चिटिक्क परेको गाउँ
हो । उत्तरतर्फ अविरल गतिमा वगिरहने विशाल सुनकोसी नदी छिन्, दायाँबाट
उत्तरतर्फ निर्मल जल भएको यारी खोलाले यस गाउँमा बसोबास गर्ने सवै बृद्ध,
बालक, वयस्कको पेट भर्न जाउलो उत्पादन गर्न मद्दत गर्छ । जुन बिहान–बेलुका
नभए मानिस धेरै दिन बाँच्न सक्दैन । त्यो जाउलोको अभावमा कति त्यस ठाउँबाट
पलायन भएका छन् भने मानिसको अन्तिम अवस्था अथवा देहत्याग गरेर घाटतर्फ
लैजाँदा पनि बाटोबाटोमा पोख्नुपर्छ । अन्य दैनिक उपभोग्य खाद्यवस्तुहरू पनि
प्रशस्त उत्पादन भएर आफ्नो प्रयोगभन्दा पनि बढी भएर बेच्न पनि पुग्ने त्यस
गाउँमा मकै उत्पादनचाहिँ अधिक हुन थालेर त्यस ठाउँका मानिसहरू पनि नखाने,
अन्तबाट किन्न पनि नआउने केवल खच्चर र अन्य वस्तुभाउमा मात्र प्रयोग हुने
अन्नको रूपमा रहेको मकै अन्तिम अन्नको रूपमा रहेछ । त्यस ठाउँमा मेरो
हजुरबुबा पर्नेहरूले उहिले भन्नुहुन्थ्यो – यसपालि चाहिँदो फल्यो मकै,
पाहुनापाता पर्दैन कोही भोकै । धेरै वर्षअगाडि त्यसै ठाउँमा मकैको बारेमा
एउटा कुरा सुनेको थिएँ – एक दिन डिकुवा घाटमा साँझ पर्ने बेलामा हामीलाई
तारिदिनूस् भन्दा यताउति हेर्दा कसैलाई देखिएन अरे । तैपनि डुङ्गा वारि
ल्याए अरे । एकक्षण यताउति हेर्दा कोही नदेखेपछि डुङ्गा फर्काएछन् । कोसी
तार्दा डुङ्गा भारी भयो अरे । पारि डुङ्गा बाँधेर अचम्म भयो भन्दा
अदृश्यबाट हामी मकै हौँ । सेते र कालेले हामीलाई एक ठाउँमा बस्न दिएन ।
हामी अब हिमालतिर लागेका भन्ने आवाज आयो अरे । त्यस बेलादेखि त्यस गाउँमा
मकै हुन छाडेको थियो । तर हाल आएर पहिलेको सेते र काले पनि बसाइँ गए क्यार,
मकैलाई पनि हिमालमा धेरै जाडो भयो होला । मकै पनि आफ्नै पुरानै गाउँमा
फर्केजस्तो छ ।
त्यसै रमणीय गाउँलाई उत्तरतिरबाट सधैँ दुई हात जोडर हेर्ने गाउँहरू जतनपुर र आतभारा गाउँहरूको पनि आफ्नै विशेषता छन् । गाउँ विकासको ९ नम्बर वडाको रूपमा रहेको छ । आतमारा उहिले एउटा मानिसले कोही कतै पनि र कुनै घरमा पनि पानी खान नपाएर तिर्खाले आलसतालस भएपछि त्यस गाउँको नाम आतमारा रहन गएको भन्ने किम्बदन्ती सुनेको छु । त्यस गाउँको बारेमा जनकवि गम्भीरबहादुर थापाले कविता पनि बनाएका छन् । ‘लेकमा ज्यादा वनमारा– पानीको दुःख आतमारा’ त्यस्तै अन्य गाउँहरू जतनपुर र ठानागाउँले पनि सानो बालकलाई जाडोमा न्यानो पार्न काखमा राखेर बसेको छ त्यस गाउँलाई ।
त्यस गाउँको सौन्दर्य बढाएर हँसिलो सधैँ पारिरहने टाउके डाँडाले पनि उत्तिकै महŒव राख्दछ । दक्षिणतिर रहेको गाउँको ६ नम्बर वडा कटहरे र अन्य गा.वि.स.मा तमाखर्कले पनि अन्य तर्कविद्हरूले तर्क कल्पना र किम्बदन्तीलाई पुष्टि गरेको छ । पश्चिममा पर्ने मादले र डडुवा सिमले भन्ने गाउँले पनि पश्चिमतिर बसेर त्यस गाउँलाई हेर्नलाई कम महŒव राख्दैन । उल्लेख भएका अलावाका गाउँहरूमा खोटाङसँग जोडिन खोजेको कोसीछेउको ९ नम्बर वडा राजदह त्यस गाउँको तल सुनकोसी नदीमा ठूलो “दह” त्यसको नाउँ “राजदह” सबैभन्दा ठूलो र सर्वश्रेष्ठ दह भएकोले राजदह भएको होला । त्यसको अलावा निबुवा फल्ने निबुवाटार, हलेदो धेरै हुने भएकोले हलेदे, पल्लो गहते र ओल्लो गहते, खोलेखर्क, खानीखोला, कस्केली, राम्पुर, केरा बारी, बिजुवा, अँधेरी खोला, गैरीगाउँ, लामीडाँडा, डाँडागाउँ, आहाल्डाँडा अनि तिल्केचौर र शाही डाँडाआदि गाउँहरूले पनि आफ्नै विशेषताहरू बोकेका छन् ।
धेरै वर्षपहिले रूपा भन्ने राजकुमारी आफ्ना साथीसङ्गीहरू लिएर मन बहलाउन घुम्दै आउँदा यस ठाउँलाई मनमोहक र आनन्ददायक देखेर त्यसै गाउँमा २÷४ दिन बस्ने निधो गरिन् । गाउँको समतल ठाउँमा राजकुमारी बस्ने पालहरू टाँगिए । सिपाही, पालेपहराहरू बस्ने र दासदासीहरू बस्ने, खोपी र शयनकक्षहरू बने उज्यालोको लागि उत्तरपट्टिको डाँडो “जो आज दियाथुम्काको नामले प्रसिद्धि पाएको छ” मा बत्ती बाल्ने ठाउँ रोजियो, रूपा सुन्दरीलाई हेर्न मानिसहरूको ठूलो भीड लाग्यो । समतल ठाउँमा रूपा सुन्दरीका धाई, सुसारे, सिपाही, पाले, पहराले गर्दा मानिसहरू अट्ने अवस्था नरहेको हुँदा हालको मैयाँबारीभन्दा माथिको डाँडामा अनगिन्ती मानिसहरू बसेर हेर्न थालेको रूपमा छानियो । त्यो भन्दा माथि तल बसेका मानिसहरूलाई तलतल लागेको बेलाबखतमा तलतल मेटाउन तमाखु भर्ने कामको लागि प्रयोग भएको भूमिलाई हाल तमाखर्कको रूपमा प्रसिद्धि पाएको छ । त्यसपछिको प्रसङ्ग भनेको बढुवा भन्ने गाउँको रूपा सुन्दरीलाई हेर्न आएका अनगिन्ती मानिसहरूले खाएको तमाखु सकिएपछि डढेको खरानी त्यहाँ फ्याक्ने काम भएको हुँदा आज पनि डढुवा भन्ने नाउँले प्रसिद्धि पाएको हामी पाउँछौँ ।
असङ्ख्य मानिसहरूले खाएको तमाखुको डँढ्यौलो घोप्ट्याएर यज्ञभूमिको रूपमा पवित्र रहेको हुनाले नै आज त्यस भूमिको पवित्र ठाउँ टेक्दै लाखौँ रुपैयाँ पर्ने मोटर कुद्छ । हजारौँ मानिसको ओहोरदोहोर भएर झन् पवित्र भएको छ । राई जातिको मात्र बसोबास भएको त्यस ठाउँमा पहिले खानेपानीको सा¥है दुःख थियो । तर, आजकल विभिन्न विकास आयोजना सञ्चालन भई घरघरमा खानेपानीका धाराहरू भएर निर्मल जलले सबैलाई शीतल बनाएको छ । यारीको ३०० बेसीखोलाले सेती बगर बनाए पनि यारी र गहते खोलाका किनारका डिही डुडे, गैयाँथान, घारीखोला, तित्रे, पीपलटार, सानो कुमाले र ठूलो कुमाले खेतहरूले पनि त्यस गाउँलाई बिर्सनै नसक्ने बनाएको छ । गहते खोला र कवासटारको आँटीले त झन् बिर्सिऊँ भने पनि बिर्सन सकिँदैन । समयअनुसार पाइने सुनकोसी र यारी खोलाका माछाहरूको त जति वर्णन गरे पनि थोरै नै हुन्छ । यसरी सबै विशेषताहरू बोकेर गएको चारैतिर पहाडका डाँडाहरूले घेरेर माझमा अवस्थित गाउँको नाम हो रूपाटार ।
त्यस ठाउँको आर्थिक पक्षः
त्यस ठाउँमा उब्जा हुने खेत, सिँचाइ सुविधा र यारीखोलाबाट कुलो बनाई सिँचाइको राम्रो व्यवस्था भएको हुँदा धान धेरै फल्ने प्रायः सबैको खान पुग्ने धान, मकै, गहुँ, कोदो, फापरलगायत अन्य बालीसमेत उत्पादन हुने हुनाले सबैको आर्थिक अवस्थामा थप मद्दत पुग्छ । अर्को वैदेशिक रोजगारमा समेत त्यहाँका मानिसहरूको मनग्गे संलग्नता भएको हुँदा कसैलाई पनि आर्थिक स्थितिको कठिनाइ नपर्दा त्यहाँ रहने सबै जातजातिका मानिसहरू सम्पन्न देखिन्छन् । कुमालटार बजारले त त्यहाँको आर्थिक अवस्थाको काया नै पल्टाइदिएको भन्नुपर्छ ।
शैक्षिक अवस्थाः
रूपाटारको शैक्षिक अवस्थाको बारेमा चर्चा गर्नुपर्दा अगाडिदेखि नै त्यहाँको शैक्षिक अवस्था उठेको मान्नुपर्छ, किनकि त्यहाँका व्यक्तिहरू ठूलाठूला पदमा सरकारी जागिरमा रहेका पाइन्छन् । मीरसुब्बा, बडाहाकिम, हजुरिया, न्यायाधीशका साथै हाल चर्चित भाषाशास्त्रीका रूपमा स्थापित हुनुहुने प्राज्ञ बालकृष्ण पोखरेलले प्रसिद्धि स्थापित गरिसक्नुभएको छ । २०१७ सालमा खुलेको कक्षा ८ सम्म पढाइ हुने श्री महेन्द्र–रत्न मिडिल स्कुल हाल आएर कक्षा १२ सम्मको पठनपाठन गराउन सक्ने भएको छ । यहीँबाट पढेर त्यहीँकै व्यक्तिहरू एम.ए. बी.ए. आई.एस.सी. आदि गरेर त्यसै विद्यालयमा सेवारत रहनु र शैक्षिक संस्था चलाउन अन्तको जनशक्तिको प्रायः मात्रामा खाँचो नपर्नुले पनि त्यहाँको शैक्षिक अवस्था उच्च भएको मान्नुपर्छ । हाल आएर सबै जातजाति र भाषाभाषीले आफ्नो घरमा बसेर उच्चशिक्षा लिन पाउनु यो दुर्गम ठाउँको लागि ठूलो उपलब्धि मान्नुपर्छ । विभिन्न सङ्घसंस्थाहरूमा चेतनाको कार्यक्रमसमेत सञ्चालन गरिरहेको अवस्थामा त्यहाँका महिलाहरूमा चेतनाको निकै विकास भएको पाइन्छ । त्यहाँ रहेको विद्यालयको विकासका लागि त्यहाँका मानिसहरूले देखाएको लगन, मेहनत र सहयोगले पनि सबैको शैक्षिक स्तर उठेको छ भन्न सकिन्छ ।
राजनीतिक अवस्थाः
त्यस ठाउँको अवस्था पहिलेदेखि नै माथि उठेको पाइन्छ । पञ्चायतकालमा जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्यको रूपमा भैरवीप्रसाद पोखरेललाई लिन सकिन्छ । पञ्चायती निरङ्कुशताको विरुद्धमा उत्रेका वामपन्थी शक्तिहरू पनि यस ठाउँमा पूर्ण सक्रिय रहेको हुँदा त्यस ठाउँले जिल्लाको पहिलो वामपन्थी राजनीतिक थलोको रूपमा नाम कमाएको हो । २०३३÷३४ सालमा राममणि पोखरेल र वेदप्रसाद पोखरेलले भूमिगत भई त्यहाँको जनताको सहयोगमा पञ्चायती निरङ्कुशता विरुद्ध चलाएको आन्दोलनले त्यसताका पञ्चायती सरकार पनि थर्कमान भएको थियो र राजनीतिक जनचेतना गराउँदागराउँदै जेलमा थुनेता पनि त्यहाँको राजनीतिक गतिविधि सञ्चालन भइरहेको पाइन्छ । हाल पनि त्यहाँका युवाहरू विभिन्न पार्टीमा समर्पित भई राजनीतिमा सक्रिय रहेको देखिन्छ ।
सामाजिक अवस्थाः
यहाँको समाजमा विभिन्न जातजातिका मानिसहरूको बसोबास छ । रूपाटारको जम्मा ९ वटा वडामध्ये १ नम्बर वडामा निश्चित समूह ब्राह्मण, ठकुरी, मगर, दमाई, नेवार जातिको बसोबास छ । २ नम्बर वडामा मगर, सार्की र केही घर नेवार, ब्राह्मण र अन्य जातिको बसोबास छ । ४ नम्बर र ५ नम्बरमा मिश्रित जाति ब्राह्मण, क्षेत्री, ठकुरी, दमाई, सार्की आदिका जातिका बसोबास छ । ६ नम्बर वडाचाहिँ पूर्ण ठकुरीहरूको बाहुल्य रहेको वडा भन्न अत्युक्ति नहोला । ७ नम्बर वडा भने चौतारी डाँडाहरूले घेरेको उपत्यकाभित्र रहेको, जसको नाम रूपाटार हो । त्यहाँका खोल्सा र खहरेले छुट्याएका टोलहरू बुढाथोकी टोल, ढाँड टोल, माझ टोल, बाहुन टोल, कामी टोल, पल्लाटार, ठकुरी टोल र गेदेरी टोल गरी विभिन्न टोलको नामबाट प्रसिद्धि पाएको छ । टोलको नामबाट पनि थाहा हुन्छ कि कुनकुन जातिहरूको बसोबास रहेछ भनेर । पहाडी बस्ती भएकोले त्यहाँको सामाजिक अवस्था त्यस्तो बिग्रेको भन्न मिल्दैन । सबै जात जातिका मानिसहरू एकआपस, एकअर्काको सहयोगमा जीवन बिताउँछन् । एकले अर्कोलाई आपत परेको बेलामा पूर्ण सहयोग गर्दछन् । चाडपर्व, विवाह, उत्सव एकआपसमा मिलेर मनाउने र गर्ने गर्दछन् । कसैसँग कसैको वैरभाव नराखी सामाजिक काममा सहयोग गर्ने त्यहाँका मानिसहरूको परम्परा छ । हाल रूपाटार गा.वि.स.को ७ नम्बर वडा भएर मोटरबाटो अगाडि बढेकोले त्यहाँको सामाजिक अवस्थामा सुनमा सुगन्ध थपिएको छ । सबै टोलमा खानेपानीको सुविधाले गर्दा विकासको मूल फुटेको मान्न सकिन्छ यस समाजको ।
त्यहाँका मानिसहरू बडो उत्साहित हुनुका साथै रोमान्टिक र मिजासिला पनि छन् । कसैसँग कुरा गर्दा अड्किएर कुरा गर्दैनन् । अरूसँग कुरा गर्न सबैले जानेका छन् । त्यहाँ मानिसहरूको कुरा गराई सुनेर अन्य ठाउँका मानिसहरूले तारिफ गरेको मैले पनि धेरै ठाउँमा सुनेको छु । चाडपर्वमा त्यहाँका मानिसहरू धेरै रमाइलो गर्दछन् । ७०–७५ वर्ष उमेर पुगेका पनि उत्साहका साथ रातभर नाच्दछन् । केही दिन अगाडि विद्यालयको स्वर्णमहोत्सवमा जाँदा म पनि २ रात नाचेर रमाइलो गरी फर्कें । हाल आएर यस रूपाटारको सामाजिक सुधारअन्तर्गत ७ र ६ लाई पुग्ने गरी यारी खोलाको टाउके फेदीबाट तयारी अवस्थामा रहेको बिजुली पावरहाउसले त त्यहाँको सामाजिक अवस्थालाई झन् उज्यालो बनाएको छ ।
संस्कृति र परम्पराः
त्यहाँका मानिसहरू दसैँ, तिहार, जनैपूर्णिमा, चैतेदसैँ, रामनवमी, बुद्ध पूर्णिमा रमाइलो गरी मनाउँछन् भने यहाँ रहेका कन्डलादेवी र जलपादेवीको पूजाआजा गरेर आफ्नो धर्मसंस्कृतिलाई जगेर्ना र सम्मान पनि उत्तिकै गर्न जानेका छन् त्यहाँका मानिसहरूले ।
अन्त्यमा, उल्लिखित विवरणहरू मैले रूपाटारको “रूपाटार एक परिचय” भन्ने शीर्षक राखेर कलम अगाडि बढाएको हुँ । यसमा धेरै त्रुटिहरू हुन सक्छन् । मैले जानीनजानी लेख्ने कोसिस गरेको छु । पाठकहरूले सुधार गरी पढिदिनु र सुनिदिनुहुनेछ भन्ने आशा र विश्वासका साथ ः
‘छैन साथमा केही, दिऊँ के कोसेली अरू ?
मनको वेदना पोख्दै विदा हुन्छु है बरु ।’
तिम्रो सम्झनामा
धेरै समयपछि शहरबाट गाउँ चढ्दामा
कतैकतै एकलास झस्किएँ त्यस ठाउँमा पुग्दै भएपछि
बाध्य भएँ मनमा मेलैसँग गुथेँ
झलझली भो,
कहिले पनि यस्तो त नमेटिँदो रैछ
सम्झनाको तरेली यथार्थमा
फेरि विडम्बना त्यो पल नभेटिँदो रैछ
धेरै परिवर्तन स्वाभाविक भेटेँ मैले
धेरै समयपछि युगान्तकारी भएको देखेँ मैले
बाटैभरि फूलहरू रोपेँ आगमनमा
पुलहरू जोडँे तिम्रो पर्खाइमा
तिमी पारि थियौ, म वारि थिएँ
गतिशील न हो एकै ठाउँ कहाँ नै हुँदोरहेछ र ?
गाउँमा मैले चौतारी बनाएको थिएँ
हिँड्दै जाँदा थकाइ पनि मा¥यौ होला
बटुवाहरूले सोध्ने गर्छन् रे,
कसको सम्झनामा बनाइएको साह्रै राम्रो चौतारी छ
तिमीले हिँड्ने दोबाटोको चौतारीमा
प्रश्नहरू जाग्यो भने लगभग सबै उत्तर तिमीसँगै छ
शहर झनै मूलबाटो हाम्रो गाउँबाट आउनेजाने गर्छन्
प्रवासको रमाइलो सहरमा पनि
थुँगाहरू उनिरह्यो, प्रत्येक सम्झनामा
विपत्ति यसर्थ रह्यो ........
तिमीले त्यहाँबाट यात्रा ग¥यौँ
मैले यहाँबाट यात्रा गरेँ
त्यसैले मेरो निरन्तर
सहरको बसपार्कमा प्रतीक्षालय बनाए
हामीबीचको कथा नजोडियोस् भनेर
कसैलाई नपिरोलियोस् भनेर
तिमी पूर्व जाँदा पनि, पश्चिम जाँदा पनि
मनभरि उन्यौँ, गुन्यौँ, धेरै जोड्यौँ, गोड्यौँ
र कतै तोड्यौँ
प्रतीक्षालयमा लेखिएको शिरमा बिस्तारै वास्ता गर्नेछौँ
दुनियाँमा सबै व्यस्त छन्, हतार छन्
तिमी र म पनि
तिम्रो त्यो गन्तब्यले गर्दा के लेखिएको थियो
वास्ता गर्ने समय आउँछ
तिमीहरूकै लागि यो प्रतीक्षालय साझा हुन्...
क्षितिजपारिबाट खपिनसक्नु सताएको सम्झनामा
लेखिएको थियो रे
शब्दको सजीव गुथामा हरपल
मेरै भूगोलभरि भूगोलमा
यो जुनी तिमीले पनि सजाएकै छौ
मैले पनि लेकबेँसी गाउँघरमा शहरमा सजाएकै छु
संसार सजाउनु नै हाम्रो चाहना अनि कामना
यो लोकमा पनि कामना छ
परलोकमा पनि यही यस्तै कामना हुनेछ
तिम्रो नाममा बनाइएको चौतारीमा, प्रतीक्षालयमा
सबैको थकाई मर्ने भएको छ
फेरि तिम्रै सम्झनामा .....
ठूलो पुस्तकालय खोलिरहेको छु, बनाइरहेको छु
अनि त्यहाँ त झन् सबैले पढ्नेछन्
आवश्यक पुस्तक हुनेछन्
धेरैले बुझ्नेछन् जीवनका परिभाषा
अनि शिक्षित हुनेछन्
मैले तिम्रो नाममा खोलेको पुस्तकालयमा
पढ्नेका लागि घुइँचो हुन्छन् परिवर्तन हुनलाई
तिम्रो र मेरो कथाकहानी पनि बुझ्नेछन्
नखोलिएको रहस्य....
कति सुन्दर थियो
धेरैले समीक्षार्थको पाठ सिक्नेछन्
तिमी र म सङ्घर्षरहित रहेको पुस्तकमा
तिम्रो सम्झनाले चौतारीमा,
प्रतीक्षालयमा, पुस्तकालयमा
यी समर्पण छ तिम्रो सम्झनामा ..... ।

– अरूण कोइमी
ठूलो दोभान, त्रि.न.पा.–७, उदयपुर

शिलान्यास र म
पुरुषोत्तम भट्टराई
मान्छेको साथी मान्छे नै हुन्छ । त्यसमा पनि समलिङ्गी, उस्तै उमेर, जातभात
मिल्ने । अझ भन्ने हो भने खाँटी कुरो त वर्ग पनि मिल्ने । यस्तैयस्तै
रोज्छन्, साथी बनाउनेले । सानो चित्त, छोटो व्यवहार, सङ्कीर्ण विचार केकेले
हो ? मानिस साथी बनाउन निकै नापतौल, जोडघटाउ गर्ने गर्छन् । त्यसो किन र
केका लागि गर्छन् त्यो मैले बुफ्न सकेको छैन । म त भन्छु, धनीको साथी गरिब
हुनसक्छ, पुरुषको साथी महिला हुन सक्छिन्, बूढोको साथी बालक हुनसक्छ । आखिर
साथी नै त हो । साथी भनेकै भावना, विचार र व्यवहारमा एकाकार भएर हुने हो ।
त्यसो हुँदैन भने निश्चय पनि विचारको गरिबी हो, चित्तको कञ्जुस्याइँ हो ।
यदि विचार र भावना मिल्छ भने जसले पनि जोसँग पनि मित्रताको हात बढाउन सक्छ,
साथी बनाउन सक्छ ।हो, अरू मित्रले कसकसलाई साथी बनाए ? कोको साथी छन् ? म खोजीनीति गरिरहन्नँ । किनकि त्यो निजी स्वतन्त्रताको विषय हो । तर मेरो साथी अरूअरूको भन्दा भिन्न प्रकृतिको छ, न सजीव छ न निर्जीव । मेरो नितान्त नजिकको मित्र हो शिलान्यास । मलाई मेरा मित्रहरूले यही सम्बन्ध कायम राख्न भनेका छन् । त्यसलाई रिठ्ठो नबिराई पालना गरिराखेकै छु मैले ।
बाटोको कुरा उठ्यो, शिलान्यास कोबाट गराउने ? एकै मतले प्रस्ताव आइहाल्छ – शिलान्यास त उहाँबाटै हुनुपर्छ । मलाई लाग्छ यो सर्वसम्मत प्रस्ताव हो । हो, हो ठीक हो । ठीक हो । जोडदार ताली लाग्छ । म पनि फित्ता गाँसेको चप्पल लगाएर तयार हुन्छु, अगरबत्ती बाल्छु, फूल चढाउँछु, कोदालाले डोब लगाउँछु । फेरि ताली लाग्छ । क्या गजब, क्या राम्रो प्रस्ताव ¤ कति राम्रो समर्थन ¤ विवादरहित छनोट ¤ कस्तो राम्रो कामको थालनी ¤ कति भाग्यशाली म ¤ मेरै हातबाट शिलान्यास ¤ म गौरवले फुल्छु । काम सफलतापूर्वक अगाडि बढ्छ । आफूलाई आत्मसन्तुष्टि नहुने कुरै भएन । म पनि जीउज्यानले भ्याएसम्म दौडधूप गर्छु । चाँजोपाँजो मिलाउन कहिले सदरमुकाम धाउँछु त कहिले राजधानी । त्यसै बखत कानेखुसी चल्न थाल्छ शिलान्यासको म्याद सकियो रे ¤ मान्छे त राम्रै हुन् तर ............ ¤
विद्यालय थालनीको कुरा उठ्छ ।
शिलान्यासको चर्चा चल्छ । उही पुरानै व्यथा– कोबाट थालनी गर्ने ? एउटै उत्तर आउँछ, उनैबाट । उनीसिवाय अरूबाट गराउन सकिँदैन, लगानी, मिहिनेत पनि छ छ नि उनको । प्रस्ताव सर्वसम्मत स्वीकृत हुन्छ । हो, हो, हो उनैबाट ¤ ताली लाग्छ । म पनि आÇनो गच्छेअनुसारको लुगा लगाएर उपस्थित हुन्छु, सम्बन्धित ठाउँमा । अगरबत्ती बाल्छु, खाँबा गाड्छु । ताली लाग्छ । शिलान्यास हुन्छ । रातो चियापान आउँछ । म अझ प्रफुल्लित हुन्छु, शिक्षाको सुरुवात गर्न पाएकोमा । आफूलाई धन्य सम्झन्छु । आफूले थालनी गरेको काम पूरा गर्न निरन्तर क्रियाशील हुन्छु । फेरि खासखुस कुरा सुनिन्छ । शिलान्यासको म्याद सकियो, अब उनको काम छैन । ठाउँ खाली, अब अर्कै खाइलाग्दो मान्छे ¤ मेरो ठाउँ अघिनै खाली भइसकेको हुन्छ । मेरो ठाउँमा त सुकिलो, बोलक्कड, धेरै आफू बाँच्ने र थोरै अरूलाई बचाउन सक्ने गजधम्म बसेको छ । सामान्य मान्छेहरू भन्छन्, मान्छे त राम्रै हो तर.....¤
स्वास्थ्यचौकीको आवश्यकता महसुस गर्छन्, गाउँलेहरू । स्वास्थ्यसंस्था सञ्चालन गर्ने निधो हुन्छ । आवासको महसुस गरिन्छ । घरको शिलान्यासको तिथिमिति पनि तय गरिन्छ । प्रश्न उठ्छ शिलान्यासको । त्यहाँ पनि प्रस्ताव आउनासाथ एकै स्वरमा आवाज आउँछ – शिलान्यास त उनैबाट हुनुपर्छ । ताली लाग्छ । नभन्दै साधनस्रोतअनुसार धूपदीप गरेर शिलान्यास मेरै हातबाट हुन्छ । त्यहाँ त चियासँग बिस्कुट पनि थपिन्छ । म त अब निकै गौरवान्वित हुन्छु । अनि मनमनै सम्झन्छु – म कति भाग्यशाली । स्वास्थ्य, शिक्षा, बाटोघाटो जेको प्रारम्भ पनि मबाटै । वास्तवमा समाजमा यस्तो अवसर कसलाई पो मिलको छ र ? म धन्य छु । दुईचार महिनापछि फेरि भित्रभित्रै चर्चा चल्छ । शिलान्यासको म्याद सकिन्छ । अब त अर्कै जगरस्याँठको उपस्थिति छ, त्यहाँ । विचरा निम्छरा मानिस आपसमा कुरा गर्दा रहेछन् । मानिस त राम्रै हो तर........ । हुँदाहुँदा मेरो त शिलान्यास गर्ने बानी नै बसिसकेछ । गाउँमा हिउँदैपिच्छे दुईचार घर बन्छन्, म देख्छु । घरको गाह्रो आधाउधी भइसकेको छ । तलो छाप्ने हल्लाखल्ला गर्दै छन् । अनि मलाई जङ जल्छ । प्वाक्क मुख खोल्छु – ए माइला ¤ खै शिलान्यास ? खै मलाई बोलावट ? घर अनौपचारिक, घर अपूर्ण, घर भद्रगोल..... ¤
बिचरो माइलो अँध्यारो अनुहार लगाउँछ । यस पटकलाई गल्ती भो, माफ पाऊँ । मधुर स्वरले भन्छ, ‘शिलान्यासको म्याद नै पो कति हुन्छ र हजुर ? दुःख नमान्नूस् ¤ मतान बनाउँदा भने फरक पर्दैन ।’ त्यतिबेला पो झल्याँस्स हुन्छु । आँखा खुल्छ । म कस्तो हुस्सु ¤ म्याद कति हो, त्यो पनि थाहा नहुने ¤ त्यतिबेलै घरबूढी औँताई, ‘ए बूढा तिम्रो भागमा शिलान्यास मात्रै ? उद्घाटनचाहिँ नास्ती ?’
म रन्किएँ, ‘तँ पटुकेलाई के थाहा शिलान्यासको महŒव ? कहाँको राजा राम कहाँको गने भँडारी ?’
बूढी पनि के कम ¤ मेरा कुरा भुइँमा खस्न नपाउँदै भनिहाली, ‘भो बूढा गफ नगर, हिजोआजको जमाना हो, भाग्यले मजस्ती सोझी बूढी पायौ र मात्र, नत्र थाहा पाउँथ्यौ ।’
म गम्भीर हुन्छु, धन्य मित्र देवकोटा ! धन्य शिलान्यास
श्री महेन्द्र–रत्न उच्च मा.वि.को
स्वर्णमहोत्सव कार्यक्रममा विद्यालयका
प्र.अ. तोयाबहादुर बुढाथोकीको मन्तव्य
श्री महेन्द्र–रत्न उच्च मा.वि रूपाटार–७, उदयपुरको स्वर्णमहोत्सव समारोहका सभापतिज्यू,
प्रमुख अतिथि, भाषाशास्त्री श्री बालकृष्ण पोखरेल ‘रूपावासी’ज्यू, संस्थापकज्यू,
अन्य अतिथिज्यूहरू, जो हाम्रो मञ्चमा आसन गरिरहनुभएको छ, उहाँहरूका साथै यस कार्यक्रमलाई सफल पार्नका लागि उपस्थित हुनुभएका अभिभावक, शिक्षक, मित्रहरू विद्यार्थी भाइबैनीहरूमा म प्र.अ.को तर्फबाट न्यानो अभिवादन ।
यस विद्यालयले वि.सं. २०१७ साल देखिको सुख र दुःखका असङ्ख्य आरोह र अवरोहहरूको इतिहास बोकेको छ । यसको सम्पूर्ण विवरण यहाँहरूसमक्ष यस ऐतिहासिक घडीमा राख्न पाउँदा मलाई खुसी लागेको छ । यस विद्यालयलाई इतिहासको त्यो घडीबाट यहाँसम्म ल्याइपु¥याउन यस भेगका सम्पूर्ण शिक्षाप्रेमी, अभिभावकज्यूहरूले गर्नुभएको अमूल्य योगदानलाई यस घडीमा श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु, साथै विभिन्न राजनीतिक व्यक्तिहरू, दातृ सङ्घ–संस्थाहरू, स्थानीय निकायहरू, शिक्षकवर्ग, जसले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक प्रगतिमा सदासर्वदा सहयोग पु¥याउँदै आउनुभएको छ । यहाँहरूलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।
यस श्री महेन्द्र–रत्न उच्च मा.वि. रूपाटार वि.सं. २०१७ साल कात्तिक १ गते श्री महेन्द्र–रत्न विद्या मन्दिरको नामबाट जुनियर हाइस्कुल स्वीकृत भएको हो । विद्यालय स्वीकृत हुनुभन्दा पहिलेको पृष्ठभूमिलाई हेर्दा केही रोचक प्रसङ्ग र घटनाहरू भएको स्थानीय बूढापाकाहरू बताउनुहुन्छ ।
२००७ सालमा देशमा प्रजातन्त्र आए पनि राष्ट्रको सबै ठाउँमा प्रजातन्त्रको सही अनुभूत भएको थिएन । भौगोलिक रूपले पिछडिएको विकट पहाडी गाउँ रूपाटारको दुर्दशा पनि आफ्नै खालको थियो । तराईतिरबाट काइते शिक्षकहरू झिकाएर केही हुनेखानेका छोराछोरीहरूलाई मात्र सामान्य शिक्षा दिइन्थ्यो, अन्य प्रायः शिक्षाबाट वञ्चित नै थिए ।
अशिक्षित गरिब युवाहरू सालसालै हिउँद महिनामा भारतको मुग्लान र पाकिस्तानको लाहोर सहरतिर काम र मामको खोजीमा विदेशिने गर्दथे । यसै सिलसिलामा भारतीय विद्यालयमा रोजगारी लिन पुगेका स्थानीय युवा चेतबहादुर बुढाथोकीलाई शिक्षा आर्जन गर्ने शुभअवसर मिल्यो । अङ्ग्रेजहरूको शैक्षिक विकासबाट प्रभावित चेतबहादुर बुढाथोकी भारतबाट घर फर्केपछि एउटा सामान्य कटेरोको छहारीमुनि बसी गाउँघरका युवाहरूलाई शिक्षा दिन थाले । आफ्नै उमेरका विद्यार्थीहरू त्यसमा पनि नातामा काका, दाइ, मामा पर्ने भएकोले शिक्षक र विद्यार्थीबीच ठट्यौली र रमाइलो पारामा पढने पढाउने गरिन्थ्यो । शिक्षाप्रतिको जागरुकता तत्कालीन आवश्यकतालाई महसुस गरी शिक्षाप्रेमी भैरवीप्रसाद पोखरेलको नेतृत्व र सक्रियतामा २०१७ साल कात्तिक १ गतेका दिन जुनियर हाइस्कुलको स्वीकृत गरी औपचारिक शिक्षाको शुभारम्भ गरियो ।
विद्यालय स्थापना भएपछि पठनपाठनलाई सहजता बनाउनको लागि भवनको आवश्यकता पर्दथ्यो । स्थानीय व्यक्तिहरूको सहयोगमा २०१७ साल पौष १ गते मङ्गलबारका दिनमा रूपाटारको जमुनाटार भन्ने स्थानमा भवन निर्माणका लागि स्व. कमलप्रसाद पोखरेलद्वारा निःशुल्क जग्गा प्रदान गर्नुभयो । उक्त जग्गामा अर्का स्थानीय शिक्षाप्रेमी स्व.भगतप्रसाद पोखरेलद्वारा शिलान्यास गरियो । औपचारिक शिक्षा सुरु भए पनि कक्षा स्तर विद्यार्थीको न्यूनतम योग्यता, पाठ्यसामग्री तथा विद्यालयभित्रको प्रशासनिक प्रक्रियाको विषयमा अन्योल नै रह्यो । यी माथिका विषयको अभावमा शिक्षण कार्य अपूरो नै हुने गर्दछ । कम पढेखेलेका मानिसहरू र यस विषयमा ज्ञान कम भएका मानिसहरू भएकोले व्यवस्थित शिक्षण कार्य गर्न कठिनाइ र अन्योल भइरहेको थियो । यस अन्योललाई वर्तमान नेपालका साहित्यकार तथा भाषाशास्त्री बालकृष्ण पोखरेल ‘रूपावासी’ले दिसानिर्देश गर्ने काममा महŒवपूर्ण योगदान गर्नुभएको छ । यो गुनलाई हामी हामी सम्पूर्ण विद्यालय परिवारले बिर्सन सकेको छैन ।
२०२८ सालमा लागू भएको राष्ट्रिय शिक्षा पद्धति योजनाले तय गरेको शैक्षिक संरचना तथा विद्यालयको साङ्गठानिक स्वरूपअन्तर्गत २०३१ सालमा यस विद्यालयलाई जुनियर हाइस्कुलबाट निमावि कक्षा ७ सम्म ओरालियो । यस समयमा विद्यालयको नाम श्री महेन्द्र–रत्न मिडिल हाइस्कुल राखिएको थियो ।
विद्यालयको भौतिक सुविधालाई उच्च राख्न २०३२ सालमा भैरवीप्रसाद पोखरेल रूपाटार ७ ले तीन कोठाको भवन निर्माण गरिदिनुभयो भने मानबहादुरज्यू रूपाटार ४ राममणि पोखरेल रूपाटार ७ युवराज राउत रूपाटार ८, भीमबहादुर राउत र जुद्धबहादुर राउत रूपाटार ८, लालबहादुर गिरी रूपाटार ५ (हाल त्रिवेणी सिमानपुर) र ईश्वरबहादुर सिंह ठकुरी ठानागाउँ २, सूर्यबहादुर मल्ल रूपाटार १, समेतले एकएक कोठा गरी जम्मा दस कोठाको दुईतले भवन संयुक्त सहयोगमा निर्माण गरियो । उक्त भवन निर्माण गर्न रूपाटार ७ का श्री टङ्कनाथ पोखरेलले २–३–१ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । साथै स्थानीय बुद्धिजीवी श्री राममणि पोखरेलको नेतृत्वमा निबुवाटारस्थित जीर्ण श्यामपाटीको काठ विद्यालयलाई जनश्रमदानबाट ढुवानी गरी ल्याएको घटना विद्यालयको निम्ति स्मरणीय छ ।
रूपाटार गा.वि.स. भरी स्थानीय जनतामा आएको शैक्षिक जागरण र चेतनाको कारणले मा.वि स्तरको पठनपाठनको अपरिहार्यतालाई महसुस गर्न थालियो । यसै क्रममा २०३९ साल माघ महिनामा यस विद्यालयलाई मा.वि. स्तरको स्वीकृति गर्ने सिलसिलामा स्थानको विवाद भइरहेको अवस्थामा तत्कालीन प्रधानपञ्च युवराज राउतले खेलेको भूमिका सह्राहनीय छ । साथै मा.वि. स्थापना गर्न ७ रोपनी जग्गाको आवश्यकता भएको अवस्थामा स्थानीय अभिभावक श्री बानबहादुर खड्काबाट उपलब्ध गराउने प्रतिबद्धता भएपछि स्थानीय जनताबाट जग्गा खरिदको लागि आर्थिक सङ्कलन गरी जग्गा खरिद गरियो । यसै विषयले माध्यमिक स्तरको विद्यालय स्थापना गर्न मद्दत मिल्यो । यसै क्रममा जनताको निरन्तर चासो र सक्रियताले २०३९ साल फागुन ४ गते यस विद्यालयमा मा.वि.को रूपमा स्वीकृति गरियो । यस समयमा तत्कालीन प्र.अ. श्री रामदेव पण्डितको योगदानलाई पनि कदर गर्नै पर्छ । यस २०३९ सालमा कक्षा ८, २०४० सालमा कक्षा ९ र २०४१ सालमा कक्षा १० हुँदै २०४२ सालमा एसएलसी परीक्षामा समावेश गर्न सफल भइयो । प्रथम पटकको नियमित एसएलसी परीक्षामा ९२ जना सहभागी परीक्षार्थीमध्ये ४ जना नियमिततर्फ र ५९ जना आंशिक र एक्जेम्टेडबाट उत्तीर्ण भए । यो समय विद्यालयको लागि गौरवको घडी थियो ।
भौगोलिक रूपले अति विकट, पिछडिएको सामाजिक अवस्था र कमजोर आर्थिक स्थितिका कारणले यस विद्यालयको अवस्था कमजोर आर्थिक स्थितिका कारणले यस विद्यालयको आशातीत प्रगति हुन सकेन । मावि स्वीकृत भएपछि जि.वि.स उदयपुरबाट प्राप्त अनुदान रकमले १० कोठे भवन निर्माण भयो । तत्काल शिक्षक दरबन्दीको कमी र स्थानीय स्रोतबाट मात्र विद्यालय चलाउँदा पनि परीक्षा परिणाममा राम्रो देखिनुले त्यस समयमा व्यवस्थापन समिति र शिक्षाको भूमिका राम्रो भएको पुष्टि हुन्छ । २०५४ सालको महाभूकम्पपछि जिविस र शिक्षाप्रेमीहरूबाट निर्मित भवन पूर्ण रूपले क्षतिग्रस्त भयो । त्यस अवस्थामा जिविसबाट निर्मित ६ कोठे भवनलाई छात्रावासमा परिणत गरी बाँकी भवनका काठ ढुड्डाहरू २०५० सालमा अर्काे ५ कोठे भवन निर्माण आधारभूत प्रातिमिक शिक्षा परियोजनाबाट ४ कोठा र भूकम्प राहतबाट ४ कोठा गरी जम्मा १३ कोठाको भवन निर्माण भएको थियो ।
२०३९ सालमा स्वीकृत भएको माविले आफ्नो २१ वर्षको उमेर पार गरी सकेपछि स्थानीय बुद्धिजीवीहरू, युवा, अभिभावकहरूको सक्रियतामा उच्च मावि स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढ्ने प्रण गर्दै यसको नेतृत्व सर्वप्रथम श्री सुनकोसी युवा क्लबबाट भएको थियो । क्लबले सबै अभिभावक, युवा बुद्धिजीवी, शिक्षक, पूर्व विद्यार्थीको बृहत् भेला गरी उच्च माविको स्थापनाको लागि छलफल बढायो । फलस्वरूप ३ वर्षभित्रमा उच्च माविको स्वीकृति गर्ने लक्ष्य लिई मिति २०६१ साल मङ्सिर १४ गते बसेको आमभेलाले स्थानीय युवा श्री राजन शाहीको संयोजकत्वमा पहिलो चरणको उमावि पूर्वाधार समितिको गठन गरियो । पुनः २०६३ अषाढ २ गते शिक्षाप्रेमी रूपाटार ५ का गौरबहादुर देवकोटाको अध्यक्षतामा समितिको पुनर्गठन गरियो । सो समितिको सक्रियतामा उच्च मावि अनुमति लिनको लागि आवश्यक आर्थिक सहयोग जुटाउने क्रममा काठमाडौँमा पूर्व प्रअ श्री थीरप्रसाद पोखरेलज्यू, गाईघाटमा श्री दीपकराज बुढाथोकीज्यू र स्थानीयस्तरमा श्री पृथ्वीविक्रम रास्कोटीज्यूलगायत अन्य शिक्षाप्रेमी, बुद्धिजीवी मित्रहरूको महŒवपूर्ण भूमिकालाई विद्यालयले बिर्सन सक्दैन । फलस्वरूप २०६५ श्रावणमा यस विद्यालयले आधिकारिक अस्थायी सम्बन्धन प्राप्त गरी कक्षा ११ को पठनपाठन सुरु ग¥यो ।
उच्च मावि सञ्चालन गर्न भवनको आवश्यकता खड्किरहेको अवस्थामा जिल्ला शिक्षा कार्यालय उदयपुरका साथै यस विद्यालयका पूर्वछात्र श्री दीपकराज बुढाथोकीको पहलमा डिएफआईडी उदयपुरको सहयोगबाट ३ कोठे नमुना भवन निर्माण भयो । हाल ७ भवनमा १९ कोठा प्रयोगमा छन् । साथै, भौतिक पूर्वाधारको निम्ति सांसद कोषबाट सहयोग गर्ने श्री वेदप्रसाद पोखरेलका साथै श्री जगन्नाथ खत्रीका प्रति विद्यालय ऋणी छ ।
अन्तमा यस विद्यालयले २०१७ सालदेखि हालसम्म ५० वर्षको समयमा सुख र दुःखका असङ्ख्य आरोह र अवरोहहरूको इतिहास बोकेको छ । यसको सम्पूर्ण कुरा यहाँप्रति छुपेको छैन । यस विद्यालयलाई इतिहासको तथा निरीह अवस्थाबाट यहाँसम्म ल्याइपु¥याउन यस भेगका सम्पूर्ण शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थीले गर्नुभएको अमूल्य योगदानलाई यस घडीमा श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । साथै, विभिन्न राजनीतिक व्यक्तित्वहरू दातृसङ्घसंस्थाहरू, स्थानीय निकायहरू, जसले विद्यालयको आर्थिक भौतिक तथा शैक्षिक प्रगतिको सदासर्वदा सहयोग पु¥याउँदै आएको कुरा पुनः स्मरण गराउँदछु र भविष्यमा पनि सहयोगको निरन्तरताको निम्ति आशा बाँकी छ । यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद !
=====================================================